Thursday, August 10, 2023

ला लिगा आजदेखि, पहिलो खेलमा अल्मेरिया र राभो भालेकानो भिड्दै

२६ साउन, काठमाडौं । स्पानिस ला लिगा फुटबल आजदेखि सुरु हुँदैछ । पहिलो खेलमा अल्मेरिया र राभो भालेकानोबीच प्रतिस्पर्धा हुनेछ ।

यो खेल अल्मेरियाको घरेलु मैदानमा हुनेछ । खेल नेपाली समय अनुसार राति सवा ११ बजे सुरु हुनेछ ।

यस्तै शनिबार बिहान पौने २ बजे सेभिया र भ्यालेन्सियाबीच खेल हुनेछ । यो खेल सेभियाको मैदानमा हुनेछ ।

साविक विजेता बार्सिलोनाले सोमबार गेटाफे भ्रमण गर्दै उपाधि रक्षा अभियान सुरु गर्नेछ ।



from Online Khabar https://ift.tt/ldyFUDb

No comments:

Post a Comment