Thursday, July 20, 2023

ब्रुनो म्यानचेष्टर युनाइटेडको नयाँ कप्तान

५ साउन, काठमाडौं । मिडफिल्डर ब्रुनो फर्नान्डेज प्रिमियर लिग क्लब म्यानचेष्टर युनाइटेडका नयाँ कप्तान बनेका छन् । क्लबले ब्रुनो फर्नान्डेजलाई नयाँ कप्तान नियुक्त गरेको जनाएको छ ।

प्रशिक्षक एरिक टेन हगले ह्यारी मगुएरलाई कप्तानबाट हटाएपछि युनाइटेडले नयाँ कप्तान नियुक्त गरेको छ ।

२०२० जनवरीमा ओले गनर सोल्सायरले ह्यारी मगुएरलाई युनाइटेडको कप्तान बनाएका थिए । तर गत आइतबार मगुएरले आफैं आफूलाई कप्तानबाट हटाएको बताएका थिए ।

ब्रुनो फर्नान्डेजले यसअघि मगुएरको अनुपस्थितीमा पनि युनाइटेडको कप्तानी गर्दै आएका थिए । अब भने टेन हागको क्लबमा उनी स्थायी कप्तान नै बनेका छन् ।

२०२० मा ओल्ड ट्राफोर्ड क्लब पुगेका ब्रुनो फर्नान्डेजले १८५ खेल खेल्दा ६४ गोल गरेका छन् भने ५४ असिस्ट गरेका छन् ।



from Online Khabar https://ift.tt/zTa9JKE

No comments:

Post a Comment