Saturday, August 31, 2024

डा. बिनयको नेतृत्वमा युरोपका नेपाली स्वास्थ्यकर्मी संगठित

१६ भदौ, बार्सिलोना । युरोपका विभिन्न देशमा कार्यरत नेपाली स्वास्थ्यकर्मीहरू संगठित भएका छन् ।

स्विट्जरल्यान्डमा क्यान्सर रोग विशेषज्ञको रुपमा कार्यरत डा. बिनयकुमार श्रेष्ठको नेतृत्वमा युरोपका नेपाली स्वास्थ्यकर्मीहरू संगठित भएका हुन् ।

शनिबार भर्चुअल रुपमा आयोजना भएको एक कार्यक्रममा ‘सोसाइटी अफ नेप्लिज हेल्थ प्रोफेसनल इन युरोप’ नामको संस्था घोषणा गरिएको हो ।

दुई दशकदेखि स्विट्जरल्यान्डमा बस्दै आएका डा. श्रेष्ठ बेर्नस्थित युनिभर्सिटी अस्पतालमा रेडिएसन अंकोलोजी विभागमा विशिष्ट विशेषज्ञको रुपमा कार्यरत छन् ।

कार्यसमितिमा डा.दिपराज थापा (स्विडेन), सागर सुवेदी (अष्ट्रिया),डा. सागर धिताल (जर्मनी),डा.सुनिल हमाल (जर्मनी), डा. मनोज बस्नेत ( फिनल्याण्ड), लक्ष्मी बेलबासे अधिकारी (डेनमार्क) र डा. किशोरमणी श्रेष्ठ (नेदरल्यान्ड्स) रहेका छन् । आईटी र डिजाइन तर्फ शशी श्रेष्ठ (डेनमार्क) र दिपक पौडेलले (स्विडेन) जिम्मेवारी लिएका छन् ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै अष्ट्रियाका लागि नेपाली राजदूत भरतकुमार रेग्मीले शुभकामना व्यक्त गरे । विदेशमा रहेका नेपालीको ज्ञान, सिप र पुँजी समाहित गर्ने सरकारको नीति रहेको भन्दै उनले भने, ‘पक्कै पनि यो अभियानले नेपाललाई मद्दत पुग्छ भन्नेमा म विश्वस्त छु,’ बिरामीको आँखामा डाक्टर प्रतिको सम्मान सधैं देखिने भन्दै राजदूत रेग्मीले स्वास्थ्यकर्मीको खुलेर प्रसंशा गरे ।

कार्यक्रममा वक्ताहरुले अन्य देशहरुको तुलनामा नेपालले आफ्नो जीडीपीको सानो अंश मात्रै स्वास्थ्य क्षेत्रमा लगानी गरेको भन्दै उल्लेख सुधार हुन नसकेको बताए ।

उठेका जिज्ञासाको जजाफ दिंदै अध्यक्ष डा.श्रेष्ठले नेपालमा राम्रो स्वास्थ्य नीति बन्न जरुरी रहेको बताए । ‘हेल्थ केयर सिष्टम राम्रो बनाउनका लागि राम्रो स्वास्थ्य नीति बन्न जरुरी छ । त्यसलाई व्यवहारमा कार्यान्वयन गर्न सक्नुपर्दछ । साथै स्वास्थ्य क्षेत्रमा लगानी पनि गर्न सक्नुपर्दछ,’ उनले भने, ‘स्विट्जरल्याण्डको स्वास्थ्य क्षेत्रमा ९० प्रतिशतभन्दा बढी लगानी पब्लिक सेक्टरको छ । यहाँ प्राइभेट सेक्टरको इन्भेष्टमेन्ट सानो छ ।’

नेपालसँग तुलना गर्दै डा. श्रेष्ठले स्विट्जरल्याण्डमा जीडीपीको ११-१२ प्रतिशत स्वास्थ्य क्षेत्रमा लगानी भएको तर नेपालमा झन्डै त्यसको आधा जस्तै रहेको बताए ।

उनले नेपालको दुर्गम क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मीलाई हौसला स्वरूप बर्सेनि पुरस्कृत गर्ने आफूहरुको योजना रहेको पनि सुनाए ।



from Online Khabar https://ift.tt/bNWqant

108 मेगापिक्सल कैमरे वाले फोन पर मिल रही है बड़ी छूट, अमेज़न पर ऑफर

फोन अच्छे फीचर्स के साथ आता हो और उसे ऑफर पर खरीदने का मौका मिल जाए तो मजा आ जाता है. इसी तरह की एक डील अमेजन पर दी जा रही है, जिसके तहत ग्राहक 108 मेगापिक्सल वाले टेक्नो फोन को सस्ते में खरीदा जा सकता है.

from मोबाइल-टेक News in Hindi, मोबाइल-टेक Latest News, मोबाइल-टेक News https://ift.tt/lmV5AfE

धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु, एक जना घाइते

१६ भदौ, धनगढी । धनगढीका दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ ।

शनिबार राति सवा एक बजेतिर गोदावरी नगरपालिका-१ धनगढी रोडस्थित पाठक पेट्रोल पम्प नजिकै ना४ख ९६३ नम्बरको ट्रकमा से५प ५८२७ नम्बरको मोटरसाइकल ठोक्किंदा चालकको मृत्यु भएको हो ।

दुर्घटनामा धनगढी उपमहानगरपालिका-२ भन्सार रोड बस्ने अन्दाजी २९ वर्षीय कैलाश थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डिएसपी कबिन्द्रसिंह बोहोराले जानकारी दिए ।

उनकाअनुसार थापालाई उपचारका लागि सेती प्रादेशिक अस्पताल पठाइएकोमा उपचारका क्रममा मृत्यु भएको हो ।

मोटरसाइकल पछाडि सवार सोही ठाउँ बस्ने २५ वर्षीय भुपेश पाल घाइते छन् । उनको पद्मा अस्पतालमा अत्तरियामा उपचार भइरहेको छ ।

ट्रक र चालक बझाङको वित्थडचिर गाउँपालिका-२ का भरत बोहोरालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।



from Online Khabar https://ift.tt/wiL24dl

Friday, August 30, 2024

तीज : कसले खोज्छ उत्ताउला अनि कसले खोज्छ विरहका गीत ?

आजको महिला पैतृक सम्पत्तिमा समान हक राख्ने, कार्यक्षेत्रमा समान बौद्धिक क्षमता राख्ने, सम्पत्ति कमाउने महिला हो । पुरुषसरह काममा, लुगामा, खानामा, भेटघाट र साथीसंगीसँगको रमाइलोमा स्वतन्त्र व्यक्ति हो । अनि ऊबाट हामीले अपेक्षा भने ‘रुँदैरुँदै बेंसी मेलामा हिंडेकी’ माइत जान नपाएकी, एक छाक मिठो मसिनो खान नपाएका महिलाको गीतको गरिरहेका छौं !

यस वर्ष पनि यूट्युबमा तीजका गीतहरू आउन थालेसँगै तीजको चर्चा फेरि चुलिन थालेको छ । तर, तीजबारे व्याख्या गर्दा एउटा पक्षलाई मात्रै हेरेर पुग्दैन । यससँग जोडिएर आउने सामाजिक सम्बन्ध, धार्मिक परम्परागत वा विश्वास वा बाध्यताका पाटो एकातिर छन् । अर्कातिर यसको आर्थिक पक्ष, पूँजीवादको प्रभाव, महिलाको आर्थिक सशक्तीकरण वा आर्थिक आत्मनिर्भरता र त्यसले बढाएको क्रयशक्ति, बढ्दो बजारसम्मको पहुँचका पक्ष छन् ।

तीजको सांस्कृतिक पक्ष विदेशमा बस्नेलाई नेपाली चाड, नेपाल भित्रै जनजातिहरूको बढ्दो सहभागिता वा संस्कृताईजेसन, तीजको भौगोलिक पक्ष गाउँको तीज र शहरको तीज, तीजका गीतमा छल्किएको यौनिकतालाई पनि तीजका केही महत्वपूर्ण पक्षहरूका रूपमा लिन सकिन्छ । यी विविध पक्षलाई केलाएर हेर्दा तीजका कतिपय पक्ष सकारात्मक लाग्छन् भने कतिपय पक्ष नकारात्मक । कतिपय पक्षले नेपाली समाजको पहिचान निर्माण गर्न विश्वसामु महत्वपूर्ण भूमिका खेलेका छन् भने कतिपय पक्षले परम्परागत पितृसत्तात्मक सोचलाई नै मजबुत बनाइरहेका पनि छन् । यो लेखमा तीजका विविध पक्षलाई केलाउने कोशिश गरिनेछ ।

सामाजिक सम्बन्ध : माइती-चेलीबाट सम्बन्ध विस्तारको अवसरतर्फ

विदेशका विभिन्न शहरमा काम गरिरहेका महिलाहरूका लागि अब तीज आफ्नो देशका मानिस चिन्ने, सम्बन्ध विस्तार गर्ने, राम्रो रोजगारी खोज्ने र आफ्नो पहिचान सुरक्षित गर्ने चाडको रूपमा विकास भएको छ ।

विगतमा परम्परागत ग्रामीण समाजमा तीज माइती र चेलीको चाडको रूपमा परिचित थियो । वर्ष दिनमा एकपटक भए पनि माइती जाने र बाल्यकालका साथीहरूसँग भेटघाट गर्ने, आमा वा माइतीले पकाएको मिठो–मसिनो खाने चाडको रूपमा तीज थियो । विविध कारणले अब तीज तीन दशक अगाडि जस्ता लर्को लगाएर छोरी चेलीहरू तीज मान्न माइत आउँदैनन् । आएका चेली पनि पहिलाको जस्तो गाउँका चौतारीमा दिनभरि गीत गाउँदैनन् । शहरमा तीज माइती–चेलीबाट अगाडि बढेर सामाजिक सम्बन्ध विस्तार र मजबुत बनाउने अवसरको रूपमा प्रकट हुन थालेको छ । एकै पेशा वा कार्यालयमा कार्यरत महिलाहरूबीच आत्मीयता बढाउने अवसर बनेको छ ।

बीस वर्ष अगाडिदेखि चिनेकी मेरी एक जना युवा नेता साथी हुनुहुन्छ, गीत वा नृत्यमा खासै मन नबस्ने । तर, उहाँको लागि भदौ महिना तीजको महिना हो । हरेक दिनजसो उहाँ तीजको कार्यक्रममा जानुहुन्छ, सरकारी क्याम्पसका विद्यार्थी संगठनले गर्ने कार्यक्रम, महिला अधिकारमा काम गर्ने एनजिओका कार्यक्रम, पेशागत संगठनका कार्यक्रम, पार्टीभित्रका विभिन्न संगठनका कार्यक्रम र सामूहिक रूपमा हुने साथीहरू, कमरेड, गुटका तीज भेटभाट सबै भ्याएपछि उहाँले पारिवारिक रूपमा पनि तीज मान्नुहुन्छ ।

सुरु–सुरुका वर्षमा मलाई लाग्थ्यो ‘के गरेको होला, कत्ति सकेको होला !’ पछि मैले बुझें यो त सम्बन्ध विस्तार गर्ने र नवीकरण गर्ने प्रक्रिया रहेछ । मुख देखाइरहनुपर्ने, भेटिरहनुपर्ने, अपडेट भइरहनुपर्ने, दुई–चार दिन नदेखिए कसैले खोजीनिती नगर्ने, मुख देखिरहे बल्ल गणना हुने, चुपचाप गम्भीर काम गरिरहेका मानिसको खैखबर नलिइने समाजमा यस्तो गर्नु जरूरी पनि छ । धेरैले मेरी साथीले जसरी महिनैभरि तीज मान्दैनन् तैपनि ‘महिना अघिदेखि तीज लाग्यो’ भनेर हामी जसले भनिरहेका छौं, मेरै साथी जस्ता केही मानिसलाई देखेको आधारमा भनिरहेका छौं ।

धार्मिक विश्वास र बाध्यता

तीजलाई हिन्दु नारीहरूको महान् चाड भन्ने गरिन्छ । समाजमा धर्म किन छ, महानताका भाष्य कसले निर्धारण गर्छ भन्ने बारेमा व्याख्या गर्न यो लेखमा सम्भव भएन । सीमान्तीकरणमा परेका मानिसका लागि धर्म एउटा बाँचिरहने सहारा हो, त्यसलाई नशा हो भन्न पनि सकिन्छ, विश्वास भन्न पनि सकिन्छ । त्यो विश्वास वा नशा महिलालाई नै किन चाहिन्छ भन्ने सवाल आफ्नै ठाउँमा छ । कैयौं महिलाका लागि आज पनि तीज धार्मिक विश्वासको चाड हो, महिलाहरू पाप र पुण्यमा विश्वास गर्न किन अभिशप्त छन् ?

बौद्धिक जगत धर्मको विषयमा बोलेर आफूलाई घर, परिवार र समाजमा अर्घेलो बन्न चाहन्न । समाजमा बढ्दो धार्मिक कट्टरताका विषयमा हाम्रो चासो कम छ, तर हामी समाजको निम्छरो वर्गका महिलाहरू माथि प्रश्न थोपरिरहेका छौं, ‘किन तीजमा व्रत बसिरहेका छन् ?’ म धर्मलाई माक्र्सकै भाषामा ‘निम्न वर्गको लागि अफिम’ बुझ्छु । किन महिलाहरू आफ्ना अधिकारका लडाईंमा भन्दा धर्म–कर्ममा लागिरहेका छन् भन्ने विषय अहिलेको लागि नीतिनिर्माण गर्नेले सोच्न, अध्ययन–अनुसन्धान गर्न र बहस गर्नुपर्ने सवाल हो ।

भर्खरै एक प्राध्यापकले दिएको अभिव्यक्ति सामाजिक सञ्जालमा भाइरल छ, ‘दश वटा रिलमा सात वटा रिल अश्लील’ भन्ने । एउटा बौद्धिक व्यक्तिले थाहा पाउनुपर्ने कुरा के हो भने सामाजिक सञ्जालमा अल्गोरिदम भन्ने चिज पनि हुन्छ । हामी जे–जस्ता सामग्री हेर्छौं हाम्रा टाइमलाइनमा त्यस्तै सामग्री बढी आउँछन्

अर्कोतर्फ धर्ममा अर्थात् पाप–पुण्यमा विश्वास नगर्ने महिलाको ठूलो हिस्साले पनि तीजको व्रत बस्ने गर्छन् । तीजको व्रत नबस्दा समाजले सोध्ने प्रश्नहरूको जवाफ दिइरहनुभन्दा एक दिन व्रत बसिदिन जाति भन्ने कैयौं महिलाहरूलाई म नजिकबाट चिन्दछु । ‘श्रीमान्को दीर्घायुको लागि एक दिन भोकै बस्न नसक्ने’ महिला पितृसत्ताले गाँजिएको समाजका लागि खास गतिली बुझिन्न, भलै उसले श्रीमान्का हर पक्षमा साथ दिएकी होस्, सहयोग गरिरहेकी होस् !

मनमा राम्रो नराम्रो जेसुकै होस्, घरपरिवार र श्रीमान्सँगको सम्बन्ध जस्तोसुकै होस्, नेपालको हिन्दु समाज सपक्क साडी लगाएकी, एक लुम पोते र सिउँदोमा धेरैथोरै सिन्दुर लगाएकी महिलालाई गतिली भनेर बुझ्छ । त्यसैले एक लुम पोते, एक धर्काे सिन्दुर वा एक दिनको व्रतका कारण सम्बन्ध बिगार्न भन्दा ‘चुपचाप व्रत बसिदिने’ महिलाहरू छन् । समाजले बनाएको असल महिलाको कसीमा अब हिन्दु ब्राह्मण, विपरित लिंगी महिला मात्रै छैनन्, बौद्ध धर्म वा प्रकृतिपूजक, जनजाति महिला, समलिंगी महिला पुरुष पनि छन् । असल नारित्व वा खराब नारित्वको भाष्य कसले निर्माण गरिरहेको छ ? किन नारित्वको परीक्षा दिनु परिरहेको छ त्यो अर्को खोज र बहसको विषय हो ।

सांस्कृतिक पक्ष : कतै संस्कृताईजेसन कतै नेपाली पहिचान

सांस्कृतिक पक्ष सधैं सन्दर्भपरक हुन्छ । सन्दर्भ अनुसार यसका अर्थ फरक हुन्छन् । तीजको सांस्कृतिक पक्षलाई हेर्ने हो भने, यसरी हेर्दा नेपाल भित्र तीज खासगरी हिन्दु धर्मका शिवमार्गी केही जाति बाहुन, क्षत्री र केही मगरहरूको महत्वपूर्ण चाड हो । तर, विदेशमा बस्ने धेरै जुनै जातिका नेपालीको लागि यो एउटा नेपालीपन, नेपाली खाना, पहिचान बोकेको चाड पनि हो ।

हिन्दु महिलाको महान् चाडबाट नेपाली चाडको रूपमा विदेशमा बस्ने धेरै नेपालीका लागि अब तीज आफ्नो पहिचानको चाडको रूपमा विकास हुँदै गएको छ । ग्रामीण समाजमा तीज अहिले पनि माइती चेलीको चाड हो । तर, त्यही गाउँबाट विकसित देशका शहरहरूमा काम गरिरहेका महिलाहरूका लागि अब तीज आफ्नो देशका मानिस चिन्ने, सम्बन्ध विस्तार गर्ने, राम्रो रोजगारी खोज्ने र आफ्नो पहिचान सुरक्षित गर्ने चाडको रूपमा विकास भएको छ । त्यसरी सामाजिक सम्बन्ध विस्तार गर्ने र तीज मनाउनेमा हिन्दु धर्म मान्ने मानिस मात्रै छैनन्, बाहुन क्षेत्री वा पहाडे महिला मात्रै छैनन् ।

तीजको कलाको पक्ष अर्थात् तीज गीत

तीज भन्ने वित्तिकै धेरैको मनमा आउने कुरा तीज गीत हुन् । सामन्ती पितृसत्ताले गाँजेको, महिलालाई शिक्षा र अधिकारविहीन लाचार र बिचरा बनाइएको चार-पाँच दशक अगाडिको समयका गीतमा विरहका स्वर बाक्लै सुनिन्थ्यो । तीन दशक अगाडि अलिअलि शिक्षाको उज्यालो पाउन थालेपछि तीज गीतमा अधिकारका आवाजले बढी स्थान पाउन थाले । त्यसबखत गीत मार्फत खोजिएका कैयौं अधिकार आज संविधानतः महिलालाई प्राप्त छन् । हिजो अधिकारका लागि गीत गाउने पुस्ताका महिला नीतिनिर्माण र बजेट विनियोजन गर्ने ठाउँमा पुगेका छन्, भलै महिलालाई कानुनमा भएका ती अधिकार लिन उत्तिकै सकस छ ।

नेपालको संविधान र कानुनहरूले महिलालाई धेरै हदसम्म पुरुष सरह नागरिक मानेको छ । त्यो पुरुष सरहको नागरिक काममा, लुगामा, खानामा, भेटघाट र साथीसंगीसँगको रमाइलोमा स्वतन्त्र व्यक्ति हो । त्यो पैतृक सम्पत्तिमा समान हक राख्ने, कार्यक्षेत्रमा समान बौद्धिक क्षमता राख्ने, सम्पत्ति कमाउने महिला हो । अनि ऊबाट हामीले अपेक्षा भने ‘रुँदैरुँदै बेंसी मेलामा हिंडेकी’ माइत जान नपाएकी, एक छाक मिठो मसिनो खान नपाएका महिलाको गीतको गरिरहेका छौं !

समाजको अर्को चिन्ता ‘तीजका गीत उत्ताउला भए’ भन्ने छ । किन तीजमा कथित उत्ताउला (उत्ताउलो र शालीनको मानक के हो भन्ने प्रश्न त छँदैछ) गीत निस्कन्छन् ? यसको छोटो उत्तर ‘मान्छेको चाहना त्यस्तै गीत सुन्ने छ’ भन्ने आउँछ । भर्खरै एक प्राध्यापकले दिएको अभिव्यक्ति सामाजिक सञ्जालमा भाइरल छ, ‘दश वटा रिलमा सात वटा रिल अश्लील’ भन्ने । एउटा बौद्धिक व्यक्तिले थाहा पाउनुपर्ने कुरा के हो भने सामाजिक सञ्जालमा अल्गोरिदम भन्ने चिज पनि हुन्छ । हामी जे–जस्ता सामग्री हेर्छौं हाम्रा टाइमलाइनमा त्यस्तै सामग्री बढी आउँछन् । कतै हामी त्यही हेर्दै, त्यसैलाई गाली गर्दै गरिरहेका त छैनौं ? किनभने, सामाजिक सञ्जालमा, पार्टी प्यालेसमा त अरू गीत पनि बजिरहेका छन् ।

तीजका अहिले उत्ताउला भनिएका अधिकांश गीतहरू तीस वर्ष अगाडि आमाहरूले रत्यौतीमा गाउने नाच्ने गीतहरू छन् । ती रत्यौलीका गीत किन तीजका गीतमा बदलिए भन्ने कुरा साइकोलोजीका मानिसले व्याख्या राम्ररी गर्न सक्दछन् । तर, के भन्न सकिन्छ भने महिलालाई पनि रसरंग चाहिन्छ र अब महिलाका बीचमा मात्रै गाउने रत्यौलीको स्पेस धेरै हदसम्म बाँकी पनि छैन । महिला मात्रै भेट हुने ठाउँ, उनीहरूले खुलेर रसरंग गर्ने ठाउँ तीजका दर कार्यक्रम बन्दैछन् ।

उत्ताउला भनिएका गीतमा लगाइएका छोटा कपडा पनि टिप्पणीको घेरामा छन् । तर, अचम्मलाग्दो कुरा के भने आफ्ना घरका महिला सदस्य वा आफैं विदेश वा स्वदेशमा छोटा लुगा लगाएका फोटा सामाजिक संजालमा हालेका व्यक्तिलाई तीजको गीतमा नाचेका युवतीको लुगा अर्धनग्न लागिदिन्छ । गएको नीति तथा कार्यक्रममा हरेक स्थानीय तहमा हर्मोनल चक्की (जसमा स्तनको आकार बढाउने वा घटाउने पनि पर्छ) उपलब्ध गर्ने कुरा उल्लेख गरिएको छ । सँगै हामी यूट्युबमा बज्ने गीतमा नाच्ने महिलाहरूले साडीमाथि मजेत्रोको सप्को हालुन् भन्ने चाहना पनि पालेर बस्छौं ।

गाउँको र शहरको तीज

हरितालिका र ऋषिपञ्चमीका दिन दिने बिदाले बरु महिलाहरू श्रीमान्का लागि व्रत बस्ने र महिनावारीलाई पाप कटाउनुपर्ने महत्वलाई स्थापित गर्छ । यस्तो अमिल्दो बिदाको व्यवस्थाले उल्टै महिलाको आत्मसम्मानमा चोट पुर्‍याउने काम गर्छ भन्ने कुरा के बिदा दिने निकायका मानिसहरूलाई कहिल्यै महसुस भएको छैन ?

आज हामी काठमाडौं बसेका, अलिकति पढेलेखेका मध्यम वर्गका मानिसहरूले महँगा फोन सेटमा यूट्युबमा घन्किएका गीत र आफ्नो वरपरका पार्टी प्यालेसमा महिलाहरूले दर खाएको देखेर तीजमा जस्ता पनि गीत गाउन थालिएको र महिलाले महिनौं तीज मनाउने गरेको व्याख्या गरिरहेका छौं । यो व्याख्या कुनै गम्भीर खोजको निष्कर्ष नभई हाम्रै वरपरका मानिस र हामीले हेरिरहने अनलाई प्लेटफार्ममा आधारित छ भन्न कुनै धक मान्नुपर्दैन ।

तर, काठमाडौंमा पनि सबै महिला भदौ महिनाभरि तीज मान्दै हिंड्छन् भन्ने होइन । धेरैजसो कामकाजी महिलाहरूले तीजका दुई तीन वटा कार्यक्रम भ्याउँछन्, परिवार र कार्यस्थलसँग सम्बन्धित नजिकका आफन्त र साथीभाइसँग । त्यो दरमा महिलाले खीर खान्छन् कि पुलाउ खान्छन् वा मोमो खान्छन् ? दही, लस्सी वा मोही पिउँछन् कि वाइन पिउँछन् त्यो नितान्त व्यक्तिगत र आफ्नो समूहमा भर पर्ने कुरा हो । कति महिलाहरू यिनै तीजका कार्यक्रममा पनि जाँदैनन्, जाने अवसर वा फुर्सद पनि पाउँदैन । कैयौंले जाने ठाउँ पनि पाउँदैनन् ।

गाउँतर्फ फर्केर हेर्ने हो भने, गाउँको तीज धेरैका लागि आज पनि उस्तै छ । आज पनि कैयौं महिला आर्थिक रूपमा श्रीमान्मा निर्भर छन् । थोरै भए पनि माइतीको भरथेगको आशमा छन् । दैनन्दिनको कामको बोझबाट थोरै भए पनि मुक्ति, बाल्यकालका साथीसंगीसँगको भेटघाट, नयाँ लुगा र चिटिक्क परेर गरिने नाचगानको रमाइलोले दिने नयाँपन तीजसँग जोडिएर आउँछ ।

व्यापारिक पूँजीवादको प्रभावदेखि महिलाको सशक्तीकरणसम्म

‘तीज भड्किलो भयो’ भनेर मानिसहरूले भन्ने गरेको सुनिन्छ । यो व्याख्याका आधारहरू प्रायः महिलाका नयाँ साडी, पार्टी प्यालेसका सामूहिक नृत्य र कहींकतै छुस्स आउने वाइन वा बियरका फोटोहरू हुन् । यसरी व्याख्या गर्नेलाई थाहा हुनुपर्ने कुरा अहिले काठमाडौंले (पूरै नेपालले होइन) बाँचिरहेको युग व्यापारिक पूँजीवादको हो । यहाँ के बिक्छ बजारले त्यही बिक्री गर्छ । पशुपतिनाथको मन्दिरमा बलि चढ्दैन तर बलिको प्रतिरुप मानिने नरिवल प्रसादको रूपमा किनबेच चल्छ । आजभोलि तीजमा सामूहिक रुपमा किन्दा बाह्र सयको साडी आठ सयमा आउँछ । अनि हामी साडी किन्छौं, खासै नलगाउनेले पनि एक सेट चुरा पोते किन्छौं । किन किन्ने ? भन्दा राम्रो लागेर । त्यो राम्रो लाग्नु भनेको चार जनाको परिवार भएको घरमा दर्जन कप सेट किन्नु जस्तै हो । वा बजारमा आएको नयाँ मोडलको मोबाइल किन्नु जस्तै हो । अलि धनीका लागि चार–पाँच शहरमा घरघडेरी जोड्नु वा हरेक दशैंमा गाडी फेर्नु जस्तै हो ।

जुन कुरा नभए पनि चल्छ त्यो हामी किन किनिरहेका छौं ? राम्रो लागेर । राम्रो किन लागेको भन्दा बजारमा फेसन आएर । माक्र्सको भाषामा भन्दा फेटिसिजम भन्न सकिन्छ, वस्तुमा आधारित विलासिता । यो विलासिताको दलदलबाट उम्किने हो कि होइन ? आफू विलासिताको दलदलमा भासिएर अर्को माथि औंला ठड्याउनु नैतिकता हो कि होइन ? विलासिताको दलदलमा नभासिएका मानिसलाई हेर्ने तपार्इंको नजरिया के हो ? हर प्रबुद्ध व्यक्ति आफैंले आफूलाई सोध्नुपर्ने यो आजको प्रश्न हो ।

आर्थिक पक्षमा जोडिने अर्को सवाल हो ‘तीजको दर पार्टी प्यालेसमा भयो’ भन्ने । साथमा भुल्न नहुने कुरा के छ भने शहरका साँघुरा घरमा दश जना मानिसलाई भेला पार्नु अप्ठेरो हुने अवस्था छ । शहरका घर वा कोठा सबैलाई चिनाउनु दिनभरि चाबी लगाएर हिंड्नुपर्ने परिवारको सुरक्षा र गोपनीयताको सवाल पनि जोडिन्छ । पहिले बिहेका कार्यक्रम पनि घरमै हुन्थे । पार्टी प्यालेसमा हुने तीज विशेष गरी पेशासँग जोडिएका संघसंस्थाहरूले आयोजना गरेका हुन्छन् वा साथीहरूबीच रकम उठाएर मानिरहेका छन् । संघ–संस्थाका कार्यक्रममा माने पनि आफैंले साथीबहिनी बोलाएर माने पनि वा साथीहरूको बीचमा उठाएर तीज माने पनि महिला अब अलिअलि आर्थिक रूपमा सबल बन्दै गएका छन् भन्ने हो । अर्थसँग महिलाको सम्बन्ध जोडिंदै गएको छ भन्ने हो ।

तीजको बिदा र पितृसत्ताको निरन्तरता

तीजमा खड्किरहने एउटा पक्ष हो, दरखाने दिनमा नभएको सरकारी बिदा । तीजलाई हिन्दु महिलाको महान् चाड पनि भन्ने गरिन्छ र यो चाडको मूल मर्म केही दिन माइत जानु, माइती र बाल्यकालका साथीहरूसँग रमाइलो गर्नुसँग जोडिन्छ । दर खाने दिनमा आमा वा भाउजूको हातबाट बनेको मीठोमसिनु खानुसँग जोडिन्छ । तर, सरकारले महिलाहरूका लागि तीजको दर खाने दिनमा बिदाको व्यवस्था गरेको छैन । बरु, भोलिपल्टको व्रत र ऋषिपञ्चमीको दिनमा बिदा दिन्छ । तीजमा गरिएको यस्तो बिदाको व्यवस्थाले घर बाहिर काम गर्ने महिलाहरूले माइतीसँग बसेर दर खाएर तीज मनाउन पाउँदैनन् । बरु, दर खाने दिन पनि कार्यालयको काम खुरुखुरु गर्नु परिरहेको हुन्छ ।

हरितालिका र ऋषिपञ्चमीका दिन दिने बिदाले बरु महिलाहरू श्रीमान्का लागि व्रत बस्ने र महिनावारीलाई पाप कटाउनुपर्ने महत्वलाई स्थापित गर्छ । यस्तो अमिल्दो बिदाको व्यवस्थाले उल्टै महिलाको आत्मसम्मानमा चोट पुर्‍याउने काम गर्छ भन्ने कुरा के बिदा दिने निकायका मानिसहरूलाई कहिल्यै महसुस भएको छैन ?

माथि उल्लेख गरिएका तीजका केही मुख्य पक्षहरू हुन् । यी विविध पक्षहरूमा केलाई हेर्ने, कहाँ बसेर हेर्ने, आफ्नो विश्लेषणको दायरा कत्रो बनाउने भन्ने फेरि पनि व्यक्तिमा भर पर्ने कुरा हो । हामी आफ्ना आफ्ना बुझाइ र दायराका आधारमा विश्लेषण गरिरहेका छौं ।



from Online Khabar https://ift.tt/qwSeh6p

आज पुस्तकालय दिवस मनाइँदै

१५ भदौ, काठमाडौं । प्रत्येक वर्ष भदौ १५ गते विभिन्न कार्यक्रम आयोजना गरी मनाइने पुस्तकालय दिवस आज देशभर मनाइँदै छ ।

विसं २०६५ देखि सरकारले भदौ १५ गतेलाई पुस्तकालय दिवसका रुपमा मनाउँदै आएको हो । राजा गीर्वाणयुद्ध विक्रम शाहको शासनकालमा विसं १८६९ भदौ १५ गते शुक्रबार पुस्तकालय बनाउनेसम्बन्धी कानुनमा लालमोहर लगाएको स्मृतिमा सरकारले भदौ १५ गतेलाई पुस्तकालय दिवसका रूपमा मनाउने निर्णय गरेको थियो ।

सत्रौं पुस्तकालय दिवसका अवसरमा दुई साता अघिदेखि नै सरकारी एवं गैरसरकारी स्तरबाट विभिन्न कार्यक्रम सुरु भएको छ । सरकारले पुस्तकालय दिवस मनाउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव डा दीपक काफ्लेको संयोजकत्वमा मूल समारोह समिति गठन गरेको छ ।

मूल समारोह समितिले यस वर्षको पुस्तकालय दिवसको नारा ‘निरन्तर शिक्षाका लागि पुस्तकालय’ तय गरेको छ । यही नाराका आधारमा आज पुस्तकालय दिवसको मूल कार्यक्रम गरिनेछ ।

कार्यक्रममा पुस्तकालय दिवससम्बन्धी स्मारिका सार्वजनिक गरिनेछ । मूल समारोहको कार्यक्रममा उत्कृष्ट पुस्तकालय र पाठकलाई पनि सम्मान गर्ने गरी तयारी भएको छ ।

शिक्षा मन्त्रालयको २०७८/७९ को सर्वेक्षणले देशभर नौ सय २८ वटा सामुदायिक तथा सार्वजनिक पुस्तकालय रहेको देखाएको थियो । तीमध्ये हाल दुई सय २७ वटा पुस्तकालयमात्र राम्रोसँग चलेको नेपाल सामुदायिक पुस्तकालय सङ्घको महासचिवसमेत रहनुभएका मूल समारोह समिति अन्तर्गतको प्रचारप्रसार उपसमितिका संयोजक राजेन्द्र पाण्डेले जानकारी दिए ।

पुस्तकालय दिवसका अवसरमा खुलेका सबै पुस्तकालयलाई राम्रोसँग चलाउनुपर्ने र आवश्यकता भएका अन्य स्थानमा नयाँ खोल्न पनि प्रोत्साहन गर्ने नीति लिनुपर्नेमा जोड दिइएको छ ।



from Online Khabar https://ift.tt/a8oQeSm

पारा ओलम्पिकमा पलेशाले जितिन् ऐतिहासिक कांस्य पदक

१४ भदौ, काठमाडौं । नेपाली पारा तेक्वान्दो खेलाडी पलेशा गोबर्धन पारा ओलम्पिकमा ऐतिहासिक कांस्य पदक जितेकी छन् ।  फ्रान्सको पेरिसमा जारी पेरिस पारा ओलम्पिकमा पलेशाले के ४४ क्याटेगोरी अन्तर्गत महिला ५७ केजीमुनी तौलमा कांस्य जितेकी हुन् ।

कांस्य पदकको लागि भएको खेलमा पलेशाले सर्वियाकी मारिया मिसेभलाई १५-८ ले पराजित गरेकी हुन् । नेपाली खेलकुदको इतिहासमै ओलम्पिकमा आधिकारिक पदक जित्ने पलेशा पहिलो खेलाडी बन्दै कीर्तिमान रचेकी छिन् ।

नेपालले सन् २००४ को एथेन्ज पारा ओलम्पिक देखि पारा ओलम्पिकमा सहभागिता जनाउन थालेको हो ।

त्यसअघि पहिलो रिपेचेजमा फ्रान्सकी सोफी काभरजानलाई २-१ ले पराजित गर्दै पलेशा कांस्य पदक नजिक पुगेकी थिइन् ।

पलेशाले आजै भएको पहिलो खेलमा भेनेजुएलाकी मोरालेसलाई ३१-० को फराकिलो अन्तरले पराजित गर्दै क्वाटरफाइनल पुगेकी थिइन् । तर क्वाटरफाइनलमा पलेशा विश्व नम्बर ब्राजिलियन खेलाडी सिल्भाना मायारा पर्नान्डेजसँग १०-८ ले पराजित भइन् । फर्नान्डेज विरुद्ध सुरुवाती अग्रता लिएपनि अन्तिम समयमा जोगाउन नसक्दा पलेशा पराजित भएकी हुन् ।

पलेशाले यसअघि २०२१ मा टोकियो पारा ओलम्पिकमा दुई बाउट जितेर पदक नजिक पुगेकी थिइन्  । तर कांस्य पदक भिडन्तमा उनी चिनियाँ खेलाडीसँग पराजित भइन् ।

लगातार दोस्रो पटक पारा ओलम्पिक खेलेकी पलेशम यस पटक भने छनोट चरण पारा गरेर पारा ओलम्पिक पुगेकी हुन् ।

गत चैतमा चीनको ताइयानमा भएको पारालिम्पिकको एसियाली छनोट प्रतियोगितामा स्वर्ण जित्दै पेरिस पारालिम्पिकमा सहभागिता निश्चित गरेकी थिइन् । छनोट चरण पार गर्दै पारालिम्पिक खेल्ने पलेशा पहिलो नेपाली खेलाडी हुन् ।

पलेशाले टोकियो ओलम्पिक २०२० मा पनि खेलेकी थिइन् ।  जहाँ उनले दुई बाउट जित्दै इतिहास रचेकी थिइन् । तर कांस्य पदकको भिडन्तमा चिनियाँ खेलाडीसँग पराजित हुँदा पदक नजिक पुगेकर पनि बन्चित भएकी थिइन् ।

यस्तै चीनको हान्झाउमा भएको चौथो एसियाली पारा खेलकुदमा पेलाशाले नेपाललाई ऐतिहासिक कांस्य पदक जिताएकी थिइन् ।

पलेशाले २०२१ म बहराइनमा भएको एसियाली युथ पारा गेम्समा स्वर्ण जितेकी थिइन् । २०१८ मा भियतनाममा भएको चौथो एसियाली पारा तेक्वान्दो च्याम्पियनसिपकी कांस्य विजेता २० वर्षीय पलेशाले जापानमा भएको टोकियो पारा ओलम्पिक– २०२० मा दुई ‘बाउट’ जितेर इतिहास रचेकी थिइन् । त्यसबेला पलेशाले रिपेचेजमा अमेरिकाकी ब्रिएना सलिनारोलाई १०–० तथा सर्बियाकी मारिजा मिसेभलाई २३–१५ ले हराउदै चीनकी युजी लिसंग कांस्य पदक भिडन्त पक्का गरेकी थिइन् । कांस्य पदक भिडन्तमा पलेशा १२–९ ले चुकेपछि पाँचौं भएकी थिइन् । पलेशाले सन् २०१८ मा काठमाडौं भएको दोश्रो काठमाडौं क्योरोगी तथा पुम्से अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण जितेकी थिइन् ।

जावलाखेलस्थित डिएभी स्कुलमा अध्ययनरत रहँदा नै १० वर्षको उमेरदेखि तेक्वान्दो खेल्न थालेकी पलेशा २०१६ मा पारा राष्ट्रिय टिममा आबद्ध भएकी थिइन् । राष्ट्रिय टिममा आबद्ध भएपछि पलेशाको ‘डेब्यु’ अन्तर्राष्ट्रिय प्रतियोगिता २०१७ मा दक्षिण कोरियाको छुनचियोनमा भएको तेश्रो एसियाली पारा तेक्वान्दो खुला च्याम्पियनसिप हो । त्यसमा उनी पाँचौ भएकी थिइन् ।

काठमाडौं महानगरपालिका वडा २८, बागबजार निवासी पलेशाले २०१७ मा लनडनमा भएको विश्व पारा तेक्वान्दो, जोर्डनमा २०१९ मा भएको पाँचौं एसियाली पारा खुला तेक्वान्दो र २०१९ मै टोकियो पारालिम्पक गेम्सको टेस्ट इभेन्टमा पाँचौं स्थान हासिल गरेकी थिइन् । सन् २०१९ मा टर्कीमा भएको आठौं विश्व पारा तेक्वान्दोमा नवौं भएकी पलेशाले साउदी अरबियामा भएको विश्व पारा तेक्वान्दो ग्रान्ड प्रिक्समा पनि सहभागिता जनाएकी थिइन् ।

स्कुलमा अध्ययन गरेका बेला विभिन्न ९ अवार्ड जितेकी पलेशाले तेक्वान्दोमा हासिल गरेको उपलब्धीका लागि विभिन्न संस्थाबाट विभिन्न समयमा १६ अवार्ड हात पारेकी छन् ।

नेपाली पारा तेक्वान्दोमा सफल प्रशिक्षक मानिने लामा एक्लैले नै सन् २०१८ देखि पलेशालाई प्रशिक्षण दिइरहेका छन् ।



from Online Khabar https://ift.tt/AxNCsK8

Thursday, August 29, 2024

पाँचथरमा ग्रिनेड पड्किँदा एक बालिकाको मृत्यु, २ जना घाइते

१४ भदौ, काठमाडौं । पाँचथरको फालेलुङ गाउँपालिका–५ डाडागाउँमा विष्फोटक पदार्थ विस्फोट भएर एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा अढाइ वर्षीया प्रिन्सा साँवा छिन् ।

बिहीबार अपराह्न साढे २ बजेतिर खेलिरहेका बेला विष्फोट भएको सुनिएको थियो । स्थानीय त्यहाँ पुग्दा तीन जना बालबालिका घाइते अवस्थामा भेटिएका थिए ।

घाइते प्रिन्साको मृत्यु भइसकेको छ भने डाँडागाउँ निवासी दिलिप साँवाका ११ वर्षीय दिप्सन र दिलिपका छिमेकीका बालक पवन राईको उपचार भइरहेको प्रहरीले जनाएको छ । एक जनाको सदरमुकाम फिदिममा र एकजनाको झापाको बिर्तामोडमा उपचार भइरहेको छ ।

घटनास्थलमा फलामको डल्लो जस्तो वस्तु पड्किएको अवस्थामा भेटिएको छ । त्यो वस्तु ह्याण्डमेड ग्रिनेड भएको पत्ता लागेको प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद कोइरालाले जानकारी दिए ।

त्यसको नजिकै कान्लातिर अर्को एउटा खिया लागेको फलामको डल्लो भेटिएको छ । त्यो पनि विष्फोटक पदार्थ हुन सक्ने अनुमानमा नेपाली सेनाको टोली घटनास्थल पठाइएको छ ।



from Online Khabar https://ift.tt/TrVFJyc

गुल्मीमा चट्याङ लागेर २ जना घाइते

१४ भदौ, गुल्मी । गुल्मीमा चट्याङ लागेर २ जना घाइते भएका छन् ।

जिल्लाको इस्मा गाउँपालिका वडानम्बर–६ अम्मपुर दोबाटा निवासी ३५ वर्षीया राधा विक र ३० वर्षीया सीता विक घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

उनीहरुको उपचार गुल्मी अस्पतालमा उपचार भइरहेको छ । उनीहरु दुवैको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

बिहीबार बेलुकी परेको चट्याङबाट उनीहरुको गोठमा रहेको एउटा बाख्रो मरेको छ ।



from Online Khabar https://ift.tt/KTMkU8e

Wednesday, August 28, 2024

चार किसिमका अभिभावक, तपाईं कुन श्रेणीको ?

एउटा प्रचलित कथा यस्तो छ ।

एक व्यक्तिलाई चोरीको आरोपमा कठोर सजाय दिइने भयो । यो खबर सुनेर उनकी आमा रुँदै छोरो भेट्न आइन् । छोरोले गम्भीर हुँदै भने, ‘आमा म तपाईंसँग केही भन्न चाहन्छु ।’

जसै आमा नजिक पुगिन्, छोरोले उनको कान टोकिदिए ।

आमा स्तब्ध भइन् । छोराले किन यस्तो गरे ? उनले भेउ पाइनन् । तब छोरोले बिलौना गर्दै भने, ‘हिजो मैले सियो चोरेर ल्याउँदा तपाईंले खुसीसाथ लुकाउनुभयो । मलाई यो खराब काम होइन भन्ने लाग्यो र मैले अरु पनि चोरी गर्न थालें । त्यसबेला तपाईंले यो गलत हो भनिदिएको भए आज मेरो हालत यस्तो हुँदैनथ्यो । त्यसैले आज म जुन दण्ड भोग्दैछु, त्यसको भागीदार तपाईं पनि हो ।’

****

एउटा सत्य कथा यस्तो छ ।

शृंखलाबद्ध हत्या र ठगीमा कुख्यात नाम हो, चार्ल्स शोभराज । उनले जीवनमा २० जना निर्दोषको क्रूरतापूर्वक हत्या गरे । तर कहिल्यै त्यसमा पछुतो गरेनन् । बरु आफ्नो कृत्यलाई ढाकछोप गर्दै एकपछि अर्को अपराधको तानाबाना बुनिरहे ।

शोभराज किन यति क्रूर र कठोर भए ?

यसको पछाडि उनको बाल्यकालको दूरावस्थालाई जोडेर हेर्ने गरिन्छ । उनी जुन आमाबुवाबाट जन्मिए, उनीहरुबीच विवाह भएको थिएन । त्यसैले चार्ल्सका बुवाले आमालाई कहिल्यै श्रीमतीको रुपमा स्वीकार गरेनन् । अन्ततः उनकी आमाले दोस्रो विवाह गरे । त्यहाँ पनि उनकी आमाले सधैं अपमान र अत्याचार खेप्नुपर्‍यो । यसले चार्ल्सको कलिलो मस्तिष्कमा नराम्ररी आघात पुग्यो । उनी सधैं चिन्ता र बेचैनीमा दिन गुजार्न बाध्य भए । यसले उनमा एक किसिमको मनोविकार पैदा गर्‍यो । नतिजा, किशोरावस्थामा पुग्दा नपुग्दै ऊ अपराधको संसारमा हेलिए ।

****

यी दुई फरक दृष्टान्तको मियो भने एउटै छ, अभिभावकत्व ।

बालबालिकाले सही मार्गदर्शन र संस्कार नपाउँदा त्यसको नतिजा कति भयानक हुनसक्छ ? तपाईं-हामीले देखेका छौं । सुनेका छौं । कतिले भोगेका छौं ।

त्यसो भए आमाबुवाले नै आफ्ना छोराछोरीलाई खराब बनाउँछन् ? सुन्दा एकदमै तीतो लागेपनि यसको जवाफ ‘हो’ भन्ने आउँछ । तर यससँगै अर्को सत्य पनि भुल्नु हुँदैन । त्यो के हो भने दुनियाँमा यस्ता कुनै बुवाआमा हुँदैनन्, जसले आफ्नो छोराछोरी ‘खराब’ होस् भन्ने चाहन्छन् ।

आमाबुवा नै त्यस्ता व्यक्ति हुन्, जसले छोराछोरीलाई आफूभन्दा ठूलो, असल र राम्रो भएको देख्न चाहन्छन् । त्यसो भए कसरी सबै छोराछोरी आमाबुवाको सदीक्षा अनुरुप ‘असल’ हुँदैनन् ?

यसमा हाम्रो अभिभावकत्व सबैभन्दा बढी जिम्मेवार हुन्छ । कुनै पनि बालबालिका गर्भमा दोष लिएर जन्मिंदैनन् । तर जन्मिसकेपछि उनीहरुले कस्तो स्याहारसुसार पाउँछन् ? कस्तो संस्कार पाउँछन् ? कस्तो मार्गदर्शन पाउँछन् ? कस्तो संगत पाउँछन् ? त्यही अनुरुप उनीहरुको मनोविज्ञान विकास हुनपुग्छ । उनीहरुले देख्ने, सुन्ने, भोग्ने कुराले नै उनीहरुको सोच्ने र काम गर्ने शैली तय गरिदिन्छ । उनीहरुले के सोच्छन् ? कसरी सोच्छन् ? के गर्छन् ? भन्ने कुराको जग उनीहरु कसरी हुर्किएका थिए भन्ने कुरामा निर्भर रहन्छ ।

यसर्थ कुनै पनि बालबालिका असल वा खराब हुनुको मुलभूत कारण हो, अभिभावकत्व ।

बालबालिकाको कोणबाट हेर्दा अभिभावकहरु कस्ता हुन्छन् ? उनीहरुको प्रवृत्ति र तौरतरिका कस्ता हुन्छन् ? यी प्रश्नहरुको खोजमा लामो समय बिताएकी थिइन्, डायना ब्लमबर्ग बाउमरिन्डले । अमेरिकी क्लिनिक र विकासात्मक मनोवैज्ञानिक डायनाले वर्षौंअघि जुन खोज गरेर त्यसको निचोड निकालिन्, त्यो आजसम्म उत्तिकै सान्दर्भिक देखिन्छ ।

उनको निष्कर्ष थियो, अभिभावक चार किसिमको हुन्छन् । एक, अधिनायकवादी अभिभावक । दुई, उदार अभिभावक । तीन, बेपर्वाह अभिभावक । चार, आधिकारिक अभिभावक । यी चार किसिमका अभिभावकको मूल स्वभाव कस्तो हो ? उनीहरुले कसरी आफ्ना बालबालिका हुर्काउँछन् ? त्यसरी हुर्काएका बालकालिकामा कस्तो आनीबानी विकास हुन्छ ?

यी प्रश्नसँगै जोडिएन आउने अर्को रोचक प्रश्न हो, यसमध्ये तपाईं कुन श्रेणीमा पर्नुहुन्छ ?

अधिनायक अभिभावक

यस श्रेणीका आमाबुवाले बालबालिकालाई कडा अनुशासनमा राख्ने गर्छन् । उनीहरुको निर्देशन र निगरानीमा बालबालिका हुर्किन्छन् । उनीहरुले जे भन्छन्, बालबालिकाले त्यही गर्नुपर्छ ।

बालबालिकाले पढ्ने, खेल्ने, सुत्ने, बस्ने, हिंड्नेदेखि लगाउने, खाने कुरामा पनि उनीहरु आफ्नो मर्जीअनुसार गराउन चाहन्छन् । बालबालिकाले आफ्नो निर्देशन उल्लंघन गरेमा गाली गर्ने, कुटपिट गर्ने हुन्छन् । त्यस्तै कति गल्तीमा सजिलै माफी दिंदैनन् ।

उनीहरु आफ्ना छोराछोरीको कुरा सुन्दैनन् । तर आफ्नो कुरा एकतर्फी रुपमा सुनाइरहन्छन् । बालबालिकाबाट धेरै अपेक्षा गर्छन् । आफूले पूरा गर्न नसकेको काम वा इच्छा छोराछोरीबाट पूरा गराउन खोज्छन् ।

यसरी हुर्केका बालबालिका कस्ता हुन्छन् ?

यसरी हुर्किएका बालबालिका कम आत्मनिर्भर हुन्छन् । उनीहरुमा डराउने र आत्तिने स्वभाव विकास हुन्छ । आत्मग्लानिले गर्दा खुलेर आफूलाई व्यक्त गर्न सक्दैनन् । आफ्नो रुचि, इच्छाहरु पहिल्याउन असमर्थ हुन्छन् । साथीभाइसँग घुलमिल हुने, नेतृत्व गर्ने कुरामा पछाडि पर्छन् । उनीहरुमा रचनात्मक क्षमता कम हुन्छ ।

उनीहरु पछि गएर कतिपय कुरा अवज्ञा गर्ने, असामाजिक हुने । एकोहोरो र एकलकाँटे हुने जोखिम हुन्छ ।

उदार अभिभावक

यस श्रेणीका अभिभावक आफ्ना बालबालिकाको मर्जीलाई सर्वोपरी ठान्छन् । बालबालिकालाई ‘तिमी नै सर्वेसर्वा हौ’ भन्ने आशयले व्यवहार गर्छन् । मायालु र नरम हुन्छन् । कहिलै गाली गर्दैनन् । बालबालिकाको हरेक आवश्यकता पूरा गरिदिने प्रयत्न गर्छन् । बालबालिकाले गरेको कुनै पनि गल्तीलाई गल्ती मान्दैनन् । वा त्यसलाई सामन्य मान्छन् र छुट दिन्छन् ।

आफ्नो अपेक्षा वा बाध्यता बालबालिकालाई सुनाउँदैनन् । दुःख वा अभाव सहेर पनि बालबालिकालाई सुखी र खुसी राख्न चाहन्छन् । बालबालिकाको प्रगति वा नतिजाको बारेमा कहिल्यै टिप्पणी गर्दैनन् ।

यसरी हुर्केका बालबालिका कस्ता हुन्छन् ?

यसरी हुर्केका बालबालिका माया र प्रेमले पुलपुलिका हुन्छन् । उनीहरुले आमाबुवालाई आफ्नो नियन्त्रणमा राख्न खोज्छन् । आफ्नो गल्ती वा कमजोरी पहिल्याउन सक्दैनन् । त्यही कारण गल्ती दोहोर्‍याइरहन्छन् ।

उनीहरु कुनै पनि जिम्मेवारी वा दायित्व लिन तयार हुँदैनन् । नियम पालना गर्दैनन् । अरुको कुरा सुन्ने क्षमता कम हुन्छ र धेरै प्रतिक्रिया दिने खालका हुन्छन् । उनीहरुलाई शान्त र धैर्य रहन गाह्रो हुन्छ । प्राय: गुनासो गरिरहन्छन् । अपरिपक्व र परनिर्भर हुन्छन् ।

बेपर्वाह अभिभावक

यस श्रेणीका अभिभावकलाई आफ्नो बालबालिकाप्रति उति धेरै चासो र चिन्ता हुँदैन । उनीहरुले बालबालिकाको काम-व्यवहारमा त्यति प्रतिक्रिया दिंदैनन् । न त समर्थन नै जनाउँछन् । बालबालिकाले के गरिरहेका छन् ? पढाइ कस्तो छ ? नतिजा के आयो ? कहाँ घुम्न जान्छ ? कस्तो संगत छ ? कुनै सरोकार राख्दैनन् । बालबालिकालाई खुला र स्वतन्त्र छाडिदिन्छन् ।

उनीहरुले आफ्ना बालबालिकाको कुरा सुन्दैनन् न आफ्नो कुरा नै सुनाउँछन् । घुमाउने, खेलाउने वा अर्ती-बुद्धि दिने काम पनि गर्दैनन् । यस्ता अभिभावक आफ्नो समस्या र आवश्यकतामा केन्द्रित हुन्छन् ।

यसरी हुर्केका बालबालिका कस्ता हुन्छन् ?

हेरचाहको कमीले गर्दा उनीहरुको सामाजिक विकास कमजोर हुन्छ । अभिभावकप्रति विश्वास र भरोसा गर्दैनन् । कुनै पनि कुरा आफ्नै अनुभव वा भोगाइबाट मात्र सिक्ने भएकाले व्यावहारिक परिपक्वता आउन समय लाग्छ । के ठीक वा के गलत भनी उनीहरु गम्भीरतापूर्वक सोच्दैनन् । आफ्नो रुचिअनुसार जे मन लाग्छ, त्यही निर्णय लिन्छन् । अरुलाई त्यति वास्ता गर्दैनन् र निर्देशन पनि मान्दैनन् ।

यस्ता बालबालिका आफ्नो लक्ष्य पहिल्याउन असमर्थ हुन्छन् । उनीहरुको जीवन धेरैजसो अलमलमा बित्छ ।

आधिकारिक अभिभावक

यस श्रेणीका अभिभावकले आफ्ना बालबालिकालाई स्वतन्त्रता दिन्छन् तर निश्चित सीमामा राख्छन् पनि । व्यावहारिक रुपमा अनुशासित र भित्री रुपमा दयालु हुन्छन् । बालबालिका के चाहन्छन् भन्दा पनि के आवश्यकता छ भन्ने कुरालाई ध्यान दिन्छन् । बालबालिकाको आवश्यकता पूरा गरिदिन्छन् र नचाहिने कुरामा कडाइका साथ नियन्त्रण गर्छन् ।

यी अभिभावक बालबालिकाको कुरा सुन्छन् र आफ्नो कुरा पनि साझेदार गर्छन् । बालबालिकासँग समय दिन्छन् । उनीहरुको भावना र रुचिलाई प्राथमिकतामा राख्छन् । छोराछोरीप्रति गर्नुपर्ने कर्तव्य पूरा गर्छन् । उनीहरुको प्रगति वा उन्नतिमा चासो राख्छन् र हौसला दिन्छन् । छोराछोरीको मूल्यांकन वा तुलना भने गर्दैनन् । बालबालिकाको रुचि, क्षमतालाई चिन्ने प्रयास गर्छन् र त्यही अनुरुप हुर्कनका लागि अनुकूल वातावरण तयार गरिदिन्छन् ।

आफ्ना बालबालिकालाई राम्रो काममा प्रोत्साहित गर्छन् भने नराम्रो काममा सचेत गराउँछन् ।

यसरी हुर्किएका बालबालिका कस्ता हुन्छन् ?

यसरी हुर्किएका बालबालिका संस्कारी र सभ्य हुन्छन् । उनीहरु आफूलाई खुला महसुस गर्छन् तर खराब कुराप्रति उत्तिकै सचेत र सतर्क पनि रहन्छन् । साथीभाइसँग घुलमिल हुने, सामाजिक कार्यहरुमा सरिक हुने, सबैसँग सुमधुर सम्बन्ध कायम राख्ने खालका हुन्छन् ।

आत्मविश्वास र आत्मसम्मान उच्च हुन्छ । कुनै पनि समस्याको समाधान र निर्णय गर्ने क्षमता पनि राम्रो हुन्छ । निर्भिक रुपले गलतलाई गलत र सहीलाई सही भन्न सक्ने हुन्छन् । उनीहरुमा भय, ग्लानि, दु:खेसो जस्ता मनोविकार हुँदैन ।

यी बालबालिकाले आफ्नो रुचि सहजै पहिल्याउन सक्छन् र त्यस अनुसार आफ्नो क्षमता विकास गर्छन् । त्यसैले उनीहरु सक्षम र प्रतिभावान् हुन्छन् ।

कुन अभिभावकत्व सर्वोत्तम ?

नि:सन्देह यसमा आधिकारिक अभिभावकत्व सर्वोत्तम हुन्छ, बालबालिकाका लागि । यस किसिमको अभिभावकत्वले उनीहरु स्वच्छन्द हुर्कने मौका मात्र पाउँदैनन् उत्तिकै अनुशासन र संस्कारहरु पालना गर्ने पनि हुन्छन् । यसले उनीहरुलाई सही मार्गमा हिंडाउन प्रेरित गर्छ ।

त्यसबाहेक माथि उल्लेखित अधिनायक, उदार र बेपर्वाह अभिभावकलाई सही मानिंदैन । यद्यपि यी तीन किसिमको अभिभावकत्वबाट उचित गुणहरु लिने र त्यसलाई समायोजन गर्ने हो भने त्यसले फेरि सही नतिजा दिन सक्छ । एउटा पूर्ण अभिभावक बन्न यी तीन गुणहरुलाई समुचित ढंगले समायोजन गर्नुपर्ने हुन्छ ।

खराब अभिभावकत्वको कस्तो असर ? यसो भन्छ अध्ययन

अमेरिकन हार्ट एसोसिएसनको जर्नलमा छापिएको लेखले देखाउँछ, जुन घरमा बालबालिकाले घरेलु तनाव झेलेका छन् उनीहरु पछि गएर मुटुरोगको सिकार बन्न सक्छन् । अर्थात् उनीहरुमा कार्डियोमेटाबलिक सिन्ड्रोम देखिन सक्छ ।

बुवाआमाको सम्बन्ध सुमधुर छैन, झगडा गरिरहन्छन्, उनीहरुमा रक्सीको कुलत छ भने यसको सोझो प्रभाव बालबालिकाको शारीरिक र मानसिक स्वास्थ्यमा पर्छ । त्यस्तै बालबालिकाले कुनै वियोगको सामना गर्नुपरेमा वा ठूलो संकटको सामना गर्नुपरेमा पनि त्यसले उनीहरुलाई असर गर्छ ।

अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनको अध्ययनले भन्छ, ‘बाल्यकालमा कुनै चोट वा वियोग सामना गरेका बालबालिकाले पछि आत्महत्या गर्ने वा कुलतमा फस्ने जोखिम हुन्छ ।’

त्यति मात्र होइन, पारिवारिक कलह, विचलनले उनीहरुमा गम्भीर मानसिक समस्या ल्याउँछ ।

त्यसैले बालबालिकालाई कस्तो बनाउने ? यो प्रश्न अभिभावकले अरुसँग होइन स्वयं आफूसँग सोध्न जरुरी छ । किनभने बालबालिकाको सम्पूर्ण मार्गदर्शन, शिक्षक, साथी, प्रहरी सबै अभिभावक हुन् ।

अब के गर्ने त ?

अभिभावकत्व एउटा प्रक्रिया हो, पूर्णता होइन । शिशु गर्भमा हुँदादेखि बालक, किशोर, युवा हुँदासम्म उनीहरुका लागि समुचित साथ, सहयोग, समर्थन, सजगता जरुरी हुन्छ ।

कुनै बालबालिका खराब भएमा उनीहरु सधैं खराब हुन्छन् भन्ने होइन । यस स्थितिबाट बालबालिकालाई बाहिर निकाल्न अभिभावकले धैर्यपूर्वक उचित कदम चाल्नुपर्ने हुन्छ । आफ्नो गल्ती कमजोरी सच्याउँदै र नयाँ तौरतरिका अपनाउँदै बालबालिकालाई सही ‘ट्र्याक’मा ल्याउनुपर्ने हुन्छ ।

किनभने रत्नाकर डाकु सधैं अपराधकर्ममा मात्र लिप्त हुँदैनन् महर्षि बाल्मिकी पनि हुन्छन् । रत्नकर बनाउने कि बाल्मिकी ? यो अभिभावकमा निर्भर गर्छ ।

बालबालिका भनेका वास्तवमा सिर्जना हुन्, जसको रचयिता उनका आमाबुवा हुन् । आमाबुवा कति रचनात्मक छन् ? त्यसको उत्तर उनीहरुले हुर्काएका छोराछोरी हुन् ।

आमाबुवाले छोराछोरीका लागि कहिले कलाकार बन्ने, कहिले वैज्ञानिक बन्ने, कहिले चित्रकार बन्ने, कहिले साथी बन्ने हो । यी अनेकका एक हुन् अभिभावक । कुन अवस्थामा आफूलाई कुन रुपमा प्रस्तुत गर्ने हो ? अभिभावकको मूल गुण यसैमा हुन जरुरी छ ।

(भट्टराई काठमाडौंको कागेश्वरी मनोहरास्थित अक्षरा स्कुलकी प्रबन्ध निर्देशक हुन् ।)



from Online Khabar https://ift.tt/JQHfL7B

एमालेको सचिवालय बैठक बस्दै

१३ भदौ, काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा बस्ने छ ।

बुधबार बसेको केन्द्रीय कार्यालयको बैठकले सचिवालय बैठकका कार्यसूची तय गरेको थियो । सचिवालय बैठकमा पार्टीको वार्षिक कार्ययोजना र समसामयिक राजनीतिक प्रस्तावमा छलफल गर्ने गरी कार्यसूची तय गरिएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

बैठकले तेस्रो चरणको पार्टीका कार्यक्रम सार्वजनिक गर्ने तयारी गरेको छ । उक्त कार्यक्रम २०८४ को चुनाव लक्षित हुने केन्द्रीय कार्यालय सचिव डा.भीष्म अधिकारीले जानकारी दिए ।

गत चुनावमा अपेक्षित नतिजा नआएपछि एमालेले मिसन-२०८४ का दुई चरणका जनपरिचालनका कार्यक्रम सम्पन्न गरिसकेको छ ।



from Online Khabar https://ift.tt/U5wn9hk

एएफसी वुमन्स च्याम्पियन्स लिगबाट बाहिरियो एपीएफ

१३ भदौ, काठमाडौं । एएफसी वुमन्स च्याम्पियन्स लिग प्रारम्भिक चरणको दोस्रो खेलमा नेपालको एपीएफ क्लबले मलेसियन क्लब सबाहसँग बराबरी खेलेको छ ।

कोताकिनाबालुस्थित लिसाका स्टेडियममा भएको खेल गोलरहित बराबरीमा सकिएको हो । बराबरीपछि एपिएफ समूह प्रारम्भिक चरणबाटै बाहिरिएको छ ।

बराबरीपछि एपिएफले समूह  सीमा दुई खेलबाट १ अंक मात्र जोड्यो ।

यसअघि एपीएफ पहिलो खेलमा उज्वेकिस्तानी टोली नासाफसँग १-० ले पराजित भएको थियो ।

समूह विजेता मात्र अन्तिम चरणमा पुग्ने भएकोले एपीएफका लागि सबाहविरुद्धको खेल जित्नैपर्ने आवश्यकता थियो । तर एपीएफएले गोल गर्ने धेरै अवसर पाएपनि त्यसलाई सदुपयोग गर्न सकेन ।

अब नासाफ र सबाहबीच हुने लिग तरणको अन्तिम खेलबाट समूह विजेताको टुङ्गो लाग्नेछ ।

एपीएफ नेपालबाट एएफसी च्याम्पियन्स लिग खेल्ने पहिलो नेपाली टिम हो ।



from Online Khabar https://ift.tt/aePIqQG

Tuesday, August 27, 2024

साउथ सुडानी सानीकेटीको नमेटिने आशा

हामीलाई जीवनका सानातिना पल, परिस्थिति, अनि आम भोगाइहरूको याद विरलै हुने गर्छ । ती स्वतः स्वभाविक रुपमा अविरल बगिरहेका हुन्छन् । ती पल, परिस्थिति अनि भोगाइको अनुभूति तब मात्र हुन्%ऽ जब ती परिस्थितिहरू हामीबाट क्षणभरमै खोसिन्छन् वा गुम्छन् । जब ती हल्का तर अमूल्य पल अनि भोगाइ हामीबाट गुम्दछन् सो पुन: प्राप्त सायदै हुन्छन् र भइहाले पनि ठूलो मूल्य चुकाएपछि महत्वहीन  रूपमा स्वीकार्ने बाध्यता आइलाग्छ । यी हाम्रा अनुभूतिले नै जीवन डोर्‍याएको छ ।

जनमत संग्रहपछि सुडानबाट अलग्गिएर बनेको कान्छो देश दक्षिण सुडानको जोङग्ली स्टेटको सानो बजार बोरबाट करिब ९-१० किमी टाढा जंगलको बीच, जातीय गृहयुद्धका कारण आन्तरिक रुपमा विस्थापितहरुलाई सुरक्षित आश्रय दिन संयुक्त राष्ट्र संघद्वारा मजबुत अग्लो पर्खाल र पर्खालमाथि तारबार लगाई पीओसी (प्रोटेक्सन अफ सिभिलीएन) क्याम्पको स्थापना गरिएको छ । थुप्रै चरणको राजनैतिक र कूटनैतिक प्रक्रियापछि द्वन्द्वको मध्यस्थता गर्न साथै सुरक्षा स्थिति थप भयावह हुन नदिन संयुक्त राष्ट्र संघको यूएनएमआईएसएस (युनाइटेड मिसन इन साउथ सुडान) ले पीओसी क्याम्पको सुरक्षा तथा व्यवस्थापनको सम्पूर्ण जिम्मा लिएको छ ।

अन्दाजी ६ वर्ग किमी क्षेत्रफलमा फैलिएको पीओसी क्याम्पलाई सेक्टर १ र सेक्टर २ मा विभाजन गरी आधा क्षेत्रफलमा इन्डियन आर्मीको कुमाउ बटालियन र आधामा इथियोपियन आर्मीको ५१ नम्बर बटालियनका कुल ६०० सैनिकहरू सुरक्षार्थ तैनाथ छन् । युद्धरत अन्य जातिका लडाकुहरूबाट हुनसक्ने सम्भावित बाह्य आक्रमणबाट विस्थापितहरुलाई रक्षा गर्न पीओसी क्याम्पको चारैतिर डिउटी पोस्ट र बंकरहरू निर्माण गरी बख्तरबन्द गाडी, ट्यांक र आधुनिक हतियार सहित सैनिकहरू चौबीसै घण्टा पहरा दिइरहेका हुन्छन् । साउथ सुडानका दर्जनौं जातजाति मुख्यगरी डिकां, नियुर, मुरले, सिलुक, काक्वा, बारी, आजान्देबीचको जातीय गृहयुद्धबाट नागरिकहरूलाई सुरक्षा प्रदान गर्न साउथ सुडानभरिका थुप्रै द्वन्द्वग्रस्त राज्यहरुका थुप्रै स्थानमा पीओसी क्याम्पहरूको स्थापना गरिएको छ । विस्थापितहरुको संख्या कुनै पीओसी क्याम्पहरूमा लाख भन्दा बढी छ भने कुनैमा हजारौं छन् । देशभरका विभिन्न राज्यका गाउँबस्तीबाट विस्थापित भई सुरक्षित आश्रयका लागि पीओसी क्याम्पमा बस्न आउने साउथ सुडानीहरूको संख्यामा थपघट भइरहन्छ ।

जब-जब जातीय युद्ध उत्कर्षमा पुग्छ, दूरदराजका अनेक गाँउहरूमा घरहरू जल्छन्, खेतीहरू नष्ट गरिन्छन्, हत्या लुटपाट मचिन्छन्, महिला र बालिकाहरु बलात्कृत हुन्छन् तब-तब विस्थापितहरु  रातविरात देशभर छरिएका पीओसी क्याम्पहरूमा पुग्ने गर्छन् । युद्ध चर्किंदा क्याम्पभित्र विस्थापितहरुको संख्यामा चढाव आउँछ भने मत्थर हुँदा उतार आउँछ । यसरी जातीय गृहयुद्धको भीषण चपेटामा परी स्वतन्त्र रुपमा जीवनयापन गर्न नसकी तडपिरहेका छन् कान्छो अफ्रिकी मुलुक साउथ सुडानका विभिन्न जातीय समुदायका बीसौं लाख नागरिक ।

पीओसी क्याम्पभित्र विस्थापितहरुको बसाइलाई सुरक्षित, शान्त अनि व्यवस्थित बनाउन छनोट परीक्षामा सफल भई मिसन इलाकामा आउने थुप्रै मुलुकका पुलिस एडभाइजरहरू र मनोनित भई आउने मिलिटरी अब्जरभरहरू नियमित रुपमा खटिएका हुन्छन् । यहाँ विश्वखाद्य कार्यक्रम, अन्तर्राष्ट्रिय आप्रवासन संगठन, विश्व स्वास्थ्य संगठन, युनिसेफ, स्थानीय एनजीओहरुका प्रतिनिधि क्याम्पको समग्र व्यवस्थापनको निम्ति सहकार्य गर्छन् । सिभिल, मिलिटरी र पुलिस साथै दर्जनौं राष्ट्रिय अनि अन्तर्राष्ट्रिय संघसंस्थाका प्रतिनिधिहरू पीओसी क्याम्पसँगै जोडिएको क्याम्पमा इथियोपियन र इन्डियन आर्मीको सुरक्षा घेराभित्र वातानुकूलित प्रि-फ्याब्रिकेडेट भवनहरूमा बस्छन् ।

जोङग्ली स्टेटको बोरस्थित यस पीओसी क्याम्प व्यवस्थापनमा करिब ३७ मुलुकका भिन्न विषय र क्षेत्रका विषेशज्ञ प्रतिनिधि कोही एक वर्ष, कोही दुई-तीन वर्ष र कोही हरेक वर्ष करार नवीरकण गर्दै संयुक्त राष्ट्र संघको झण्डामुनि आ-आफ्नो कार्यादेश अनुरुप विस्थापितहरुको सुरक्षा एवं सामाजिक, आर्थिक र अन्य विविध पक्षमा काम गरिरहेका हुन्छन् । यसरी शान्ति स्थापना गर्न संयुक्त राष्ट्र संघको मिसन सुरु भएको दशकौं बित्दा पनि सुरक्षा स्थितिमा भने खास सुधार आएको छैन र परिस्थिति लगभग जस्ताको त्यस्तै छ ।

बाहिर निस्किने बित्तिकै सानीकेटी चङ्गा हुन्छिन् । उनी फनक्क नाचेर स्कर्ट फरर घुमाउँछिन् अनि बोर बजार जाने बाटोको जिज्ञासा साथ नियाल्छिन् । गेट वरिपरि रहेका बोडा-बोडा (भाँडाका मोटरसाइकल) लाई देखेर दङ्ग हुन्छिन्, बोर बजारबाट बेच्न ल्याइएका खेलौनाहरू देखेर खुसी हुन्छिन् भने फरक अनुहारहरूलाई देखेर कौतुहल पनि भइरहन्छिन् । क्याम्प बाहिर मात्र १० मिटरमा रहेको सामान्य दृश्य र वातावरणमा सानीकेटी पूरै हराउँछिन् ।

पीओसी क्याम्पमा बसोबास गर्न नयाँ आउने विस्थापितहरुलाई क्याम्प म्यानेजर, पुलिस एड्इभाजर, अन्तर्राष्ट्रिय आप्रवासन संगठन र अन्य सरोकारवाला निकायका प्रतिनिधिहरूको रोहवरमा स्थानीय स्तरमा उपलब्ध गराइन्छ । काठका सानातिना खम्बा, रुखका हाँगाबिंगा, बाँसका पोल आदिलाई अनुदानमा प्राप्त भनेर ठूला अक्षरले आईओएम (अन्तर्राष्ट्रिय आप्रवासन संगठन) लेखेको त्रिपालले बेरबार गरी बनाइएको अन्दाजी १०X१० फिटको सानो झुप्रो विस्थापितहरुलाई उपलब्ध गराइन्छ । त्यहाँ एकनास लम्बाइ, चौडाइ र उचाइ भएका स-साना अनगिन्ती झुप्राहरूले सुकुम्बासी बस्तीको झल्को दिने गर्छ ।

क्याम्पभित्र, उही आईओएम लेखेको त्रिपालले बनाइएका साँघुरा चर्च, स्कुल, क्लिनिक, कफी पसल, शौचालयहरू सार्वजनिक प्रयोगका लागि निर्माण गरिएका हुन्छन् । ती स-साना झुप्राभित्र युनिसेफले वितरण गरेको एक-दुईवटा पानी राख्‍ने बाल्टिन, विश्व खाद्य कार्यक्रमले वितरण गरेको रासनको बोरा, यूएसएडले वितरण गरेको खाने तेलको टिनको बट्टा अनि विस्थापितहरुका व्यक्तिगत मालसामानहरू : कुच्चिएका टिनका बाकस, थोरै कपडा, सानो खाट, सानो ब्लुतुथ स्पिकर, टर्च लाइट अनि अन्य सामान्य सामानहरू हुन्छन् । ती विस्थापितहरू सबै वितरीत कोइलाले खाना पकाउने गर्छन् । उनीहरूको खाना पकाउने चुल्हो र काला पुराना पकाउने भाँडाहरू झुप्रो बाहिरै हुन्छन् । एउटा जाति डिंका, जसका राष्ट्रपतिले सरकारको नेतृत्व गरिरहँदा उनीहरूका जातिका साउथ सुडानी नागरिकहरू क्याम्प बाहिर स्वतन्त्र जीवन गुजार्दा अन्य जातिका नागरिकहरू भने प्रशस्त खुला जमिन भएर पनि साउथ सुडानमा छरिएका ती साना ठूला पीओसी क्याम्पका साँघुरा झुप्राहरूमा निसास्सिएर, उकुसमुकुसमा सकसपूर्ण जीवन बिताइरहेको विषय गम्भीर छैन र ?

पीओसी क्याम्पमा दैनिक चोरी, लैङ्गिक हिंसा, झगडा लगायत अनेकन झमेलायुक्त साना-ठूला घटना घटिरहेको हुन्छ र अधिकांश घटनाहरू मदिराजन्य कारणबाट हुने गर्छन् । क्याम्पभित्र मदिरा निषेध गरिएपनि विश्वखाद्य कार्यक्रमद्वारा वितरित सरगम (जुनेलो) को प्रयोग गरी विस्थापितहरु क्याम्पभित्रै लुकीचोरी मदिरा बनाउँछन्, अनि लुकीछिपी पिउँछन् । कहिलेकाहीं खुल्लमखुल्ला उनीहरू रमाइलोसँगै बवाल गर्छन् । मदिराले मस्तसँग मातेर युद्धका पीडाहरू पोख्छन् । त्यति बेला क्याम्पभित्र हुने यस्ता हिंसात्मक घटनाहरूको मध्यस्थता गर्दै पुलिस एड्भाइजर, विस्थापितहरूबाट चुनिएका क्याम्प लिडर, क्याम्प भित्रका विभिन्न ब्लकहरूका ब्लक लिडर, अनि क्याम्प व्यवस्थापनका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थाका प्रतिनिधिहरूले अनुसन्धान गरेर छलफल मार्फत निष्कर्ष निकाल्छन् । सजाय स्वरूप दोषीलाई पीओसी क्याम्पभित्रै रहेको, सिपिङ कन्टेनरलाई काटछाँट गरी बनाइएको होल्डिङ सेन्टरमा अनुसन्धान अवधिभरका लागि थुनुवाको रूपमा राख्‍ने गरिन्छ, जुन कहिलेकाहीं महिना दिनसम्म पनि लम्बिने गर्छ । त्यसैगरी सानातिना गालीगलौजका घटनामा मातेका दोषीहरूलाई मदिरा नउत्रिउन्जेलसम्का लागि होल्डिङ सेन्टरमा राखिन्छ ।

यसै क्रममा पीओसी क्याम्पमा रहेका ४/५ वटा गेटमध्ये आवतजावतका लागि चल्तीको एउटा ठूलो गेट छ, जुन बिहान ७ बजे खुल्छ र बेलुकी ६ बजे बन्द हुन्छ, गेट खुला र बन्द गर्ने काम पुलिस एड्भाइजरहले गर्छन् । गेटबाट हुने नियमित आवतजावत अनि गेट वरिपरिको गतिविधिलाई नियमन र निगरानी गर्न पुलिस एड्भाइजर, मिलटरी अब्जर्भर, सशस्त्र प्रहरी बल, नेपालको एफपीयू (फर्मड पुलिस युनिट), इथियोपियन सैनिक अनि ब्लक लिडरहरूको संयुक्त डिउटी रहने गर्छ । गेटबाट खाद्यान्न र पिउने पानी आपूर्ति, फोहोर व्यवस्थापन र क्याम्पको दैनिकीलाई व्यवस्थित गर्न संयुक्त राष्ट्र संघका विभिन्न एजेन्सीहरु अनि स्थानीय एनजीओका गाडीहरू नियमित रूपमा ओहोरदोहोर गरिरहेका हुन्छन् ।

क्याम्पभित्र आउने सवारीसाधन र व्यक्तिलाई पुलिस एड्भाइजरहरूको टोलीले मिहिन तवरले सुरक्षा जाँच गर्छन् । क्याम्पको गेटबाट सीमित संख्यामा विस्थापितहरुलाई समेत कामका आधारमा केही घण्टाका लागि पुलिस एड्भाइजरहरूको स्वीकृतिमा बाहिर बोर बजारसम्म जान दिइन्छ । तर १८ वर्ष भन्दा कम उमेरका बालबालिकाहरूलाई भने अभिभावक विना पीओसी क्याम्पको उक्त गेट बाहिर जान निषेध छ । विस्थापितहरू क्याम्प बाहिर काम विशेषले जाँदा ब्लक लिडरको सिफारिसमा आफ्नो नाम, उमेर, जाने स्थान, फर्कने समय र अन्य विवरणहरू टिपाई पुलिस एड्भाइजरद्वारा दिइने टोकन लिन अनिवार्य हुन्छ ।

पीओसी क्याम्पको गेट एक अर्थमा यस्तो पर्खाल हो, जसले हजारौं विस्थापितहरुलाई बाहिरी दुनियाँसँगको सम्पर्क विच्छेद गरी ‘पीओसी क्याम्प’ नामको साँघुरो संसारमा कैद गरेको छ । पीओसी क्याम्प बाहिर बोर बजार वा अन्यत्र नजिकसम्म किनमेल गर्न वा अन्य कामले प्राय: उमेरले पाका महिलाहरू सावधानीका साथ जान्छन् । घृणाको जातीय युद्घमा प्रत्यक्ष सहभागी नभएका कारण बजारसम्म आवतजावत गर्न महिलाहरूलाई जोखिम अलि कम छ । पुरुषहरू भने विस्थापित हुनुपूर्व सैनिक सेवामा रहेका कारण वा कुनै न कुनै रूपले युद्धमा सहभागी भएकाले बाहिर जाँदा कसैले चिन्ला र आक्रमण गर्ला भनेर क्याम्प बाहिर अत्यन्तै कम जान्छन् । अति जरुरी परेर गइहाले पनि तुरुन्तै फर्कन्छन् । यद्यपि बाहिर जाँदा महिलाहरू पनि ढुक्क हुने स्थिति चाहिं हुदैन । उनीहरू हत्या, अपहरण, लुटपाट तथा बलत्कारको सिकार भइरहेका हुन्छन् । बिग्रँदो सुरक्षा स्थितिका कारण पीओसी क्याम्पभित्र र आसपासका इलाकाहरूमा हिंसात्मक घटना नघटेको दिनमा पुलिस एड्भाइजरहरू नियमित साँझ पठाउने अपरेसनल इमेलहरूमा लेख्ने गर्छन् ‘सेक्युरिटी सिचुएसन इज काल्म बट अनप्रेडिक्टेबल’ अर्थात् सुरक्षा स्थिति स्थिर छ तर केही क्षणमै के हुन्छ भन्न सकिन्न ।

डींका जाति सम्मिलित सरकारी पक्ष र सरकार बाहिर बसेको न्युर र अन्य जातिबीचको द्वन्द्व समाधानका निम्ति हुने शान्तिवार्ता र युद्धविरामले गृहयुद्ध केही समयका लागि मत्थर भएको अवस्थामा पीओसी क्याम्पको बसाइलाई अन्त्य गर्दै केही विस्थापितहरु आँट गरेर, स्वतन्त्र रुपमा बसोबास गर्न आफ्नो गाउँमा जाने गर्छन् । केही चाहिं टाढाको राजधानी जुबामा आफन्तहरू भेट्न साउथ सुडानभरिको सबैभन्दा ठूलो पीओसी क्याम्पमा १/२ दिनका लागि जाने गर्छन्, यद्यपि यसरी गाउँ र राजधानी जानेहरू सुरक्षित चाहिं हुँदैनन् । युद्धविराममा समेत हिंसात्मक घटना फाट्टफुट्ट घटिरहेका हुन्छन् ।

यहाँ देशको सुरक्षा स्थिति र शान्ति केही महिनाका लागि मात्र टिक्छ र एकाएक युद्धविराम तोडिन्छ । शान्तिवार्ता असफल हुन्छ र दिगो शान्तिका लागि गरिएका वर्षौंको प्रयास शून्य बिन्दुमा झर्छन् । जातीय युद्ध फेरि उत्कर्षमा पुग्छ अनि क्याम्प छोडेर गएका विस्थापितहरू मारिन्छन्, अपहरणमा पर्छन्, बलात्कृत हुन्छन् र फेरि सुरु हुन्छ पीओसी क्याम्पहरूमा आन्तरिक रुपमा विस्थापितहरुको ओइरिने क्रम ।

साउथ सुडान देश स्वतन्त्र राष्ट्रको रूपमा दरिएपछि केही वर्षमै सुरु भएको आन्तरिक द्वन्द्वको यो चक्र दशकौंदेखि दोहोरिरहेको छ । द्वन्द्वको समाधान आमरूपमा लामो अनि जटिल प्रक्रिया मार्फत हुने गर्छ जसमा पीडितले सबैभन्दा ठूलो मूल्य चुकाउनुपर्छ । मध्यस्तकर्ताहरू अक्सर कम्फर्ट जोनमा, ‘टाइम हिल्स अल उण्ड’ अर्थात् समयले जुनसुकै घाउ निको पार्छको मन्त्र जप्दै बस्ने गर्छन् ।

हरेक दिन बिहान केही घण्टाका लागि पीओसी क्याम्पको गेट आसपास सानोतिनो बजार लाग्ने गर्छ । बाहिर बजारका फुटकर व्यापारीहरु विस्थापितहरूका सीमित पैसाले किन्न सक्ने सागसब्जी, साबुन, सस्ता भाँडाकुँडा र घरेलु मालसमान बेच्न ल्याउँछन् । भिडभाडको समयमा विशेषगरी युवायुवती उत्सुकतापूर्वक गेटमा झुम्मिन्छन् । दोस्रो अर्थमा भने यो गेट पीओसी क्याम्पमा बस्ने विस्थापितहरुका निम्ति बाहिरी दुनियाँको झलक हेर्ने आँखीझ्याल हो । जहाँबाट युद्धको गन्धविहीन स्वतन्त्र सास लिन पाइन्छ ।

साताका अरु ६ दिन भन्दा आइतबार विशेष हुन्छ । विस्थापितहरू सुकिला कपडा लगाएर पीओसी क्याम्प भित्रको चर्च जान्छन् अनि प्रार्थना र नाचगान गरी क्याम्पभित्रै रमाइलो गर्छन् । कोही भने किनमेलका लागि बाहिर बजार जान्छन् ।

यसै प्रसंगमा यहाँनिर यो एउटा अति नै मन छुने स्वदेशप्रेम तथा उन्मुक्तिको हुटहुटीपूर्ण कथा शब्दचित्रमा उतार्नु मनासिब देखिन्छ । एक आइतबार चर्चको प्रार्थनापछि बिहान ९ बजेतिर गेटमा १२/१३ वर्षकी एउटी बालिका आउँछिन् । उनी क्याम्पमा आफ्नी आमासँग विस्थापितको रूपमा बसेको आठ वर्ष बितिसकेको हुन्छ । ती बालिका काली, दुब्ली र अग्ली छिन् । उनको खुजमुज्जेको छोटो कपाल छ, निधारभरि न्युर समुदायको विम्बको रूपमा धारिलो ढुंगाले खोपेर बनाइएका मसिना सयौं थोप्ला र चारवटा समानान्तर लामा तेर्सा गहिरा खतका धर्काहरू छन् । मैलो रातो सर्ट र छोटो निलो स्कर्ट लगाएकी ती सानीकेटी लजाउँदै तर सम्हालिंदै गेटसँगै टेबल पछाडि कुर्सीमा लहरै डिउटी बसेका पुलिस एड्भाजरहरूलाई सानो स्वरमा अनुरोध गर्छिन्- ‘आई अल्सो वान्ट टु गो आउट साइड टु बोर मार्केट’ अर्थात् म पनि बाहिर बोर बजारसम्म जान चाहन्छु । सँगै बसेका ६ जना पुलिस एड्भाइजरमध्ये सियरालियोनकी महिला पुलिस एड्भाइजर फ्रान्सिस जिब्रो लेप्र्याएर प्रश्न गर्छिन्- ‘उमेर १८ पुग्यो तिम्रो ?’ ।

सानीकेटी निली हुन्छिन् तर छाती थोरै तन्काउँदै आत्मविश्वासका साथ  उत्तर फर्काउँछिन्, ‘म १९ वर्ष भइसकें र बोर बजार आफ्नो लागि ब्याग किन्न जानु छ ।’ लहरै बसेका पुलिस एड्भाइजरहरू एकैसाथ गलल्ल हाँस्छन् । युक्रेनकी पुलिस एड्भाइजर ओक्साना जिस्क्याउँदै सोध्छिन्- ‘ब्याग किन्ने रे ! कस्तो किन्ने नि ? पैसा चाहिं कसले दियो ?’ । बोस्नियाका पुलिस एड्भाइजर आदिस सानीकेटीलाई हप्काउँदै, गिज्याउँदै सोध्छन्- ‘कति पैसा छ नि तिमीसँग ?  मलाई पनि सापटी देऊ न बरु ।’

आदिसको प्रश्नले फेरि सबै गलल्ल हाँस्छन् । जर्मनीका पुलिस एड्भाइजर हान्स प्रतिप्रश्न गर्छन्- ‘कतै बाहिर तिम्रो डिंका बोइफ्रेण्ड त छैन ?’ पुनः हाँसो गुन्जिन्छ । सानीकेटीलाई सबै उल्लीबिल्ली पार्छन् उसको सवालजवाफलाई डिउटी छोट्टयाउने उपाय र हल्का मजाक बनाउँछन् । सानीकेटी रुनु न हाँस्नु हुन्छिन् । लाजले हतासिएको स्वरमा जवाफ फर्काउँछिन्- ‘नपत्याएको ! साँच्ची हो म १९ वर्षको भइसकें ।  मलाई कृपया बजारसम्म जान दिनुस् । बरु म आधा घण्टामै फर्कौंला ।’

पुलिस एड्भाजरहरूको त्यस सिफ्टका अफिसरहरूबाट मिश्रित स्वरमा जवाफ आउँछ- ‘चाहिने नचाहिने गफ नगर । हामीलाई आफ्नो काम गर्न देऊ । बरु जाऊ अरु बच्चाहरूसँग क्याम्पभित्रै खेल ।’ सानीकेटीको केही लाग्दैन, कसैले पत्याउदैनन् उनको झुटलाई । थोरै पनि भाउ दिएनन्, पटक्कै पत्याएनन् पुलिस एड्भाइजरहरूको टोलीले ।

नेपाल प्रहरीका पुलिस एड्भाजर सई लोकराज भट्ट सानीकेटीलाई सम्झाउँदै भन्छन्- ‘तिमीलाई १८ वर्ष नपुगुन्जेल बाहिर पठाउने अधिकार हामीलाई छैन । यदि तिमीलाई जानै पर्ने हो भने आफ्नो अभिभावक लिएर आऊ अनि जान दिउँला ।’ सानिकेटी  सई लोकराजसँग जिद्दी गर्छिन्- ‘हैन म एक्लै जान सक्छु ।’ उनीहरूको संवाद भइरहँदा बोस्नियाका पुलिस एडभाइजर आदिस कुर्सीबाट जुरुक्क उठ्छन् र हातलाई माथि उज्याएर पिटुला झैं गरी ठूलो स्वरमा जङ्गिदै त्यो सानीकेटीलाई हप्काउँछन्- ‘कस्ती केटी रैछे । यत्रो भन्दा पनि नलाग्ने ।’ आदिसले त्यति मात्र के भनेका थिए केटी हतास हुन्छिन् र आत्तिंदै बेतोडसँग भाग्छिन् । त्यहाँ क्याम्पका केटाकेटीको एउटा समान व्यवहार प्रस्तुत हुन जान्छ । उनीहरु कसैले हप्काउँदा वा तर्साउँदा असाध्यै चाँडै भाग्ने गर्छन् । दौडिएपछि ज्यान जोगाउन भागेको जस्तो, नरोक्किकन दौडिरहने यस्तै । सायद यो लामो द्वन्दले सिकाएको जीवन जोगाउने उत्तम उपाय होला । सानीकेटी बेतोडसँग दौडेको देखेर फेरि सबै हाँस्छन् ।

केही घण्टापछि सानीकेटी यताउति हेर्दै डराउँदै फेरि झुल्किन्छिन् गेटमा । पुलिस एड्भाइजरहरूको सिफ्ट डिउटी अदलीबदलीको बेला भएको हुन्छ, खानाको समयमा डिउटी फेरबदल मिलाइएको हुन्छ । क्याम्पको गेटमा केबल केन्याका पुलिस एड्भाइजर एम्ब्रुज होंगो मात्र हुन्छन् । सानीकेटीले सोही मौका छोपेर डराई-डराई, साहस जुटाउँदै, सानो स्वरमा एम्ब्रुज नजिक गएर विनम्र अनुरोध गर्छिन्- ‘ल भैगो म बजार जान्न, १० मिनेटका लागि गेट बाहिरसम्म जान दिनुस् ।’ एम्ब्रुज नसुने झैं गर्छन् र केही प्रतिक्रिया जनाउँदैनन् । उनी सानीकेटीतर्फ फर्कंदासम्म पनि फर्किंदैनन् । सानीकेटी अलमल्ल पर्छिन् । निहुरिएर भुईतर्फ हेर्दै नाङ्गा खुट्टाका औंलाहरू खुम्च्याउँदै माटो चलाउँछिन् र अकमक्क पर्दै पाका एमब्रुज समक्ष केही आशाका साथ आँखैआँखाले पुन: अनुरोध गर्छिन् ।

विभिन्न राष्ट्रका पुलिस एड्भाइजरमध्ये एमब्रुज पाका, अनुभवी र भलाद्मी छन् । उनी केन्यामा पुलिस इन्सपेक्टरको पदमा सेवारत रहँदा संयुक्त राष्ट्र संघको पुलिस एड्भाइजरको रूपमा साउथ सुडान आएका हुन् । उनी आएको दुई वर्ष पूरा भइसकेको छ । उनी बोर पीओसी क्याम्प आउनुपूर्व एक वर्ष राजधानी जुवाको पीओसी क्याम्पमा कार्यरत थिए ।

पीओसी क्याम्पमा पुलिस एडभाइजरहरूको नियमित आउजाउका कारण विस्थापितहरु पुलिस एडभाइजरहरूसँग नजिकिएका हुन्छन् । विस्थापितहरूलाई कुन देशको पुलिस एड्भाइजरको कस्तो स्वभाव छ, रिसाहा, नम्र, दयालु, सहयोगी, संयमी त्यो सबै थाहा हुन्छ । एम्ब्रुजको स्वभावबारे केही थाहा पाएरै होला सानीकेटीले एम्ब्रुज समक्ष गेट बाहिर जानका निम्ति पुन: अनुरोध गर्ने आँट गरिन् । अर्को कारण चाहिं एम्ब्रुज अफ्रिकी मूलको भएर पनि होला, सानीकेटीले एम्ब्रुज समक्ष बिन्ती गरेको । द्वन्द्वरत अफ्रिकी मुलुकहरूमा एउटा प्रचलित भनाइ छ- ‘अफ्रिकन सलुसन टु दी अफ्रिकन प्रब्लम’ अर्थात् अफ्रिकी समस्याको अफ्रिकी समाधान ।

बिहानको साढे ११ भइसकेको हुन्छ । सानीकेटीको बाहिर जाने आश अझै मरेको छैन । यसैबीच गर्मीमा एक छिन सुस्ताएर एम्ब्रुज आफ्नो ठूलो मोटो जीउ तन्काउँछन् र सानीकेटीलाई नियाल्छन् । सानीकेटी पनि उनलाई हेर्छिन् । एमब्रुजको प्रतिक्रियाविहीन हेराइ अनि सानीकेटीको आशायुक्त हेराइको साटासाट पछि एम्ब्रुज पग्लन्छिन् । ठूलो धोद्रो स्वरमा एम्ब्रुज सोध्छन्- ‘के नाम रे तिम्रो ?’ सानीकेटी मसिनो स्वरले उत्तर दिन्छिन्- ‘ग्रेस’ । एम्ब्रुज थप्छन्- ‘ल ल ग्रेस गेटको बाहिर नजिकसम्म मात्र जान दिन्छु तर पाँच मिनेटका लागि मात्र । अब आइन्दा कहिल्यै नआउनु मलाई फकाउन, भगाएर लैजान्छ डिंकाले जंगलतिर अनि चाल पाउँछ्यौ ।’

एम्ब्रुज बिस्तारै उठछन् र नजिकैको गेटको चुकुल खोलिदिन्छन् । सानीकेटी फुरुङ्ग हुन्छिन् । दुवै नाङ्गा खुट्टा बुरुक्क उचालेर उफ्रिंदै थ्याङ्क्यु, थ्याङ्क्यु, भन्छिन् । अनि आफ्नै न्युर भाषामा अरु पनि के-के भट्याउँछिन् । फ्रक हल्लाउँदै गेट बाहिरतिर छिटो-छिटो लम्किन्छे । एम्ब्रुज बढ्दै गरेको गर्मीलाई छल्न ठूला फलामे गेटको पिलरको आड लिई गेट र पिलरको चेपबाट सानीकेटीको क्रियाकलापलाई एकनासले नियालिरहेका हुन्छन् ।

बाहिर निस्किने बित्तिकै सानीकेटी चङ्गा हुन्छिन् । उनी फनक्क नाचेर स्कर्ट फरर घुमाउँछिन् अनि बोर बजार जाने बाटोको जिज्ञासा साथ नियाल्छिन् । गेट वरिपरि रहेका बोडा-बोडा (भाँडाका मोटरसाइकल) लाई देखेर दङ्ग हुन्छिन्, बोर बजारबाट बेच्न ल्याइएका खेलौनाहरू देखेर खुसी हुन्छिन् भने फरक अनुहारहरूलाई देखेर कौतुहल पनि भइरहन्छिन् । क्याम्प बाहिर मात्र १० मिटरमा रहेको सामान्य दृश्य र वातावरणमा सानीकेटी पूरै हराउँछिन् । हाँस्दै मुस्कुराउँदै फेरि फनक्क नाच्छिन् । तर पाप्रा नजमेका युद्धका घाउहरू सम्झेर मलिन हुन्छिन् र आकाशतिर हेर्छिन् ।

गर्मीले अनि भोकले लोलाएका आँखाहरूले गेटभित्रैबाट सानीकेटीको गतिविधिलाई नियालिरहेका एम्ब्रुज उनको मनोदशा महसुस गरिरहेका हुन्छन् । उसको खुशीमा फिस्स हाँस्छन् र सानो स्वरले बर्बराँउछन्- ‘ओ माईटी लर्ड, हेल्प देम’ अर्थात् हे भगवान् यिनीहरूलाई मद्दत गर ।

चार वर्षको हुँदा पीओसी क्याम्प आएपछि सानीकेटी आफ्नी आमासँग आफन्त भेट्न एकचोटि राजधानी जुवाँ र मुस्किलले दुई-चार पटक बोर बजारसम्म गएकी हुन्छिन् । उनीसँग केही धुमिल सम्झनाहरू मात्र छन् गाउँको । बढ्दो उमेरका कारण मनमा अनायासै आउने तीव्र चाहनाले होला, सानीकेटी एउटा कुरामा आशावादी छिन् कि जातीय युद्ध सदाका लागि समाप्त हुनेछ र चाँडै सबै कुरा ठीक हुनेछ ।

देशभर रहेका लाखौं विस्थापितहरूसँगै उनी पनि आफ्नी आमासँग पीओसी क्याम्प छोडेर आफू जन्मिएको गाउँको घरमा फर्किनेछिन् । आशा गर्छिन् चाँडै गाउँकै स्कुल जान पाइनेछ, प्रत्येक आइतबार गाउँकै चर्च गएर प्रार्थना गर्नेछिन्, साथीहरूसँग खेल्नेछिन् । गाउँको सानो पसलमा रंगीचंगी मिठाई किनेर खानेछिन् र यस्तै थुप्रै अरु प्रिय कार्यहरु गर्नेछिन् । जुन सानातिना जस्ता लाग्छन् तर ती उन्मुक्तिपूर्ण अजेय छन् । क्याम्प बाहिर सबैथोक प्रिय छ, थप केही आवश्यक छैन ।

एमब्रुज सानीकेटी ग्रेसको क्रियाकलाप हेर्दै उनको मनोदशालाई महसुस गर्दै दबेको स्वरले बर्बराउँछन्- ‘हो तिम्रा लागि यो प्रिय परिस्थिति चाँडै आउँछ अनि तिमी क्याम्प बाहिर आफ्नो गाउँमा सधैंका लागि जानेछ्‌यौ, ‘यु विल सुन गो आउट साइड फर फ्रिडम’ ।



from Online Khabar https://ift.tt/6y3prxt

विराटनगरको रथयात्रा समापन, शंकास्पद गतिविधि गरेको आरोपमा १४३ जना पक्राउ

१२ भदाै, विराटनगर । मोरङको विराटनगरमा निकालिएकाे राधाकृष्ण रथयात्रा समापन भएको छ । विराटनगर महानगरपालिका–१ स्थित राधाकृष्ण मन्दिर परिसरबाट गएराति सुरु भएको राधाकृष्णको युगल जोडीसहितको रथ यात्रा बजार क्षेत्रको करिब ८ किलोमिटर यात्रा तय गरी पुन: मन्दिरमा पुगेर समापन भएको हो ।

प्रत्येक वर्ष श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट निकालिने रथयात्रामा तीन लाख बढी भक्तजन सहभागी भएको आयोजकले बताएको छ । राधाकृष्ण मन्दिर परिसरबाट निकालिने रथयात्रा तीनपैनबाट मेनरोड हुँदै जलजला चोक, ट्राफिक चोकदेखि रोडशेष चोक, महेन्द्र चोक, भृकुटी चोक र बरगाछी हुँदै पुनः मन्दिर परिसरमा पुगेकाे थियाे ।

रथयात्राका क्रममा चोरी र पकेटमारीमा संलग्न तथा शंकास्पद गतिविधि गरेको आरोपमा १ सय ४३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी नियन्त्रणमा रहेकामध्ये १० जना महिला छन् ।

मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीले उच्छृङ्खल र शंकास्पद गतिविधि तथा चोरी र पकेटमारीमा संलग्नहरुलाई अनुसन्धानको दायरामा ल्याइएको जानकारी दिए ।

विराटनगरमा राधाकृष्णको रथयात्रा विक्रम संवत १९८८ देखि ‘खट’ यात्राबाट प्रारम्भ भएको थियो । २०२५ सालबाट खटसँगै रथयात्रा निकाल्न थालिएको हो । खट यात्राको ९३ औं र रथको ५६ औं संस्करण हो ।

विराटनगरको रथयात्रालाई दक्षिण एसियाको दोस्रो ठूलो रथयात्रा भएको दाबी गरिन्छ ।



from Online Khabar https://ift.tt/Tsj3J2C

Monday, August 26, 2024

एकीकृत समाजवादीको पदाधिकारी र पोलिटब्युरो चयनका लागि आज निर्वाचन

११ भदौ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका पदाधिकारी र पोलिटब्युरो सदस्यका लागि आज निर्वाचन हुँदै छ ।

सहमतिको प्रयास सफल नभएपछि सोमबारको केन्द्रीय समिति बैठकले निर्वाचनको माध्यमबाट पदाधिकारी तथा पोलिटब्युरो सदस्य छनौट गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार पार्टीको निर्वाचन आयोगले निर्वाचन प्रक्रिया अघि बढाएको हो ।

मंगलबार बिहानदेखि उम्मेदवारी दर्ता, दाबी विरोध, उम्मेदवारी फिर्ता र अन्तिम नामावली प्रकाशनलगायत कार्यक्रम हुने छ । त्यसपछि दिउँसो २ बजेदेखि मतदान सुरु हुने निर्वाचन आयोगका अध्यक्ष माधव पौडेलद्वारा जारी तालिकामा उल्लेख छ ।

एकीकृत समाजवादीमा १८ सदस्यीय पदाधिकारीको व्यवस्था छ । तर, हाल अध्यक्ष, सम्मानित नेता र महासचिव गरी तीन पदाधिकारी मात्र छन् ।

आजको निर्वाचनबाट वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, उपमहासचिव, सचिव र कोषाध्यक्ष पनि चयन हुनेछन् । यसैगरी ८४ सदस्यीय पोलिटब्युरो पनि निर्वाचनबाट चयन गरिने छ ।

एकीकृत समाजवादीमा ३४४ सदस्यीय केन्द्रीय कमिटीको व्यवस्था छ । केन्द्रीय कमिटी सदस्यहरुले पदाधिकारी र पोलिटब्युरो चयन गर्ने छन् ।



from Online Khabar https://ift.tt/dfPuU4L

पाल्पाको ऐतिहासिक भगवती जात्रा आज, पर्यटन सर्किट बनाउने मुख्यमन्त्रीको संकल्प

११ भदौ, पाल्पा । पाल्पाको ऐतिहासिक रणउजीरेश्वरी भगवती रथ जात्रा आज निकालिँदै छ ।

यस वर्षको रथ जात्रामा राष्ट्रपति रामचन्द्र पौडेलकोसमेत उपस्थिति हुने छ । जात्राको अवसरमा लुम्बिनी प्रदेश सरकारले पाल्पामा सार्वजनिक बिदासमेत दिएको छ ।

कर्णेल उजिर सिंह थापा नेतृत्वको नेपाली फौजले अंग्रेज सेनालाई युद्धमा पराजित गरेको खुसीयालीमा हरेक वर्ष कृष्ण जन्माष्टमीको भोलिपल्ट तानसेनस्थित ऐतिहासिक रणउजीरेश्वरी भगवती मन्दिरबाट धुमधामका साथ विजयोत्सव स्वरुप रणउजीरेश्वरी भगवतीको रथ जात्रा निकाल्ने प्रचलन छ ।

तत्कालीन कर्णेल थापाले युद्धमा जानुअघि भगवतीको आराधना र भाकल गरी विजय प्राप्त गरेको विश्वास स्वरूप त्यसैको खुसीयालीमा भगवतीको रथलाई विक्रम संवत् १८७७ देखि बजार परिक्रमा गराउन सुरु गरिएको थियो ।

युद्धमा विजयपश्चात् १८७२ मा निर्माण थालनी गरी १८७६ सालमा तीन तले मन्दिर पूरा गरेको र त्ययसता प्रत्येक वर्ष विजयी उत्सवका रुपमा रथ यात्रा निकाल्न थालिएको थियो ।

कर्णेल थापा नेतृत्वको फौजले १८७२ वैशाख ७ गते जीतगढीमा अंग्रेज सेनालाई पराजित गरेका थिए ।

यसैबीच लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जात्राको अवसरमा शुभकामना सन्देश दिँदै प्रदेशको समग्र विकासका लागि ऐतिहासिक धरोहर तथा परम्परालाई सन्तुलित र समुचित विकासको लागि जोड्दै पर्यटन सर्किट बनाउने योजना रहेको बताएका छन् ।

प्रदेशभित्रका १२ जिल्ला हिमाल, पहाड र तराई जोड्ने गरी पर्यटन सर्किटको विकास गर्ने सरकारले तयारी गरेको बताएका हुन् ।



from Online Khabar https://ift.tt/QKOcBs0

Sunday, August 25, 2024

मुग्लिन–आँबुखैरेनी सडक आज साढे ३ घण्टा बन्द

१० भदौ, गोरखा । मुग्लिन–आँबुखैरेनी सडकखण्ड आज बिहान साढे ६ बजेदेखि साढे तीन घण्टाका लागि बन्द गरिएको छ ।

मर्स्याङ्दी नदीमा दुर्घटना भएको भारतीय नम्बरको बस निकाल्ने काम गर्नुपर्ने भएकाले आज बिहान साढे ६ बजेदेखि बिहान १० बजेसम्म सडक पूर्णरुपमा बन्द हुने जिल्ला प्रशासन कार्यालय तनहुँले जनाएको छ ।

भदौ ७ गते बिहान पोखराबाट भारतीय पर्यटकहरुलाई लिएर काठमाडौं आउँदै गरेको बस आँबुखैरेनी गाउँपालिका वडा नम्बर २ ऐनापहरा भन्ने स्थानबाट मर्स्याङ्दी नदीमा खस्दा २७ जनाको मृत्यु भएको थियो भने १६ जना घाइते भएका थिए ।

शव संकलन गरी भारत पठाइसकिए पनि बस भने निकाल्न सकिएको छैन । आज ठूला मेसिन उपकरणहरु प्रयोग गरी बस निकालिने भएकाले मुग्लिन–आँबुखैरेनी सडकखण्ड आज बिहान साढे ६ बजेदेखि साढे तीन घण्टाका लागि पूर्णरुपमा बन्द गरिने जिल्ला प्रशासन कार्यालय तनहुँका प्रशासकीय अधिकृत मैता बहादुर गुरुङले जारी गरेको सूचनामा उल्लेख छ ।

यसैबीच सडक बन्द भएको यही मौकामा मुग्लिन–आँबुखैरेनी सडकखण्डमा पर्ने भित्तोका जोखिमपूर्ण चट्टानहरु काटेर फ्याँक्ने काम पनि हुने सडक डिभिजन कार्यालय दमौलीका प्रमुख पशुपति ज्ञवालीले जानकारी दिए ।  हाल मुग्लिन–आँबुखैरेनी सडकखण्ड बिस्तार र पहिरो नियन्त्रणको काम भइरहेको छ ।



from Online Khabar https://ift.tt/lqMT6aK

29 अगस्त को आएगा रियलमी का धुरंधर फोन, मिलेंगी ऐसी खासियत जो नहीं किसी और में

फोन पर गेम खेलना पसंद करने वाले यूज़र्स को हमेशा कोई ऐसा फोन चाहिए होता है जो बार-बार हीट न हो. ऐसे में मददगार साबित हो सकता है रियलमी का नया फोन. जानिए फोन के बारे में सबकुछ...

from मोबाइल-टेक News in Hindi, मोबाइल-टेक Latest News, मोबाइल-टेक News https://ift.tt/SpyRA23

मादुएकेको ह्याट्रिकमा चेल्सीको सानदार जित

९ भदौ, काठमाडौं । नोनी मादुएकेले ह्याट्रिक गरेपछि चेल्सीले प्रिमियर लिगमा आइतबार वल्भ्सलाई ६-२ ले पराजित गरेको छ ।

नयाँ सिजन चेल्सीको यो पहिलो जित हो । चेल्सीलाई सानदार जित दिलाउन मादुएकेले दोस्रो हाफमा ह्याट्रिक गरेका थिए । उनले खेलको ४९औं, ५८औं र ६३औं मिनेटमा गोल गरे ।

त्यसअघि खेलको दोस्रो मिनेटमै निकोलस ज्याक्सले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । माथेउस कुन्हाले २७औं मिनेटमा वल्भ्सका लागि बराबरी गोल गरेका थिए ।

कोल पाल्मरले ४५औं मिनेटमा गोल गर्दै चेल्सीलाई २-१ को अग्रता दिलाए । वल्भसका जे स्ट्रान्ड लार्सनले पहिलो हाफको इन्जुरी टाइममा गोल गर्दै खेल २-२ को स्थितीमा पुर्‍याए ।

दोस्रो हाफमा मादुएकेले ह्याट्रिक गरेपछि चेल्सीले ५-२ को अग्रता बनायो । चेल्सीका लागि जाआओ फेलिक्सले ८०औं मिनेटमा अर्को गोल थपे ।

पहिलो जितपछि दुई खेलबाट ३ अंक जोडेको चेल्सी सातौं स्थानमा उक्लेको छ । दोस्रो हार व्होरेको वल्भ्स अंकविहीन छ ।



from Online Khabar https://ift.tt/iWLtnkd

Saturday, August 24, 2024

कांग्रेस सभापति देउवाको धनगढी निवास अगाडि शंकास्पद वस्तु फेला

९ भदौ, कैलाली । धनगढीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवास अगाडि शंकास्पद वस्तु फेला परेकाे छ ।

धनगढी उपमहानगरपालिका-४ कर्मचारी सञ्चय काेष नजिकै रहेकाे देउवा निवास अगाडि शनिबार राति शंकास्पद वस्तु फेला परेकाे प्रहरीले जनाएको छ ।

कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) पदमबहादुर विष्टले एउटा पुरानाे झाेलामा तार बेरिएकाे अवस्थामा शंकास्पद वस्तु भेटिएको बताए ।

उक्त वस्तु के हाे भन्ने कुरा नखुलेको र नेपाली सेनाकाे डिस्पोजल टाेलीलाई बाेलाइएको प्रहरीले जनाएको छ ।



from Online Khabar https://ift.tt/WInYyKv

Friday, August 23, 2024

तनहुँ बस दुर्घटना : मृतक सबैको शव परीक्षण चितवनमा हुने

८ भदौ, दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका-२ ऐनापहरास्थित मर्स्याङ्दी नदीमा शुक्रबार भएको बस दुर्घटनाका मृतकको शव परीक्षण चितवनमा हुने भएको छ ।

पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेट युपी ५३ एफटी ७६२३ नम्बरको बस मर्स्याङ्गी नदीमा खस्दा २७ जनाको मृत्यु भएको थियो । त्यसमध्ये २६ जनाको आँबुखैरेनी र एक जनाको चितवनमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

आँबुखैरेनी अस्पतालमा मृत्यु भएका २६ जनाको शव शुक्रबार राति चितवन पठाइएको प्रहरी नायब उपरीक्षक दीपक रायले जानकारी दिए ।

दुर्घटनामा १६ जना घाइते भएको र उनीहरुलाई शुक्रबार नै हेलिकप्टरमार्फत काठमाडौँ पठाइएको थियो । उनीहरुको त्रिभुवन शिक्षण अस्पतालमा उपचार भइरहेको प्रनाउ रायले बताउनुभयो । मृतक र घाइते सबै भारतको महाराष्ट्र प्रदेश जलगाउँ जिल्लाका रहेको प्रहरीले जनाएको छ ।

दुर्घटना लगत्तै इलाका प्रहरी कार्यालय आँबुखैरेनीबाट प्रहरी निरीक्षक शिव थापाको नेतृत्वमा दश जना र जिल्ला प्रहरी कार्यालय तनहुँबाट प्रहरी उपरिक्षक वीरेन्द्रबहादुर शाहीको नेतृत्वमा ५१ जना, सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन गण कुरिनटारबाट प्रहरी नायब उपरीक्षक विजय हमालको नेतृत्वमा ३५, नेपाली सेनाको कालीभञ्जन गण (इ) बाट सेनाको टोली उद्धारमा जुटेको थियो ।



from Online Khabar https://ift.tt/AqWj92m

मनसुनी वायुको प्रभाव कायमै, केही ठाउँमा भारी वर्षा हुने

८ भदौ, काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानमा र पूर्वतिर सरदर स्थानको केही उत्तरतर्फ अवस्थित छ ।

विभागका अनुसार हाल देशभर आंशिकदेखि साधारणतया बदली छ । बागमती प्रदेशका केही स्थान, मधेस प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने विभागको अनुमान छ । सबै प्रदेशका केही स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।

आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

आगामी २४ घण्टामा सबै प्रदेशका केही स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । विभागले केही स्थानमा भारी वर्षाको पनि सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू-क्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यसबाट ती क्षेत्रहरूमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।



from Online Khabar https://ift.tt/DS1A87t

Thursday, August 22, 2024

सतीदेवीको सात प्रसंग : साधुले राखिदियो नाम, छोरीले खोजिन् हिरोइन

रंग पत्रकारिता हुँदै सिनेमा निर्देशनमा लागेका छन्, लक्ष्मण सुवेदी । उनैले निर्देशन गरेको फिल्म ‘सतीदेवी’ अहिले हलमा लागिरहेको छ । यसै सन्दर्भमा उनले सतीदेवी निर्माणका सात सन्दर्भ अनलाइनखबरसँग साझेदार गरेका छन् ।

साधुले राखिदिएको नाम

यो फिल्मको नाम सतीदेवी छ । यहाँ सतीदेवी नभएर अरू नै भए पनि फरक पर्नेवाला थिएन । यद्यपि नारीप्रधान नाम चाहिं चाहिएको थियो । कतिले यसलाई ‘सतीप्रथा’को कथा पो हो कि ! भनेर सोध्ने गर्छन् । तर, त्यसो होइन ।

आजभन्दा १५–१६ वर्ष अगाडिको कुरा हुनुपर्छ । त्यो मेरो संघर्षको बेला थियो । जागिरको खोजी, भौंतारिरहेको अवस्था । एकदिन न्यूरोड गइरहेको थिएँ । महांकाल मन्दिरको अगाडि एउटा साधु जस्तोले बोलायो— ‘हे पुत्र !’

‘क्या है ?’ मैले ठाडै सोधें ।

उसले ‘बैठो इधर’ भनी मलाई नजिकै बोलायो । हात देखाउन लगायो र हिन्दीमा भन्यो– ‘तूँ सतीदेवीकै पुत्र है, तुमको सौभाग्य प्राप्त है, लेकिन जीवन मे संघर्ष भी उतना ही ज्यादा है !’

मैले आफूसँग भएको १५–२० रुपैयाँ उसलाई दिएर हिंडें ।

मेरो आमाबुवा हुनुहुन्न । कहिलेकाहीं दुःख, अभाव हुँदा मलाई त्यो साधुले भनेको कुरा याद आइरहन्थ्यो । यसपालि फिल्मको कथा लेखिरहँदा मेरो मनमा ‘नाम के राख्ने’ भन्ने कुरा पनि खेलिरहन्थ्यो । यसै क्रममा कताकताबाट ‘सतीदेवी’ भन्ने नाम याद आयो । अनि फिल्मको नाम यही राखें ।

छोरी नै छोरी

रमाइलो कुरा, म स्वयम् छोरीको बुवा । दुई जना छोरी छन् । अस्ति एक जना साथी भेटेको थिएँ, उनको ९ जना छोरी रहेछन् । म यसअघि नयाँबानेश्वरमा डेरा बस्थें । मेरो घरबेटीका पाँच जना छोरी नै छोरी थिए । अहिले म जुन ठाउँमा बस्छु त्यहाँको सात–आठ वटा घरमा दुई–दुई छोरी छन् ।

यसमध्ये कतिले छोराको आशामा छोरी जन्माए होलान् । मेरो फिल्मको कथा यस्तै दम्पतीको हो, जसको कोखबाट छोरी नै छोरी जन्मिएका छन् । बानेश्वर डेरा बस्दाको घटनाबाट प्रेरित कथा हो, यो ।

जतिसुकै उपदेश छाँटे पनि, जतिसुकै शिक्षाको कुरा गरे पनि हाम्रो समाजमा छोरीलाई त्यसरी नै हेरिंदैन, जसरी छोरालाई हेरिन्छ । कुनै न कुनै तहमा विभेदको अवशेष छन् ।

आमाको रहर, छोरीको कहर

हामी परिवारमा चार दाजुभाइ, दुई दिदीबहिनी । हाम्रो दाजुभाइ र दिदीहरूबाट छोरी जन्मिएनन् । तर, परिवारमा छोरी जन्मिएन भने एक किसिमको खिन्नता महसुस हुनेरहेछ । सायद हाम्री आमालाई यस्तै भएको हुँदो हो ।

आमा, जसले मलाई फिल्म हेर्नका लागि लुकाई–लुकाई पैसा दिने । हामी आमा–छोरा नै फिल्म भनेपछि हुरुक्कै हुने । हामीले राजेश हमालको फिल्म त कति हे¥यौं, कति ! एउटै फिल्म ११ पटकसम्म हेरेका छौं !

घर सुर्खेत । आमासँग बजार जाँदा उहाँलाई छोरीको लुगाफाटोले लोभ्याउने । साना, चिटिक्क परेका जामा देखेपछि आमा भन्नुहुन्थ्यो, ‘मेरो नातिनी भएको भए यस्तो लुगा कति सुहाउँथ्यो होला !’

मेरो छोरी जन्मिइन् । तर, आमाले नातिनीको मुख हेर्न पाउनुभएन । नातिनी जन्मनु केही साताअघि नै उहाँको निधन भयो । आमा हुनुहुँदो हो त म भन्थें होला, ‘आमा हजुरको नातिनीलाई यो लुगा सुहायो !’

संभवतः आमाले मलाई फिल्मप्रति त्यस्तो रुचि नजगाइदिएको भए म यस क्षेत्रमा आउने थिइनँ होला । फिल्म बनाउने थिइनँ होला । थाहा छैन, सतीदेवी बन्ने थियो वा थिएन !

स्क्रिप्ट लेख्दा र छायांकनमा रोएँ

सतीदेवीको कथा धेरै अगाडिदेखि दिमागमा बोकेको थिएँ । आफूले देखेको, भोगेको कथा भएर पनि होला, यसले मलाई भित्रैबाट हल्लाइदियो । स्क्रिप्ट लेख्दै गर्दा मलाई कतिपय प्रसंगले रुवायो ।

अरूले कसरी स्क्रिप्ट लेख्छन्, थाहा छैन । म चाहिं अबको एक महिना वा पन्ध्र दिन स्क्रिप्टमा लाग्छु भनेपछि अरू सबै कुरा बन्द गरेर त्यसैमा तल्लीन हुन्छु । यति तल्लीन हुन्छु कि, अरू कुनै कुरामा मलाई परवाह हुँदैन । म दिनमा तीन घण्टा सरासर स्क्रिप्ट लेख्छु । बाँकी समय त्यो कथा, प्रसंग, पात्र, संवाद, परिवेशबारे घोत्लिन्छु । सपनामा पनि कहिलेकाहीं त्यही कथा घुमिरहेको हुन्छ । यसरी स्क्रिप्ट लेख्ने क्रममा सतिदेवीले मलाई धेरै पटक रुवाएको छ । पछि वर्कशपमा पनि म निकै भावुक भएँ ।

हामीले यो फिल्मको ८५ प्रतिशत छायांकन स्याङ्जामा गरेका थियौं । त्यहाँ छायांकन गरिरहँदा कति दृश्य यस्तो थियो, जहाँ हामी आफ्नो आँशु लुकाउन सक्दैनथ्यौं । म प्रायः कालो चश्मा लगाएर आफ्नो आँशु लुकाउने कोसिस गर्थें । म मात्र होइन; कलाकार, सिनेम्याटोग्राफर सबैको आँखा रसाएको हुन्थ्यो ।

छोरी अभिशाप होइनन्

मलाई विश्वास छ, यो फिल्म हेरिसकेपछि धेरैले छोरीप्रति हेर्ने दृष्टिकोण बदल्नेछन् । शिक्षित, सम्भ्रान्त, शहरियाहरूमा पनि छोराप्रति आसक्ति छ र उनीहरूलाई छोरीभन्दा छोरा नै होस् भन्ने भित्री चाह हुन्छ । त्यही कारण त समाजमा भनाइ नै छ— छोरा जन्मिए खसी, छोरी जन्मिए फर्सी । कन्या भ्रूण हत्या यही मनोविज्ञानको उपज हो । तराईमा मात्र होइन, अन्यत्र पनि कन्या भ्रूण हत्या नहोला भन्न सकिंदैन ।

छोरी जन्मिएका कारण कति आमाहरू अपहेलित भएका छन् । छोरा जन्माउनैपर्ने दबावको कारण उनीहरू घरबार त्याग्न मात्र होइन, आफैंलाई मार्न पनि बाध्य भएका छन् । यो समाज छोरीप्रति कति अनुदार छ भन्ने कुरा यो फिल्मले देखाउँछ । र, छोरी मात्र जन्मिएकोमा दुःख मान्नेहरूलाई त्यो खिन्नता हटाउनेछ ।

छोरीले छानिन् हिरोइन

फिल्ममा यस्तो परिवारको कथा छ, जसको पाँच जना छोरी नै छोरी छन् । उनीहरूले छोराको चाहमा छोरा जन्माउँछन् ।

यसमा मलाई ५ जना यस्तो छोरीहरू चाहिएको थियो, जसको उमेर र आवरण पनि क्रमबद्ध मिलेको होस् । एउटै बुवाआमाको छोरी जस्तै । उमेर पनि डेढ, दुई वर्ष अन्तरालको । अरूभन्दा पनि मलाई मुख्य भूमिकामा कसलाई खेलाउने भन्ने चिन्ता थियो । किनभने फिल्मको सम्पूर्ण कथा उनैले बोक्नुपर्ने हुन्थ्यो ।

मैले उक्त मुख्य पात्रको उमेर १८–१९ को राखेको छु । म यस्तो चरित्रको खोजीमा प्रायः टिकटक हेरिरहेको हुन्थें । यसमा मैले नन एक्टर पनि लिन त सक्थें, तर अलि चुनौती हुनसक्थ्यो । त्यसैले छोरीलाई भने, ‘मलाई यस्तो खालको हिरोइन चाहिएको छ, को हुनसक्छ खोज है !’

एकदिन छोरीले सोधिन्, ‘तपाईंले हिरोइन पाइसक्नुभो ?’

मैले भने, ‘छैन’ । त्यसपछि उनले एउटा भिडियो देखाउँदै भनिन्, ‘फूलबुट्टे साडीकी मलिका महत लिनु न !’

मैले अफिस पुगेर उनको भिडियोहरू हेरें । उनको खास उमेर त २३ वर्ष रहेछ । तर, १८–१९ वर्षमा सुहाउने देखियो । त्यसपछि मैले उनैलाई सोचेर स्क्रिप्टको खाकालाई थप परिमार्जन गरें ।

मलिकाको इमान र मिहिनेत

मैले धेरै फिल्म बनाएको छैन । धेरै कलाकारसँग काम वा संगत पनि गरेको छैन । तर, मलाई के लाग्यो भने मलिका वास्तवमै कामप्रति लगाव राख्ने र आफ्नो चरित्रमा हदैसम्म डुबेर अभिनय गर्ने कलाकार रहिछन् ।

प्रायः शान्त रहने, सौम्य र सुशील स्वभावको उनी नखरा पार्ने खालको थिइनन् । छायांकनको बेला पनि स्क्रिप्ट हेरेर बसिरहेकी हुन्थिन् । आफ्नो दृश्य र संवाद हेरिरहेकी हुन्थिन् । आफ्नो चरित्रलाई न्याय गर्नुपर्छ भन्ने उनलाई लाग्थ्यो र त्यही अनुरूप मिहिनेत गर्थिन् ।

समय पालक, भलाद्मी र चरित्रमा डुब्न सक्ने उनी मैले खोजे जस्तै पात्र थिइन् । त्यही कारण मलाई सतीदेवीको रूपमा मलिका सही छनोट लाग्यो । यसको मूल कथा उनैले डोहो¥याउँछिन् । यसमा उनले आफ्नो सम्पूर्ण सामथ्र्य लगाएकी छिन् ।



from Online Khabar https://ift.tt/zGpo3kK

हुलाकी सडकले मनिकापुरका बस्तीमा डुबान, पानी सुक्ने प्रतिक्षामा सडकमै बास

७ भदौ, धनगढी । कैलालीको कैलारी गाउँपालिका–३ को सुर्मी नालाका माहालु डगौरा बुधबार राति गहिरो निन्द्रामा थिए । बाहिर झमझम पानी परिरहेकाले मौसम पनि शीतल थियो, त्यसैले पनि होला डगौरा अरु दिनभन्दा चाँडो निदाइसकेका थिए ।

तर डगौराले राति करीब १२ बजेपछि मात्र घरभित्र बाढी पसेको कुरा थाहा पाए । हतारहतारमा उठेर घर भित्रको सके जतिको अन्नपात बाहिर निकाले । कति त भिजिसकेको थियो ।

सडकमा राखिएको ट्याक्टरमा अन्नपात निकालेर त्रिपालले छोपेर राखेपछि थोरै भए पनि जोगिएको छ । सुर्मी नालाबाट आएको बाढीका कारण घरको आधा भाग जति भत्किएको छ । तर डगौरा दम्पती भने कतिबेला घरभित्रको पानी सुक्ला र ओभानो लागौँला भन्ने प्रतिक्षामा सडकमै छन् ।

बिहीबार दिउँसो छोरीले आफ्नो घरबाट ल्याइदिएको भात सडकमै खाइरहेको अवस्थामा भेटिएका डगौराले बाढीका कारण बिचल्लीमा परेको सुनाए । ‘साँझदेखि पानी त परिरहेको थियो तर राति १२ बजेतिर बाढी बस्तीमा पस्यो । घरमा भएको अन्नपात सबै बगायो । बुढाबुढी दुवै जना लागेर थोरथोरै धान जोगायौँ,’ डगौराले भने, ‘अहिले सडकमै बसिरहेका छौँ । छोरीले आफ्नो घरबाट खाना पठाइदिइरहेकी छिन् र खान पाइरहेका छौं ।’ डगौराले अहिलेसम्म कुनै पनि निकायले राहत तथा अन्य सहयोग सामग्री नदिएको गुनासो समेत गरे ।

सुर्मी नाला टोलकै बेझु चौधरीको घर पनि बाढीका कारण भत्किएको छ । बुधबार राति आएकै बाढीले चौधरीको घर भत्काउँदा अन्नपात, लुगाफाटोसहित अन्य सरसामान त्यसैमा च्यापिएका छन् । तर चौधरीले केही सामान भने राति नै छेउमै रहेको अर्को टहरोमा सारिसकेका थिए ।

दुई वटा घर भएकाले उनी बाढीले घरबासविहीन त भएका छैनन् तर खानेकुरा र लुगाफाटो भने खासै बाँकी रहेन । ‘सुत्नै लागेका थियौँ राति साढे ११ बजेतिर बाढी एक्कासी बस्तीमा पसेको थाहा पाएपछि सरसामान सार्ने कोसिस गरेका थियौँ,’ चौधरीले भने, ‘तर क्षणभरमै बाढीले त्यो घर भत्काइदिएपछि गहुँ, लाही (तोरी), मसुरो, लसुन, छोराको साइकल, मोटरसाइकल सार्नै पाइएन । सबै बाढीले भत्काएको घरभित्र रह्यो ।’

बस्तीमा पसेको बाढीले घर भत्किएर क्षति हुँदा समेत स्थानीय जनप्रतिनिधि तथा प्रदेश सभा सदस्य कोही पनि भेट्न पुगेका छैनन् । वडाध्यक्ष भने भेट्न आएर राहत दिने आश्वासन दिएर फर्किए । छेउको घरभित्र पनि बाढी पसेकाले अहिले बस्न मिल्ने अवस्था छैन । त्यसैले उनी पनि सडक छेउमा त्रिपाल टाँगेर बसिरहेका छन् ।

कैलारी गाउँपालिका–५ मनिकापुरका बलिराम चौधरीको घर र काठ मिल पनि डुबानमा परेको छ । घरको पानी सुकिसकेका कारण फर्किएका चौधरीको छेउकै काठ मिलमा भने डुबान यथावत छ ।

चौधरीका भनाइमा मोनिकापुरमा मात्र ७० परिवारको घर डुबेका छन् । हुलाकी सडकखण्डका कारण पानी निकास नभएकाले यो वर्ष गाउँ नै डुबेको उनी बताउँछन् । त्यसैले सरकारले डु्बानको समस्याको दीर्घकालीन निराकरण गर्नुपर्ने चौधरीको सुझाव छ ।

‘मोनिकापुर यसरी कहिल्यै डुबेको थिएन । यसपालि हुलाकी सडकका कारण पानी निकास नभएपछि डुबेको हो,’ चौधरीले भने, ‘त्यसैले सरकारले राहतका नाममा एक बोतल पानी र चिउरा होइन । यो समस्याको दीर्घकालीन निकास दिनुपर्छ । हुलाकी सडकको ठाउँ–ठाउँमा कल्भर्ट हाल्नुपर्छ ।’

कैलारी गाउँपालिकाका अध्यक्ष रामसमझ चौधरीको निष्कर्ष पनि हुलाकी सडकका कारण पानीको बहाव थुनिएपछि बस्ती नै डुबानमा परेको भन्ने छ । चौधरीले पानीको उचित निकासको व्यवस्थासहित सडक निर्माण गर्न सम्बद्ध पक्षको ध्यानाकर्षण गराइने समेत बताए ।

उनका अनुसार मंगलबारदेखि परेको अविरल वर्षाका कारण पालिकाभर साढे चार सय घर डुबानमा परेका छन् । उनीहरुमध्ये धेरैजसो परिवार बाढीले विस्थापित भएर वडा कार्यालय, सामुदायिक भवन र आफन्तको घरमा ओत लागेका छन् ।

सबै वडाध्यक्षहरुलाई वडा नछाड्न निर्देशन दिइएको बताउने अध्यक्ष चौधरीले प्रत्येक वडामा सुरक्षित घर पहिचान गरेर प्रभावितको व्यवस्थापन गर्ने काम भइरहेको बताए ।

‘हामीले अहोरात्र खटिएर बाढीले प्रभावित भएकाहरुको सकुशल उद्धार गरेका छौँ । उनीहरुलाई सुरक्षित स्थानमा सारिएको छ,’ अध्यक्ष चौधरीले भने, ‘वडाध्यक्षहरुले स्थानीय स्तरमा उहाँहरुलाई तत्काल आवश्यक पर्ने राहत दिइरहनु भएको छ । थप राहतका लागि स्रोत जुटाइरहेका छौँ ।’

जिल्ला प्रशासन कार्यालय कैलालीका अनुसार मंगलबार रातिदेखिको वर्षाका कारण कैलालीमा १५ सयभन्दा बढी घर डुबानमा परेका छन् ।



from Online Khabar https://ift.tt/el20jIB

Wednesday, August 21, 2024

रेसुङ्गा पार्कमा बढ्यो पर्यटकको चहलपहल (तस्वीरहरू)

६ भदौ, गुल्मी । रेसुङ्गा क्षेत्रसँगै गर्जुरामा निर्माण भएको रेसुङ्गा पार्कमा चहलपहल बढेको छ ।

पछिल्लो समय रेसुङ्गामा जानेको संख्या वृद्धि भएसँगै पार्क घुम्न जानेहरुको संख्यामा पनि वृद्धि भएको हो ।

पार्कमा पुग्ने अवलोकनकर्ताको संख्यामा वृद्धि भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुराम पल्लीले जानकारी दिए ।

गत वर्षको फागुन महिनादेखि नगरपालिकाले ४ जना कर्मचारी खटाएर पार्क सञ्चालनमा ल्याएको थियो ।

पार्कभित्र भ्युटावर, पिङ, पिकनिक ट्रस, फोटोग्राफी जोन, बच्चाबच्चीको लागि प्ले जोन, पिकनिक स्पोर्ट, बीचबीचमा पैदल मार्ग (बाग्लुङबाट ल्याइएको ढुंगाबाट), शौचालय, टिकट काउन्टर, विभिन्न जनावरका आकृति देखिने फोहोर मैला फाल्ने डसबिन, पार्किङ्गलगायतका निर्माणको काम सकिएको छ । जसले गर्दा पार्क सुन्दर र मनोरम बनेको छ ।

रेसुङ्गा नगरपालिका वडानम्बर-९ बाट घुम्न पुगेकी साबित्रा सुनारले पार्क निकै रमाइलो लागे बताइन् । उनले पार्क बालकदेखि वृद्धसम्मले मनोरञ्जन लिने खालको रहेको बताइन् ।

यस्तै, रेसुङ्गा नगरपालिका वडानम्बर-३ बाट अवलोकनका लागि पुगेका धर्म पाण्डेले पनि रेसुङ्गाको काखमा रहेकोले पार्क अत्यन्तै रमणीय ठाउँ रहेको बताए ।

पार्कमा गत आर्थिक वर्ष २०८०/०८१ को ५ महिनाको अवधिमा १८ हजारले अवलोकन गरेका छन् । जसबाट ६ लाख ३२ हजार राजस्व संकलन भएको रेसुङ्गा नगरपालिकाले जनाएको छ ।

यस आर्थिक वर्षको साउन महिनामा ३ हजार १ सयले अवलोकन गरेका छन् । जसबाट एक लाख ५५ हजार राजस्व संकलन भइसकेको छ ।

पार्क सञ्चालन र संरक्षणको काम नगरपालिकाले गर्दै आएको पल्लीले बताए । पार्कसँगै जीप लाइन र साइकिलिंङ निर्माणको लागि प्रक्रिया अगाडि बढेको उनले बताए ।

जीप लाइन र साइक्लिङ निर्माणको काम सम्पन्न भएपछि निजी क्षेत्रमार्फत पार्क सञ्चालन गर्न दिइने पल्लीको भनाइ छ । नगरपालिकाले यस आर्थिक वर्षमा पार्कबाट २० लाख राजस्व संकलन गर्ने लक्ष्य लिएको छ ।

पार्क प्रवेश शुल्क विदेशी नागरिकको लागि १५० रुपैयाँ, नेपाली नागरिकको लागि ५० र ज्येष्ठ नागरिक साथै विद्यार्थीको लागि २५ रुपैयाँ तोकिएको छ ।

पार्कको ५ करोड ५९ लाख ५३ हजार ५०१ रुपैयाँको लागतमा निर्माण भएको हो । पार्क क्षेत्र ३.९६ हेक्टर क्षेत्रफलमा फैलिएको छ ।

जिल्ला सदरमुकाम तम्घासबाट करिब पाँच मिनेटको गाडीको यात्रापछि पार्कमा पुग्न सकिन्छ । त्यस स्थानसम्म पुग्ने मोटरबाटो समेत कालोपत्रे भएको छ ।

तम्घास आउने पर्यटकलाई रेसुङ्गासम्म जाने क्रममा बीचमा थप आकर्षक बढाउनको लागि रेसुङ्गा पार्क बनाइएको हो ।

रेसुङ्गा नगरपालिकाले ‘जाउ हिँड रेसुङ्गा’ अभियान पनि चलाएको छ । सोही अभियानकै कारणले रेसुङ्गन र पार्क घुम्न जानेको संख्यामा वृद्धि हुँदै आएको छ ।

       



from Online Khabar https://ift.tt/NB1vAnd

Tuesday, August 20, 2024

के छ वित्तीय उत्तरदायित्व ऐन संशोधनको प्रस्ताव ?

५ भदौ, काठमाडौं । सरकारले अघिल्लो साता संसदमा दर्ता गरेको आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयकमा रकमान्तर, स्रोतान्तरसँगै ‘कार्यक्रम संशोधनसम्बन्धी व्यवस्था’ थप गरिएको छ ।

यसअघि गत चैत ९ गते संसदमा दर्ता भएको आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व अध्यादेशको प्रतिस्थापन विधेयकमा प्रस्ताव गरिएको व्यवस्थालाई नयाँ विधेयकमा पनि जस्ताको तस्तै राखिएको हो ।

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन २०७६ को दफा २० मा ‘रकमान्तर तथा स्रोतान्तर’सम्बन्धी व्यवस्था छ । यसमा संशोधन गर्दै सरकारले ‘रकमान्तर, स्रोतान्तर तथा कार्यक्रम संशोधन’ राखिएको छ ।

प्रचलित ऐनको दफा २० को उपदफा ४ मा ‘विनियोजन ऐन अन्तर्गत कुनै एक प्रकारको खर्च व्यहोर्ने स्रोतमा रहेको रकम अर्को स्रोतमा स्रोतान्तर गर्ने र भुक्तानी विधि परिवर्तन गर्ने अधिकार अर्थ मन्त्रालयलाई हुने’ उल्लेख छ ।

यसमा ‘४क’ थप्दै सरकारले मन्त्रालयहरुको अनुरोधमा बजेटका कार्यक्रम संशोधनको अधिकार अर्थ मन्त्रालयलाई दिने प्रस्ताव गरिएको छ । ‘(४क) ‘स्वीकृत बजेट तथा कार्यक्रमअन्तर्गतको कुनै कार्यक्रम कार्यान्वयन गर्न नसकिने भएको वा त्यस्तो कार्यक्रममा विनियोजित रकम स्वीकृत कार्यक्रम भित्रको अन्य कुनै क्रियाकलापमा खर्च गर्नु पर्ने भएमा सम्बन्धित मन्त्रालयको सिफारिसमा अर्थ मन्त्रालयले कार्यक्रम संशोधन गर्न सक्नेछ’ प्रस्तावित विधेयकको दफा १० को उपदफा २ मा भनिएको छ ।

अहिलेसम्म हरेक वर्ष आउने विनियोजन ऐनमा नै यस्तो व्यवस्था गरी सरकारले कार्यक्रम संशोधन गर्दै आएको छ । अब भने आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐनमा नै यस्तो व्यवस्था गर्न प्रस्ताव गरिएको हो ।

प्रचलित ऐनअनुसार विनियोजन ऐनमा तोकिएको कुनै एक अनुदान संकेत अन्तर्गतको बजेट उपशीर्षकमा रकम नपुग भएमा कुनै एक वा एकभन्दा बढी अनुदान संकेत अन्तर्गतको उपशीर्षकमा बचत हुने रकम मध्येबाट अर्थ मन्त्रालयले रकमान्तर गर्न सक्छ ।

स्रोत परिवर्तन नहुने गरी चालु बजेटबाट चालु तर्फका खर्च शीर्षकहरूमा सम्बन्धित सचिवले रकमान्तर गर्न सक्छ । प्रस्तावित विधेयक जस्ताको तस्तै संसदले स्वीकार गरे बजेटको कार्यक्रम संशोधन गर्न सक्ने अधिकार अर्थ मन्त्रालयमा थपिनेछ ।

मूलको दफा २० को उपदफा ५ मा ‘बजेटको रकमान्तर तथा स्रोतान्तर सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुने’ उल्लेख छ । प्रस्तावित विधेयक अनुसार ‘रकमान्तर तथा स्रोतान्तर’ सँगै ‘कार्यक्रम संशोधन’ पनि थपिनेछ । त्यसपछि अर्थ मन्त्रालयले बजेटका कार्यक्रम संशोधनका लागि आवश्यक नियमावली, निर्देशिका बनाउन पाउने प्रत्यायोजित अधिकार प्राप्त गर्नेछ ।

खर्च नहुने बजेट फागुनमा सरेन्डर गर्नुपर्ने

प्रस्तावित विधेयकमार्फत सरकारले बजेट समर्पण (सरेन्डर) सम्बन्धी व्यवस्थामा पनि संशोधन गर्न लागेको छ । प्रचलित ऐनको दफा २१ मा ‘बजेट रोक्का वा नियन्त्रण गर्न र समर्पण गराउन सक्ने’ व्यवस्था छ ।

जहाँ मुलुकको आर्थिक स्थिति र संघीय सञ्चित कोषमा जम्मा रहेको रकमलाई समेत विचार गरी अर्थ मन्त्रालयले संघीय सञ्चित कोषमाथि व्ययभार हुने रकम बाहेक अन्य विनियोजित रकममा आवश्यकता अनुसार पूर्ण वा आंशिक रूपमा रोक्का वा नियन्त्रण गर्न सक्ने भनिएको छ ।

प्रचलित ऐनको दफा २१ को उपदफा (२) मा विनियोजन ऐनमा विभिन्न निकाय तथा अन्र्तगतको कार्यालयमा विभाजन गर्नुपर्ने गरी बिनियोजन भएको रकम लेखा उत्तरदायी अधिकृतले आर्थिक वर्षको पहिलो चौमासिकसम्म विभाजन नगरेमा अर्थ मन्त्रालयले त्यस्तो रकम रोक्का राख्न सक्ने व्यवस्था छ ।

यसलाई बदलेर सरकारले बिनियोजन भएको रकम लेखा उत्तरदायी अधिकृतले आर्थिक वर्षको ‘पहिलो चौमासिकसम्म’ विभाजन नगरेमा भन्नेलाई बदलेर ‘असोज मसान्तसम्म’ भन्ने व्यवस्था प्रस्ताव गरिएको छ । यसले आर्थिक अनुशासन पालना बढ्ने अपेक्षा गरिएको छ ।

अर्थात, यो व्यवस्था संसदले स्वीकार गरे विनियोजन ऐनमा विभिन्न निकाय तथा अन्र्तगतको कार्यालयमा विभाजन गर्नुपर्ने गरी बिनियोजन भएको रकम लेखा उत्तरदायी अधिकृतले आर्थिक वर्षको असोज मसान्तसम्म विभाजन नगरे अर्थ मन्त्रालयले त्यस्तो रकम रोक्का राख्न सक्छ ।

प्रचलित ऐनको दफा २१ को उपदफा (३) अनुसार विनियोजन ऐनमा समावेश भएको कुनै रकम र सो रकमबाट सञ्चालन हुने कार्यक्रम आर्थिक वर्षको दोस्रो चौमासिकसम्म खर्च नभएको वा बाँकी अवधिमा खर्च हुन नसक्ने भएमा लेखा उत्तरदायी अधिकृतले त्यस्तो रकम चैत १५ गतेभित्र अर्थ मन्त्रालयमा समर्पण गर्नु पर्ने हुन्छ ।

यसलाई बदलेर सरकारले ‘दोस्रो चौमासिकसम्म’ भन्ने ठाउँमा ‘माघ १५ गतेसम्म’ र ‘ चैत १५ गतेभित्र’ भन्ने ठाउँमा ‘फागुन ५ गतेभित्र’ राख्न प्रस्ताव गरेको छ । यो प्रस्तावित व्यवस्था ऐनमा रुपान्तरित भए विनियोजन ऐनमा समावेश भएको कुनै रकम र सो रकमबाट सञ्चालन हुने कार्यक्रम आर्थिक वर्षको माघ १५ गतेसम्म खर्च भए/नभएको यकिन हुनेछ । र बाँकी अवधिमा खर्च हुन नसक्ने भएमा फागुन ५ गतेभित्र लेखा उत्तरदायी अधिकृतले त्यस्तो रकम अर्थ मन्त्रालयमा समर्पण गर्नु पर्ने हुन्छ ।

प्रस्तावित विधेयक अनुसार समर्पण नभएको तर खर्चको फाँटवारीबाट विभाजन नभएको वा फागुन मसान्तसम्म खर्च नभएको रकम बाँकी अवधिमा खर्च हुन नसक्ने भए अर्थ मन्त्रालयले त्यस्तो रकम रोक्का राखी समर्पण गर्न लगाउनेछ ।

अर्थ मन्त्रालयबाट समर्पणको लागि लेखी गएमा सम्बन्धित लेखा उत्तरदायी अधिकृतले सात दिनभित्र त्यस्तो रकम समर्पण गरी अर्थ मन्त्रालयमा पठाउनु पर्नेहुन्छ । समर्पण भएको रकम अर्थ मन्त्रालयले अन्य स्वीकृत योजना तथा कार्यक्रममा रकमान्तर गर्न सक्नेछ ।

एक्स्ट्रा बजेटरी ऐनमा समेटिँदै

बजेट प्रणाली बाहिरका सार्वजनिक निकायबाट सरकारलाई पर्ने थप आर्थिक दायित्व (एक्स्ट्रा बजेटरी)लाई पनि ऐनमा समेटिँदैछ ।

सरकारको बजेट प्रणालीबाहिरका सार्वजनिक निकायबाट हुने खर्च सरकारको खाता भन्दा बाहिरबाट हुने गर्छ । यसलाई व्यवस्थित गर्ने गरी सरकारले ऐनमा नै एक्स्ट्रा बजेटरीलाई समेट्न लागेको हो ।

एक्स्ट्रा बजेटरीलाई व्यवस्थित गर्न र बेरुजु फछ्र्योटलाई प्रभावकारी बनाउन यससम्बन्धी सम्बन्धी व्यवस्था प्रस्ताव गरिएको अर्थमन्त्रालयका अधिकारीहरू बताउँछन् ।

एक्स्ट्रा बजेटरीलाई सम्बन्धित ऐनमा समेट्नुपर्ने आवश्यकताबारे ब्याख्यात्मक टिप्पणीमा भनिएको छ, ‘कुनै कार्यालय र बजेट प्रणाली बाहिरका सार्वजनिक निकायले दायित्व सिर्जना गर्ने कार्यलाई नियन्त्रण गर्न आवश्यक भएकोले ।’

प्रदेश, स्थानीय तह र बजेट प्रणालीबाहिर (एक्स्ट्रा बजेटरी) को सार्वजनिक निकायले त्यस्तो तह वा निकायसँग सम्बन्धित प्रचलित कानुनको अधीनमा रही महालेखा नियन्त्रक कार्यालयको स्वीकृतिबमोजिम लेखा राखिने व्यवस्था प्रस्तावित विधेयकमा थप गरिएको छ ।

अर्थ मन्त्रालयका अधिकारीहरूका अनुसार एक्स्ट्रा बजेटरी निकायको खर्च संरचनामा आर्थिक अनुशासन नभएको भनेर महालेखा परीक्षकको ५७ औँ र ५८ औँ प्रतिवेदनले समेत औंल्याएकाले ऐनमा समेट्न लागिएको हो ।

यस सम्बन्धी व्यवस्था प्रस्तावित विधेयकको दफा २, दफा दफा ८ र दफा १४ मा छ । दफा २ मा एक्स्ट्रा बजेटरीको परिभाषा छ ।

जहाँ भनिएको छ, ‘बजेट प्रणाली बाहिर (एक्स्ट्रा बजेटरी) को सार्वजनिक निकाय’ भन्नाले कार्यालय बाहेक प्रचलित कानुन बमोजिम स्थापना वा गठन भएको नेपाल सरकारले अनुदान दिने वा कुनै विषयमा प्रचलित कानुन बमोजिम नियमनकारी जिम्मेवारी रहेको आयोग, परिषद्, प्राधिकरण, बोर्ड, कोष, समिति वा यस्तै प्रकृतिको सार्वजनिक निकाय सम्झनु पर्छ ।’

दफा १४ मा प्रदेश, स्थानीय तह र सार्वजनिक निकायले महालेखा नियन्त्रक कार्यालयको स्वीकृति लिइ तोकिए बमोजिम लेखा राख्नुपर्ने व्यवस्था छ ।

जहाँ भनिएको छ, ‘… प्रदेश, स्थानीय तह र बजेट प्रणाली बाहिर (एक्स्ट्रा बजेटरी)को सार्वजनिक निकायले त्यस्तो तह वा निकायसँग सम्बन्धित प्रचलित कानुनको अधीनमा रही महालेखा नियन्त्रक कार्यालयको स्वीकृति लिइ तोकिए बमोजिम लेखा राख्नुपर्नेछ ।’

यस प्रस्तावित व्यवस्थाको ब्याख्यात्मक टिप्पणी अनुसार ‘प्रदेश, स्थानीय तह र बजेट प्रणाली बाहिर (एक्स्ट्रा बजेटरी)को सार्वजनिक निकायको लेखा राख्ने कार्यलाई व्यवस्थित गर्न आवश्यक छ ।’ प्रस्तावित व्यवस्था ऐनमा रुपान्तरण भएपछि महालेखा नियन्त्रक कार्यालयले गैरबजेटरी निकायको वित्तीय विवरण तयार पार्नुपर्ने कानुनी बाटो खुला हुनेछ । यसअघि यो अभ्यासमा आएको भएता पनि सम्बन्धित ऐनमा पहिलो पटक समेट्न लागिएको हो । ऐनमै समेटिएपछि यो बाध्यकारी हुनेछ ।



from Online Khabar https://ift.tt/Kju6yt9