Sunday, July 9, 2023

इमरजङ कपक लग आरफक सथनम पवन सररफ टलम समवश

२५ असार, काठमाडौं । श्रीलंकामा यही जुलाई १३ देखि २३ सम्म हुने एसीसी इमर्जिङ टिम्स एसिया कपको लागि पवन सर्राफलाई नेपालि टोलीमा समावेश गरिएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार बिहान सपन सर्राफलाई टिममा राखिएको जनाएको छ ।

क्यानले आरिफ शेखको स्थानमा पवनलाई टिममा राखिएको जनाएको छ ।

आरिफ शेखले व्यक्तिगत कारण देखाउँदै नाम फिर्ता लिएको नेपाली टोलीका मुख्य छनोटकर्ता दिपेन्द्र चौधरीले जानकारी दिए ।

यसअघि नै क्यानले अनुभवी खेलाडीद्वय ज्ञानेन्द्र मल्ल र करण केसीलाई आराम दिँदा सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरी ग्लोबल टी-२० क्यानडा लिग खेल्न जाने भएकोले टिममा राखिएको छैन ।

इमर्जिङ टिम्स कपको लागि क्यानले सोमबारै नेपाली टोलीलाई बिदाइ गर्दैछ ।

आउने बिहीबारदेखि हुने इमर्जिङ कपमा नेपाल समूह बी मा छ । यस समूहमा भारत र पाकिस्तानको ए टिमसँगै यूएई पनि छ ।

नेपालले जुलाई १४ मा पाकिस्तान ए सँग पहिलो खेल खेल्नेछ ।

नेपाली टोली

रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, अर्जुन साउद, सोमपाल कामी, देव खनाल, भीम शार्की, कुशल मल्ल, गुल्सन झा, ललित राजवंशी, किशोर महतो, प्रतिश जिसी, पवन सर्राफ, सन्दीप जोरा, सूर्य तामाङ, श्याम ढकाल

 



from Online Khabar https://ift.tt/wPiWOHa

No comments:

Post a Comment