Thursday, August 31, 2023

एसिया कप : बंगलादेशलाई हराउँदै घरेलु टोली श्रीलंकाको विजयी सुरुवात

१५ भदौ, काठमाडौं । तीव्र गतिका बलर मथिशा पाथिराना र मध्यक्रमका ब्याटर चरिथ असलंकाको उत्कृष्ट प्रदर्शनमा घरेलु टोली श्रीलंकाले एसिया कपमा बंगलादेशलाई पाँच विकेटले हराउँदै विजयी सुरुवात गरेको छ ।

जितको लागि १६५ रनको विजयी लक्ष्य पछ्याएको श्रीलंकाले ३९ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । श्रीलंकाका लागि चरिथ असलंका ९२ बलमा ५ चौका र १ छक्कासहित ६२ रनमा नटआउट रहे । ओपनर पाथुम निसंका १४, दिमुथ करुणारत्ने १ र कुशल मेन्डिस ५ रनमा आउट भएका थिए ।

चौथो विकेटका लागि चरिथ र सदिरा समराविक्रमाले ७८ रनको साझेदारी गर्दै खेललाई लयमा फर्काएका थिए । सदिरा ७७ बलमा ६ चौका ५४ रनमा आउट भए । दासुन शानका २१ बलमा १ चौकासहित १४ रनमा नटआउट रहे ।

बंगलादेशका कप्तान सकिब अल हसनले १० ओभरमा २ मेडनसहित २९ रन खर्चेर २ विकेट लिए । तस्किन अहमद, मेहदी हसन र शोरिफुल इस्लामले एक–एक विकेट लिए ।

त्यसअघि, पालेकाले इन्टरनेशनल क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ रोजेको बंगलादेश ४२.४ ओभरमा १६४ रनमा अलआउट भएको थियो । बंगलादेशका नाज्मुल हसन शान्टोले १२२ बलमा ७ चौकासहित सर्वाधिक ८९ रनको योगदान दिए पनि जितको लागि पर्याप्त हुन सकेन । अन्तिम ६ विकेट ३७ रनमा गुमाउनु बंगलादेशको लागि भारी पर्यो ।

सान्टो स्पिनर महेश थिक्सेनाको बलमा एलबीडब्लू आउट भएपछि शतक बनाउन चुकेका थिए । एक समय बंगलादेश १२७–४ को अवस्थामा रहेपनि अन्तिम ६ विकेट मात्रै ३७ रनमा गुमाउन पुगेको थियो ।

ओपनर मोहम्मद नइम १६, तान्जिद हसन डक, कप्तान सकिब अल हसन ५, तोवहिद ह्दोय २०, मुश्फिकर रहिम १३, मेहेदी हसन मिराज ५, मेहेदी हसन ६ र मुश्ताफिजुर रहमान डक आउट भए ।

श्रीलंकाका तीव्र गतिका बलर मथिसा पाथिरानाले ७.४ ओभरमा ३२ रन खर्चेर ४ विकेट लिए । महेश थिक्सेना ८ ओभरमा १ मेडनसहित १९ रन खर्चेर २ विकेट लिए । धनन्जय डि सिल्भा, दुनिथ वेलाजिगे र दासुन शानकाले एक–एक विकेट लिए ।

एसिया कप अन्तर्गत समूह ‘ए’ को खेलमा शनिबार भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ ।



from Online Khabar https://ift.tt/wYgqTCs

iQoo लाया जबरदस्त मिड रेंज फोन, बड़ी बैटरी के साथ शानदार कैमरा, लुक भी है प्रीमियम

iQoo Z7 Pro 5G को भारत में लॉन्च कर दिया गया है. ये फोन भी अब iQoo Z7 और iQoo Z7s के साथ Z7 लाइनअप का हिस्सा बन गया है. इस फोन में MediaTek Dimensity 7200 प्रोसेसर और 64MP प्राइमरी कैमरा जैसे फीचर्स दिए गए हैं. आइए जानते हैं डिटेल.

from Latest News मोबाइल-टेक News18 हिंदी https://ift.tt/YlGEh5Z

पूर्वी कङ्गोमा राष्ट्रसंघ विरोधी प्रदर्शन दमनमा ४८ जनाको मृत्यु

१५ भदौ, गोमा, कङ्गो । पूर्वी कङ्गोमा संयुक्त राष्ट्रसङ्घविरोधी प्रदर्शनमाथि भएको कारबाहीमा कम्तीमा ४८ जनाको मृत्यु भएको स्थानीय स्रोतले बिहीबार जनाएको छ । एएफपीलाई प्राप्त आधिकारिक दस्तावेजमा आक्रमण र हताहतको पुष्टि गरिएको छ ।

गत बुधबार कङ्गोका सैनिकले गोमा शहरमा संयुक्त राष्ट्रसङ्घका शान्ति सैनिकविरुद्ध प्रदर्शन गर्ने योजना बनाएको धार्मिक सम्प्रदायमाथि आक्रमण गरेका थिए ।

सुरुमा करिब १० जनाको मृत्यु भएको बताइएको थियो, जसमा एक जना प्रहरी अधिकारी पनि थिए । मृतक प्रहरीलाई सम्प्रदायका सदस्यहरूले नराम्रोसँग पिटेका थिए ।

तर एएफपीले परामर्श गरेको र सुरक्षा अधिकारीहरूले पुष्टि गरेको सेनाको आन्तरिक दस्तावेजमा मारिने प्रहरीबाहेक ४८ जनाको मृत्यु भएको र ७५ जना घाइते भएको उल्लेख छ ।

उक्त आक्रमणका क्रममा धेरै धारिला हतियारहरू जफत गरेको र सम्प्रदायका नेता सहित १६८ जनालाई गिरफ्तार गरेको सैनिक अधिकारीहरूले बताएका छन् ।

कङ्गोको मानव अधिकार अधिकार समूह लुचाले पनि बिहीबार मारिएको प्रदर्शनकारीको सङ्ख्या ५० को हाराहारीमा रहेको जनाएको छ ।

बिहीबार सामाजिक सञ्जालमा प्रसारित दुई अपुष्ट भिडियोमा कङ्गोका सैनिकहरूले रगतले लतपतिएका मृत शरीरहरू सैन्य गाडीको पछाडि फ्याँकेको देखिन्छ ।

प्रजातान्त्रिक गणतन्त्र कङ्गोको पूर्वी भाग तीन दशकदेखि सशस्त्र लाडाकूको हिंसाको चपेटामा परेको छ, जुन सन् १९९० र सन् २००० को दशकमा भड्किएको क्षेत्रीय युद्धको विरासत हो ।

यस क्षेत्रमा संयुक्त राष्ट्रसङ्घको शान्ति मिसन विश्वको सबैभन्दा ठूलो र महँगो मध्ये एक हो, जसको वार्षिक बजेट लगभग एक अर्ब डलर छ ।

संयुक्त राष्ट्रसङ्घले मध्य अफ्रिकी राष्ट्रमा भएका हिंसातमक घटनाको कडा आलोचना गरिरहेको छ । यस क्षेत्रमा धेरै मानिसहरूले शान्ति सैनिकहरूलाई द्वन्द्व रोक्न असफल भएको ठान्छन् । एएफपी



from Online Khabar https://ift.tt/rbJeydQ

ईभी अन्तर्राष्ट्रिय प्रदर्शनी शुक्रबारदेखि

१५ भदौ, काठमाडौं । नेपाल पावर, लाइट एण्ड इलेक्ट्रिक, नेपाल कन्जुमर इलेक्ट्रोनिक्स एण्ड होम अपलायनसेस तथा नेपाल ईभी अन्तर्राष्ट्रिय प्रदर्शनी शुक्रबारदेखि हुने भएको छ ।

मिडिया स्पेस सोलुसनस, फ्युचरेक्स ट्रेड फेर एण्ड इवेंट्स, एक्जीबीसन एण्ड ट्रेड सर्विसेस इन्डिया प्रालि तथा इलेक्ट्रिक भेइकल म्यानुफ्याकचरर एण्ड इम्पोर्टरस एशोसिएशन अफ नेपाल को सयुक्त आयोजनामा प्रदर्शनी हुन लागेको हो ।

यही भदौ १५ देखि १७ गतेसम्म काठमाडौं को भृकुटीमण्डपमा हुन लागेको प्रदर्शनीको उद्देश्य मुलुकमा बढ्दो उत्पादित जलविद्युत्को विभिन्न विद्युतीय माध्यमबाट उपभोग बढाइ देशलाई आर्थिक रुपमा सवलिकरण गर्ने रहेको आयोजकले जनाएको छ । उक्त प्रदर्शनीमा स्वदेशी तथा विदेशी गरी १०० भन्दा बढी कम्पनीको प्रदर्शनी कक्ष रहने छन् ।

विद्युतीय सवारीलाई प्रवद्र्धन तथा प्रोत्साहन गर्ने, विद्युत् तथा गुणस्तरीय विद्युतीय सामग्रीको व्यवसाय विकास एवं यस क्षेत्रसँग आवद्ध आन्तरिक र अन्तर्राष्ट्रिय व्यापारको सहजीकरण एवं प्रवर्द्धनका लागि प्रदर्शनी आयोजना गर्न लागिएको आयोजकले जनाएका छन् । यस प्रदर्शनीमा विद्युतीय कार, विद्युतीय स्कुटर, मोटरसाइकल, विद्युतीय साइकल तथा रिक्सा, चार्जिङ स्टेशन, ब्याट्री, ट्रान्समिसन तथा डिष्ट्रिव्यूसन सामग्री, ऊर्जा आपूर्ति तथा नियन्त्रणयन्त्र, हाउस वायरिङ सामग्री, वायर, केबुल एवं कण्डक्टर, अत्याधुनिक प्रकारका स्वीच, एलिडी लाइटिङ, इलेक्ट्रोनिक्स उपकरण, घरेलु विद्युतीय उपकरणहलगायत विद्युतीय सामग्रीका कम्पनीको सहभागिता रहनेछ ।

राष्ट्रिय एवं अन्तर्राष्ट्रिय इलेक्ट्रिक, इलेक्ट्रोनिक्स, सञ्चार एवं सूचना प्रविधि तथा विद्युतीय एवं वैकल्पिक ऊर्जा उद्यमीलाई एकै स्थानमा जमघट गराई व्यावसायिक प्रवर्द्धन गरिने आयोजकको दाबी छ । साथै यी उद्योगमा भएका नविनतम उपलब्धिबारे सूचना आदानप्रदान गर्ने तथा उपभोक्ता वर्गमा ऊर्जाको व्यवस्थित खपतको महत्वबारे जानकारी अद्यावधिक गराउन सहयोग पुर्याउने लक्ष्य यस संस्करणको रहेको आयोजकले छ ।

यस प्रदर्शनीमा सहयोगी संस्थाको भूमिकामा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र, नेपाल विद्युत प्राधिकरण तथा युएसआईडी क्लिन एयर/एफएचाइ तीन सय ६० रहेका छन । साथै ल्यान्यार्ड सहयोगीमा यासुडा तथा ई कमर्स सहयोगीमा दराज रहेको छ ।



from Online Khabar https://ift.tt/te85nVN

Wednesday, August 30, 2023

एमालेमा ‘यूटर्न’ भएका किरणलाई संसदीय समितिको सभापति उपहार

१४ भदौ, जनकपुरधाम । प्रतिनिधिसभाका ११ संसदीय समिति मध्ये प्रमुख प्रतिपक्ष नेकपा (एमाले)को भागमा सार्वजनिक लेखा समिति र महिला तथा सामाजिक समिति पर्‍यो । लेखा समितिको सभापति ऋषिकेश पोखरेल बने भने महिला तथा सामाजिक समिति सभापति किरणकुमार साह बनेेका छन् ।

महिला तथा सामाजिक समितिको सभापति बनेका किरण रौतहट क्षेत्र नं. २ बाट स्वतन्त्र जितेका प्रतिनिधिसभा सदस्य हुन् । जसपासँग चुनावी गठबन्धन हुँदा रौतहट क्षेत्र नं. २ जसपाको भागमा पर्यो भने अन्य तीनवटा क्षेत्र एमालेको भागमा ।

त्यही बेला प्रभु साहले एमालेबाट विद्रोह गरे । एमालेबाट टिकट खोसिएको भन्दै किरणले पनि प्रभुसँगै पार्टीबाट विद्रोह गरे । प्रभुको स्वतन्त्र प्यानलबाटै उनले स्वतन्त्र उम्मेदवारी दर्ता गराए ।

प्रभु साहले क्षेत्र नं. ३ मा उम्मेदवारी दर्ता गराएका थिए । पछि पाँचदलीय गठबन्धनले प्रभु साहलाई नै सघाउने निर्णय गर्यो । तर किरण चुनाव लडेको क्षेत्रमा सत्ता गठबन्धन घटक नेपाली कांग्रेसबाट फिरदोस आलम उम्मेदवार बने ।

प्रभु साहले गठबन्धनको सहयोग लिएको तर आफूलाई नसघाएर कांग्रेस उम्मेदवार फिरदोसलाई जिताउन षड्यन्त्र गरेको भन्दै किरण बिच्किए । ‘हामीबीच स्वतन्त्र उम्मेदवारलाई चुनावमा एकअर्कालाई समन्वय गरी सघाउने, जित्ने र जिताउने सहमति भएको थियो । तर चुनावको ४ दिनअघि उहाँले कांग्रेस उम्मेदवार फिरदोसदाई जिताउने प्रतिबद्धता र मलाई हराउने षड्यन्त्र गर्नुभयो । त्यसपछि म आफ्नो ढंगले अघि बढेँ,’ किरण भन्छन् ।

चुनावको दुईदिन अघि उनलाई जसपाका उम्मेदवार शैलेन्द्र साहले समर्थन गर्ने उदघोष गरेका थिए । फलस्वरुप उनी ३२ हजार आठ सय ४२ मत प्राप्त गरी स्वतन्त्रबाटै निर्वाचित भए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार फिरदोस आलम २८ हजार २४८ मत पाएर पराजित भए ।

फिरदोस आलम इँट्टा भट्टामा मान्छे पोलेको अभियोगमा जेल सजाय भोगिरहेका आफताव आलमका छोरा हुन् । २७ चैत २०६४ मा राजपुरमा भएको बम बिस्फोट तथा जिउँदै मान्छेलाई इँट्टा भट्टामा पोलेको अभियोगमा अफताव आलम २६ असोज २०७६ मा पक्राउ परेका थिए । २९ कात्तिक २०७६ मा उनलाई अदालतले पुर्पक्षका लागि थुनामा पठाइएको थियो ।

२०७४ को निर्वाचनमा यो क्षेत्रबाट अफताव कांग्रेसबाटै १८ हजार ८३३ मत सहित विजयी हुँदा किरण संघीय समाजवादी फोरम नेपालबाट उम्मेदवार थिए । किरण १६ हजार ८६५ मत पाएर दोस्रो भएका थिए ।

२०७९ को प्रतिनिधिसभा निर्वाचनमा स्वतन्त्रबाट जिते पनि १९ पुस २०७९ मा किरण एमालेमा फर्किए । उनलाई एमालेले गठबन्धनसहितको सरकारमा मन्त्री बनाउने आश्वासन दिँदै पार्टीमा भित्राएको थियो । पाँचदलीय गठबन्धन पुरानै अवस्थामा फर्किँदा सरकारबाट एमालेको बहिर्गमनले किरण मन्त्री बन्न पाएनन् ।

‘अन्तिम अवस्थामा जसपाको भागमा मेरो क्षेत्र पारेपछि मैले स्वतन्त्र उम्मेदवारी दर्ता गराएको थिएँ । पछि पार्टी अध्यक्षजीले मतगणनाको बेला मलाई दुईपटक फोन गरेर हालखबर सोध्नु भयो । जसपाको सहयोग हामीले नै गराएको भन्नुभयो । अगि्रम बधाई दिनुभयो,’ किरण भन्छन्, ‘पछि एकलै स्वतन्त्र सांसद भएर केही गर्न सकिँदैन भन्ने लागेपछि र अध्यक्षजीले सम्मान हुन्छ भनेपछि फर्किएँ ।’

अन्ततः एमालेले उनले संसदीय समितिको सभापति बनाएको छ । किरण यो पदलाई स्वाभाविक मान्छन् । ‘यसलाई उपहार भन्नुस् वा जे भन्नुस् । उचित सम्मान हुन्छ भनेेर पार्टीले भनेको थियो । एमाले सत्तामा गएपछि मन्त्री पनि मलाई बनाउँछ भन्नेमा म विश्वस्त छु ।’

कांग्रेस, माओवादी, नयाँशक्ति, जसपा हुँदै एमालेमा

किरण जनयुद्धकालमा माओवादी समर्थक थिए । त्यसअघि उनी कांग्रेस समर्थक थिए । जनयुद्धमा माओवादीको समर्थक रहेको खुलेपछि प्रहरी प्रशासनको हैरानीले ६ महिना भूमिगत जीवन विताएको उनी बताउँछन् । त्यसपछि व्यापार व्यवसायमा लागे ।

२०६४ पछि उनी माओवादीको पूर्णकालीन कार्यकर्ता बने । २०७० को दोस्रो संविधानसभा चुनावमा तत्कालीन एकीकृत नेकपा माओवादीबाट रौतहट क्षेत्र नं. २ मा चुनाव लडे । तर त्यस बेला विजय गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिक पार्टीबाट मो.मुस्ताक आलम विजयी भए । कांग्रेसका अफताव आलम निकटतम प्रतिद्वन्द्वी भए भने किरण तेस्रोमा स्थानमा रहे ।

२०७२ मा संविधान घोषणा पश्चात डा.बाबुराम भट्टराई एकीकृत नेकपा माओवादीबाट अलग्गिँदा किरण उत्तै लागे । डा.भट्टराईले नयाँशक्ति गठन गर्दा किरण रौतहट जिल्ला अध्यक्ष बने । २०७४ को स्थानीय चुनावमा राजपुर नगरपालिकामा किरणले आफ्नी श्रीमती निर्मला कोइरालालाई उम्मेदवार बनाएका थिए । तर निर्मला पराजित भइन् ।

२०७४ कै प्रतिनिधिसभाको चुनावको मनोनयन दर्ताको एक दिन अघि उनी उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरममा प्रवेश गरे । फोरमबाटै उनी रौतहट क्षेत्र नं. २ मा चुनाव लडे । त्यसबेला अफताव आलमले बाजी मारे । किरण दोस्रो भए ।

पछि फोरम जसपा बन्दा उनी केन्द्रीय परिषद सदस्य थिए । तर जसपामा भविष्य देखेनन् । २०७७ मा उनी एमाले प्रवेश गरे र एमालेको प्रदेश सदस्य बने ।

२०७९ को स्थानीय तह चुनावमा उनकी श्रीमती निर्मला राजपुर नगरपालिकामा एमालेबाटै मेयर पदको उम्मेदवार बनिन् । यद्यपि जित निकाल्न सकिनन् ।

मंसिर ४ को चुनावको मनोनयन दर्ता गर्ने बेला प्रभु साहसँगै किरणले पनि एमालेबाट विद्रोह गरे । चापाकल चिह्नबाट स्वतन्त्र चुनाव लडेर जिते ।

किरणको घर राजपुर नगरपालिका ५ मा छ । उनका बुबा हजारी साह कांग्रेसका लोकपि्रय नेता थिए । वन रक्षकमा जागिरे किरणले अन्तरजातीय प्रेम विवाह गरेका छन् । पछि वन रक्षकको जागिर छाडेर उनी राजनीतिमा होमिए । उनका दुई छोरी र एक छोरा छन् । ‘सुखी नेपाली, समृद्ध नेपाल’को नारा सार्थक बनाउन आफू एमालेमा लागेको उनी बताउँछन् ।



from Online Khabar https://ift.tt/ZTrjIHB

सस्ते में खरीदना है बेस्ट साउंबर? इस ऑप्शन के आगे हैं सब फेल! म्यूजिक सुनकर दिल हो जाएगा बाग-बाग

Honeywell एक अमेरिकन टेक्नोलॉजी कंपनी है जो भारत में कई तरह के प्रोडक्ट्स ऑफर करती है. अगर आप म्यूजिक लवर हैं तो कंपनी साउंडबार जैसे कई प्रोडक्ट्स अफोर्डेबल रेट में देती है. ऐसा ही एक प्रोडक्ट कंपनी के Honeywell Trueno U3000 160W Soundbar है. अगर आप घर के लिए कम कीमत में एक अच्छा साउंडबार खरीदना चाहते हैं तो हम आपको बताने जा रहे हैं कि इस ऑप्शन में.

from Latest News मोबाइल-टेक News18 हिंदी https://ift.tt/e7SjFCA

किन खाने क्वाँटी ?

नेपाली समाज बहुसांस्कृतिक, बहुभाषिक र बहुजातीय रहेको छ र सबैका आ-आफ्नै मौलिक परम्परा र विशेषता रहेका छन् । नेपालमा विभिन्न चाडपर्व मान्ने हो भने वर्षभरिमा कुनै पनि दिन खाली हुँदैन । यस्तो विविध विशेषताले भरिपूर्ण नेपाली समाजमा विभिन्न चाडपर्व मान्ने क्रममा जनैपूणिर्माको दिन जनै धागो लगाउने र विशेष खानाको रूपमा क्वाँटी खाने प्रचलन रहिआएको छ ।

क्वाँटी खाने प्रचलन कहिलेदेखि सुरु भएको हो यकिनका साथ भन्न सकिंदैन तथापि यो विशेषगरी नेवार समुदायबाट सुरु भएको र हाल नेपालका अधिकांश स्थानमा सबै जनजातिले क्वाँटीको झोल खाने प्रचलन रहेको पाइन्छ । वास्तवमा नेवारी भाषामा ‘क्वाँ’ भनेको तातो र ‘टी’ भनेको सुप हो ।

त्यसकारण क्वाँटी भनेको विभिन्न गेडागुडीहरूको मिश्रणबाट पकाएर बनाएको स्वादिलो र तात्तातो सुप हो भन्ने बुझिन्छ । यो आलेख क्वाँटी, यसको महत्व र यसले पुर्‍याउने फाइदाका बारेमा नै बढी केन्द्रित हुनेछ ।

क्वाँटी विभिन्न गेडागुडीहरूको मिश्रण हो र यसमा खासगरी नौ किसिमका गेडागुडीको सम्मिश्रण पाइन्छ । नेपाली समुदायमा खेतबारीमा काम गर्ने समय, मौसम परिवर्तन र जाडो यामको सुरुवात हुने समय आउनै लाग्दा जनैपूणिर्मा पर्व पर्छ र त्यतिबेला विभिन्न गेडागुडीको रस खाने प्रचलनका पछाडि विभिन्न सत्य र वैज्ञानिक कारण लुकेका छन् ।

शरीरलाई बलियो बनाउन, कमजोर शारीरिक क्षमता भएको अवस्थामा, रुघाखोकी जस्ता रोगहरू लाग्नबाट बचाउन वा शरीरको रोगविरुद्ध लड्ने क्षमता बढाउन जानेर वा नजानेरै क्वाँटी जस्ता विभिन्न पौष्टिक तत्वहरू खाने प्रचलन चलिआएको हो जुन अहिले असाध्यै वैज्ञानिक मानिन्छ । क्वाँटीमा पाइने विभिन्न पौष्टिक पदार्थले ऊर्जा प्राप्त हुने, शरीरमा रोगव्याधि र परिश्रमका कारण कोषहरूमा आएका समस्या समाधान हुने, शारीरिक वृद्धि विकास वा शरीरको मर्मतसम्भारमा सहयोग पुग्ने, व्यक्तिको रोग प्रतिरोध क्षमता बढ्ने र रोग लाग्नबाट बचाउन सक्छ जुन अति वैज्ञानिक छ । त्यसकारण क्वाँटीको सेवन सांस्कृतिक मूल्यमान्यताबाट प्रभावित भएर गरिए तापनि यसबाट विभिन्न फाइदा पाउन सकिन्छ ।

त्यसो त क्वाँटी जनैपूणिर्माको दिन वा अघिल्लो दिन मात्र खाएर पुग्दैन । यस्ता गेडागुडीको मिश्रणयुक्त खाद्यपदार्थ सकभर हाम्रा दैनिक खानामा हुनु आवश्यक छ । हामीले खाने प्रत्येक छाकको खानामा कार्बोहाइड्रेट, प्रोटिन, चिल्लो पदार्थ, भिटामिन, खनिज र पानी आवश्यक छ । क्वाँटीमा मुख्यगरी प्रोटिन पाइने भएकाले हाम्रो शरीरका लागि अति आवश्यक पौष्टिक तत्व प्रोटिनको आपूर्ति हुन सहयोग पुग्छ तर हामीलाई प्रोटिन मात्र खाएर हुँदैन ।

सन्तुलित खानाको रूपमा कार्बोहाइड्रेट र चिल्लो पदार्थ तथा भिटामिन पाइने खानाको स्रोत समेत मिलाएर खानुपर्छ । हामीले सकभर कार्बोहाइड्रेट कम, प्रोटिन केही बढी मात्रामा र अन्य खाद्यपदार्थ ठिक्क मिलाएर खानु राम्रो हुन्छ । तर खाद्यपदार्थको उत्पादन, आर्थिक अवस्था, पोषण सम्बन्धी चेतना, घरपरिवारको आकार आदिले सन्तुलित खाना प्राप्त गर्न कठिनाइ पर्ने गरेको यथार्थ नेपाली समाजमा देखापर्दछ ।

फलस्वरूप खाना खाँदा भात वा रोटी, आलुको तरकारी र आलुका अन्य परिकार बनाएर खाने चलन छ जसले गर्दा सन्तुलित खाना प्राप्त गर्न सकिंदैन । यस्तो खानाबाट केवल कार्बोहाइड्रेट मात्र प्राप्त हुने र अति आवश्यक तत्व प्रोटिन, भिटामिन र खनिज तत्वको सधैं अभाव हुनेभयो । परिणाम हामीलाई विभिन्न पौष्टिक तत्वको कमीबाट लाग्ने रोगहरू देखापर्न थाल्छन्, शारीरिक, मानसिक, संवेगात्मक र सामाजिक स्वास्थ्य राम्रो हुन सक्दैन र कुपोषण जस्ता समस्या देखिन सक्छन् ।

यस्तो खाना खानाले हाम्रो शारीरिक, मानसिक, संवेगात्मक र सामाजिक स्वास्थ्य पनि स्वस्थ हुनेमा कुनै शंका छैन । गर्भवती, स्तनपान गराउने महिला, बच्चा, किशोरकिशोरी र वृद्धहरूका लागि त यो निकै वरदानयुक्त खाद्यपदार्थ हो । घरपरिवारमा सबैले यसको सेवन गर्ने गरेमा रोगरहित ऊर्जावान् परिवारको कल्पना गर्न सकिन्छ

यस्ता समस्या अझ बढी बाल्यकाल, किशोरावस्था र वृद्धावस्थामा देखिएमा रोग विरुद्ध लड्ने प्रतिरोध क्षमताको अभावले गर्दा विभिन्न समस्या थपिई व्यक्ति मृत्युको मुखमा पुग्न पनि सक्छ । त्यसकारण सकभर हाम्रै गाउँघरमा खेतबारीमा पाइने पैसा नपर्ने वा कम मूल्य पर्ने खाद्यपदार्थलाई मिलाई सेवन गर्नु अति आवश्यक छ ।

क्वाँटी एक अर्थमा निकै पौष्टिक तत्वले भरिपूर्ण खाद्यपदार्थ भएकाले पनि यसको महत्व बढी देखिएको हो । क्वाँटी बनाउने क्रममा यसबाट बढी फाइदा पाउन विभिन्न गेडागुडीलाई ३ देखि ४ दिनसम्म पानीमा भिजाएर राख्ने जबसम्म यसमा टुसा पलाउँदैन ।

त्यसपछि यसलाई राम्रोसँग प्रेसर कुकरमा पकाउनुपर्छ र बेसार, खुर्सानीको धुलो, नुन, तोरीका दाना, आलसका दाना, टमाटर, प्याज, लसुन र अदुवाको पेस्ट तथा विभिन्न मरमसलाको प्रयोग गरी पुनः पानी थपेर पकाएर स्वादिष्ट बनाई बाक्लो सुपको रूपमा खान सकिन्छ ।

क्वाँटी नौ किसिमका गेडागुडी एकै ठाउँमा मिलाई पकाएर खाने गरिन्छ । त्यसो त जुनसुकै दलहन तथा गेडागुडीहरू दुई वा सोभन्दा बढी भएमा र टुसा उमारेर खाएमा त्यसको पौष्टिक गुणमा थप गुणस्तर आउने र विभिन्न तत्वहरू प्राप्त गर्न सकिने हुन्छ । तर हाम्रो प्रचलनमा क्वाँटी बनाउन तोकिएका गेडागुडीहरू रहेका छन् । यसरी ती तोकिएका प्रत्येक गेडागुडी तथा तिनले शरीरमा पार्ने प्रभाव, क्वाँटीको महत्व र फाइदा यसप्रकार छन्-

१. राजमा (रातो मिर्गौला जस्तो गेडागुडी) : यो हेर्दा मिर्गौलाको आकार जस्तै देखिन्छ । यो गेडागुडी वर्गमा निकै लोकप्रिय रहेको छ र सँगसँगै विभिन्न पौष्टिक तत्वहरूले पनि भरिएको छ । यसको मुख्य फाइदा यसले मुटुका रक्तनलीमा जम्ने बोसोको तहलाई कम गराउँछ वा खराब कोलेस्ट्रोल नियन्त्रण गर्छ । साथै मस्तिष्कको कार्यक्षमता बढाउने, मिर्गौलालाई सुरक्षा गर्ने र मुटुको समग्र स्वास्थ्य राम्रो राख्ने भएकोले सुगर रोगीलाई पनि राजमाको सेवनले फाइदा नै गर्छ ।

यसमा पाइने प्रोटिनका कारण यो बढी स्वास्थ्यवर्द्धक पनि हुन्छ । त्यस्तै यसमा प्रशस्त फाइबर पाइने हुँदा यसको नियमित सेवन गर्दा पेटका समस्या र अपच हुने समस्या पनि निराकरण हुन्छ । यसमा इनर्जी, प्रोटिन, नगन्य चिल्लो, कार्बोहाइड्रेट, फाइबर, सुगर, क्याल्सियम, पोटासियम र सोडियम जस्ता विभिन्न तत्व पाइन्छन् ।

२. बोडी (कालो आँखा जस्तो गेडागुडी) : यस्ता गेडागुडीलाई प्रोटिनको पावरहाउस पनि भनिन्छ । बोडीको सेवनले मुटु रोग नियन्त्रण, सुगर तथा रक्तचाप नियन्त्रण, रक्तअल्पताको उपचार, आँखाको स्वास्थ्य सुरक्षा, तौल कम गराउन सहयोग र प्याङ्क्रियाजमा हुनसक्ने क्यान्सरको समेत रोकथाम गर्दछ । यसमा उच्च मात्रामा प्रोटिन लगायत अन्य विभिन्न पौष्टिक तत्व पाइन्छन् ।

३. चना (चिकपिज) : अरू गेडागुडी जस्तै चना पनि प्रोटिन लगायत विभिन्न पौष्टिक तत्वहरूको भण्डार हो । यसको नियमित सेवनले तौल कम हुने, रक्तचाप सन्तुलनमा आउने, हर्मोनहरूको उत्पादन सन्तुलित हुने र मधुमेहका रोगीलाई समेत लाभदायक हुन्छ ।

४. भटमास (सोयाबिन) : भटमास पनि प्रोटिन, फाइबर तथा विभिन्न पौष्टिक तत्वको भण्डार र सुपर फुड नै हो । यसको सेवनले पनि कोलेस्ट्रोल नियन्त्रित हुने गर्छ । यसमा हानिकारक चिल्लो कम हुने, एन्टिअक्सिडेन्ट तथा ओमेगा ३ फ्याटी एसिड प्रशस्त पाइन्छ ।

५. मुंग (मुंगको दाना) : यो पोटासियम, म्याग्नेसियम र फाइबर प्रशस्त पाइने गेडागुडी हो । यसको नियमित सेवनले मुटुका रोग, रक्तचाप र कोलेस्ट्रोल नियन्त्रण गर्दछ ।

६. मास (कालो ग्राम दाना) : यसमा पनि अन्य गेडागुडीमा जस्तै प्रशस्तै विभिन्न पौष्टिक तत्वहरू पाइन्छन् । यसको सेवन गर्नाले पाचन प्रणाली, हाडजोर्नी, प्रजनन् प्रणाली, मुटु र मिर्गौलाको कार्यक्षमता बढाउँछ । कलेजोलाई सक्षम बनाउन, उच्च रक्तचाप कम गर्न, रगतमा सुगरको मात्रा घटाउन र स्नायु प्रणालीको क्षमता बढाउन समेत यसको सेवन गर्न सकिन्छ । साथै यो पेट दुखाइ, पाइल्स, कब्जियत जस्ता रोगको उपचारमा पनि प्रयोग गर्न सकिन्छ ।

७. बकुल्ला : यो हाडजोर्नीको स्वास्थ्य र प्रतिरोध क्षमता अभिवृद्धि गर्ने फाइदाजनक गेडागुडी हो । यसका साथै यसको सेवनले स्नायुको कार्यक्षमता बढाई पार्किन्सन्स् रोग (मस्तिष्कको कडा समस्या) मा फाइदा पुर्‍याउँछ भने रक्तअल्पता कम गर्ने, तौल कम गर्ने, रक्तचाप व्यवस्थित गर्ने र कोलेस्ट्रोल कम गर्ने जस्ता काम पनि गर्छ ।

८. केराउ : केराउको सेवनले पाचन प्रणालीको कार्यलाई सुधार गर्ने, मेटाबोलिज्म बढाउने, मुटुको स्वास्थ्यलाई राम्रो बनाउने र सुगरको मात्रा समेत नियन्त्रण गर्ने काम गर्छ ।

९. सेतो सिमी/गेडागुडी : यो स्वस्थकर शारीरिक तौल बनाउन, मांसपेशी बलियो बनाउन र पाचन प्रणाली राम्रो बनाउन लाभदायक छ ।

अन्त्यमा, क्वाँटी हाम्रो सांस्कृतिक प्रचलनको रूपमा जनैपूर्णिमाको अवसरमा खाने खाद्यपदार्थ हो तापनि यसको सेवन गर्नु अति आवश्यक छ । नियमित रूपमा सबै नौ किसिमका गेडागुडीयुक्त सुप बनाएर खान नसकिए तापनि जति उपलब्ध छ त्यति नै मिश्रण गरी वा मिश्रण नै नगरी कुनै एक किसिमको भए पनि गेडागुडी हामीले प्रत्येक खानामा खानु आवश्यक छ ।

यस्तो खाना खानाले हाम्रो शारीरिक, मानसिक, संवेगात्मक र सामाजिक स्वास्थ्य पनि स्वस्थ हुनेमा कुनै शंका छैन । गर्भवती, स्तनपान गराउने महिला, बच्चा, किशोरकिशोरी र वृद्धहरूका लागि त यो निकै वरदानयुक्त खाद्यपदार्थ हो । घरपरिवारमा सबैले यसको सेवन गर्ने गरेमा रोगरहित ऊर्जावान् परिवारको कल्पना गर्न सकिन्छ ।

(सेवानिवृत्त जनस्वास्थ्य निरीक्षक, जीवनशैली व्यवस्थापनमा विद्यावारिधि तथा प्राध्यापक मध्यविन्दु बहुमुखी क्याम्पस, कावासोती, नवलपुर)



from Online Khabar https://ift.tt/2VQbOzF

आज जनैपूर्णिमा पर्व मनाइँदै

१४ भदौ, काठमाडौं । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने जनैपूर्णिमा पर्व आज देशभर नयाँ जनै फेरेर र रक्षाबन्धन (डोरो) बाँधेर मनाइँदै छ ।

पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन् ।

मानव रक्षाका लागि जप, तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धन अर्थात् डोरो वैदिक परम्पराको मन्त्रोच्चारण गर्दै ब्राह्मण पुरोहितहरुले यजमानको दाहिने नाडीमा बाँधिदिने गर्छन् ।

यसै दिन ब्राह्मण, क्षत्री र वैश्य गरी तीन वर्णका तागाधारीले आफ्नो जनै फेर्नुपर्ने विधान शास्त्रमा उल्लेख रहेको धर्मशास्त्रका जानकार डा. बासुदेवकृष्ण शास्त्रीले जानकारी दिए । गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको डोरो (रक्षासूत्र) धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास रहेको उनले बताए ।

तागाधारीले पूर्णिमाका दिन बिहानै पोखरी, ताल, तलाउ, नदी र कुण्डमा गई स्नान गरी जौ, तिल र कुशद्वारा ऋषिहरुलाई तर्पण गरी वैदिक रुद्राभिषेक पद्धतिबाट मन्त्रिएको नयाँ जनै (यज्ञोपवीत) फेर्ने गर्दछन् ।

अरुन्धतीसहित कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि, वशिष्ठ र अगस्त्य गरी आठ ऋषिलाई पूजा एवं तर्पण गर्ने भएकाले आजको दिनलाई ऋषितर्पणी पनि भन्ने गरिन्छ । डा. शास्त्रीका अनुसार वैदिक गुरु परम्पराअनुसार यज्ञोपवीत अर्थात् जनैलाई ब्रह्मसूत्र अथवा ज्ञानको धागो भनिन्छ ।

रक्षाबन्धन बाँध्न एवं नयाँ जनै फेर्न बिहानैदेखि काठमाडौंको पशुपतिनाथ मन्दिर परिसर, वसन्तपुरस्थित अशोक विनायकलगायत वाग्मती नदी किनार र मठ मन्दिरमा भक्तजनको चहलपहल छ ।

यसैगरी रसुवाको गोसाइँकुण्ड, ललितपुरको कुम्भेश्वर, सिन्धुपाल्चोकको पाँचपोखरी, धनुषाको जनकपुरधाम, धनुषसागर र गंगासागर, जुम्लाको दानसाधु एवं नवलपरासीको त्रिवेणीधामलगायत स्थानमा पनि बिहानैदेखि मेला लागेको छ ।

नेपालको तराई मधेशमा भने आजकै दिन दिदीबहिनीले दाजुभाइलाई राखी बाँधिदिएर यो पर्व मनाइन्छ । यसबाट दिदीबहिनी र दाजुभाइ बीच प्रेमसम्बन्ध बढ्छ भन्ने सामाजिक मान्यता छ ।

जनैपूर्णिमाका विभिन्न थरीका गेडागुडी मिसाई भिजाएर टुसा उमारेर बनाइएको क्वाँटी खाने चलन छ । क्वाँटी खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षायामभर खेतीपातीको काम गर्दा शरीरमा लागेको चिसो हटाइ ताप सञ्चार गर्छ भन्ने धार्मिक एवं आयुर्वेद शास्त्रीय मान्यता छ ।



from Online Khabar https://ift.tt/0yhUtI6

Tuesday, August 29, 2023

नेपाली क्रिकेटमा अर्को ठूलो पर्व

१३ भदौ, काठमाडौं । झण्डै तीन दशकअघि सुरु नेपाली क्रिकेटको अन्तर्राष्ट्रिय यात्रा सुरु भएको थियो । यस यात्रामा नेपालले दोस्रो पटक ठूलो प्रतियोगिता खेल्दैछ । जुन नेपाली क्रिकेट र खेलको लागि अर्को ठूलो पर्व वा विशेष चाड जस्तै बन्दैछ ।

सन् १९९६ मा मलेसियामा एसीसी ट्रफी खेलेर अन्तर्राष्ट्रिय पाइला सुरु गरेको नेपालले सन् २०१४ मा पहिलो पटक आईसीसी टी-२० विश्वकप खेलेर ठूलो चर्चा कमायो । नेपाली क्रिकेटमा त्यो ऐतिहासिक क्षण थियो र त्यसले एक हिसाबमा क्रान्ती नै ल्यायो । जुन नेपालको लागि पहिलो अन्तर्राष्ट्रिय पर्व थियो ।

त्यसपछि नेपालले फेरि विश्वकप खेल्ने लगातार प्रयास गर्दै आए पनि सफल हुन सकिरहेको छैन । तर टी-२० विश्वकप खेलेको ९ वर्षपछि नेपालले विश्व क्रिकेटकै पावरहाउसका रुपमा रहेका भारत र पाकिस्तान जस्ता टिमसँग मिनी विश्वकप मानिने एसिया कपमा खेल्दैछ ।

झण्डै चार दशक लामो इतिहास रहेको एसिया कपमा नेपालले पहिलो पटक खेल्दैछ । नेपालले अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न सुरु गर्नुअघि नै सुरु भइसकेको एसिया कपमा नेपालले पहिलो सहभागितामै भारत र पाकिस्तान जस्ता बलिया टोलीको सामना गर्ने अवसर पाएको छ ।

अहिले सारा नेपाली यसैको प्रतिक्षामा छन् । सारा नेपाली र देशलाई नै अहिले क्रिकेटको यो माहोलले एकजुट बनाएको छ ।

नेपालले अब भारत र पाकिस्तानसँग खेल्नेछ भन्ने सुन्दा पनि मनै आनन्द हुन्छ । अब धेरै बेर कुर्नपर्दैन । नेपालले आजै बुधबार मुल्तानमा घरेलु टोली पाकिस्तानसँग खेल्दै त्यो सपना पनि पूरा गर्दैछ । विश्व चर्चित बाबर अजामको कप्तानीमा रहेको पाकिस्तान भर्खरै मात्र ओडीआईको नम्बर वान टोली बनेको छ ।

त्यस्तो टोलीसँग नेपालले पहिलो पटक खेल्दैछ । समकक्षी बाबर अजामसँगै टसका लागि पिचमा पुग्दा रोहित पौडेल एसिया कप २०२३ को सबैभन्दा कान्छो कप्तानको रुपमा मैदान उत्रनेछन् । नेपालले एसिया कपमा डेब्यु गर्नेछ । पाकिस्तानसँग पहिलो पटक आधिकारिक खेल खेल्नेछ । मुल्तान क्रिकेट स्टेडियममा खेल नेपाली समयअ नुसार दिउँसो सवा ३ बजे सुरु हुनेछ ।

यसै गरी  आउने सोमबार नेपालले टेष्ट र टी-२० मा नम्बर वान रहेको टिम छिमेकी देश भारतसँग श्रीलंकाको क्यान्डीमा खेल्दैछ । त्यो खेल अझै धेरै प्रतीक्षित बनेको छ ।

नेपाली समर्थकहरु अहिले टिकट काटेरै मुल्तान र क्यान्डीमा नेपालको खेल हेर्न जाँदैछन् । सारा विश्वकले नै नेपाली क्रिकेटलाई नियालिरहेको छ र एसिया कपपछि नेपालले अझ धेरै चर्चा पाउने पक्का छ ।

पहिलो पटक एसिया कप खेल्दा नै भारत र पाकिस्तानसँग खेलिहाल्न पाउनु चानचुने कुरा भने होइन ।

नेपालले कस्तो नतिजा ल्याउला हार जित के होला भन्ने अहिले चासो होइन । नेपालले पहिलो पटक यति ठूलो टिमसँग खेल्दैछ र त्यसमा नेपालको प्रदर्शन कस्तो होला नेपाली खेलाडीले रन रन हान्ला कति विकेट लेला भन्ने ठूलो विषय बनेको छ ।

विश्वकपमा सहभागिता मात्र नभई विश्वकप नै जितिसकेका नेपालभन्दा धेरै अनुभवी टोली, घरेलु संरचना, लगानी खेलाडीको पारिश्रमिक सबै हिसाबले नेपालभन्दा भारत र पाकिस्तान धेरै गुणा अगाडि छ । यिनै टिमसँग नेपालले खेल्नु आफैंमा एउटा इतिहास हो ।

विराट कोहली, बाबर अजाम, रोहित शर्माको विकेट कसले लिन्छ होला अनि कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल, भीम शार्कीले कसलाई छक्का चौका हान्लान् भनेर समर्थक प्रतीक्षामा छन् ।

नेपाली बलहररु सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, ललित राजवंशीले विराट, बाबर र रोहितलाई बलिङ गर्दा कस्तो देखिएला ?  कुशल, आसिफ, रोहित भीम, आरिफले जस्प्रित बुमराह, मोहमम्द शामी, शाहिन शाह अफ्रिदी, हरिस राउफ, नसिम शाहलाई चौका छक्का प्रहार  गर्दा कस्तो होला माहोल ?

अहिले सबै त्यसकै पर्खाइमा छन् । नेपालको खेल स्टार स्पोर्ट्समा प्रत्यक्ष प्रसारण हुँदा करौडौंले टिभीमा पनि हेर्ने अवसर पाउनेछन् ।

यसअघि सधैं टिभीमै हेरिका खेलाडीविरुद्ध आज नेपाली खेलाडी नै मैदान उत्रनेछ ।

अब यो नेपाली क्रिकेटका अर्को इतिहासको रुपमा रहनेछ । यदि नेपालले कुनै किसिमको अप्रत्यासित नतिजा निकालिहालेमा त्यो अर्को इतिहास बन्नेछ र नेपाललाई एसिया कपमा बोनस नै मिल्नेछ ।

नेपाललाई पहिलो पटक एसिया कपमा छनोट गराउने नेतृत्व गरेका नेपाली टोलीका कप्तान रोहित पौडेलले नेपाल लायक भएर नै एसिया कप खेल्न आएको मंगलबार प्रिम्याच कन्फ्रेन्समा बताइसकेका छन् ।

उनले नेपाल र पाकिस्तानी खेलाडीको फरक बारे सोध्दा  खेलाडीको सिप उस्तै रहेको तर अनुभवको आधारमा पाकिस्तान माथि रहेको बताएका थिए । अब नेपाली खेलाडीले ती अनुभवी खेलाडीविरुद्ध खेल्दै सिक्ने अवसर पाउनेछन् ।

एसिया कपमा यस पटक पाँच टेष्ट राष्ट्र र एक एसोसिएट गरी ६ राष्ट्रले प्रतिस्पर्धा गर्दैछन् । दुई ठूला टोली भारत र पाकिस्तानसँगै नेपाल समूह ए मा छन् । अर्को समूहमा श्रीलंका अफगानिस्तान र बंगलादेश छन् ।

सन् २०१८ मा पहिलो पटक ओडीआई मान्यता पाएको नेपालले गत वर्ष सम्पन्न विश्व क्रिकेट लिगबाट अर्को चार वर्षका लागि ओडीआई मान्यता बचाउँदै जिम्बाव्वेमा विश्वकप छनोट नै खेलेको थियो । तर नेपाल विश्वकपमा पुग्न भने सकेन । भारत र पाकिस्तानसँग खेल्न विश्वकप नै पुग्नपर्छ भन्ने ट्याग अब हटेको छ । मिनी विश्वकपको रुपमा रहेको एसिया कपमै नेपालले ठूला टिमसँग खेल्दैछ ।

विश्वकपमा सहभागिता मात्र नभई विश्वकप नै जितिसकेका नेपालभन्दा धेरै अनुभवी टोली, घरेलु संरचना, लगानी खेलाडीको पारिश्रमिक सबै हिसाबले नेपालभन्दा भारत र पाकिस्तान धेरै गुणा अगाडि छ । यिनै टिमसँग नेपालले खेल्नु आफैंमा इतिहास बन्ने छ ।

नेपालमा त विदेशी टिम ल्याएर खेलाउने राम्रो सुविधा सम्पन्न क्रिकेट स्टेडियममा नै छैन भने घरेलु संरचना प्रायोजक देखि लिएर धेरै कुरामा अझै काम गर्न बाँकी नै छ ।

सन् २०१४ मा टी२० विश्वकप खेलेपछि एउटा स्तरमा पुगेको नेपाली टोली अहिले एसिया एसिया कप खेल्दै गर्दा अर्को महत्वपूर्ण खुड्किलो पूरा गर्ने चरणमा छ । तर यो यतिमा मात्रै सीमित नहोस् । पाकिस्तान जानुअघि कप्तान रोहित पौडेलले एसिया कपले नेपाली क्रिकेटमा ठूलो महत्व राख्ने बताएका थिए ।

नेपालका लागि विश्वप जस्तै क्यान पदाधिकारीले यसको महत्व राम्रोसँग बुझ्न जरुरी छ र क्रिकेटमा आवश्यक लगानी गर्ने र सरकार र प्राइभेट क्षेत्रको संलग्नतालाई बढाउनका लागि भूमिका खेल्नुपर्छ । नत्र नेपालले भारत र पाकिस्तानसँग खेलेको थियो भन्ने इतिहासमा मात्रै कायम हुनेछ ।



from Online Khabar https://ift.tt/7gyNowd

लेदर रियर पैनल वाला फोन हुआ 16 हजार से भी कम में लॉन्च, फीचर्स जानकर दिल हो जाएगा गार्डन-गार्डन!

Tecno Camon 20 Avocado Art Edition को भारत में उतारा गया है. इसका रियर पैनल लेदर से रैप्ड है.

from Latest News मोबाइल-टेक News18 हिंदी https://ift.tt/b9ozd6P

कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

१३ भदौ, धनगढी । कञ्चनपुरमा मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु भएको छ ।

मंगलबार दिउँसो बेलडाँडी गाउँपालिका-१ को हुलाकी राजमार्गमा सुुुपप्र०२००३प ७२११ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक सोही ठाउँ बस्ने ३६ वर्षीय सुनिल सार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार सार्कीले चलाएको मोटरसाइकल सडकमा रहेको खाल्डोमा परेर अनियन्त्रित भएर दुर्घटनामा परेको हो ।

गम्भीर घाइते भएका सार्कीको उपचारका क्रममा महाकाली प्रादेशिक अस्पतालमा मृत्यु भएको हो ।



from Online Khabar https://ift.tt/nGvXFwA

इसरोको दाबीः चन्द्रमामा अक्सिजनको सङ्केत भेटियो

१३ भदौ, नयाँदिल्ली । भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गगठन (इसरो) ले भारतको चन्द्रयान–३ को रोभरले चन्द्रमाको सतहमा अक्सिजन र धेरै खनिज पदार्थको उपस्थितिको सङ्केत फेला पारेको जनाएको छ ।

गत अगष्ट २३ मा चन्द्रमाको अनुसन्धानका लागि यसको दक्षिणी ध्रुवमा अनुसन्धानका लागि चन्द्रयान–३ को विक्रम रोभर अवतरण भएको थियो ।

चन्द्रमाको सतहमा फलाम, टाइटेनियम, म्याग्नीज, सिलिकन, क्रोमियम, क्याल्सियम, एल्युमिनियम र सल्फरजस्ता खनिजपदार्थको उपस्थिति प्रज्ञान रोभरमा रहेको ‘लेजर–इन्ड्युस्ड ब्रेकडाउन स्पेक्ट्रोस्कोप (एलआईबीएस)’ उपकरणले पत्ता लगाएको थियो ।

‘तथ्याङ्क सङ्कलन र अध्ययन गर्ने वैज्ञानिक प्रयोगहरू ‘इन–सीटू’ जारी छन्’ इसरोले एक्स (ट्वीटर) मा जारी एक पोस्टमा भनेको छ, ‘रोभरमा रहेको उपकरणले दक्षिणी ध्रुवनजिकै चन्द्रमाको सतहमा सल्फर (एस) को उपस्थितिलाई पहिलो पटक इन–सिटु मापनको माध्यमबाट स्पष्ट रूपमा पुष्टि गरेको छ ।’

विज्ञप्तिमा भनिएको छ, ‘टाइटेनियम, म्याग्नीज, सिलिकन, क्रोमियम, क्याल्सियम, एल्युमिनियम र सल्फरजस्ता खनिजपदार्थको उपस्थिति पनि अपेक्षित रूपमा पत्ता लगाइएको छ । हाइड्रोजनको खोजी जारी छ ।’

लेजर–इन्ड्युस्ड ब्रेकडाउन स्पेक्ट्रोस्कोप (एलआईबीएस)’ उपकरण दक्षिणी शहर बेङ्गलुरूस्थित आफ्नो प्रयोगशालामा विकसित गरिएको इसरोले जनाएको छ । सिन्ह्वा



from Online Khabar https://ift.tt/64Cz3lS

Monday, August 28, 2023

सुनसान छन् बागलुङका घरबास

१२ भदौ, ढोरपाटन । बागलुङको ग्रामीण क्षेत्रमा सञ्चालनमा रहेका घरबास (होमस्टे) बर्खा सुरु भएदेखि पाहुना नआउँदा सुनसान बनेका छन् ।

असारदेखि नै जिल्लामा पर्यटकको आगमनमा कमी आएको हो । घरबास सञ्चालकका अनुसार साउनदेखि घरबासमा पुग्ने पर्यटकको सङ्ख्या ह्वात्तै घटेको छ । काठेखोला गाउँपालिका–३ धम्जास्थित बेलढुङ्गा सामुदायिक घरबास, अतिथि सत्कार घरबास भकुण्डे लगायतमा पाहुना कम पुग्ने गरेका छन् । घरबासमा पाहुना आउन छाडेपछि सञ्चालकहरू खेतबारीको काममा जुटेका छन् ।

बागलुङ बजार आसपासको बागलुङ कालिका मन्दिर, बागलुङ–पर्वत जोड्ने नेपालकै लामो झोलुङ्गे पुल, पञ्चकोट र शालिग्राम सङ्ग्रहालयबाहेक अन्य स्थलमा कम आगन्तुक पुगेको पाइन्छ । पर्यटकीयस्थल वरपर सञ्चालनमा आएका घरबासले आगन्तुकलाई सहज हुनुका साथै स्थानीयलाई रोजगारको दिएको छ ।

बेलढुङ्गा सामुदायिक घरबासका सञ्चालक गोपाल श्रीस अहिले पर्यटक कम भएपनि असोज लागेपछि मात्रै घरबासमा पर्यटकको आगमन बढ्ने विश्वासमा छन् । बर्खाका कारण बेलढुङ्गासम्म पुग्ने सडकको विभिन्न स्थानमा पहिरो गएको र बाटोमा घाँस पलाउँदा पाहुना कम आएको उनको भनाइ छ ।

‘हिउँदमा जसरी भरिभराउ हुन्थ्यो, अहिले त्यसको तुलनामा निकै न्यून छ’ उनी भन्छन्, ‘अहिले मकै पाक्ने बेला भयो, मकै भित्र्याउने, आलु खन्ने, बारीमा काम गर्नेबाहेक अरु केही गर्न सकिएको छैन ।’

बागलुङ नगरपालिका–१० भकुण्डेस्थित अतिथि सत्कार सामुदायिक घरबासको सञ्चालक मुना थापामगर अहिले पाहुनाको आगमन निकै कम भएको बताउँछिन् । बर्खामा बादल लाग्ने र दृश्यावलोकन गर्न नपाइने हुँदा पर्यटक कम पुग्ने उनको भनाइ छ ।



from Online Khabar https://ift.tt/ijhFr2D

प्रधानमन्त्रीसँग प्रश्नोत्तर आज, सांसदहरुले सोध्नेछन् १२ प्रश्न

१२ भदौ, काठमाडौं । प्रतिनिधिसभामा आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग प्रश्नोत्तर हुने भएको छ ।

हरेक महिनाको पहिलो साता प्रधानमन्त्री र सांसदहरुको प्रश्नोत्तर गर्ने प्रतिनिधिसभा नियमावलीमै व्यवस्था छ । अघिल्लो सातासम्म संसदको अवरोध कायमै भएका कारण सभामुख देवराज घिमिरेले आज (मंगलबार) का लागि प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम राखेका हुन् ।

संसद सचिवालयका अनुसार एक पटकमा १५ वटा प्रश्न सोध्न पाइने भएकाले सांसदहरुलाई वर्णानुक्रम अनुसार समूह–समूहमा बाँडिएको छ । यो पटक दोस्रो समूहको पालो परेको छ ।

समूहमा परेका सांसदहरुबाट शुक्रबार नै १२ वटा प्रश्न संकलन भइसकेको छ । त्यो प्रश्न संसद सचिवालयले प्रधानमन्त्री कार्यालय पुर्‍याएपछि प्रधानमन्त्रीले जवाफ तयार पार्नेछन्, जुन आज संसदमा प्रस्तुत हुन्छ ।

संसद बैठक बिहान ११ बजे बोलाइएको छ ।



from Online Khabar https://ift.tt/iWcSZHA

भीआईपी आवासमा जोड, सेवा दिने ‘कम्प्लेक्स’ बनाउन बेवास्ता

१२भदौ, काठमाडौं । संघीय सरकारले भैंसेपाटीस्थित सैंबु आवास क्षेत्रको २७ रोपनी सरकारी जमिनमा मुख्यमन्त्री र प्रदेश प्रमुखहरुलाई ८५ करोड भन्दा बढीको लागतमा आवासीय भवन बनाएर आइतबार हस्तान्तरण गर्‍यो । भैंसेपाटीमै मन्त्री, राष्ट्रियसभाका अध्यक्ष र उपाध्यक्षका लागि २७ वटा भवन तयार हुँदैछ । करिब डेढ अर्ब लागतका यी भवनहरुले १२५ रोपनी सरकारी जमिन ओगट्दैछन् । गत वर्ष मात्रै करिब ४० करोड खर्चेर बालुवाटारमा प्रधानमन्त्री निवास पनि तयार गरिएको थियो ।

सरकारले अतिविशिष्ट (भीआईपी)का आवास मात्रै हैन, सभाहलदेखि भ्यूटावरहरुको निर्माणमा अर्बौ रकम खर्च गर्दैछ । यीबाहेक काठमाडौंका विभिन्न ठाउँमा पनि सरकारी कार्यालयका साना ठूला भवन बनिरहेका छन् ।

तर, जताततै सरकारी कार्यालय भवनहरु बनाउने क्रम रोकेर सरकार ‘एकीकृत सार्वजनिक सेवा केन्द्र’ विकासमा अघि बढ्न चोहको छैन ।

यसैपनि सरकारी भवनहरु निर्माणमा सरकारले कुनै एकीकृत व्यवस्थित योजना र त्यसका स्पष्ट मापदण्डहरु बनाएको छैन । काठमाडौं उपत्यका र अन्य ठूला सहरमा कम जमिन भएकाले एकीकृत र अग्ला आवास भवन र धेरै कार्यालय एकै ठाउँमा रहने गरी कम्प्लेक्स बनाउनैपर्ने सहरी विकासका विज्ञहरु बताउँछन् ।

मुख्यमन्त्री र प्रदेश प्रमुखको भैंसेपाटी निवास

काठमाडौंमा बचेखुचेका सरकारी जमिनहरुमा सरकारी कार्यालय र आवास भवन धमाधम बनिरहेका छन् । अव्यवस्थित सहरीकरण र बाक्लो बस्ती भएको काठमाडौंमा सरकारले सरकारी जमिनको सदुपयोग गरी बहुउपयोगी अग्ला भवन बनाउन भने ध्यान दिएको छैन ।

सहरी विकास सचिव रवीन्द्रनाथ श्रेष्ठ अग्ला र ठूला बस्ने मानसिकता विकास नभइसकेको बताउँछन् । जतिबेला जग्गाजमिन नै पाइन छोड्छ त्यतिबेला मात्र अग्ला भवन बन्न सक्ने उनको भनाइ छ ।

आइतबार उद्घाटन गरिएका मुख्यमन्त्री प्रदेश प्रमुख र मन्त्रीका भवनहरु २ तलाका छन् । यस्ता भवनहरुले ठूलो सरकारी जमिन त ओगटेका छन्, तर त्यसको प्रतिफल जनताले के पाउँछन् भन्ने प्रश्न आम रुपमै उठेको छ ।

‘प्रदेशपिच्छेका एक–एक वटा भवन बनाऔं भनेर नै मुख्यमन्त्री र प्रदेश प्रमुखलाई छुट्टाछुट्टै भवनहरु बनाइएको हो,’ उनी भन्छन्,‘अन्यका हकमा अग्ला र गगगनचुम्बी भवनहरुमा जानेबारे सोच्न सकिन्छ, तर, भूउपयोग नीति, ऐन र नियमावली कार्यान्वउन नहुँदा पनि यस्तो अवस्था आएको हो ।’ सबै खालका जमिनमा आवास र कार्यालय भवन बनाउन नपाइने नीतिगत व्यवस्था भए बाध्यात्मक रुपमा सरकार, निजी क्षेत्र र व्यक्तिहरु ‘हाइराइज बिल्डिङ’ (अग्ला भवन) मा जाने सचिव श्रेष्ठको भनाइ छ ।

सिंहदरबारभित्र १५१ रोपनी क्षेत्रफल जमिन ओगटेर करिब ६ अर्ब लागतमा संघीय संसद भवन बनिरहेको छ । सिंहदरबारको पश्चिम गेटदेखि केही पर भद्रकालीमा सिमसार क्षेत्रमा पनि प्रहरी परिसरदेखि सरकारी वकिलको कार्यालयसम्मका भवनहरु बन्दैछन् ।

खुमलटारस्थित रेडियो नेपालको जग्गा उपयोग गर्ने गरी नेपाल दूरसञ्चार प्राधिकरणले पाइसकेको छ । सो ठाउँमा प्राधिकरणले पनि कार्यालय भवन बनाउने योजना तयार गरेको छ ।

भैंसेपाटीमा बनिरहेको मन्त्री निवास

टेकुमा रहेको जमिनमा महानगरपालिकाले प्रशासकीय भवन बनाइरहेको छ, तर सानो भवन भएकाले निर्माणपछि त्यहाँबाट महानगरका सबै सेवा दिन सकिने अवस्था नरहेको अधिकारीहरु बताउँछन् ।

संघीय सरकारका सबै विभागहरु राख्ने गरी एकै क्षेत्रमा भवनहरु बनाउने र सेवा दिने अवधारणाअनुसार सहरी विकास मन्त्रालय जमिनको खोजीमा छ । २०७१ सालमै बबरमहलको वन विभाग परिसरमा विभागका लागि कम्प्लेक्स बनाउने योजना तयार भएको थियो । योजना अनुसार १७ तले भवन करिब ६ अर्बको लागतमा तयार गरेको भए विभागीय सेवाहरु लिन सेवाग्राहीले एकै ठाउँमा पुग्दा हुन्थ्यो । भाडाका साँघुरो भवनहरुमा बसेर सेवा दिइरको विभागलाई सेवाप्रवाह सहज हुन्थ्यो भने सेवाग्राहीहरुले आधुनिक भवनभित्र सहजसँग सेवा पाउने वातावरणसमेत बन्न सक्थ्यो ।

तर, अर्थ मन्त्रालयले बजेट नभएको कारण देखाएपछि सो योजना अघि बढाउन नसकिएको सहरी विकास मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठले बताए । ‘अर्थले अहिलेलाई बजेट अभाव छ भनेकाले डिजाइन तयार गरिसकेको योजना रोक्न बाध्य भएका हौं’, उनले भने ।

यसैकारण धेरै संघीय विभागहरु त अहिले पनि भाडाको भवनबाट सञ्चालनमा छन् । विभाग अन्तर्गतका निर्देशनालय र आयोजना कार्यालयहरु पनि भाडाकै घरबाट चलिरहेका छन् । पछिल्ला दिनमा विभिन्न विभागहरु आ–आफ्नै तवरले सरकारी जमिनहरु ओगट्दै भवनहरु बनाउन अग्रसर छन् ।

भद्रगोल तरिकाले कार्यालयहरु राख्दा सरकारको भाडा र कार्यालय व्यवस्थापनबापतको खर्च मात्रै बढेको छैन, विभागहरुमा पार्किङदेखि शौचालय व्यवस्थापनसम्मका समस्या छन् । एउटै कामका लागि विभिन्न प्रक्रिया पुरा गर्न फरक–फरक कार्यालय पुग्नुपर्ने बाध्यताले सेवाग्राही पनि हैरान छन् ।

अग्ला भवन बनाउन सरकारी बेवास्ता

पूर्व सहरी विकास सचिव किशोर थापा महंगो जमिन भएको ठाउँमा सरकारले अग्ला भवनहरुमा जोड गर्नुपर्ने बताउँछन् । ‘काठमाडौं लगायतका महँगो मूल्यको जग्गा जमिन किन्नुपर्ने ठाउँमा सकेसम्म सरकारले ठूला र अग्ला भवन बनाएर त्यसमा कार्यालय राख्न आफैंले प्रोत्साहन गर्नुपर्छ’ उनले भने ।

सरकारी सेवा प्रदायक कार्यालयका भवन र कर्मचारीको आवास बनाउँदा अब सरकार आफैं ‘हाइराइज बिल्डिङ’को अवधारणामा जानुपर्ने थापाको भनाइ छ ।

‘सकेसम्म धेरै सरकारी कार्यालयलाई एउटै छानामुनि ल्याउन सके सरकारको खर्च र नागरिकको सास्ती पनि कम हुन्छ’, उनी भन्छन् । थापाका अनुसार कार्यालयहरु एउटै भवनमा भए लबि, लिफ्ट, सभाहलदेखि पार्किङसहित अन्य धेरै पूर्वाधारहरु संयुक्त रुपमा प्रयोग हुनसक्छन् । कार्यालयपिच्छेकै सभाहल र लबि बनाउनुभन्दा धेरै कार्यालयहरुलाई एउटै भवनमा राखेर धेरै सुविधाहरु ‘सेयरिङ’ गर्दै सेवा दिने अवधारणामा जान सकिने उनको भनाइ छ ।

निर्माणाधीन संघीय संसद भवन

‘२५ रोपनी जमिनमा २५ वटा भवन बनाउनुभन्दा २–४ रोपनी जमिनमा २५ वटा कार्यालय वा आवास अट्ने भवन बनाउनु उपयुक्त हुन्छ’, उनी भन्छन्,‘भविष्यमा कर्मचारी आवासका लागि भवन बनाउने हो भने पनि सरकारले हाइराज बिल्डङमा अर्पाटमेन्ट प्रणालीमा जानु उपयुक्त हुन्छ ।’

सार्वजनिक तथा सरकारी खाली जमिन सीमित भएकाले काठमाडौं जस्ता सहरमा अब अग्ला कम्प्लेक्स भवन र अपार्टमेन्टको विकल्प नभएको उनले बताए । ‘सरकारले निजी तवरमा पनि जमिनको मूल्य महँगो भएको र जमिनको उपलब्धता कम भएको क्षेत्रमा संयुक्त आवास  बनाउन प्रेरित गर्नुपर्छ ।’

काठमाडौं लगायतका सहरहरुमा यसैपनि खुला ठाउँ थोरै छ । सरकारी तथा सार्वजनिक जमिन पनि अतिक्रमणको चपेटामा छन् ।

सर्वसाधारणको पहुँचमा हुन सक्ने र विपत्तमा काम आउनसक्ने सार्वजनिक तथा सरकारी जमिनलाई जोगाउनुको साटो सरकारले उपलब्ध जमिनमा पनि साना–साना भवनहरु बनाएर महत्वपूर्ण क्षेत्रका जग्गाहरुको दुरुपयोग गरिरहेको विज्ञहरुको मत छ ।

सहरी विकास विज्ञ सरोज बस्नेत सिंहदरबारलाई मन्त्रालयको हब जस्तै विभागहरुको हब बनाउन उपत्यकाभित्र पायक पर्ने स्थानमा धेरै जग्गा उपलब्ध नरहेको बताउँछन् ।  त्यसैले अब विभागहरुलाई एकै ठाउँमा ल्याउन ‘कम्प्लेक्स’को अवधारणामा जानुपर्ने उनको मत छ ।

जमिन उपलब्ध हुँदा छुट्टा–छुट्टै भवन बनाउनु पनि अनुपयुक्त नहुने तर्क गर्दै उनले काठमाडौंजस्तो सहरमा केन्द्रीकृत रुपमा सेवा दिनसक्ने सरकारी विभाग र मातहतका कार्यालयहरुलाई एउटै ‘कम्प्लेक्स’मा ल्याउनपर्ने बताए ।  ‘यसले सरकारको पानी, बिजुली र इन्टरनेट नेटवर्कङको खर्च पनि घटाउँछ,’ उनले भने,‘छिमेकी देश भारतसहित थुप्रै देशमा पनि यस्तो अभ्यास छ ।’

सरकारले सञ्चालन र मर्मत सम्भारको पूर्वयोजना तयार गरेर कार्यालय प्रयोजनका ठूला कम्प्लेक्सहरु बनाएर जनताले सेवा लिन विभिन्न विभागमा धाउँदा भोग्नुपर्ने दुःखकष्ट पनि कम गर्न सकिने योजनाविद बस्नेतले बताए ।

‘कस्ता कस्ता विभाग र कार्यालयहरु एक ठाउँमा ल्याएर राख्न सकिन्छ भनेर अध्ययन र छलफल हुनुपर्छ’, उनले भने, ‘कम्प्लेक्सले कम जग्गा जमिन उपलब्ध भएको ठाउँमा सरकारी सेवा एकीकृत गर्न पनि सहयोग पुर्‍याउँछ ।’

२०७२ सालको महाभूकम्पमा केही कमजोर हाउजिङ र अग्ला अपार्टमेन्टमा क्षति पुगेकाले धेरैले अग्ला संरचनालाई असुरक्षित ठानेका हुन सक्छन् । काठमाडौं महानगरपालिकाका भवन निर्माण इजाजत विभागका प्रमुख सुरज शाक्य निर्माणका बेला ध्यान दिने हो भने अग्ला भवन पनि बलियो हुने बताउँछन् । ‘त्यतिबेला अर्पाटमेन्टका भित्ता मात्र चर्किएका हुन्, अब बन्ने भवनमा बलियो बनाउनुपर्छ’ उनी भन्छन्, ‘अग्ला भवनहरु नै सहरको लागि जग्गा र आवासीय भवन अभावको समस्या समाधान गर्ने हतियार हुन् ।’

नेपाल जग्गा तथा आवास विकास संघका पूर्वअध्यक्ष मीनमान श्रेष्ठ सरकारले अग्ला भवनहरु बनाउन प्रोत्साहन गर्नुको साटो निरुत्साहन गर्ने गरी नीतिहरु बनाएको बताउँछन् । ‘निर्माण सकिएका सबैजसो अपार्टमेन्ट बुक भइसके’, उनी भन्छन्,‘नयाँ परियोजना भने खासै अघि बढ्न सकेको छैन, सरकारले आफैंले यस्तो भवनहरु बनाए यसको महत्व आवश्यकतासहित नीतिगत रुपमा रहेका समस्या सबै थाहा पाउँथ्यो ।’

सहरी योजनाविद बस्नेत सरकारले मापदण्डअनुसारको ‘हाइराज बिल्डिङ’ बनाएर सर्वसाधारणमा त्यसको भवनको महत्व र आवश्यकता बोध गराउनुपर्ने बताउँछन् ।

‘अग्ला भवनमा भूकम्प र आगलागीजस्ता विपदका बेलाका लागि बलियो सुरक्षा प्रबन्ध गर्नुुपर्छ’, उनी भन्छन्, ‘त्यसलाई ध्यान दिएर सरकारी कार्यालयका लागि कम्प्लेक्सहरु बनाउन सकिए सरकारको भवनदेखि कार्यालय सञ्चालन व्यवस्थापनमा लाग्ने खर्च पनि धेरै जोगिन्छ, यस्ता भवनको महत्व पनि सहरले बुझ्छ ।’



from Online Khabar https://ift.tt/7Zsor4F

भारत में बढ़ रहे हैं QR कोड स्कैम के मामले, कहीं आप न हो जाएं शिकार! जान लें इससे बचने के तरीके

आजकल UPI के जरिए पेमेंट आसानी से हो जाते हैं. लेकिन, इससे साइबर अपराध की घटनाएं भी बढ़ी हैं. आजकल QR कोड स्कैम के मामले बढ़े हैं.

from Latest News मोबाइल-टेक News18 हिंदी https://ift.tt/Kv7Ctnp

कस्तो शिक्षा नीतिको खोजी ?

के हामी शिक्षा विनाको समाज कल्पना गर्न सक्छौं ? छोराछोरीलाई विद्यालयमा पठाउन हतारिने समाजले त्यसो गर्न सक्दैन । समाजका लागि शिक्षा अभिन्न अंग बनेको छ । मानव सभ्यताको विकास क्रममा हासिल गरेको ज्ञान र अनुभव नयाँ पिंढीमा हस्तान्तरण हुन आवश्यक हुन्छ । यो काम समाजले विद्यालयबाट लिने व्यवस्था गरेको छ ।

विभिन्न आरोह–अवरोह पार गरेर बनेको वर्तमान मानव सभ्यताको निरन्तर विकास गर्न ऐतिहासिक मानवीय अनुभव, मानव निर्मित सिद्धान्त, पद्धति र प्रणाली साथै सामाजिक मूल्यमान्यता र संस्कृतिको संरक्षण, प्रवद्र्धन र अपनत्व नयाँ पुस्ताले लिनुपर्छ । उदाहरणका लागि आज हामीले मुख्य खानाको रूपमा प्रयोग हुने धानलाई चामल र त्यसको खाना बनाएर खाने विधि, विभिन्न जडीबुटीको औषधिको रूपमा प्रयोग गर्ने ज्ञान, वैज्ञानिक प्रयोगबाट निस्केका परिणाम जस्ता सबै पुराना ज्ञान नयाँ खोज र अनुसन्धान गर्न धरातलको काम गर्छन् ।

त्यस्तै; कृषि, चिकित्सा, न्याय, विज्ञान, प्रविधि, सीप, ज्ञान सम्बन्धी धेरै ऐतिहासिक उपलब्धिलाई पनि नयाँ पुस्तामा हस्तान्तरण गर्न शैक्षिक संरचनाको आवश्यकता पर्छ । विद्यालय शिक्षाको व्यवस्था अघि यो काम समाजका अन्य संरचना (परिवार, धर्म, जात व्यवस्था) ले गर्दै आएका थिए । आजको आधुनिक समाजमा त्यसका निम्ति शैक्षिक संरचनाको विकास अनिवार्य भएको छ ।

शिक्षालाई समाजबाट अलग गरेर हेर्दा समाज जड र यान्त्रिक बन्छ । समाज अशान्त्ति, अराजकता, बेथिति र असुरक्षाको शिकार बन्न सक्छ । असल सामाजिक मूल्यमान्यता, परम्परा, भाषा, संस्कृतिको हस्तान्तरण मुस्किल बन्छ । त्यस्तै शैक्षिक संरचना पूँजीवादी बजारलाई सबैभन्दा आवश्यक परेको देखिन्छ । शैक्षिक संस्थाले बजारलाई आवश्यक पर्ने दक्ष जनशक्तिको आपूर्ति गर्ने गरेको छ ।

राज्यलाई आवश्यक बफादार, देशपे्रमी, जिम्मेवार र दायित्वबोध गर्ने नागरिक तयार पार्न शैक्षिक संस्थाको प्रयोग गरिन्छ । २०२८ सालको शिक्षा ऐनले नेपाली भाषा देशव्यापी विद्यालयको शिक्षण भाषा बनायो । यसले नेपाली भाषा सिङ्गो नेपालभरिको संचार भाषाको रूपमा विकास भयो । साथै यसले आजको नेपाली राष्ट्रियताको भावना देशभरिका नागरिकमा फैलाउन सहयोगी बन्यो । त्यस्तै शैक्षिक योग्यता व्यक्तिलाई सुन्दर भविष्य र समृद्धि हासिल गर्न उत्तिकै अपरिहार्य बनेको छ । त्यसैले पनि आधुनिक मानव समाजमा शिक्षा महत्वपूर्ण सामाजिक अंग हो ।

शिक्षा प्रत्येक मानिसको मानवअधिकार हो । यसको अर्थ शिक्षामा विश्वका सबै मानिसको पहुँच हुनुपर्छ । राज्यले नागरिकको शिक्षा प्राप्त गर्ने अधिकारको संरक्षण, प्रवद्र्धन र सम्मान गर्नुपर्छ । विज्ञान र प्रविधिको जगमा खडा भएको आजको आधुनिक प्रतिस्पर्धी मानव समाजको निरन्तरता र विकास गर्न शिक्षा अपरिहार्य बनिसकेको छ ।

नेपालमा २००७ साल अघि र पछि स्थानीय समुदायको सक्रियतामा बालबालिकालाई शिक्षाको पहुँच पुर्‍याउने सोच सहित स्वतस्फूर्त रूपमा विद्यालय स्थापना गर्ने लहर चल्यो । त्यसैले आजको सामुदायिक विद्यालयको जग खडा गरेको हो । पंचायतले ल्याएको शिक्षा ऐन २०२८ ले सबै यस्ता विद्यालयको राष्ट्रियकरण गर्दै नागरिकको शिक्षाको अधिकारको जिम्मेवारी राज्यले लियो ।

त्यसैको परिणामस्वरुप आज पनि नेपालमा ३४ हजार माथि सामुदायिक विद्यालय सरकारी लगानीमा संचालनमा छन् । जहाँ करिब दुई तिहाइ हाराहारी विद्यार्थी अझै अध्ययन गरिरहेका छन् । नेपालमा पहुँचका हिसाबले सामुदायिक विद्यालय बलियो देखिए तापनि यसले गुणस्तरमा भने अभिभावकको भरोसा जित्न नसकेको विडम्बना देखिन्छ ।

विनय कार्की

गुणस्तर, सीप प्रविधि, व्यावहारिकता तथा उत्थानशीलता विनाको शिक्षण प्रणालीको पहुँच शैक्षिक बेरोजगार उत्पादन गर्ने कारखाना जस्तो बनेका छन् । अल्पसंख्यक, उत्पीडित, पछाडि पारिएका, फरक क्षमता भएका र ऐतिहासिक बहिष्करणको शिकार बनेका वर्ग, समुदाय, जाति, लिङ्गका बालबालिका समावेशिता र समतामूलक शिक्षण प्रणालीको अभावमा अझै धेरै विद्यालयको पहुँच बाहिर छन् ।

पंचायती व्यवस्थाको अन्त्य भएको तीन दशक भन्दा धेरै भएको छ । यस बीचमा देशमा धेरै राजनीतिक, सामाजिक, आर्थिक र सांस्कृतिक परिवर्तन भएका छन् । जसले जनताका इच्छा, चाहना, देख्ने सपना, राज्यको जिम्मेवारी, जीवनस्तरमा गुणात्मक साथै मात्रात्मक उपलब्धिहरू हासिल भएका छन् । यस्ता धेरै ऐतिहासिक उपलब्धिलाई संस्थागत गरेको दस्तावेज नेपालको संविधान २०७२ हो ।

यो संविधानले शिक्षालाई नागरिकको मौलिक हकको रूपमा व्यवस्था गरेको छ । माध्यमिक तहसम्मको शिक्षामा बालबालिकाको निःशुल्क पहुँचको व्यवस्था गरेको छ । आधारभूत तहसम्मको शिक्षा अनिवार्य हुने व्यवस्था छ । संविधानको मर्म अनुरूप नयाँ शिक्षा ऐन आउन नसक्दा बालबालिकाको ठूलो जनसंख्या निःशुल्क शिक्षाको संवैधानिक अधिकारबाट वञ्चित रहन बाध्य छन् ।

आजको लोकतान्त्रिक व्यवस्थालाई जीवन्त बनाउन जनतामा लोकतान्त्रिक पद्धति र  मूल्य–मान्यताको विकास हुन आवश्यक छ । विद्यालय शिक्षा मार्फत यस्ता मूल्यमान्यताको विकास र प्रवद्र्धन, समावेशिता, सहअस्तित्व र  सहकार्यको भावना विकास गर्न पाठ्यक्रम, सिकाइ सामग्री र विद्यार्थीको सिकाइ क्रियाकलापलाई सहभागितामूलक बनाउन सकिन्छ । वैज्ञानिक, व्यावहारिक, प्राविधिक र सीपमूलक शिक्षामा बालबालिकाको पहुँच सुनिश्चित गर्दै रोजगारी र उद्यमशीलतामा जोड्न प्रेरित गर्न बाटो खोल्ने शिक्षा ऐन अविलम्ब देशलाई आवश्यक भएको छ ।

साउन १६ गते बसेको मन्त्रिपरिषद्को बैठकले विद्यालय शिक्षा ऐन २०८० पास गर्छ । पास भएको यतिका  दिन बित्दासम्म पनि आधिकारिक रूपमा कुनै सरकारी निकायमा यसलाई भेट्न सकिंदैन । त्यसैले यो ऐन पनि कतै हराएको हैन भन्ने शंका–उपशंका सरोकारवाला पक्षले गरिरहेका छन् । आधिकारिक ऐन कतै नभेट्दा यसका प्रावधानका विषयमा बुँदागत छलफल गर्न सकिएको छैन । सरोकारवाला निकाय बजारमा फरक–फरक ऐनको मस्यौदा आउँदा अन्योलमा फसेका छन् । जसले यो ऐनको आधिकारिकता माथि नै प्रश्न खडा भएका छन् ।

विगत लामो समयदेखि शिक्षा मन्त्री र सबै राजनीतिक पार्टीेले नयाँ शिक्षा ऐन ल्याउने बहस र आश्वासन दिने तर ऐन दिन नसक्ने विडम्बना छ । सरकारले विभिन्न समयमा शिक्षा सम्बन्धी विभिन्न आयोग निर्माण गर्ने तर प्रतिवेदन लुकाएको वा हराएको छ । त्यसैले यस्ता आयोगका प्रतिवेदन कार्यान्वयनमा जान सकेनन् ।

लोकतान्त्रिक व्यवस्थामा कुनै पनि ऐन, नीतिनियम निर्माण गर्दा सरोकारवाला पक्षको सहभागितामा पर्याप्त छलफल गरिनुपर्छ । उनीहरूको राय, सल्लाह र सुझावको पनि सम्बोधन गर्नुपर्छ । कतै ऐनलाई लुकाएर यसमा छलफल र बहसलाई छल्ने प्रयास गरिएको हैन ?

शिक्षालाई पूर्वाधारको पनि पूर्वाधार भनिन्छ । शिक्षण पेशा अँगाल्नु भनेको विद्यालयमा अध्ययनरत हरेक बालबालिकाको अभिभावक बन्नु हो । नेपाली समाजमा केही दशक अघि शिक्षक सबैभन्दा सम्मानित र प्रतिष्ठा भएको पेशा देखिन्छ । आज शिक्षकको प्रतिष्ठा खस्कनु भनेको शिक्षा क्षेत्र प्रति समाजको विश्वास घट्नु पनि हो । शैक्षिक क्षेत्रको यो अवस्था हुनुमा शिक्षक, समाज, राजनीति, बजार र राज्य सबै दोषीका भागीदार हुन् । शिक्षालाई गुणस्तरीय, सीपमूलक र व्यावहारिक बनाउन पनि शिक्षकको ठूलो भूमिका रहन्छ । शैक्षिक क्षेत्रमा आमूल सुधार ल्याउन शिक्षकको सबैभन्दा धेरै सक्रियताको आवश्यकता हुन्छ ।

आज सामुदायिक विद्यालयका शिक्षकहरू आन्दोलित छन् । प्रस्तावित शिक्षा ऐनका प्रावधानबाट असन्तुष्ट छन् । उनीहरू शिक्षा ऐनमा सरकार र शिक्षकसँग भएका सम्झौताको कार्यान्वयन खोज्दैछन् । शिक्षकको श्रेणीगत विभाजन, स्थानीय तहमा शिक्षक दरबन्दी हस्तान्तरण, राहत, उमावि र विशेष शिक्षक कोटामा कार्यरत शिक्षक, शिक्षक बढुवा र सरुवा, शिक्षकका नागरिक स्वतन्त्रतामा अंकुश लगाउने विभिन्न प्रावधानको परिमार्जनको माग उनीहरूले देशव्यापी गरिरहेका छन् ।

आजको सार्वजनिक शिक्षा विश्वको सार्वजनिक शिक्षाको तुलनामा लगभग थला परेको अवस्थामा छ । यो परिस्थितिबाट बाहिर ल्याउन सबैभन्दा महत्वपूर्ण र सहयोगी शिक्षक हुनसक्छन् । उत्साहित, ऊर्जावान, सम्मानित र आशावादी साथै हौसला बुलन्द भएका शिक्षकहरूबाट मात्र समावेशी, समतामूलक र गुणस्तरीय शिक्षाको कल्पना गर्न सकिन्छ ।

त्यसैले शिक्षा क्षेत्रका महत्वपूर्ण हिस्सेदार शिक्षकलाई हतोत्साहित र नियन्त्रण गर्ने ऐनले शिक्षामा वर्तमान समयमा केही मात्रात्मक परिवर्तन सम्भव भए पनि गुणात्मक सफलता हासिल गर्न सकिंदैन । शिक्षक तालिम, प्रशिक्षण, तलब र भत्ता जस्ता क्षेत्रबाट शिक्षकलाई प्रोत्साहन गर्न राज्यले नीतिगत व्यवस्था गर्नुपर्छ ।

शिक्षण पेशालाई सबैभन्दा मर्यादित र सम्मानित पेशा नबनाई शिक्षाको सुधार सम्भव छैन । विद्यालय बिग्रनुको दोषी शिक्षक भएको भाष्य समाजमा निर्माण भएको छ । समाजको शिक्षकलाई ठिक लगाएर मात्र विद्यालय बन्छ भन्ने बुझाइ आफैंमा शिक्षा क्षेत्रको विकासका निम्ति खडा भएको चुनौती हो ।

विद्यालय व्यवस्थापन समितिले विद्यालयको संरक्षण गर्ने; समुदाय, अभिभावक, शिक्षक र विद्यार्थी बीच संयोजन गर्ने, विद्यालयको व्यवस्थापन र संचालन गर्ने कुरामा मुख्य भूमिका खेल्दै आएको छ । राज्यको सबै बालबालिकालाई अनिवार्य शिक्षाको पहुँचमा पुर्‍याउने लक्ष्य प्राप्ति गर्न विव्यसको महत्वपूर्ण भुमिका रहन्छ । त्यस्तै, बीचैमा विद्यालय छोड्ने दर घटाउन र स्थानीयस्तरमा विद्यालयलाई आवश्यक स्रोत र साधनको व्यवस्थापन गर्ने जस्ता कार्यमा पनि विव्यसको सहयोगी भूमिका रहनुपर्छ ।

आज सार्वजनिक विद्यालयलाई हेर्ने दृष्टिकोणमा परिवर्तन भएर सरकारी विद्यालय भनेर हेर्ने गरिन्छ । सरकारले मात्र गरेर सार्वजनिक विद्यालयको समग्र विकास गर्न सक्दैन । आज समुदाय र विद्यालयको चिसो भएको सम्बन्धको सुधारमा विव्यसले पुलको काम गर्नुपर्छ । विद्यालयको अपनत्व समुदायले लिन सके मात्र त्यसको दिगो सुधारको बाटो समात्न सक्छ । त्यसैले विद्यालयको गिरेको साख फर्काउन विव्यस सम्बन्धी प्रष्ट नीतिगत व्यवस्था शिक्षा ऐनमा राख्नुपर्छ ।

शिक्षा नीति संविधानको मर्म र प्रावधानभित्रको परिधिमा बसेर ल्याउनुपर्छ । माध्यमिक तहसम्म निःशुल्क, अनिवार्य शिक्षामा बालबालिकाको पहुँच नागरिकको मौलिक अधिकारको रूपमा स्थापना गर्नुपर्छ । हामीसँग विद्यमान रहेका तीनहजार माथि संस्थागत (निजी) विद्यालयको निश्चित समयसीमाभित्र न्यायोचित र सम्मानपूर्वक गैरनाफामूलक शैक्षिक संस्थामा रूपान्तरण गर्न ऐनले बाटो देखाउन सक्नुपर्छ । सबै जात, लिङ्ग, भाषा, धर्म, वर्ग, समुदाय, क्षेत्र र  फरक क्षमता भएका बालबालिकालाई सम्मान र गुणस्तरीय शिक्षामा पहुँच सुनिश्चितता गर्न पनि ऐनको आवश्यकता हुन्छ ।

आजको शिक्षा प्रणाली प्रतिस्पर्धाका आधारमा चलेको छ । सहकार्य विनाको प्रतिस्पर्धाले सिकाइलाई सामूहिक प्रयत्न बनाउन सकेको छैन । शिक्षा नीतिले प्रतिस्पर्धासँगै सहकार्यको प्रणालीमा पनि जोड दिएर सबै बालबालिकाको सिकाइ उपलब्धिमा गुणात्मक परिवर्तन खोज्नुपर्छ ।

नेपाली समाजमा अंग्रेजीलाई सम्मानित र उच्च दर्जाको भाषाको रूपमा बुझ्न खोजिरहेको छ । समाजमा देखिएको अंग्रेजीको मोहलाई विद्यालयहरूले बजारीकरण गरेका छन् । सामुदायिक विद्यालयले पनि पछिल्लो समयमा निजी विद्यालयको नक्कल गर्दै अंग्रेजी भाषामा अध्यापन गराउँदै विद्यार्थीबाट शुल्क लिन थालेका छन् ।

एकातिर संविधानले प्राथमिक कक्षामा मातृभाषामा पढ्न पाउने अधिकार दिएको छ । यसले मातृभाषाको संरक्षण, मौलिक ज्ञान र परम्पराको पुनर्जागरण गर्न साथै शिक्षकमा पनि विभिन्न भाषामा पोख्त रहेका समुदायहरूको प्रतिनिधित्व हुन्छ । हामीसँग बनिबनाउ अंग्रेजी भाषाको शिक्षा समाजको लागि सजिलो विकल्प होला तर हाम्रो अस्तित्व, पहिचान, आत्मसम्मान, संस्कृति, इतिहास र समुदायका लागि यो विकल्प दिगो र उपयोगी बन्न सक्दैन ।

हामीसँग विद्यमान सांस्कृतिक, भाषिक विविधता विश्वलाई चकित र लोभ्याउने खालका छन् । अंग्रेजी भाषाको शिक्षण प्रणालीका रोजगारी, विश्व घटनाक्रम र संचार जस्ता अनेकौं फाइदा भए पनि हाम्रोमा यसको परिणाम कतै मातृभाषा, हाम्रा संवादका भाषाहरू विलोपीकरण त हुँदैनन् ? अंग्रेजी भाषाले मौलिक कला, साहित्य, संस्कृति र सामाजिक सम्बन्ध, इतिहास, समाजको विकास गर्ने भन्दा पनि यसको विलोपीकरणको दिशातिर पो जाँदै छैन ? भन्ने प्रश्न उब्जिन्छन् ।

विद्यार्थीले जति धेरै भाषा सिक्छन् त्यति राम्रो हो । अवसर दिने र आवश्यकता पर्नेले वर्ष दिनमा विभिन्न भाषा सिकेर विदेशिने गरेको हामीले धेरै देखेका छौं । त्यसैले केही विषयलाई अंग्रेजीमा पढाउनु उचित हुन सक्छ तर शिक्षण माध्यम नै अंग्रेजी बनाउन दिनुहुँदैन । त्यसको सुनिश्चितता शिक्षा नीतिले गर्नुपर्छ ।

कार्की युवा शैक्षिक अभियन्ता हुन् ।



from Online Khabar https://ift.tt/l3WfPip

Sunday, August 27, 2023

डान्स गरेर भाग्यमानी बनेका दीपक, एसियन गेम्समा पदक भित्र्याउने लक्ष्य

११ भदौ, काठमाडौं । चीनको हान्झाउमा हुने १९औं एसियन गेम्समा समावेश ४५ खेलमध्ये एक खेल हो- ब्रेकडान्सिङ। यस संस्करणमा नेपालले सहभागिता जनाउने २९ खेलमा ब्रेकडान्सिङ पनि छ ।

नेपालका ब्रेक डान्सर दीपक लामाले यसमा सहभागिता जनाउँदैछन् । ब्रेकडान्सिङ एसियन गेम्समा समावेश हुनु नै सबैभन्दा ठूलो कुरा रहेको बताउने दीपक त्यसमा आफू सहभागी हुन पाउँदा उत्साहित छन् । ‘हाम्रो लागि ब्रेकडान्सिङ एसियन गेम्समा हुनु नै एकदम ठूलो कुरा हो,’ पोखरमा बसेरएसियन गेम्सको तयारी गरिरहेका दीपकले अनलाइनखबरसँग भने, ‘प्रतियोगितामा भाग लिन पाउनु नै हाम्रो लागि ठूलो उत्साह हो । म एकदमै उत्साहित छु ।’

सन् ७० को दशकमा अमेरिकन हिप हप संस्कृतिबाट सुरु भएको ब्रेकडान्सिङ पछिल्लो समय भने विभिन्न खेलकुद प्रतियोगितामा समावेश हुन थालेको छ । यसअघि सन् २०१० मा चीनमै भएको १६औं एसियन गेम्समा डान्स स्पोर्ट्सकादुईविधा स्ट्यान्डर्ड डान्स र ल्याटिन डान्स समावेश थियो । स्ट्यान्डर्ड र ल्याटिन डान्स दुवैका सबै ५-५ इभेन्टमा चीनले क्लिन स्वीप गरेको थियो ।

एसियन गेम्समा दशकअघि नै समावेश भएको ब्रेकिङडान्स विश्व स्तरमा भने सन् २०१८ मा अर्जेन्टिनामा आयोजित युथ ओलम्पिकमा परीक्षणको रुपमा समावेश गरिएको थियो । अब भने यो ओलम्पिक गेम नै बनिसकेको छ । डान्स स्पोर्टस अन्तर्गत ब्रेकिङडान्स (बी-बोईङ)लाई पेरिस ओलम्पिकमा आधिकारिक खेलका रुपमा समावेश गरिएको छ ।

दीपकले अर्को वर्ष फ्रान्सको पेरिसमा हुने ओलम्पिकका लागि तयारी गरिरहेका छन् । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीआईओसीले छात्रवृत्ति उपलब्ध गराएको छ । ओलम्पिकमा पुग्नका लागि भने उनले छनोट चरण पार गर्नुपर्नेछ ।

ओलम्पिक तयारीमै रहँदा नै एसियन गेम्स खेल्ने पाउनु उनका लागि दोहोरो अवसर हो । एसियाली खेलकुदमा सहभागी हुने निश्चित भएपछि दीपकको तयारीको रफ्तार झन् बढेको छ ।

‘एसियन गेम्सको लागि ट्रेनिङ गर्न म पोखरामा छु । मलाई कोचले बिहान र बेलुका दुई समयका लागि फरक स्थानमा ट्रेनिङको लागि छुट्याइ दिनुभएको छ । अरु खेलाडीपनि हुन्छन्’, दीपकले भने ।

ओलम्पिक छात्रवृत्तिले उनलाई एसियन गेम्सको तयारीका लागि अझ सजिलो भयो । ‘ओलम्पिक स्कलरसिपले गर्दा मलाई एकदम सहज भएको छ । मलाई चाहिने सामान, ट्रेनिङ गर्ने, ट्राभलका लागि धेरै सहज भएको छ । ट्रेनिङ फ्यासिलिटी सबै कुरामा सहज छ’,मासिक ७५० अमेरिकी डलर छात्रवृत्ति पाइरहेका उनले भने ।

यो रकमले आफू पूर्ण रुपमा डान्समै केन्द्रीत हुन पाएको उनी बताउँछन् । सुरुवाती समयमा तेक्वान्दो, जिम्न्यास्टिक, उसु लगायत खेल खेलेकाउनीभन्छन्, ‘अहिले मैले पूर्ण समय बि बोइङलाई नै दिन पाएको छु ।’

बी-बोइङ क्षेत्रमा ‘टोनी’ स्टेज नाम राखेका उनी यही नामबाट धेरै चिनिन्छन् । उनी एस्ट्रो ब्वाइज क्रूका सदस्य पनि हुन् ।

पदक जित्ने लक्ष्य

कुनै पनि प्रतियोगितामा प्रतिस्पर्धाका लागि उत्रिएपछि हरेक खेलाडीको सपना पदक जित्ने नै हुन्छ । अझ त्यसमा च्याम्पियन बन्ने धेरैको लक्ष्य हुन्छ ।

पहिलो पटक एसियन गेम्स खेल्न लागेका दीपकको लक्ष्य पनि त्यही छ । तर ठुलो अन्तर्राष्ट्रिय प्रतियोगितामा जाँदा उत्तिकै दबाब र चुनौती पनि हुन्छ । त्यो उनले बुझेका छन् ।

उनले सकेसम्म राम्रो प्रदर्शन गरेरदेशको नाम राख्ने प्रयास गर्ने बताए । ‘पदक जित्ने नै भनेर ट्रेनिङ गरिराखेको छौँ । त्यही अनुसार कोचले तयार गरिरहनुभाछ । बाँकी त्यही गएपछि थाहा हुन्छ । म आफ्नो बेस्ट दिनेछु’, दीपकले आफ्नो लक्ष्यबारे सुनाए, ‘टार्गेट गोल्डकै राखेका छौं, अब के हुन्छ त्यो त खेलेपछि थाहा हुनेछ ।’

एसियन गेम्स अघि विदेशमा गएर पनि तयारी गर्ने योजना भइरहेको उनले बताए । ‘नेपालमा पनि ट्रेनिङ राम्रो भइराखेको छ । अहिले सबै प्यासिलिटीहरु उपलब्ध छन्,’ उनले भने, ‘विदेशको ट्रेनिङ पनि चाहिन्छ । त्यसका लागि पनि योजना भइरहेको छ सायद चाँडै थाहा हुन्छ होला ।’

पहिला ब्याटल अहिले खेल

एसियन गेम्समा ब्रेकिङ डान्स समावेश हुँदा अहिले समग्रमा डान्स स्पोर्ट्स-बी बोइङ समुदाय नै पूरा उत्साहित छ । मनोरञ्जनका लागि गरिने डान्स अहिले अन्तर्राष्ट्रिय खेलकै रुपमा विकास हुँदैछ । ‘पहिलो कुरा हाम्रो ब्रेकिङ खेलकुदमा पर्नु नै हाम्रो समुदायको लागि ठूला कुरा हो । त्यही अनुसार विकास पनि भइरहेको छ । यति रिकगनाइजेसन पाउनु भनेको डान्स स्पोर्ट्सको लागि ठूलो कुरा हो ।’

अहिले ओलम्पिक, एसियन गेम्स जस्ता इभेन्टमा यो खेल समावेश हुनु र नेपाली खेलाडीले ओलम्पिक तयारीका लागि छात्रवृत्ति पाउनुले बी-बोइङप्रति नेपालको अपेक्षा झन् बढ्ने विश्वास छ ।

पहिले डान्स ब्याटलको रुपमा रहेको ब्रेकिङ अब खेल नै बनिसकेको छ । नेपालमा बी बोइङ गर्नेहरुका लागि २०७५ सालमा नेपाल ब्रेकिङ एण्ड डान्स स्पोट्र्स एसोसिएसन नै स्थापना भएको छ । त्यसैमार्फत नेपालमा खेलाडीहरुले आफ्नो कला देखाउनेछन् ।

यस्तो हुनेछ एसियन गेम्समा ब्रेकिङ डान्स

गोन्शु काना स्पोर्ट्स पार्कको जिम्नासियममा हुने यस प्रतियोगिता अक्टोबर ६ र ७ मा आयोजना हुनेछ । यस पटक जम्मा दुई स्वर्णका लागि ब्रेक डान्समा प्रतिस्पर्धा हुनेछ । जसमा महिला र पुरुषतर्फ एक एक इभेन्ट हुनेछ ।

ब्रेक डान्सिङमा लागि ल्यामिनेट फ्लोरको आवश्यकता पर्नेछ । जसको मिनिमम साइज ८ बाई ८ हुनेछ । ८ मिटरको सर्कल हुनेछ ।

ब्रेक डान्सिङमा कम्पिटेसनमा रेड र ब्लु टिम हुनेछ । दुवैले पालैपालो प्रदर्शन गर्नेछन् ।

हरेकले एक पटक ब्याटल गर्नेछन् । जसलाई एक राउण्ड भनिन्छ । ब्याटल ६० सेकेण्ड भन्दा बढी हुनेछैन ।

सहभागी खेलाडीहरुको संख्याको आधारमा प्रतियोगिता विभिन्न स्टेजमा खेलाइनेछ । क्वालिफाइङ राउण्ड प्रिलिमिनारी राउण्ड नकबउट राउण्ड क्वाटरफाइनल सेमिफाइनल फाइनल हुनेछ ।

क्वालिफाइङ स्टेजमा सबै सहभागी खेलाडीलाई ४ समूहमा विभाजन गरिनेछ । हरेक खेलाडीले आफ्नो प्रदर्शनी देखाउने अवसर पाउनेछन् ।

त्यसपछि जजले हरेक खेलाडीले प्रदर्शनलाई तुलना गरेर वरीयता छुट्याउनेछन् ।

यस्तै प्रिलिमिनरी स्टेजमा क्वालिफाइङ स्टेजमा प्राप्त वरीयताको आधारमा जोडी बनाएर प्रतिस्पर्धा गराइनेछ र त्यसबाट १६ विजेतालाई राउण्ड रोविन स्टेजका लागि छनोट गरिनेछ ।

त्यसपछि खेलाडीलाई चार समूहमा चार-चार खेलाडी राखेर विभाजन गरिनेछ र हरेकले आफ्नो समूहमा अन्य खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।

हरेक समूहको शीर्ष दुई खेलाडी अर्को चरणमा प्रवेश गर्नेछन् । त्यसपछि नकआउट चरणका खेलहरु हुनेछ ।

नकआउट चरण र सेमिफाइनल चरणमा ३ खेल २ जीत प्रतिस्पर्धा प्रणाली लागू हुनेछ । त्यसपछि अन्तिम चरणमा प्रवेश गर्ने खेलाडीहरुले तीन राउण्डको डुएल्स पूरा गर्नुपर्नेछ र पूरा भएपछि नतिजा घोषणा गरिनेछ ।

प्राविधिक, प्रदर्शन, रचनात्मकता, विविधता, संगीत, र व्यक्तित्व जस्ता सूचकहरूका आधारमा दुवै खेलाडीहरूको प्रदर्शनलाई अंक दिनका लागि जजहरुले ‘स्कोर स्लाइडर’ को फर्ममा स्कोरिङ प्रणाली प्रयोग गर्नेछन् ।



from Online Khabar https://ift.tt/Sm9bdFT

काफी सस्ता मिल रहा है Realme का SuperVOOC चार्जिंग वाला गजब फोन, मिलेगी 6GB RAM

Realme Narzo N55: रियलमी के धांसू स्मार्टफोन नार्ज़ो N55 को काफी सस्ते में खरीदा जा सकता है. इस फोन को अमेज़न पर बेस्ट डील के साथ उपलब्ध कराया जा रहा है.

from Latest News मोबाइल-टेक News18 हिंदी https://ift.tt/oXYxebZ

नुनेज नायक बन्दा लिभरपुलको पुनरागमन जित

११ भदौ, काठमाडौं । कप्तान भर्जिल भान डायकले रातो कार्ड पाएको खेलमा डार्विन नुनेजले खेलको अन्त्यतिर दुई गोल गरेपछि लिभरपुलले गएराती प्रिमियर लिगमा न्युकासललाई २-१ ले पराजित गरेको छ ।

एक गोलले पछि पर्नु र एक खेलाडी कम हुनुका बावजुत पनि लिभरपुलले पुनरागमन गर्दै जित निकालेको हो ।

घरेलु मैदानमा एन्टोनी गोर्डोनले २५औं मिनेटमा गोल गर्दै न्युकासललाई अग्रता दिलाएका थिए ।

२८औं मिनेटमा कप्तान भान डायक रातो कार्ड पाउँदै मैदान बाहिरिएपछि लिभरपुललाई अर्को झड्का लाग्यो ।

लिभरपुलका प्रशिक्षक योर्गन क्लोपले दोस्रो हाफमा नुनेज र डिएगो जोटालाई मैदान प्रवेश गराएपछि खेल बदलियो ।

७७औं मिनेटमा मैदान प्रवेश गरेका नुनेजले ८१औं मिनेटमा लिभरपुलका लागि बराबरी गोल फर्काए ।

त्यसपछि उनले इन्जुरी टाइमको तेस्रो मिनेटमा मोहमद सलाहको पासमा गोल गर्दै लिभरपुललाई २-१ को जित दिलाए ।

तीन खेल खेल्दा दोस्रो जित निकालेको लिभरपुल ७ अंक जोडेर चौथो स्थानमा उक्लेको छ ।

दोस्रो हार बेहोरेको न्युकासल तीन अंकसहित १३औं स्थानमा छ ।



from Online Khabar https://ift.tt/NLHUacZ

पाठेघरको मुखको क्यान्सर परीक्षणबारे सचेतना सम्पन्न

१० भदौ, काठमाडौं । पाठेघरको मुखको क्यान्सरको परीक्षणमा विकास भएको नयाँ प्रविधि तथा त्यसको फाइदाबारेमा विराटनगरमा हालै एक गोष्ठी सम्पन्न भएको छ । लिक्विड-बेस्ड साइटोलोजी र एचपीभी डीएनए टेस्टिङ स्क्रिनिङका बारेमा जानकारी दिने उद्देश्यले ‘सेप दि फ्युचर अफ वुमन्स’ नामक दुई दिने गोष्ठी सम्पन्न भएको हो ।

कार्यक्रममा पाठेघरको मुखमा हुने क्यान्सरको प्रारम्भिक निदानका महत्वबारे प्रकाश पारिएको थियो। गोष्ठीमा पाठेघरको मुखको क्यान्सर पहिचानका लागि उपयुक्त स्क्रिनिङ, प्रि-क्यान्सरियस घाउको पहिचान, विशेष कोषिका र अन्य सबै साइटोलोजिक श्रेणीका बारेमा छलफल भएको थियो।

भारतीय मेडिकल टेक्नोलोजी कम्पनी बेक्टोन डिकिन्सन एण्ड कम्पनी (बीडी) को मुख्य आयोजनामा सम्पन्न गोष्ठीमा बीडी भारतका दक्षिण एसिया प्रबन्ध निर्देशक अतुल ग्रोवरले पाठेघरको क्यान्सरको स्क्रिनिङ जस्ता महिला स्वास्थ्यका महत्वपूर्ण विषयमा सचेतना जगाउने प्लेटफर्म आफूहरुले सृजना गरिरहेको बताए । ‘पाठेघरको मुखको क्यान्सर रोकथाम गर्न सकिने क्यान्सरमध्ये एक हो, तर पनि न्यून सचेतनाको कारणले गर्दा समयमै निदान गर्न ढिलाइ भइरहेको छ। हाम्रो सेप द फ्युचर अफ सर्भाइकल क्यान्सर स्क्रिनिङ इभेन्ट मार्फत, हामी नेपालको पूर्वी भागका अग्रणी स्त्री रोग विशेषज्ञ, प्रसूति तथा रोग विशेषज्ञहरूको सहयोग र सहभागितामा प्रारम्भिक स्क्रीनिङका फाइदाहरूबारे प्रभावकारी सन्देश प्रवाह गर्नेमा आशावादी छौं,’ उनले भने ।

दुई दिनसम्म सञ्चालन भएको सो गोष्ठीमा चिकित्सा क्षेत्रका ७० भन्दा बढी विज्ञहरुको सहभागितामा थियो। विराट मेडिकल कलेज टिचिङ हस्पिटल, नेपाल सोसाइटी अफ गाइनोलोजिस्ट पूर्वी च्याप्टर र एसोसिएसन अफ क्लिनिकल प्याथोलोजिस्टसँगको सहकार्यमा कार्यक्रम सम्पन्न भएको थियो।

नेपालमा महिलाहरुमा पाठेघरको मुखको क्यान्सर प्रमुख क्यान्सरको रुपमा रहेको छ । वार्षिक यो रोगका २ हजार २४४ नयाँ बिरामी आउने र १ हजार ४९३ जनाको मृत्यु हुने गरेको छ। नेपालमा प्रति एक लाख महिलामा १६.४ जना पाठेघरको मुखको क्यान्सर हुने गरेको छ। विश्व स्वास्थ्य संगठनले यसको दर घटाउनुर्ने भनेर सिफारिस गरेको भए पनि यो चार गुणा बढेको छ। डब्लुएचओले प्रति एक लाख महिलामा ४ जनामा झार्नुपर्ने भनेको थियो। नेपालमा पाठेघरको मुखको क्यान्सरले प्रत्येक एक लाख महिलामा ११ जनाको ज्यान जाने गरेको छ। सही समयमा उपयुक्त स्क्रिनिङ भएमा यसलाई रोकथाम गर्न सकिन्छ।

बीडी विश्वको सबैभन्दा ठूलो मेडिकल टेक्नोलोजी कम्पनीहरूमध्ये एक हो।



from Online Khabar https://ift.tt/cYLe3C7

Saturday, August 26, 2023

कांग्रेसले टुंगो लगायो समिति सभापतिका उम्मेदवार

१० भदौ, काठमाडौं । नेपाली कांग्रेसले संसदीय समितिका सभापतिका उम्मेदवारको टुंगो लगाइको छ ।

राज्य व्यवस्था समितिको सभापतिमा रामहरि खतिवडा, संसदीय सुनुवाइमा जीवन परियार, कृषिमा आरजु राणा, अर्थ समितिमा सन्तोष चालिसेको नाममा सहमति भएको छ ।

कांग्रेसको भागमा परेका चार सभापतिमध्ये संस्थापन इतरले दुई जना दाबी गरेको थियो । उक्त समूहबाट जीवन परियारमात्रै परेका छन् । दुवै तिरको हुने गरी सन्तोष चालिसेलाई उम्मेदवार बनाएर कांग्रेसले सन्तुलन मिलाएको छ ।

लामो समय रिक्त रहेको संसदीय समितिको नेतृत्वका लागि आज मनोनयन हुँदै छ ।समितिको नेतृत्व  चयन नहुँदा ९ महिनादेखि ज्येष्ठ सदस्यको अध्यक्षतामा बैठक बस्दै आएको छ ।



from Online Khabar https://ift.tt/mwR9b0l

आधी हो गई गूगल के धाकड़ फोन की कीमत, पहली बार इतने सस्ते दाम पर, खरीदने की लगी भीड़!

Google Pixel 6a at half price: अगर आप कोई नया फोन खरीदना चाहते हैं तो आपके लिए बाज़ार में कई ऑप्शन मौजूद हैं. ऐसे में बेस्ट डील की बात करें तो आपको गूगल पिक्सल 6a करीब आधे दाम पर मिल सकता है.

from Latest News मोबाइल-टेक News18 हिंदी https://ift.tt/nv3pHYX

तीन वटा विषयमा निर्णय लिएर अदालत खुल्नासाथ मुद्दा पेस गर्ने सरकारी वकिलको तयारी

१० भदौ, काठमाडौ । ललिता निवास जग्गा अनियमितता प्रकरणमा प्रहरीले बुझाएको अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिलको कार्यालयले अभियोगपत्रको खाका तयार पारेको छ । शनिबार रातिसमेत गरी सरकारी वकिलको टोलीले अभियोगपत्रको मस्यौदा तयार गरेको हो ।

‘हामीले केही सीमित विषयमात्रै टुंग्याउन बाँकी छ, विहान ८ बजे निर्णय गरेर अभियोगपत्र प्रिन्ट गर्ने र अदालत खुल्नासाथ बुझाउने तयारी छ,’ जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौं स्रोतले भन्यो, ‘मुद्दा लैजान ढिलाइ हुँदा मुद्दाका पक्षहरुबाट अस्वभाविक चासो र दवाव आउने भएकाले अदालत खुल्नासाथ अभियोगपत्र दर्ता गर्ने तयारी हो ।’

एक सरकारी वकिलका अनुसार, बिहान ९ बजेभित्रमा तीनवटा विषयमा औपचारिक निर्णय हुनेछ ।

पहिलो, मुद्दामा संगठित अपराधको अभियोगमा मागदाबी लिने वा नलिने भन्नेबारेमा केही विवाद देखिएको छ, त्यसवारे निर्णय हुनेछ ।

दोस्रो, प्रहरीले मुद्दा चलाउने राय दिएका पूर्वमन्त्रीहरुलाई मुद्दा चलाउने कि नचलाउने भन्नेबारेमा समेत निर्णय हुनेछ ।

तेस्रो,पहरीले बहालवाला सचिव कृष्णबहादुर राउतलाई मुद्दा नचलाउने राय दिएको छ, तर उस्तै प्रकृतिका अरु सबैलाई मुद्दा चलाएर उनलाई नचलाउने निर्णय कसरी मुद्दा नचलाउने निर्णय लिने भन्नेवारेको अलमल समेत टुंगिएको छैन ।

‘यसबारेमा कार्यालय प्रमुखले विभागिय प्रमुख (महान्यायाधीवक्ता)सँग समेत राय लिनुभएको छ,’ स्रोतले भन्यो, ‘त्यसैका आधारमा निर्णय भएर मुद्दा दर्ता गर्नेछौं ।’



from Online Khabar https://ift.tt/Xt04PCi

आज संसदीय समितिका सभापतिको उम्मेदवारी मनोनयन

१० भदौ, काठमाडौं ।  ‘मिनी पार्लियामेन्ट’का रूपमा लिइने संसदीय समितिको नेतृत्व चयन प्रक्रिया अघि बढेको छ । यसपटक प्रतिनिधिसभाको निर्वाचन भएको नौ महिनापछि मात्र संसदीय समितिको नेतृत्व चयन प्रक्रिया अघि बढेको हो ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा सभामुखले मातहत गठित १० वटै विषय समिति सभापतिको निर्वाचन  सोमबार दिउँसो ३ः०० बजेका लागि निर्धारण गरेको घोषणा गरेअनुरुप निर्वाचन प्रक्रिया अघि बढेको हो ।

समितिको कुनै सदस्यलाई सभापतिमा निर्वाचित गरियोस् भनी कुनै अर्का एक सदस्यको समर्थनसहित आज बिहान ११ः०० देखि दिउँसो ४ः०० बजेसम्म उम्मेदवारी मनोनयन प्रस्ताव दर्ता गराउन सक्ने निर्वाचन कार्यक्रम प्रकाशित गरिएको सचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिउ ।

हाल समितिको ज्येष्ठ सदस्यको अध्यक्षतामा समिति बैठक बस्दै आएको छ ।

 



from Online Khabar https://ift.tt/SjDaUJs

Friday, August 25, 2023

रवि लामिछानेले पाएनन् कालिकामा स्वास्थ्य क्लिनिक सञ्चालनको अनुमति

९ असोज, चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् चितवन क्षेत्र नं. २ का सांसद रवि लामिछानेले कालिका नगरपालिकामा मोवाइल स्वास्थ्य क्लिनिक सञ्चालनको अनुमति पाएनन् ।

नगर क्षेत्रका विभिन्न वडामा सांसद लामिछानेले मोवाइल क्लिनिक सञ्चालनको अनुमति मागे पनि नगरपालिकाले कानून नभएको भन्दै क्लिनिक सञ्चालन गर्न स्वीकृत नदिएको हो ।

लामिछानेले २०८० साउन २२ गते नगरपालिकाको स्वास्थ्य शाखा र २०८० साउन २५ गते नगरपालिकालाई पत्र लेखेर मोवाइल क्लिनिक सञ्चालनको अनुमति माग गरेका थिए । तर, नगरपालिकाले स्वास्थ्य संस्था दर्ता अनुमति तथा नवीकरणसम्बन्धी निर्देशिका २०७६ मा घुम्ती शिविर सञ्चालन गर्न दिने सम्बन्धमा कानूनी व्यवस्था नभएको जनाएको छ ।

साथै, नगरपालिकाले विषेशज्ञसहितको स्वास्थ्य शिविर सञ्चालनको अनुमति पालिकासँग नभई प्रदेशबाट लिन लामिछानेलाई सुझाएको छ ।

नगरपालिकाले लामिछानेलाई लेखेको पत्रमा प्रदेश जनस्वास्थ्य सेवा नियमावली २०७७ को दफा ५ को उपदफा ६ अनुसार घुम्ती शिविर सञ्चालनको स्वीकृत दिने सम्बन्धी व्यवस्था रहेको उल्लेख गरेको छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशवप्रसाद उपाध्यायले अहिलेको विद्यमान कानुनले धुम्ती शिविर सञ्चालन गर्न पालिकाले नसक्ने भएकोले अनुमति नदिइएको बताए । यद्यपि, सांसदले प्रदेशबाट अनुमति लिए आफूहरुले सहजीकरण र समन्वय गर्न सक्ने उनको भनाइ छ ।

शिविरको डिटेल कार्यक्रमसहित चिकित्सकहरुको विवरणसमेत माग गरिएको प्रमुख प्रशासकिय अधिकृत उपाध्यायले जानकारी दिए । ‘शिविर गर्ने भनेपछि सबै विवरण चाहियो, भोलि कुनै ठाउँको शिविरमा कुनै घटना भए के गर्ने सबै आधारहरु हेर्नुपर्ने हुन्छ,’ उपाध्यायले भने, ‘शिविर गर्ने चिकित्सकहरुको विषेशज्ञ, मेडिकल काउन्सिल दर्तालगायतका विषय पनि पालिकाको जानकारीमा हुनुपर्छ ।’

उनले पालिकाको स्वास्थ्य शाखासँग समन्वय गरेर जिल्लाका ठूला अस्पतालहरुले शिविर सञ्चालन गरे पनि अरुलाई भने अनुमति नदिइएको उनले बताए ।

चितवन २ बाट जितेका सांसद लामिछानेले निर्वाचन जितेको एक सय दिन पुगेको अवसरमा गत साउन १६ गतेदेखि निर्वाचन क्षेत्रमा मोवाइल स्वास्थ्य क्लिनिक चलाउँदै आएका छन् ।

पुरानो मेडिकल कलेजले उपलब्ध गराएको भारतले दिएको एम्बुलेन्सको रंग परिवर्तन गरेर मोवाइल स्वास्थ्य क्लिनिक चलाएका लामिछाने विवादमा परेपछि अहिले अर्को एम्बुलेन्स लिएर क्लिनिक चलाउँदै आएका छन् ।

पुरानो मेडिकल कलेजकै स्वास्थ्यकर्मीहरुको टिम लिएर उनले भरतपुर महानगरपालिकाका विभिन्न वडा स्वास्थ्य क्लिनिक चलाउँदै आएका छन् ।



from Online Khabar https://ift.tt/QjuSakI

4,000 रु सस्ता हुआ Redmi का 12GB RAM वाला गजब फोन, 15 मिनट में फुल होगी बैटरी, खरीदने की मची लूट

Redmi Note 12 Pro 5G Price cut: अगर आप बड़ी छूट पर तगड़ा फोन पाना चाहते हैं तो आपके लिए शाओमी रेडमी नोट 12 प्रो एक अच्छा ऑप्शन हो सकता है. फोन काफी सस्ता मिल रहा है.

from Latest News मोबाइल-टेक News18 हिंदी https://ift.tt/lRjFVc1

अमेरिकाका प्रभावशाली सिनेटर होलेन नेपाल भ्रमण आउँदै

९ भदौ, वासिङ्टन डिसी । अमेरिकी सिनेटको वैदेशिक मामिला तथा एप्रोप्रिएसन कमिटीका सदस्य सिनेटर क्रिस भ्यान होलेनले नेपालको भ्रमण आउने भएका छन् । उनी सेप्टेम्बरको पहिलो साता काठमाडौं पुग्ने कार्यतालिका रहेको छ ।

सिनेटर भ्यान होलेनको अफिसले दिएको जानकारीअनुसार नेपाल भ्रमणको क्रममा उनले सरकारी अधिकारी, युवा नेता, सांसद, नागरिक समाजका प्रतिनिधि, गैरनाफामूलक संस्थाका प्रतिनिधि र व्यवसायीलगायतसँग भेट गर्ने जनाइएको छ । उनले अमेरिकी सहयोगमा सञ्चालित प्रोजेक्ट र स्थानीय सांस्कृतिक महत्त्वका क्षेत्रमा भ्रमण गर्नेछन् ।

उनको भ्रमणले नेपाल र अमेरिकाको राजनीतिक तथा व्यावसायिक साझेदारी मजबुत हुने विश्वास लिइएको छ । त्यसैगरी उनले अमेरिकाको नेपालमा हुने सहयोगको बारेमा समेत छलफल गर्ने तय भएको छ । खासगरी स्वास्थ्य क्षेत्रमा र विद्युत् तथा यातायात पूर्वाधारमा महत्त्वपूर्ण लगानीको आधार तय गरिनेछ ।

सिनेटर क्रिसको अफिसले दिएको जानकारीअनुसार उहाँको यो भ्रमणले दक्षिण एसियाली देश र अमेरिकाबीच मजबुत र अर्थपूर्ण साझेदारी हुनेछ । भ्रमणको क्रममा सिनेटर क्रिसले बृहत्तम विषयमा र सामूहिक सुरक्षाको चासोको विषयमा समेत छलफल गर्ने अपेक्षा छ ।

यसैगरी आर्थिक अवसर, जलवायु परिवर्तनको असर, मानव अधिकारको रक्षालगायतका विषयमा विस्तृतरुपमा छलफल हुनेछ । सिनेटर होलेनले यो भ्रमणले त्यस क्षेत्रका देश र अमेरिकाबीचको सम्बन्ध थप मजबुत हुने अपेक्षा रहेको बताएका छन् ।

नेपाल, श्रीलङ्का र माल्दिभ्सको भ्रमणमा जान लागेका होलेनको आठ दिने भ्रमणका क्रममा ५० भन्दा बढी बैठकमा सहभागी हुनेछन् । क्रिस भ्यान होलेन अमेरिकाको डेमोक्रयाट पार्टीका प्रभावशाली सिनेटर हुन् ।

अन्तरपार्टी सम्बन्धमा समेत आफ्नो मजबुत छवि बनाएका सिनेटर होलेनले नेपाल अमेरिकाको सम्बन्धको बीच महत्त्वपूर्ण कामसमेत गरेका छन् । उनले सन् २०२१ मा मेरिल्याण्ड राज्यका डेलिगेट डा ह्यारी भण्डारीको अफिससँगको समन्वयमा नेपालका युवा नेतासँग समेत भर्चुअल माध्यमबाट यस अगाडि नै छलफलसमेत गरिसकेका छन् ।

कोरोनाकालमा अमेरिकाले नेपाललाई उपलब्ध गराउने स्वास्थ्यसम्बन्धी सामग्री र खोपसमेतको सहायतासम्बन्धी विभिन्न कार्यक्रममा समेत सिनेटरले महत्त्वपूर्ण भूमिका निर्वाहसमेत गरिसकेका छन् । उनले अमेरिकामा रहेका नेपालीबीच पनि ख्यातिप्राप्त सिनेटर हुन् ।

उनले अमेरिकामा रहेका नेपालीलाई टेम्पोरेरी प्रोक्टेक्डेड स्टाटयस  (टिपीएस) मार्फत स्थायी बसोबासका लागिसमेत बिल तयार पारेका थिए ।

उनी नेपालका लागि सेप्टेम्वरको पहिलो साता पुग्ने ने जनाइएको छ तर उनको भ्रमण तालिकाबारे विस्तृत विवरण भने सार्वजनिक भएको छैन् ।



from Online Khabar https://ift.tt/dMyCuc6

आइतबार १० अर्बको विकास ऋणपत्र जारी हुँदै

९ भदौ, काठमाडौं  । नेपाल राष्ट्र बैंकले १० अर्ब बराबरको विकास ऋणपत्र जारी गर्ने भएको छ । सरकारले उठाउने आन्तरिक ऋणका रुपमा राष्ट्र बैंकले भोलि आइतबार छ वर्ष अवधिको विकास ऋणपत्र २०८५ ‘ज’ जारी गर्न लागेको हो ।

बैंक तथा वित्तीय संस्था, गैर-बैंक वित्तीय संस्था, बीमा कम्पनी, सङ्गठित संस्था र सर्वसाधारण नागरिकसमेतले विकास ऋणपत्र खरिद गर्न सक्नेछन् । यो ऋणपत्रको ब्याजदर बोलकबोलका माध्यामकबाट निर्धारण गरिने राष्ट्र बैंकले जनाएको छ ।

यो ऋणपत्र धितो राखी कर्जासमेत लिन सकिनेछ । भदौ १० गते दिउँसो ३ बजेसम्म बोलकबोल हुने ऋणपत्र भदौ ११ गते सोमबार निष्काशन हुनेछ । अर्धवार्षिकरुपमा ब्याज भुक्तानी हुने यो ऋणपत्रको साँवा भुक्तानी २०८६ भदौ ११ मा हुनेछ ।

घटीमा रू पचास हजार र बढीमा कूल निष्काशित रकमको सीमामा नबढाई रू पचास हजारले भाग गर्दा निःशेष भाग जाने अङ्कमा खरिद गर्न पाइनेछ । यो ऋणपत्र खरिदका लागि व्यक्ति तथा संस्थाले बोलकबोल प्रक्रियाअन्तर्गत प्रतिस्पर्धी वा अप्रतिस्पर्धी कुनै एक बोलवालाको रुपमा मात्र भाग लिन सक्नेछन् ।

राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीले प्रतिस्पर्धीको रुपमा भाग लिन पाउने छैनन् । यो ऋणपत्रको दोस्रो बजार कारोबार नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमार्फत्मात्र हुनेछ ।



from Online Khabar https://ift.tt/xdFGiLS

boAt की इस सस्ती स्मार्टवॉच में हैं भरभर फीचर्स, दिखने में है इतनी प्रीमियम कि दोस्त हो जाएंगे इंप्रेस!

boAt ने भारत में अपनी एक नई स्मार्टवॉच boAt Lunar ORB को लॉन्च कर दिया है. कंपनी की ये एक सस्ती वॉच है. इसमें ब्लूटूथ कॉलिंग समेत AMOLED डिस्प्ले जैसे कई दमदार फीचर्स दिए गए हैं. आइए जानते हैं इस वॉच के बारे में.

from Latest News मोबाइल-टेक News18 हिंदी https://ift.tt/x1QePwR

गाउँका महिलालाई उद्यमी बनाउने जियोकृषि एप्स

९ भदौ, काठमाडौं । राष्ट्रिय जनगणना २०७८ का अनुसार नेपालमा ७३.२ प्रतिशत सर्वसाधारणले स्मार्ट फोन बोक्छन् । पछिल्दा दिनमा सूचना प्रविधिको प्रयोग दिनानुदिन बढ्दै गएको छ ।

तर, स्मार्टफोनको प्रयोग कुराकानीका अतिरिक्त फेसबुक र टिकटक जस्ता सामाजिक सञ्जाल चलाउन धेरै हुने गर्छ । फुर्सद भयो कि सामाजिक सञ्जालमा व्यस्त हुने होइन मोबाइलको प्रविधि सदुपयोग गरेर उद्यमशील बन्ने महिलाको संख्या पनि बढ्दै गएको छ। उनीहरू मोबाइलकै माध्यमबाट आत्मनिर्भर हुन थालेका छन् ।

चितवनको कालिका नगरपालिका-४ की ३४ वर्षीया सुनिता बोट तिनैमध्येकी एक हुन् । कृषि पेशा गरिरहेकी उनी बजारमा तरकारीको भाउ घट्यो कि बढ्यो भन्ने मोबाइलबाटै थाहा पाउँछिन् । कुन समयमा कुन तरकारी लगाउने, मल, खाद र सिचाइँ कसरी गर्ने, मौसम कस्तो हुँदै छ भन्‍ने जानकारी पनि उनको मोबाइलमै आउँछ ।उनलाई यी सबै जानकारी जियो कृषि नामक एप्सले उपलब्ध गराइरहेको छ ।

उनी भन्छिन्, ‘पहिला गाउँघरमै ग्राहकले भनेकै भाउमा तरकारी बेच्थेँ । जियोकृषि एप्स चलाउन थालेपछि मेरो जीवनशैली नै परिवर्तन भयो । अहिले बजार भाउअनुरुप तरकारी बेच्न पाएकी छु । धेरै फाइदा भएको छ ।’

उनले जियोकृषि एप्स पनि श्रीमानको मोबाइल मागेर चलाउन थालेकी हुन् । उनी भन्छिन्, ‘पहिला मोबाइल किन चाहियो भनेर बोक्दिनथेँ। तर, जब जियो कृषिमा तरकारीलगायतका पशुपालनबारे जानरी पाइन्छ र फाइदा हुन्छ भन्‍ने थाहा पाएँ, श्रीमानको मोबाइल मागेर सिकेँ।’

आफूले यसको प्रयोग गर्न थालेपछि अरू छिमेकीहरूलाई पनि सिकाइदिन थालेको उनी बताउँछिन् । ‘कसैको बाख्रा बिरामी हुन्थ्यो भने कसैको गाइ/भैँसी। अस्पताल जाँदा समय धेरै खर्च हुन्थ्यो । तर यसले समय र पैसा दुवै बचत भयो’ उनी भन्छिन् ।

मोबाइलबाटै घरमै बसीबसी सूचना र जानकारी पाउन थालेपछि उनी हाल केरा खेती गर्न थालेकी छिन् । उनी भन्छिन्, ‘ कोरोनाको समय त निक्कै अप्ठेरो थियो। घरबाहिर जानै नपाउने स्थिति थियो। मैले पनि यही मौकालाई मोबाइलबाटै हेरेर केरा खेती थालनी गरेकी हुँ । अहिले केरा खेतीले मनग्यै आम्दानी दिएको छ ।’

हाल उनी तरकारी र केरा खेती गरेर वार्षिक ५ लाख रुपैयाँ बचत गर्छिन् । उनी भन्छिन्, ‘ तरकारी खेती राम्रो भएको छ । विचौलियाले ठग्न पाएको छैन।’

बर्दिया गुलरिया- ५ की ३५ वर्षीया उर्मिला नेपालीलाई पनि मोबाइल फोनबाटै जानकारी लिएर गाइपालन गर्दा सहज भएको छ । उनले अहिले पाँच वटा गाई थपेकी छिन् । उनलाई गाईको घाँस, खानेकुरा, भिटामीन र रोगहरू लाग्दा कसरी उपचार गर्ने र कहाँ लैजाने भन्नेबारे सबै जानकारी छ।

उनी भन्छिन्, ‘मैले पहिला गाईपालन गर्दा रोग लागेर हैरान भएकी थिएँ। समयमै गाईको औषधिउपचार नपाउँदा गाईले कम दूध दिन थालेको थियो। पछि जियो कृषि मोबाइल एप्स चलाउन थालेपछि गाईको उपचार गर्न सजिलो भयो। गाईले पहिलेभन्दा बढी दूध दिन थालेको छ। मैले गाई पनि थपेकी छु।’

एप्समा उपलब्ध ‘ईचौतारी’ मा गाईलाई कुनै रोग लागेमा कुराकानी गर्ने सुविधा छ । ‘त्यहीँ फोटो खिचेर पठाउँछौं। र त्यहाँ ई-चौतारीमा छलफल हुन्छ र पशु डाक्टरले समाधान दिनुहुन्छ,’ उनी भन्छिन् ।

ग्रामीण किसानलाई जियोकृषि एप्सको सुविधा अमेरिकी सहयोग नियोग (युएसएआईडी) को सहयोगमा हेफर इन्टरनेशनलले उपलब्ध गराएको हो । ग्रामीण महिलाको पहुँचमा डिजिटल प्रविधि पुर्‍याएर महिला उद्यमीलाई थप सशक्त गर्ने उद्देश्यले यो कार्यक्रम लागू गरिएको हेफरका राष्ट्रिय निर्देशक डा. तीर्थराज रेग्मी बताउँछन् ।

यसले गाउँघरका महिला किसानलाई सीप र ज्ञान प्रदान गर्ने र उद्यमशीलतामार्फत आत्मनिर्भर बनाउने उनको भनाइ छ ।

लिटिल एन्जल्स कलेज अफ म्यानेजमेन्टका एकेडेमिक सहायक निर्देशक डा. स्मृतिकला पन्त र तारा पन्थीले गरेको अध्ययनले ग्रामीण महिलाहरुमा स्मार्टफोनको प्रयोग बढ्दै गएकाले त्यसमार्फत उद्यमशीलता प्रवर्द्धन गर्न सकिने देखाएको थियो ।

उनीहरुले जियो कृषि एप्ससम्बन्धी कार्यक्रम कार्यान्वयन भएको क्षेत्रमा अध्ययन गरेकोमा त्यहाँ ९६ प्रतिशत ग्रामीण महिलाले स्मार्टफोन बोक्‍ने गरेको र ७५ प्रतिशतले स्मार्टफोनमा इन्टरनेट चलाउने गरेको देखिएको थियो। त्यस्तै ७० प्रतिशत महिलाहरूले प्रत्‍येक दिन १ देखि २ घण्टा नियमित स्मार्टफोन प्रयोग गर्ने गरेको पनि देखाइएको छ ।

उनीहरुको अनुसन्धान अनुसार ३९ प्रतिशत महिलाले स्मार्टफोनबाट कारोबार गर्ने गरेको तथ्यांक देखाइएको छ । यतिमात्रै नभएर व्‍यापारको लागि डिजिटल प्रविधिको प्रयोग ४४ प्रतिशत महिलाहरूले उद्यमशीलताबारेको जानकारी/ सूचना लिन स्मार्टफोनको प्रयोग गर्ने गरेको देखिएको छ । त्यस्तै २७ प्रतिशत महिला किसानहरू कसरी उद्यमशीलताको पहुँचमा पुग्‍ने भन्‍नेबारेमा सोध्‍ने गरेको पाइएको छ ।

त्यस क्षेत्रमा ५५ प्रतिशत महिला तथा साना किसानले जियोकृषि एप्सको बारेमा थाहा पाएर उद्यम गर्न थालेको अध्ययनले देखाएको अध्ययन गर्ने पन्त र पन्थीले बताए ।

उनीहरू भन्छन्, ‘ यसले के देखाउँछ भने ग्रामीणमा महिलाहरू प्रविधिमा विस्तारै पोख्त हुँदैहुनुहुन्छ। यसबाट सीप विकास, आफ्नो बिजनेस गर्न सक्ने क्षमता र निर्णय तथा आर्थिक रुपमा आत्मनिर्भर भई अरूलाई पनि सहयोग गरिरहनु भएको छ।’

यसका साथै थप प्रविधिको दक्षता र साक्षरता बढाउन किसानहरूलाई प्रभावकारी रुपमा जनचेतना बढाउनुपर्ने, नीति निर्माता र कार्यान्वयनकर्ताहरूसँग समन्वय गर्नुपर्नेमा उनीहरूको जोड छ।

पन्त भन्छिन्, ‘ अझै पनि डिजिटल साक्षरतामा खाडल देखिइरहेको छ। स्थानीय निकाय र विकासका साझेदार संस्थाहरूसँग सहकार्य गरी बजार विकासको पनि त्यति नै खाँचो छ। अनि बल्ल महिला तथा ग्रामीण किसानहरू आत्मनिर्भर बन्न सक्छन्।’

ग्रामिण महिलाहरूलाई उद्यमशीलताको सीप र दक्षतामा विकासका सबै साँझेदारहरूले सहयोग गरेमा मात्र दीगो विकासका लक्ष्य चुम्‍ने आट र सहास आउन सक्‍ने लिटिल एन्जल्स कलेज अफ म्यानेजमेन्टका प्रिन्सिपल डा. मित्रबन्धु पौडेल बताउँछन्।

‘दीगो विकासका लक्ष्‍यहरूमा महिलाको समान सहभागिता हुनु जरूरी छ। अझ प्रविधिमार्पत महिला उद्यमीहरू नेपालले बढाउन सके दीगो विकास लक्ष्यमा महत्वपूर्ण योगदान हुनेछ । साथै मर्यादित काम र आर्थिक वृद्धिले थप उचाइ लिनेछ।’ पौडेल भन्छन् ।

आगामी दिनमा ग्रामिण महिलाको क्षमता वृद्धि र आर्थिक आत्मनिर्भरताका साथै समान सहभागितामा आफूहरूको सहयोग रहने योजना आयोगकी सदस्य अनिता शाह ढुंगाना जोड दिन्छिन् ।

‘नेपाल कृषि प्रधान देश भएकाले यहाँ कृषिलाई उद्यममा रुपान्तरण गर्नु अहिले धेरै जरुरी छ। कृषिलाई प्रविधिको माध्यमबाट महिला दिदी बहिनीहरूले उकास्ने लक्ष्यमा लागेको देख्दा तीनै तहका सरकारले सहयोग, समन्वय र साथ दिनुपर्छ।’ ढुंगाना जोड दिन्छिन् ।

यता, देशभर  १० लाख महिला तथा साना किसानले जियो कृषि एप चलाउने गरेको जियोकृषि एप्सका  सञ्चालक विकास डंगोल बताउँछन् । उनी भन्छन्, ‘खेतको नीपीएस नक्सा, बालीहरूको विवरण, पशुपालनको तरिका, जलवायुमैत्री कृषि, कालिमाटीसहित देशका मुख्य शहरमा विक्री हुने तरकारीको मूल्यसूची सँगै मौसमलगायतका सम्पूर्ण विवरण समावेश छ।यसले किसान तथा कृषि उद्यमीलाई सहज बनाएको छ।’

जियो कृषि एप्समा  बाली तथा पशु स्वास्थ्यको जाँच तस्वीर राखेर घरमै बसीबसी थाहा पाउने सुविधानसमेत रहेकाले कृषि उद्यमीहरूले बाली वा पशुमा कुनै रोग लागेमा एप्सबाटै पत्ता लगाउन सकिने डंगोल दाबी गर्छन् । उनी भन्छन्, ‘ बाली तथा पशु स्वास्थ्य जाँचका लागि उहाँहरूले तस्वीर खिचेर वा बोलेर समस्या राखेमा हामीले सम्बन्धित विज्ञको प्रतिक्रिया वा सुझाव राखिदिन्छौं।  यसका लागि एस्पमै सहायता केन्द्रमा सम्पर्क नम्बर राखिदिएका छौं। ‘

यतिमात्रै  होइन कृषि एप्समा सरकारी कार्यालय (कृषि अनुसन्धान कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, कृषि विभाग अन्तर्गतका कार्यालयहरू, पशु सेवा विभाग अन्तर्गतका कार्यालयहरू, प्रादेशिक कृषि कार्यालयहरू, कृषि ज्ञान केन्द्र तथा भेटेनरी र प्रादेशिक कृषि मन्त्रालयहरू), कृषि शिक्षण संस्थान, गैर सरकारी संघ संस्थाहरू, नविनतम् कृषि प्रविधिहरू, समिति/ बोर्ड/संस्थान / मल खाद क्यालकुलेटर समेत राखिएको उनको भनाइ छ ।

‘कृषि उद्यमीहरुले आफूले कति क्षेत्रफलमा के तरकारी लगाउँदा कति मल, खाद चाहिन्छ  भनेर त्यही हिसाब किताब समेत गर्न सक्नुहुनेछ। साथै माटो अम्लीय छ की क्षारीय छ भनेर पनि सजिलै हिसाब गरेर माटोको परीक्षण गर्न सक्ने सुविधा एप्समा राखी दिएका छौं।’ डंगोल भन्छन् ।



from Online Khabar https://ift.tt/60zTOCp

Thursday, August 24, 2023

हेलम्बु र मेलम्चीमा बाढी : विद्यालयमा क्षति, घरहरू जोखिममा

८ भदौ, काठमाडौं । अबिरल वर्षाका कारण आएको बाढी र पहिरोले सिन्धुपाल्चोक जिल्लामा भौतिक क्षति पुर्याएको छ ।

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–४ ग्याल्थुमस्थित सरस्वती माविको चर्पि बगाएको छ । विद्यालय र वरपरका केही घरहरु उच्च जोखिममा परेका छन् । विद्यालय जोखिममा परेकाले आज पढाइ बन्द गरिएको प्रधानाध्यापक कुमार घोरासैनीले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी इन्सपेक्टर सन्जिव यादवले बाढी–पहिरोले विद्यालय र विद्यालय नजिक रहेका ४/५ वटा घर उच्च जोखिममा रहेको जानकारी दिए । उनका अनुसार जोखिममा परेका विद्यालयका फर्निचर, घरका सामान र मानिसहरुलाई सुरक्षित स्थानमा सार्ने काम भइहेको छ ।

हेलम्बु गाउँपालिकाकी उपाध्यक्ष अप्सरा लामिछानेले वर्षा नरोकिएकाले विद्यालयसहित ग्याल्थुम बजार नै जोखिममा परेको बताइन् ।

प्रहरीका अनुसार मेलम्ची–हेलम्बु सडक र अरनिको राजमार्ग पहिरोका कारण अवरुद्ध भएका छन् । भोटेकोशी गाउँपालिकाको १० किलो भन्ने स्थानमा र बाह्रबिसे नगरपालिका–५ सिरिसेमा पहिरो खसेपछि अरनिको राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको उनले जानकारी दिए ।

स्थानीय पालिकाहरुको पहलमा सडक खुलाउने प्रयास भए पनि पानी परिरहेकाले सम्भव भएको छैन ।



from Online Khabar https://ift.tt/tKiJBqD

अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पले गरे आत्मसर्पण

८ भदौ, काठमाडौं । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले जर्जियाको फुल्टन काउन्टीस्थित जेलमा आत्मसमर्पण गरेका छन् ।

सन् २०२२ को चुनावमा हार्ने निश्चित भएपछि नतिजा उल्टाउने कोसिस गरेको आरोप लागेपछि ट्रम्पले आत्मसर्पण गरेका हुन् ।  औंठा छाप लिने लगायतका प्रक्रिया पूरा गरेर उनी दुई लाख डलर जमानतमा रिहा भइसकेको बीबीसीले जनाएको छ ।

जेलमा प्रहरीको रेकर्डमा राखिने ट्रम्पको आधिकारिक तस्वीर (मगशट) समेत जारी भएको छ । ट्रम्पको मगशट सार्वजनिक भएको यो पहिलो पटक भएको बीबीसीले जनाएको छ । उक्त मगशट ट्रम्पले ट्वीट गरेका छन् । सन् २०२१ को जनवरी ८ पछि उनले ट्वीट गरेको यो पहिलो पटक हो ।

ट्रम्पले अदालत वा संघीय अधिकारी सामु आत्मसर्पण गरेको यो चौथोपटक हो । यसअघि पनि आपराधिक मामलामा मुद्दा चलेपछि उनले तीनपटक आत्मसर्पण गरेका थिए । अमेरिकी मिडियाहरुका अनुसार सन् २०२३ भन्दा अगाडिसम्म अमेरिकामा पूर्वराष्ट्रपतिमाथि यसप्रकारको घटना भएको थिएन ।

ट्रम्पले भने आफूमाथि लगाइएका सबै आरोपको खण्डन गर्दै आएका छन् । जमानतमा रिहा भएर जर्जियाबाट फर्किने क्रममा पनि उनले आफूमाथि लगाइएका आरोपहरू राजनीतिक प्रेरित भएको र आफू निर्दोष भएको बताए ।



from Online Khabar https://ift.tt/2QKsIiW

बुवा पहिले चराजस्तै, पछि गुँडजस्तै

सपनाको संयोगले म त्रसित भएको छु । आमाको मृत्युअघि र बुवाको मृत्युअघि मैले देखेको सपनाको संयोगको प्रश्न मेरो मनमा घरी–घरी आइरहन्छ ।

आमाको मृत्यु अघिल्लो रात मलाई रातभरि निद्रा लागेन, असिनपसिन भइरहें । गर्मीले छट्पट्–छट्पट् भइरह्यो । उज्यालो हुने बेला बल्लतल्ल निदाएछु ।

कस्तो अचम्मको सपना देखेछु । सपना थियो– म खोलाको बगरमा हिंड्दै थिएँ । मेरो शरीरमा लुगा रहेनछ । एउटा बर्काे जस्तो ओढेको थिएँ । कपाल रुमालले बाँधेको थिएँ । खाली खुट्टा घामले बेस्सरी पोल्दै थियो । सम्झें सपना प्रतिकात्मक रुपले दुरुस्तै कृयापुत्री अर्थात बरखी बारेको जस्तै थियो ।

आमा त्यही दिन बित्नुभयो ।

बुवा बित्नु केही दिन अगाडि पनि फेरि मैले त्यस्तै सपना देखें । त्यो रात पनि मलाई रातभरि निद्रा लागेन, असिनपसिन भइरहें । गर्मीले छट्पट्–छट्पट् भइरह्यो ।

म भोजपुरको टक्सार विमानस्थल टर्मिनल भवन शिलान्यासको लागि गएको थिएँ । त्यो रात यस्तो सपना देखें– म अस्पतालमा रहेछु । मेरो एउटा खुट्टा काट्ने अप्रेशनको तयारी गरेर डाक्टरहरू यताउति गरिरहेका रहेछन् । सपनामै मान्छे विपनाको तर्कना गरिरहन्छ । म विपनामा भए जस्तै त थिएँ । लौ जिन्दगीभर अब एउटा खुट्टाले कसरी पो हिंड्ने भनेर म बडो चिन्तित भएँ । झल्याँस्स बिउँझिएँ । हुन पनि हो, मेरो यात्राको एक खुट्टा जस्तै मेरो जीवनको मूल पिलर जस्तै बुवा हुनुहुन्थ्यो ।

यता बुवालाई आईसीयूमा सारेको भनेर सखारै फोन आयो ।

मलाई लाग्यो, बुवा मृत्यु चाहनुहुन्नथ्यो । र, दुई थोपा आँसु झारिरहनुभएको थियो । दुई आँखा बन्द गर्नुअघि झरेको अन्तिम दुई थोपाले धेरै कुरा बोले जस्तै लाग्यो ।

मनमा चिसो पस्यो । ला ! अब के हुने हो ? आमा बित्नु अगाडिको समय र सपना, बुवा आईसीयूमा सारेपछिको सपनाको संयोग मिल्ने हो कि भनेर अगुल्टोले कुटिएको कुकुर बिजुली चम्किदा तर्सिएझैं घरी–घरी तर्सिरहेँ ।

घरबाट फोन आयो कि त्यसले मेरो सातो लिन्थ्यो, बुवालाई केही भइहाल्यो कि भनेर । म भोजपुरबाट रातारात काठमाडौं आएँ । आएको केही दिनपछि बुवा बितिहाल्नुभयो ।

भन्छन्, सपना त सपनै हो । त्यो विपना हुनै सक्दैन । म त दार्शनिक रूपले भौतिकवादी हुँ । परमात्मा, ईश्वर र सपनामा विश्वास गर्दिनँ । खाली कर्ममाथि विश्वास गर्दछु । त्यो संयोग हो या मानिसको छैटौं इन्द्रीय हो ।

सपना के हो, म ठिक वैज्ञानिक निष्कर्षमा पुगेको छैन । मेरा लागि यो जिज्ञासाको विषय भने अवश्य भएको छ ।

धेरै मान्छे मर्दछु भन्ने लागेर होला जीवनको अन्तिम अवस्थामा आँसु झार्दछन् । यो सुन्दर संसार, यो सुन्दर पृथ्वी, यहाँका नातागोता छाडेर मान्छे मर्न चाहँदैन होला ! छाडेर जाँदा उसलाई पीडा हुन्छ होला र मान्छे जीवनभरिको सम्बन्ध छाड्न चाहँदैन र त तरक्क आँसुु झार्दछन् । बुवालाई भेट्न जब वीर अस्पतालको आईसीयूमा पुगें, उहाँले पनि मलाई देखेपछि आँसु झार्नुभयो ।

मलाई लाग्यो, बुवा मृत्यु चाहनुहुन्नथ्यो । र, दुई थोपा आँसु झारिरहनुभएको थियो । दुई आँखा बन्द गर्नुअघि झरेको अन्तिम दुई थोपाले धेरै कुरा बोले जस्तै लाग्यो ।

बुवालाई बचाउने सक्दो कोसिस त गरिरहेकै थिएँ । आफ्नो आँसु झार्नु भन्दा हेर्नु पीडा भयो । सायद बुवाले आफ्नो जीवन सिनेमाको रिल जस्तै सरर्र दिमागमा उतारेर शरीर छाड्दैछु भनेर आँसुले भनिरहनुभएको थियो ।

मेरो पनि बुवासँगका अविस्मरणीय क्षण सिनेमाको रिल झैं दिमागमा घुमिरहेको थियो । हामी दुवैको दिमागमा सिनेमा नै थिए, तर दृश्य फरक–फरक थिए । एक जनाको सिनेमा जीवनको थियो अर्कोको सिनेमा मृत्युको थियो ।

स्थिति झन् पीडादायक हुँदै थियो । बुवा उता रोइरहनुभएको थियो । म यता रोइरहेको थिएँ ।

बुवाले आँसु देख्नुहोला र झन् नरमाइलो होला भनेर म भने सकेसम्म आँसु छातीमै रोकिरहेको थिएँ । आँसु छातीमै रोक्दा टाउको दुख्दो रहेछ । म रुन नसकी टाउको दुखाउँदै थिएँ ।

डाक्टरले नाम बोलाउँदा पनि ‘ला बुवा रहनुभएन’ भन्ने भावले झस्किरहेको थिएँ ।

मेरो राष्ट्रिय जिम्मेवारी थियो । तर परिवारको कुराले झन् बढी पीडा हुँदोरहेछ । मनमा बुवाको दृश्य हिंडिरहेको थियो, तनमा राष्ट्रको काम ।

यस्तैमा वीर अस्पतालको शय्यामा भदौ ६ गते बिहान ४ः४१ मा बुवाले अन्तिम सास छाड्नुभयो । मसँगै छेउमै थिएँ । बुवा यहीं हुनुहुन्छ । बुवाको सास कहाँ गयो गयो, लापत्ता भयो ।

फेरि सपनाको संयोगले नराम्रोसँग तर्सायो ।

बुवाले मेरो बालखकालमा पटक–पटक भन्नुभएथ्यो, ‘म मरेपछि मलाई नगाड्नू, मलाई जलाउनू, बेलायतमा त लास एकै छिनमा मेसिनमा जलाउँछ, यहाँ त्यस्तो त छैन ।’

बुवाले भनेको समयमा इलेक्ट्रिक शवदाह बनेको थिएन । आज बुवा बित्दा संयोगले आफ्नै मन्त्रालय अन्तर्गत परेको पशुपतिकै इलेक्ट्रिक शवदाह गृहमा बुवाको अन्तिम दाहसंस्कार गरेर म फर्किएँ । शोकभित्रको संयोगले सन्तुष्ट पनि छु । बुवाको सपना साकार भयो ।

जब मान्छे हुँदैन, उसैलाई बढी सम्झन्छ मनले । घर आएँ । बुवाको बेड खाली थियो । पहिले, बुवा ऐया–ऐया भनेर कराउनुहुन्थ्यो । आज त्यही ऐया–ऐया सुन्दर संगीत झैं लाग्यो । आज त्यो सुन्न पाए पनि हुने थियो भनेर मेरो मनले भनिरह्यो । लाग्यो, घर पनि रित्तो भयो र मन पनि रित्तो भयो ।

बुवासँगका यादगार क्षणले झनै मन भक्कानिएर आयो र साथी आँसुलाई बनाएँ । दुवै आँखाका आँसु साथी भए । सम्झिरहें पुराना अतीत । सम्झें, बुवासँग एक यात्राको समय ।

म सानै थिएँ । बाटो उकालो थियो । समय झिसमिसे साँझ, अँध्यारो अँध्यारो हुँदै जाँदै थियो ।

बाटोमा उकालो निस्कँदै गर्दा चौतारामा पुगियो । त्यहाँ पुग्दा बुवाले आफूले लगाएको कोट देखाउँदै सोध्नुभयो, ‘यो कोट मैले लन्डनबाट ल्याएको हुँ, यो कोट मलाई कति सुहाउँछ हेर् त छोरा ?’

मैले भनें, ‘आहा कस्तो राम्रो ! धेरै राम्रो देखिन्छ बुवा !’

उहाँले फेरि सोध्नुभयो, ‘म फलानोको बुवाभन्दा राम्रो देखिन्छु कि फलानोको बुवा राम्रो देखिन्छ ?’

मैले भनें, ‘हजुर तपाईं धेरै राम्रो, सुहाएको राम्रो पनि देखिन्छ ।’

हिंड्दै आउँदा साँझ झमक्क पर्दै गयो । बुवाले उकालो बाटोमा सम्झाउँदै भन्नुभयो । मैले उहाँको कुरा सुनिरहें, बुवा बोल्दै जानुभयो । भन्नुभयो, ‘बाबु ठूलो मान्छे बन्नु ।’

के गर्दा ठूलो मान्छे हुन्छ र कस्तोलाई ठूलो मान्छे भन्ने उहाँलाई अत्तोपत्तो थियो या थिएन, उहाँले ठूलो बन्नुपर्छ मात्र भन्नुभयो । बुवाले सपना त दिनुभयो, त्यसको जाने बाटो दिनुभएन । एक बाबु हुनुको नाताले सन्तानप्रतिको पवित्र अन्तरहृदयको आवाज थियो त्यो । अक्सर सबै बुवाहरू छोराछोरीलाई ठूलो भएको देख्न चाहन्छन् ।

हिंड्दै जाँदा उहाँले के सम्झनुभयो कुन्नि, एक्कासी भन्नुभयो, ‘पछि तँ यो बाटोमा हिंड्छस्, लेक—बेंसी गर्छस्, म त मरिजान्छु, मैले भनेको कुरा सम्झिन्छस् र ? तँ मेरो यादमा रुन्छस् होला ।’

उहाँले त्यसोभन्दा मैले मृत्युलाई नराम्रो गरी सम्झेको थिएँ । मेरो बुवाको लास कल्पनामा देखेकोे थिएँ ।

त्यतिबेला कल्पनाको लास थियो । आज मेरै अगाडि विपनाको लास थियो । त्यतिबेला कल्पनाले रुझेको थिएँ । आज विपनाले भिजायो ।

जब पशुपतिमा बुवाको सद्गत गरेर घर आएँ, मलाई लाग्यो– पहिले बुवा चरा जस्तै हुनुुहुन्थ्यो । पछि गुँड जस्तै हुनुभयो, यही अनुभूति फेसबुकमा पनि पोस्ट्याएँ ।

बुवाले आफ्नो पेन्सन थापेर फर्केको दिन सबै बच्चालाई नाना र खाना लिएर आउनुहुन्थ्यो । धरानबाट चार दिनको बाटो छिचोल्दै मासु, पाउरोटी, मसला बोकेर घर आउनुहुन्थ्यो । चराको गोजी नभए जस्तै बुवाको पनि पेन्सन थापेर फर्केपछि गोजी हुँदैनथ्यो । आमा भन्नुहुन्थ्यो, ‘सामान हैन पैसा ल्याउनुपर्दैन, यत्रो ऋण तिर्नुछ !’

‘बाँचुन्जेल खाने हो मरे पछि के पत्तो ?’ बुवा भन्नुहुन्थ्यो ।

चराले चुच्चोमा च्यापेर बचेरालाई खुवाए झैं बुवाले हाम्रो लागि धरानदेखि खाना र नाना ल्याउनुहुन्थ्यो । माउ गुँडमा फर्किएपछि रमाएका चराका बचेरा जस्तै हामी बुवा घर फर्केपछि त्यसरी नै रमाउँथ्यौं । हाम्रो चाँचाँ–चुँचुँ नै उहाँको खुशी थियो ।

आमा बित्नुभएको केही वर्षदेखि बुवा थला पर्नुभयो । बुवा विस्तारै चराबाट गुँड भएर जानुभयो । बुवाले सिर्जना गरेको संसारमै हामी रमाइरहेथ्यौं । बुवाको ब्रिटिश आर्मीको पेन्सन आउँथ्यो । त्यसले नै हामी चरा झैं उडेर काठमाडौं आएर बस्यौं । बुवाको त्यो पेन्सन हाम्रो लागि घामपानी छल्ने एक आधार भयो ।

६ भदौ २०८० देखि त्यो गुँड पनि भत्कियो । चराको आफ्नै नियम छ । चराले पुरानो गँुडको मर्मतसम्भार गर्दैन । सृष्टिको लागि नयाँ गुँड निर्माण गर्दछ । चराबाट मान्छेले सिक्नुपर्ने एउटा पाठ यो पनि रहेछ ।

बुवासँग विछोडको त्यो दिन बिहानदेखि दिनभर बुवा चिरनिद्रामा सुतिरहेको झैं लाग्यो । हेरिरहनुभएको छ, मस्त सुतिरहनुभएको छ । हामी पनि त हरेक दिन यसरी नै सुतेर बिहान उठ्छांै र कुनै दिन उठ्दैनौं ।

बुवाको वरिपरि सयौं मान्छे आउँदा पनि बुवा ब्युँझनुभएन । सुतिरहनुभएको बुवामाथि देशको सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सम्पूर्ण देशका मन्त्रीहरू र सयौंले श्रद्धाञ्जली व्यक्त गरिरहनुभएको थियो ।

मैले सानैमा बुवाले भनेको सम्झें । बुवाले भनेको ‘ठूलो मान्छे’ यस्तै होला । देशको प्रतिष्ठित मान्छेले बुवालाई खादा, माला र अबिर लगाइरहनुभएको थियो । यी सबै हुँदा पनि बुवा शान्तले सुत्नुभयो । तर, हामी भने अशान्त भइरह्यौं ।

‘मर्नुभन्दा बहुलाउनु निको’, मृत्युदेखि डराएर बनेको उखान हो । मान्छेलाई मृत्युभन्दा जीवन प्यारो हुन्छ । जीवन हुँदा धेरैलाई धेरै सहयोग गर्न सकिन्छ । मृत्युपछि त शोक र सम्झना मात्रै रहन्छ ।

जीवनका पलपलमा मृत्यु र जीवन सँगसँगै हिंडिरहेकै हुन्छ । ट्राफिक लाइटमा एकातिरबाट जाने र अर्कातिर रोकिने जस्तै हाम्रो जीवन पनि उसैगरी चलिरहेको हुन्छ । जब जीवनले रातो बत्ती देखाउँछ । मृत्यु हरियो बत्ती बाल्दै बेपत्ता बत्तिन्छ, कहिल्यै नभेटिने गरी ।

मृत्युको शोकले थप शोक हुनुहुन्न भन्नेमा म पूर्ण सचेत छु । मेरै गाउँको एक घटना सम्झन्छु ।

मृत्यु जीवनको लागि हुनुपर्दछ । जिउनेलाई सजिलो बनाउने मृत्यु हो । मृत्युको फरक परिभाषा हुनुपर्दछ । मैले पनि मेरो बुवा बितेपछि धेरै दिन यो र यसो भनेर बिताउने विचार गरिनँ ।

खेती किसानमा आधारित गाउँले जीवन । असारे मास, मानो खाएर मुरी उब्जाउने समय । खेतीपाती चकाचक चलिरहेको थियो । २२ जनाको परिवार भएको एक घरमा बाबुको मृत्यु भयो । एक त शोक, अर्काे समय अनुसार पौष्टिक आहार खान नपाउने ।

सामाजिक संस्कार अनुसार १३ दिन नुन बार्नैपर्ने, त्यसैले होला कमजोर बुहारीको नौ दिनमै मृत्यु भयो । जुठो बार्ने समय डबल भयो । असार घर्कियो । साउन परिवारको कमजोर शरीरले कामै गर्न सकेन । घरमा मान्छे मात्र घटेन, सारा खेतबारी बाँझो भयो । बालीनाली पनि घट्यो । मृत्युपछि मृत्यु खप्टिएर, शोकमा शोक खप्टिएर उनीहरू विलापमा बसे ।

वर्षेनि अन्न बेच्ने परिवार अर्काे वर्ष खानै नपुगेर बसाइँ सरे । सम्पन्न भरिलो परिवार एकै वर्षमा विपन्न फोस्रो भए । यो घटनाले पृथ्वीलाई त कति क्षति पार्यो थाहा भएन, गाउँ उजाड भयो, परिवार ध्वस्त भयो र गाउँलेको मन नै अमिलो भयो ।

मृत्युले एकछिन तर्साए पनि बाँच्नेहरू जीवनमा फर्कनै पर्दछ । यसले मेरो मनमा शोकलाई शक्ति र सिर्जनामा बदल्दै, शोकका दिन छोट्याउँदै मानव जीवनमा समर्पित गर्नुपर्दछ भन्ने गहिरो गरी छाप पारिरहेछ ।

भनिन्छ– विश्वमा एक मिनेटमा औसत १०४ जना र नेपालमा प्रत्येक तीन मिनेटमा एक जनाको मृत्यु हुन्छ । यति धेरै मृत्युमा लामो शोक मनाउने प्रचलनले सिर्जना, समय, शक्ति र सम्पत्तिको मृत्यु भएको छैन र ? मृत्यु जीवनको लागि हुनुपर्दछ । जिउनेलाई सजिलो बनाउने मृत्यु हो । मृत्युको फरक परिभाषा हुनुपर्दछ ।

मैले पनि मेरो बुवा बितेपछि धेरै दिन यो र यसो भनेर बिताउने विचार गरिनँ । मर्ने त मरेर गइगयो । बाँकी जीवन बाँच्नेको निम्ति हो भनेर म काममा आजैदेखि फर्कें ।



from Online Khabar https://ift.tt/vxmuXLY