Sunday, February 5, 2023

नेपाली फ्यानले मनाए नेयमारको जन्म दिन

२३ माघ, काठमाडौं । ब्राजिलियन फुटबलका उत्कृष्ट फर्वार्ड नेयमारको जन्म दिन नेपालमा पनि मनाइएको छ ।

फ्यानहरूले काठमाडौंमा विशेष कार्यक्रमको आयोजना गरेर आइतबार साँझ नेयमारको जन्म दिन मनाएका हुन् ।

नेयमारको जर्सीसहितको केक काटेर फ्यानहरूले उनको जन्मदिन मनाएका हुन् । कार्यक्रममा नेयमारको जर्सीसहित तस्वीर पनि प्रदर्शन गरिएको थियो ।

फेब्रुअरी ५, १९९२ मा ब्राजल साओ पाओलोमा जन्मेका नेमार जुनियर आजदेखि ३१ वर्षमा प्रवेश गरेका छन् ।

व्यावसायिक करियर ब्राजिलको सान्तोस एफसीबाट सुरु गरेका नेयमारले छिट्टै आफूलाई विश्वकै आशा लाग्दो युवा खेलाडीको रूपमा स्थापित गरिसकेका छन् ।



from Online Khabar https://ift.tt/0WM9YNe

No comments:

Post a Comment