Saturday, July 15, 2023

चेक गणतन्त्रकी वोन्ड्रोसोभाले जितिन् विम्बल्डन टेनिसको उपाधि

३१ असार, काठमाडौं । चेक गणतन्त्रकी मार्केटा वोन्ड्रोसोभाले विम्बल्डन टेनिसको महिला एकल तर्फको उपाधि जितेकी छन् ।

उनले शनिबार ट्युनिसियाकी ओन्स जाबेउरलाई हराएर उपाधि जितेकी हुन् । उनको यो पहिलो ग्राण्डस्लाम टुर्नामेन्ट उपाधि हो ।

शनिबार लण्डनमा भएको फाइनल खेलमा उनले जाबेउरलाई सिधा सेटमा ६-४ र ६-४ले हराइन् ।

विम्बल्डनको महिला एकलतर्फको उपाधि जित्ने उनी चेक गणतन्त्रको तेस्रो खेलाडी हुन् । साथै विम्बल्डनको इतिहासमा महिला एकलतर्फ च्याम्पिन बन्ने उनी पहिलो गैरवरियता खेलाडीसमेत बनिन् ।

सेमिफाइनलमा जाबेउरले अघिल्लो पटककी विजेता इलिना रिबाकिनालाई हराएर फाइनल पुगेकी थिइन् । यसैगरी वोन्ड्रोसोभाले एलिना स्वितलिनालाई ६-३ र ६-३ को सेटमा सेमिफाइनलको खेल जितेर फाइनल पुगेकी थिइन् ।



from Online Khabar https://ift.tt/n4rQNEm

No comments:

Post a Comment