Wednesday, February 1, 2023

लिग कप फुटबलको फाइनलमा म्यानचेष्टर युनाइटेड र न्युकासल भिड्ने

१९ माघ, काठमाडौं । इङ्गलिस लिग कप फुटबलको फाइनलमा म्यानचेष्टर युनाइटेड र न्युकासल युनाइटेड भिड्ने भएका छन् । फाइनल खेल २६ फेब्रुअरीमा बेम्बली स्टेडियममा हुनेछ ।

दोस्रो लेगमा नटिङ्घम फरेष्टलाई २-० ले र समग्रमा ५-० ले हराउँदै म्यानचेष्टर युनाइटेडले फाइनलमा न्युकासलसँगको भिडन्त पक्का गरेको हो । यसअघि पहिलो लेगमा म्यानचेष्टर युनाइटेड ३-० ले विजयी भएको थियो ।

न्युकासल मंगलबार राति नै दोस्रो लेगमा साउथह्याम्पटनलाई २-१ ले हराउँदै फाइनल पुगिसकेको छ । पहिलो लेगमा न्युकासल १-० ले विजयी भएको थियो ।

म्यानचेष्टर युनाइटेड र नटिङ्घम विरुद्धको दोस्रो लेगको पहिलो हाफ बराबरीमा सकिएको थियो । दोस्रो हाफमा म्यानचेष्टर युनाइटेडका लागि एन्थोनी मार्शलले ७३ औं मिनेटमा गोल गरे । त्यसको तीन मिनेटमै फ्रेडले अर्को एक गोल थपे र म्यानचेष्टर युनाइटेड २-० विजयी भयो ।



from Online Khabar https://ift.tt/g6Admah

No comments:

Post a Comment