Wednesday, July 12, 2023

मेची राजमार्ग र तमोर करिडोर अवरुद्ध, १८ सडक ‘वान-वे’

२८ असार, काठमाडौं । मेची राजमार्ग र तमोर करिडोर अवरुद्ध भएको सडक विभागले जनाएको छ । विभागका अनुसार अन्य १८ सडक भने एकतर्फी सन्चालन भइरहेका छन् ।

आज बिहान ९ बजेको अध्यावधिक विवरणअनुसार मेरी राजमार्ग अन्तर्गत केचना-चन्द्रगढी-चारआली-इलाम-फिदिम र गणेशचोक-ताप्लेजुङ्ग-ओलाङचुङ्गोला सडकखण्ड अवरुद्ध छ । पाँचथरको हेवा खोलामा सडक र पुल भत्किँदा मेची राजमार्ग अवरुद्ध भएको हो ।

यसैगरी तमोर करिडोर अन्तर्गत चतरा-मुलघाट-माझीटार-अमरापुरडाँडा-गणेशचोक सडकखण्ड पनि अवरुद्ध । यो सडकखण्डमा पर्ने पाँचथरको माझीटार र हेवा खोलामा सडकमा भएको क्षतिका कारण यातायात पूर्णरुपमा ठप्प भएको हो ।

विभागका अनुसार अन्य १८ सडक भने एकतर्फी सन्चालन भइरहेका छन् ।

म्याग्दीको नौनीबगर, गुइथे, काभ्रे र बैसरी तथा पाल्पाको ढुंगाखानीमा पहिरो जाँदा तानसेन-रिडी-कोरला सडक एकतर्फी भएको छ ।

लमजुङको खरखरे भिर र मनाङको तिमाङमा पहिरो जाँदा डुम्रे-बेशीसहर-चामे सडक पनि एकतर्फी सन्चालन भइरहेको छ ।

यसैगरी संखुवासभाको मुढे, हाइटार र दोभानमा पहिरो जाँदा कोशी राजमार्ग एकतर्फी भएको छ ।

सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको हिउदे खोला, दोभान र गउडे पुलमा भएको क्षतिका कारण सडक एकतर्फी भएको छ ।

कर्णाली राजमार्ग र राप्ती राजमार्गमा पनि यातायातका साधन एकतर्फी सन्चालन भइरहेका छन् । कर्णाली राजमार्ग अन्तर्गत दैलेखको दहीखोला र राप्ती राजमार्ग अन्तर्गत सल्यानको चोरखोलामा पहिरो खसेको छ ।

अरनिको राजमार्ग अन्तर्गत सिन्धुपाल्चोकको दाक्लुङ र हिँडीमा आएको समस्याले काठमाडौं-धुलिखेल-दोलालघाट-खाडीचौर-कोदारी सडकखण्ड पनि एकतर्फी भएको सडक विभागले जनाएको छ ।



from Online Khabar https://ift.tt/CR6KgMf

No comments:

Post a Comment