Friday, July 14, 2023

लुम्बिनी र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना

३० असार, काठमाडौं । देशभर मौसम सामान्यदेखि पूर्ण बदली रहेको छ । बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघ-गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिनभर नै सबै प्रदेशका केही ठाउँमा वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानहरुमा मेघ-गर्जन/चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

केही ठाउँमा भारी वर्षातका साथै हावाहुरी, चट्याङ, बाढीपहिरोको सम्भावना भएकोले सतर्कता अपनाउन महाशाखाले सचेत पनि गराएको छ ।

 

 



from Online Khabar https://ift.tt/hle9g2n

No comments:

Post a Comment