Friday, July 5, 2024

उसुमा आर्मी टिम च्याम्पियन

२१ असार, काठमाडौं । नेपाल आर्मी १६ औं राष्ट्रिय उसु प्रतियोगितामा शुक्रबार टिम च्याम्पियन बनेको छ । ११ स्वर्ण, ६ रजत र ५ कांस्य जित्दै आर्मी टिम च्याम्पियन बन्यो ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको प्रतियोगितामा ६ स्वर्ण, ५ रजत र ७ कांस्यसाथ नेपाल प्रहरी दोश्रो भयो । तेश्रो स्थानको एपीएफले ५ स्वर्ण, ३ रजत र ४ कांस्य हात पार्‍यो । शीर्ष तीन स्थान हात पार्ने टोलीले क्रमशः ३० हजार, २० हजार र १० हजार नगद पुरस्कार हात पारे ।

नेपाल उसु महासंघद्वारा आयोजित प्रतियोगिताको थाउलुतर्फ पुरुषमा आर्मीका विजय सिन्जाली तथा महिलामा प्रहरीकी निमा घर्ती मगर उत्कृष्ट खेलाडी घोषित भए । सान्डाको पुरुषमा एपीएफका रोहित चुनारो तथा महिलामा आर्मीकी एलिना चौधरी उत्कृष्ट खेलाडी चुनिए ।


विजेतालाई राखेपका सदस्य एवं आयोजक महासंघका अध्यक्ष जनक बर्तौलालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । तीनदिने प्रतियोगतामा ५ प्रदेश र ३ विभागीय गरी ५ टोलीका १ सय खेलाडीको सहभागिता रहेको आयोजक महासंघका सचिव नवीन बस्नेतले जनाएका छन् ।



from Online Khabar https://ift.tt/YrZlvow

No comments:

Post a Comment