Thursday, May 4, 2023

आईपीएलमा कोलकाता ५ रनले विजयी

२१ वैशाख, काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत गएरातिको खेलमा कोलकाता नाइट राइडर्सले सनराइजर्स हैदरावादलाई ५ रनले हराएको छ । जितका लागि १७२ रनको लक्ष्य पछ्याएको हैदरावादले ८ विकेटको क्षति १६६ रनमात्र बनाएपछि कोलकाता ५ रनले विजयी भएको हो ।

हैदरावादका कप्तान एडन मारक्रमले ४१ रन बनाए । एकपछि अर्को विकेट गुमिरहेको बेला हेनरिक क्लासन र माक्रमले ७० रनको साझेदारी गरे । क्लासनले ३६ रन बनाए । यस्तै हैदरावादका अब्दुल समदले २१ रन जोडे । मयंक अग्रवालले १८ र राहुल त्रिपाठी २० रनमा आउट भए ।
बलिङतर्फ कोलकाताका वैभव अरोरा र शार्दुल ठाकुरले समान २–२ विकेट लिए ।

हैदरावादमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १७१ रन बनाएको थियो ।

कोलाकाताको लागि कप्तान नितिश राणाले ४२ र रिंकु सिंहले ४६ रन बनाए । आन्द्रे रसेलले २४ रन बनाएका थिए ।

यो जितसँगै कोलकाता आईपीएलको अंक तालिकामा आठौं स्थानमा पुगेको छ भने हैदरावाद नवौं स्थानमा छ ।



from Online Khabar https://ift.tt/jIag8oG

No comments:

Post a Comment