Thursday, May 4, 2023

सरकारमा सहभागी हुने नहुनेबारे रास्वपाले आज निर्णय गर्ने

२२  वैशाख, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक आज बस्दैछ ।

सरकारलाई दिएको समर्थन फिर्ता लिने वा सरकारमै सहभागी हुने भन्ने विषयमा निर्णय गर्न बैठक बस्न लागेको हो । बैठक आज साँझ पाँच बजे बोलाइएको छ ।

यसअघि उपनिर्वाचनपछि गत सोमबार बसेको दलको बैठकले सभापति लामिछानेलाई दलको नेता चयन गरेको थियो ।सोही दिन पार्टी केन्द्रीय समितिको बैठक पनि बसेको थियो तर सरकारको समर्थन र सहभागिताबारे टुंगो लागेको थिए ।

केन्द्रीय सदस्यहरुले सरकारमा जाने नजानेबारे आ-आफ्नो धारणा राखेका थिए । एक केन्द्रीय सदस्यका अनुसार अधिकांशले सरकारमा गएर काम गर्न सक्ने वातावरण नभएसम्म जान नहुने बताएका एक नेताले बताए । तर पार्टीको एजेन्डा सरकारको नीति तथा कार्यक्रममा समावेश हुन्छ भने जान पनि सकिने उनीहरुको जोड थियो ।

आजको संयुक्त बैठकले भने यसअघि केन्द्रीय सदस्यहरूले दिएको सुझावलाई समेत आधार मानेर सरकारलाई दिएको समर्थन कायम राख्ने वा नराख्नेबरे निर्णय गर्नेछ ।

यसपटक रास्वपामा कि सरकारलाई समर्थन नगर्ने कि सरकारमा सहभागी हुने संकेत गरेको छ ।



from Online Khabar https://ift.tt/iKWkMHz

No comments:

Post a Comment