Saturday, August 5, 2023

काठमाडौंको तारकेश्वरमा पहिरोले घर पुर्दा बाबु-छोरीको मृत्यु

२१ साउन, काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिकाको चो गाउँमा पहिरोले घर पुर्दा बाबु-छोरीको मृत्यु भएको छ । गएराति करिब आठ बजेतिर पहिरोले घर पुर्दा गणेश तामाङ र उनकी छोरीको मृत्यु भएको हो ।

नगरपालिकाका मेयर कृष्णहरि महर्जनका अनुसार बुवाको घटनास्थलमै र छोरीको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

गणेशकी श्रीमती घाइते भएकी छन् । उनको खुट्टामा चोट लागेकाले त्रिवि शिक्षण अस्पतालमा उपचार जारी छ । छोरा भने सकुशल रहेको मेयर महर्जनले जानकारी दिए ।



from Online Khabar https://ift.tt/y9x4TZO

No comments:

Post a Comment