Wednesday, December 28, 2022

भारतमा राजनीतिक कार्यक्रममा भागदौड मच्चिंदा ७ जनाको मृत्यु

१४ पुस, काठमाडौं । भारत आन्ध्र प्रदेशको नेल्लोर जिल्लामा एक राजनीतिक कार्यक्रमा भागदौड मच्चिंदा ७ जनाको मृत्यु भएको छ ।

तेलुगु देशम पार्टी (टिडिपी)को कार्यक्रममा बुधबार बेलुका भागदौड मच्चिएको हो । उक्त र्‍याली पार्टीका प्रमुख एवम् आन्ध्र प्रदेशका पूर्व मुख्यमन्त्री एन चन्द्रबाबु नायडुले आयोजना गरेका थिए ।

नायडुले रोड शो गर्ने बेला उनको गाडी वरिपरी हजारौंको भिड जम्मा भएको थियो । त्यही बेला भागदौड मच्चिंदा सात जनाको मृत्यु भएको भारतीय समाचार एजेन्सी एएनआईले जनाएको छ । केही मानिसहरु घाइते भएको र उनीहरुको अवस्था गम्भीर रहेको समाचारमा उल्लेख छ ।

तेलुगु देशम पार्टीले घटनामा मृत्यु भएकाका परिवारलाई १० लाख रुपैयाँको दरले राहत प्रदान गर्ने घोषणा गरेको छ ।



from Online Khabar https://ift.tt/F5e4krv

No comments:

Post a Comment