२ भदौ, काठमाडौं । आर्सनलले प्रिमियर लिग २०२४-२५ मा विजयी सुरुआत गरेको छ ।
काऐ हाभार्ट र बुकायो साको गोल मद्दत साविक उपविजेता आर्सनलले वल्भसलाई २-० ले हराउँदै सिजनको पहिलो खेलमै ३ अंक जोडेको हो ।
घरेलु मैदान एमिरेट्स स्टेडियममा भएको खेलमा आर्सनलले दुवै हाफमा एक/एक गोल गरेको थियो ।
खेलको २५औं मिनेटमा हाभार्टले साकाको पासमा गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए । त्यसपछि साकाले ७४औं मिनेटमा गोल गरे र त्यसका लागि हाभार्टले नै असिस्ट गरेका थिए ।
लिगअन्तर्गत शनिबारै भएका खेलमा ब्राइटनले एभरटनलाई ३-० ले पराजित गर्दै सानदार सुरुआत गरेको छ ।
ब्राइटनका लागि काओरु मितोमा, ड्यानी वेलब्याक र सिमोन अड्रिङ्ग्राले एक/एक गोल गरे ।
यस्तै न्युकासल युनाइटेडले साउथह्याम्पटनलाई १-० ले पराजित गर्यो । फाबियनसारले २८औं मिनेटमा रातो कार्ड पाएपछि न्युकासल दश खेलाडीमा समेटिएपनि जोएलिन्टनले ४५औं मिनेटमा गरेको गोल नै ३ अंक जोड्न निर्णायक बन्यो ।
नटिङहम फरेस्ट र बर्नमाउथले १-१ को बराबरी खेलेका छन् । फरेस्टले पहिलो हाफमा लिएको अग्रता जोगाउन नसक्दा बराबरीमा चित्त बुझाउनुपर्यो ।
खेलको २३औं मिनेटमा क्रिस उडले गोल गर्दै नटिङहम फरेस्टलाई अग्रता दिलाएका थिए । तर, खेल सकिन चार मिनेट अघि एन्टोइन सेमेन्योले बर्नमाउथका लागि बराबरी गोल फर्काए । त्यसअघि डाङ्गो बउटाराले ३२औं मिनेटमा गोल गरेपनि भिएआरले मान्यता नदिँदा बर्नमाउथले बराबरी गर्ने अवसर गुमाएको थियो ।
बराबरीपछि दुवै टोलीले समान एक अंक जोडेका छन् ।
आइतबारै चाडै भएको खेलमा लिभरपुलले नवप्रवेशी इप्पविच टाउनलाई १-० ले हराएर विजयी सुरुआत गरिसकेको छ ।
from Online Khabar https://ift.tt/Od3kqHY
No comments:
Post a Comment