Friday, December 9, 2022

क्रोएसियासँग पराजित भएपछि ब्राजिलका प्रशिक्षकले दिए राजीनामा

२४ मंसिर, काठमाडौं । कतारमा जारी फिफा विश्वकप अन्तर्गत क्वाटरफाइनलमा क्रोएसियासँग पराजित भएपछि ब्राजिलका प्रशिक्षक टिटेले राजीनामा दिएका छन् ।

शुक्रबार भएको पहिलो क्वाटरफाइनलमा ब्राजिल क्रोएसियासँग पेनाल्टीसुट आउटमा ४-२ ले पराजित हुँदै बाहिरिएको थियो । विश्वकपबाट बाहिरिएपछि प्रशिक्षक टिटेले राजीनामा दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

सन् २०१६ मा ब्राजिलको प्रशिक्षक बनेका टिटेले २०१९ मा ब्राजिललाई कोपा अमेरिका जिताएका थिए । उनले कतार विश्वकपपछि पद छाड्ने गत फेब्रुअरीमै घोषणा गरेका थिए ।



from Online Khabar https://ift.tt/yGFiAHS

No comments:

Post a Comment