Wednesday, October 11, 2023

एसीसी यू-१९ प्रिमियर कपमा नेपालले आज इरानसँग खेल्दै

२५ असोज, काठमाडौं । मलेसियामा आजदेखि सुरु हुने एसीसी यू-१९ प्रिमियर कप क्रिकेटमा नेपालले आज इरानसँग खेलिरहेको छ ।

समूह बी मा रहेको नेपाल र इरानबीचको खेल युएसडी युकेएम ओभलमा स्थानीय समय अनुसार बिहान साढे ९ बजे (नेपाली समय बिहान सवा ७ बजे) सुरु भएको हो ।

आगामी डिसेम्बरमा हुने यू-१९ एसिया कपमा छनोट हुने लक्ष्यसहित मलेसिया पुगेको नेपालले पहिलो खेलमा तुलनात्मक रुपमा सहज प्रतिद्वन्द्वी पाएको छ ।

नेपालले समूह चरणमा इरानसँगै बहराइन र साउदी अरेबियासँग खेल्नेछ ।

१६ टोली सहभागि एसीसी यू-१९ प्रिमियर कपबाट शीर्ष तीन टोली मात्र यू१९ एसिया कपमा छनोट हुनेछन् । जहाँ एसियाका टेष्ट खेल्ने पाँच राष्ट्रको यू-१९ टोलीले सीधै स्थान पक्का गरिसकेका छन् ।

हरेक समूहको विजेता सेमिफाइनल पुग्ने भएकोले नेपालको पहिलो लक्ष्य समूहको तीनवटै खेल जितेर सेमिफाइनल पुग्ने र त्यसपछि फाइनल जित्दै च्याम्पियन भएर यू१९ एसिया कपमा पुग्ने छ ।

त्यसका लागि नेपालले अन्य समूहमा रहेका युएई, हङकङ, मलेसिया, सिंगापुर जस्ता टिमसँग खेल्नुपर्ने हुन सक्छ ।

नेपालले दोस्रो खेल बहराइनसँग १५ अक्टोबर र तेस्रो खेल साउदीसँग १९ अक्टोबरमा खेल्नेछ ।

 



from Online Khabar https://ift.tt/boqYKTc

No comments:

Post a Comment