Thursday, May 4, 2023

नापोलीले ३३ वर्षपछि जित्यो सिरी ए को उपाधि

२१ वैशाख, काठमाडौं । नापोलीले ३३ वर्षपछि इटालिएन सिरीको ए उपाधि जितेको छ । यसअघि उसले डिएगो म्याराडोनाको पालाका १९८९ र १९९० मा यो उपाधि जितेको थियो ।

तेस्रो पटक उपाधि उचाल्नका लागि एक अंक मात्र आवश्यक परेको बेला उडिनेसको घरेलु मैदानमा एक-एकको बराबरी खेल्दै नापोलीले उपाधि जित्न सफल भयो ।

खेलमा अग्रता भने १३औं मिनेटमा उडिनेसले लिएको थियो । ५२औं मिनेटमा बराबरी गोल फर्काउँदै नापोलीले उपाधि जित्न सफल भयो ।



from Online Khabar https://ift.tt/vp5nUDE

No comments:

Post a Comment