Sunday, February 5, 2023

मिलान डर्बीमा इन्टरको जित

२३ माघ, काठमाडौं । लाउटारो मार्टिनेजको निर्णायक गोल मद्दतमा इटालियन सिरी ए मा इन्टर मिलानले आइतबार राति एसी मिलानलाई १-० ले पराजित गरेको छ ।

इन्टरका लागि मार्टिनेजले ३४औं मिनेटमा हाकन चाल्हानोग्लुको पासमा गोल गरेका थिए ।

डर्बी जितपछि पनि दोस्रो स्थानको इन्टर शीर्ष स्थानको नापोलीभन्दा अझै १३ अंकले पछि छ । २१ खेलबाट नापोलीको ५६ अंक छ भने इन्टरले समान खेलबाट ४३ अंक जोडेको छ ।

आइतबार चाँडै भएको खेलमा नापोलीले स्पेजियालाई ३-० ले हराएर इन्टरमाथि १६ अंकको अग्रता बनाएको थियो । तर इन्टरले जितपछि अंक दूरी घटाएको हो ।

उतार हारपछि एसी मिलान भने २१ खेलबाट ३८ अंकसहित छैटौं स्थानमा छ ।



from Online Khabar https://ift.tt/XwErgGJ

No comments:

Post a Comment