Thursday, August 10, 2023

कांग्रेस संसदीय दलको बैठक बस्दै  

२६ साउन, काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक आज  बस्दैछ । दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संसद भवनको लोत्से हलमा बैठक बस्ने तय भएको हो ।

अवरुद्ध सदन खुलाउने, सदनमा विचाराधीन रहेका विधेयकलाई कसरी अगाडि बढाउने ? नयाँ विधेयक कसरी प्रस्तुत गर्ने भन्नेबारे छलफल गर्न बैठक बस्न लागेको संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले बताए ।

बैठकमा आगामी दिनमा संसद्मा कांग्रेस कसरी प्रस्तुत हुने, डेङ्गु रोगको रोकथाम, पशुपंक्षीमा लाग्ने लम्की रोगको उपचार, मानिसमा आँखा पाक्ने रोगको उपचारबारेमा सरकारको ध्यानाकर्षण गराइने प्रमुख सचेतक लेखकको भनाइ छ ।

बैठकका एजेन्डा बिहीबारको कांग्रेस संसदीय दलको कार्यसमिति बैठकले तय गरेको हो ।



from Online Khabar https://ift.tt/bVoip2r

No comments:

Post a Comment