Thursday, February 17, 2022

सासूको हत्या गरेको आरोपमा बुहारी पक्राउ

६ फागुन, दाङ । प्रहरीले सासुको हत्या गरेको ओरोपमा बुहारीलाई पक्राउ गरेको छ । घोराही उपमहानगरपालिका-१९ खानिगाउँकी ५५ वर्षीय इन्द्रकुमारी घर्तीको हत्या गरेको आरोपमा बुहारी २३ वर्षीय बसन्ती घर्ती र सोही ठाउँकी २२ वर्षीय दुर्गा घर्ती पक्राउ परेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

प्रहरीका अनुसार बुधबार छिमेकीको घरमा न्वारानमा सहभागी भएकी  इन्द्राकुमारी  राति अबेरसम्म नफर्केपछि खोजी गर्दै जाँदा बिहीबार घर नजिकैको खोल्सामा उनको शव रगताम्य अवस्थामा भेटिएको थियो ।

घरायसी विवादका क्रममा बुहारी बसन्तीले काठको मुङ्ग्रोले प्रहार गर्दा सासू अचेत भएको र छिमेकी दुर्गा घर्तीको सहयोगमा बारीको ढिकबाट खोल्सामा खसाले प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

प्रहरीले घटनाको थप अनुसन्धान सुरु गरेको जनाएको छ ।



from Online Khabar https://ift.tt/XC1uv76

No comments:

Post a Comment