Wednesday, December 21, 2022

अमेरिकी संसदमा जेलेन्स्कीले भने-रुसी अत्याचारले सीमा नाघ्यो, युक्रेनले आत्मसर्मण गर्दैन

७ पुस, काठमाडौं । युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले अमेरिकी संसदलाई सम्बोधन गर्दै रुसको अत्याचारले सीमा नाघेको टिप्पणी गरेका छन् । तर युक्रेनले आत्मसमर्पण नगर्ने उनले बताए ।

सबै प्रतिकूलताका बाबजुद युक्रेन जीवित रहेको बताउँदै उनले युक्रेनमा स्वतन्त्रताका लागि भएको लडाइँले आउँदो पुस्ता कस्तो विश्वमा जिउनेछन् भन्ने परिभाषित गर्ने बताए ।

जेलेन्स्कीले सम्बोधन गरिरहँदा अमेरिकी सांसदरुले पटक पटक ताली बजाएर र आफ्नो आसनबाट उठेर सम्मान व्यक्त गरेका थिए । उनले रुसविरुद्धको लडाइँमा अमेरिकाको साथ, सहयोग र समर्थनप्रति आभार व्यक्त गरे । उनले रुसविरुद्धको लडाइँमा युक्रेनले विजय हासिल गरेरै छाड्ने समेत बताए ।

त्यसअघि अमेरिकी राष्ट्रपति जो बाइडनले रुसविरुद्धको लडाइँमा युक्रेन एक्लै नहुने बताउँदै अमेरिकाको साथ चाहिंदासम्म आफूहरुले साथ दिने बताएका थिए ।

युक्रेनलाई थप दुई अर्ब अमेरिकी डलरसहितको सैन्य सहयोग गर्ने पनि उनले बताए । यो सहयोगमा जमिनदेखि आकासमा क्षेप्यास्त्र प्रहार गर्ने प्रणाली समावेश रहेको बीबीसीले जनाएको छ ।

बाइडनले नयाँ वर्षमा युक्रेनलाई झण्डै ४५ अर्ब डलर बराबरको सहयोग गर्ने बाचासमेत गरेका छन् । यद्यपि उनको यो घोषणालाई अमेरिकी संसदले स्वीकृति दिन बाँकी छ ।



from Online Khabar https://ift.tt/UXjOYKC

No comments:

Post a Comment