Saturday, February 4, 2023

राष्ट्रिय सभा उपाध्यक्ष पदको मनोनयन दर्ता आज

२२ माघ, काठमाडौं । राष्ट्रियसभा उपाध्यक्ष पदको मनोनयन दर्ता आज हुँदैछ । मनोनयन दर्ताको समय दिउँसो १ बजेदेखि ४ बजेसम्म छ ।

सत्ता पक्षले नेकपा माओवादी केन्द्रकी उर्मिला अर्याललाई उम्मेदवारको रुपमा अघि सारे पनि विपक्षी दलले आज उम्मेदवार चयन गर्दैछन् । नेपाली कांग्रेसका राष्ट्रिय सभा सदस्य कृष्णप्रसाद पौडेलले सत्ताइतरका दलहरुबीच उम्मेदवारबारे छलफल भइरहेको र आज टुंग्याइने बताए ।

तत्कालीन राष्ट्रियसभा उपाध्यक्ष शशीकला दाहालको कार्यकाल २०७८ मा सकिएपछि हालसम्म उक्त पद रिक्त छ ।



from Online Khabar https://ift.tt/SvlPqyu

No comments:

Post a Comment