Thursday, February 10, 2022

बालकुमारी मन्दिरबाट हराएको मूर्ति भेटियो

२८ माघ, काठमाडौं । ललितपुरको सुनाकोठीस्थित बालकुमारी मन्दिरबाट हराएको मूर्ति फेला परेको छ ।

प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले खुमलटारस्थित क्लासिक टावरको पछाडि रहेको एक मन्दिर नजिक आज बिहान मूर्ति फेला परेको जानकारी दिए ।

ललितपुर प्रहरी प्रहरी प्रमुख यज्ञविनोद पोखरेलका अनुसार सशस्त्र प्रहरीको क्याम्पको नजिक रहेको करूणा मन्दिर अगाडि मूर्ति जस्ताको तस्तै भेटिएको छ ।

बालकुमारी माईको उक्त मूर्तिलाई प्रहरीले जावलाखेल लगिसकेको छ । केहीबेरमा मूर्तिलाई सुनाकोठी पठाउने तयारी भइरहेको छ ।

यही माघ ८ गते मन्दिरबाट मूर्ति चोरी भएको थियो । सुनाकोठीका वडाध्यक्षले मूर्ति फेला पार्नेलाई ५ लाख पुरस्कार दिने घोषणा गरेका थिए ।



from Online Khabar https://ift.tt/GFIB8Ot

No comments:

Post a Comment