Saturday, October 1, 2022

समानुपातिकको बन्द सूचीबाट हट्यो कर्मा छिरिङको नाम

१६ असोज, काठमाडौं । नेपाली कांग्रेसको प्रतिनिधि सभा सदस्यको समानुपातिक बन्द सूचीबाट कर्मा छिरिङको नाम हटेको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्वअध्यक्ष रहेका शेर्पाले आफ्नो नानम सूचीबाट हटेको बताएका छन् ।

कांग्रेसले निर्वाचन आयोगमा बुझाएको बन्द सूचीमा शेर्पाको नाम ३६ नम्बरमा थियो ।

संस्थापनइतर पक्षले आफ्नो समूहका व्यक्ति सूचीमा नपरेको भन्दै विरोध गरेपछि कांग्रेसले बन्द सूची संशोधन गरेको हो । संशोधित सूचीबाट आफू हटेको शेर्पाले बताएका छन् ।

निर्वाचन आयोगको समानुपातिक निर्वाचन कार्यक्रम अनुसार बन्द सूची संशोधन गर्ने म्याद आज सकिंदैछ  । सूचीमा रहेका व्यक्तिले भने सोमबारसम्म आफ्नो नाम फिर्ता लिनेसक्ने आयोगले जनाएको छ ।



from Online Khabar https://ift.tt/8sj13WL

No comments:

Post a Comment