Tuesday, December 13, 2022

तोरी बारीमा टिकटक (फोटोसहित)

२८ मङ्सिर कपिलवस्तु । पहेँलै फुलेको तोरी । तोरीले थपिदिएको छ गाउँबस्तीमा सुन्दरता ।

शिवराज नगरपालिकाको वडानम्बर ३ बलुहवामा फुलेको तोरीबारीले अहिले सबैको ध्यान तानेको छ । युवतीहरु त्यहीँ पुगेर टिकटक बनाउँछन् ।

बलुहवा जस्तै यति बेला कपिलवस्तुका अघिकांश बस्ती तोरी फुलेर पँहेलाम्मे देखिएको छ । जिल्लाको बाणगंगा, बुद्धभूमि, शिवराज, कपिलवस्तु नगरपालिका तथा विजयनगर गाउँपालिका व्यवसायी तोरी गर्नेको संख्या बढ्दै गएको छ ।

तोरीको फूल १५ देखि २० दिनसम्म बोटमा रहने हुँदा यो अवधिमा खेतबारी पहेँलै देखिन्छ । जिल्लामा २ हजार ८ सय हेक्टर बढी क्षेत्रमा तोरी खेती गरिँदै आएको छ । यसबाहेक गँहु खेती पनि हुने गरेको कृषिज्ञान केन्द्रका प्रमुख डा रवीन्द्र चौबेले बताए ।

पछिल्लो समय तेलको मूल्य बढेसँगै कृषकहरुको तोरी खेतीमै आकर्षण बढ्दो छ ।

 

 



from Online Khabar https://ift.tt/0AY136W

No comments:

Post a Comment