Thursday, October 12, 2023

‘यो गुन कहिल्यै तिर्न सक्दैनौं’

२६ असोज, काठमाडौं । सरकारले इजरायलबाट २५४ जना नेपालीलाई उद्दार गरेर काठमाडौं ल्याएको छ । मन्त्रिपरिषद्को निर्णयअनुसार परराष्ट्रमन्त्री एनपी साउद आफैं चार्टर विमान लिएर राजधानी तेल अबिब पुगेका थिए ।

बिहीबार विहानपख काठमाडौं आइपुग्दा उद्दार गरिएका सबै निकै खुसी थिए । धेरैले आफ्नो खुसीको आँशु लुकाउन सकेनन् । उनीहरुमध्ये एक थिइन् रेश्मा श्रेष्ठ । लर्न ल्याण्ड कर्न कार्यक्रम अन्तरगत इजरायल पुगेकी उनी आफू भाग्यवस बाच्न सफल भएको सुनाउँछिन् ।

उनले भनिन्, धेरै जना अझै पनि ट्रमाबाट बाहिर निस्कन सक्नु भएको छ । धेरै आमा बाबाको आँखामा आलै छ । अहिले त्यहाँबाट यहा आउँदा सपनामा छु जस्तै लाग्दैछ ।’

उनका अनुसार उनी दुई महिना अगाडिसम्म जहाँ थिइन्, त्यहाँ ठूलो क्षति भएको छ । ‘भगवानको मलाई बचाउने इच्छा रहेछ’ उनले अघि भनिन्, ‘नत्र जुन घरमा म बस्दै थिएँ ११ महिनासम्म टेलिफार्ममा काम गरेर, त्यो घरको पछाडि जिउँदै जलाइदिनुभयो । अगाडि पुरै ध्वस्त भयो । मेरो फिलिपिनो साथीले भन्दै थियो, यदि तिमी यहाँ भएको भए मारिन सक्थ्यौं ।’

१० जना नेपालीको मारिनुका साथै एक नेपाली अझै सम्पर्कबिहीन रहेको भन्दै उनले आफूहरुका बारेमा चासो चिन्ता राख्ने सबैप्रति आभार व्यक्त गरिन् । ‘जति जनाले हाम्रा लागि चिन्ता चासो राख्नुभयो, यहाँसम्म ल्याउन मदत गर्नुभयो । यो गुन हामीले कहिल्यै तिर्न सक्दैनौं,’ उनी निकै भावुक भइन् ।

उनले यसो भनिरहँदा स्वागत गर्न पुगेकी दिदीले बरर आँशु झारिन् । ‘यो खुसीको आँशु हो’ उनले भनिन्, मेरो बहिनीलाई सकुशल पाएको छु । अरुको परिवारमा कस्लो होला भन्ने अनुभूत गर्न सक्छु । उहाँहरुलाई पनि ध्यान दिन सरकारलाई आग्रह गर्छु ।’



from Online Khabar https://ift.tt/p4rmbhw

No comments:

Post a Comment