४ पुस, काठमाडौं । आज पनि देशका केही भागमा मौसम बदली हुने भएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहारमा रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव नेपालमा परेको छ । जसले गर्दा नेपालको तराईका केही स्थानमा हुस्सु र कुहिरो लागेको छ ।
आज दिउँसो बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली हुनेछ भने बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।
प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागको एक-दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ।
मंगलबार पनि देशको पहाडी भू-भागमा हल्का वर्षा र उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना रहेको छ । बुधबार भने प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक बदली भए पनि वर्षा र हिमपातको सम्भावना कम रहेको छ ।
from Online Khabar https://ift.tt/UY8v0GI
No comments:
Post a Comment