Sunday, February 13, 2022

सभामुखको आह्वानमा सर्वदलीय बैठक बस्दै

२ फागुन, काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले आज सर्वदलीय बैठक बोलाएका छन् । सभामुख सापकोटाको सचिवालयका अनुसार दिउँसो २ बजे संसदमा प्रतिनिधित्व गर्ने दलहरुको बैठक बोलाइएको हो ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध संसद सचिवालयमा सत्ता गठबन्धनका सांसदहरुले महाअभियोग प्रस्ताव दर्ता गराएपछिको घटनाक्रमबारे छलफल गर्न सभामुख सापकोटाले सर्वदलीय बैठक बोलाएका हुन् ।

बैठकमा संसदमा एमालेले गर्दै आएको अवरोध खुलाउने र महाअभियोग प्रस्ताव प्रक्रियामा लैजाने विषयमा छलफल हुने सभामुखको सचिवालयले जनाएको छ ।

नेकपा एमाले विभाजनमा सभामुख सापकोटाले भूमिका खेलेको आरोप लगाउँदै एमालेले उनको राजीनामा माग्दै संसदमा अवरोध गर्दै आएको छ ।



from Online Khabar https://ift.tt/3yVmkOP

No comments:

Post a Comment