Monday, August 14, 2023

भरानको गोलमा म्यानचेष्टर युनाइटेडको विजयी सुरुआत

३० साउन, काठमाडौं । राफेल भरानले गरेको एक मात्र गोल मद्दतमा म्यानचेष्टर युनाइटेडले वल्भ्सलाई हराएर प्रिमियर लिगमा विजयी सुरुआत गरेको छ ।

सोमबार राति भएको लिगको एक मात्र खेलमा युनाइटेडले वल्भ्सलाई १-० ले हरायाो ।

युनाइटेडलाई पहिलो तीन अंक दिलाउन भरानले ७६औं मिनेटमा आरोन वान विसाकाको पासमा गोल गरे ।

जितपछि युनाइटेड अंक तालिकामा साताैं स्थानमा छ ।

प्रिमियर लिगको नयाँ सिजनमा पहिलो चरणको दश खेल सकिँदा युनाइटेडसहित सात क्लबले जित हात पारेका थिए ।



from Online Khabar https://ift.tt/by0OX2P

No comments:

Post a Comment