Sunday, October 8, 2023

हामी त दशैंमा घर जाने ! (तस्वीरहरू )

२२ असोज, काठमाडौं । दशै‌ंमा घर जाने टिकट लिनेहरूको गोंगबुस्थित नयाँ बसपार्कमा भीड लागेको छ ।

सरकारले आजदेखि अग्रिम टिकट बुकिङ खुला गरेपछि बिहानैदेखि नै टिकट बुकिङ गर्नेहरूको भीड लागेको हो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला, यातायात व्यवस्था विभाग र यातायात व्यवसायीबीच गत शुक्रबार भएको छलफल अनुसार आजदेखि अग्रिम टिकट बुकिङ खोलिएको छ ।

घर जाने टिकट नपाइने डरले किशोर-किशोरीदेखि ज्येष्ठ नागरिकसम्म बसपार्कमा बिहानै लाइन बसेका छन् । लाइनमा उकुसमुकुस भए पनि घर जाने दिन नजिकिएपछि यात्रुहरू उत्साहित देखिएका छन् ।

हरेक वर्ष दशैं, तिहार र छड पर्वका अवसरमा काठमाडौंबाट लाखौं यात्रु बाहिरिने गरेका छन् ।

यही असोज २७ गते पितृपक्ष सकिएसँगै २८ गतेदेखि यो वर्षको दशैं सुरु हुँदैछ । २८ गते घटस्थापना रहेको छ भने कात्तिक ७ गते विजयादशमी अर्थात् टीका छ ।

४ गते फूलपातीको दिनदेखि ९ गतेसम्म सार्वजनिक बिदा दिइएको छ ।



from Online Khabar https://ift.tt/PzOkVbL

No comments:

Post a Comment