Monday, August 21, 2023

कप्तान ओडेगार्डको पेनाल्टी गोलमा आर्सनलको जित

५ भदौं, काठमाडौं । कप्तान मार्टिन ओडेगार्डले गरेको पेनाल्टी गोल मद्दतमा आर्सनलले प्रिमियर लिगमा सोमबार राति क्रिस्टल प्यालेसलाई १-० ले पराजित गरेको छ ।

प्यालेसको मैदानमा भएको खेलमा कप्तान ओडेगार्डले दोस्रो हाफमा पेनाल्टीमा गोल गर्दै अग्रता दिलाएका थिए भने तोमियासुले रातो कार्ड पाएपछि आर्सनल दश खेलाडीमा समेटिएको थियो ।

५३औं मिनेटमा ओडेगार्डले पेनाल्टीमा गोल गरेका हुन् । प्यालेसका साम जोनस्टाले एडवार्ड एनकेतिहलाई फालउ गरेपछि बर्सनलले पेनाल्टी पाएको थियो ।

६७औं मिनेटमा तोमियासु दोहोरो पँहेलो (रातो) कार्ड पाउँदै मैदान बाहिरिएका हुन् ।

लगातार दोस्रो जितपछि आर्सनल २ खेलबाट ६ अंक जोडेर तेस्रो स्थानमा उक्लेको छ ।

नयाँ सिजनमा आर्सनलसहित डिफेण्डिङ च्याम्पियन म्यानचेष्टर सिटी र ब्राइटनले मात्र शतप्रतिशत जित निकालेका छन् ।



from Online Khabar https://ift.tt/MN1UztL

No comments:

Post a Comment