Thursday, October 5, 2023

मेयरविरुद्ध फेसबुकमा लेखेको आरोपमा एक युवक पक्राउ

१९ असोज, जनकपुरधाम । सामाजिक सन्जालमा मेयरको आलोचना गरेको आरोपका महोत्तरीका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरीको जलेश्वर नगरपालिका ३ का ४० वर्षीय बद्रीनाथ झा छन् ।

जलेश्वर नगरपालिकाका मेयर सुरेश साह सोनारविरुद्ध सामाजिक सन्जाल फेसबुकमा लेखेको आरोपमा उनलाई पक्राउ गरेको महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी दिलीपकुमार गिरीले जानकारी दिए ।

मेयर सोनारले झाविरुद्ध जिल्ला प्रहरी कार्यालय महोत्तरीमा दर्ता गराएको साइबर अपराधसम्बन्धी जाहेरीको आधारमा झालाई बिहीबार पक्राउ गरिएको उनले बताए ।

उनीमाथि जिल्ला अदालत महोत्तरीबाट पाँच दिनको म्याद थपेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।



from Online Khabar https://ift.tt/LrizJMc

No comments:

Post a Comment