Sunday, August 13, 2023

प्रधानमन्त्रीले मन्त्रिपरिषद् हेरफेर गर्दै, जनमतकी अनिता सामान्य प्रशासनमन्त्री बन्दै

२९ साउन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज मन्त्रिपरिषद् हेरफेर गर्दैछन् । जनमत पार्टीलाई सरकारमा सहभागी गराउन प्रचण्डले मन्त्रिपरिषद् हेरफेर गर्न लागेका हुन् ।

हाल २५ सदस्यीय मन्त्रिपरिषद् रहेकोले एक जना मन्त्रीलाई फिर्ता बोलाएर प्रचण्डले जनमतलाई सरकारमा सहभागी गराउन लागेका हुन् ।

जनमतलाई सरकारमा सहभागी गराउन माओवादी केन्द्रले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीलाई सरकारबाट फिर्ता बोलाउने निर्णय गरिसकेको छ ।

आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले मोदीलाई फिर्ता बोलाउने निर्णय गरेको हो ।

मोदीको ठाउँमा अब जनमतकी अनिता देवी साह मन्त्री हुनेछिन् । उनको शपथ आज बिहान १० बजेका लागि तय भएको छ ।

यसअघि पनि जनमत एक मन्त्रीसहित सरकारमा सहभागी भएको थियो । जनमतका अब्दुल खान खानेपानीमन्त्री मन्त्री थिए । तर, रोजेको मन्त्रालय नपाएको भन्दै जनमतले उनलाई फिर्ता बोलाएको थियो ।

 



from Online Khabar https://ift.tt/gMF7Q5D

No comments:

Post a Comment