Wednesday, July 31, 2024

५ प्रदेशका केही ठाउँमा भारी वर्षाको सम्भावना

१७ साउन, काठमाडौं । आज पाँच प्रदेशका केही ठाउँमा भारी वर्षा हुने सम्भावना रहेको छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

विभागले ती स्थानका सर्वसाधारणलाई सतर्क रहन अनुरोध गरेको छ ।

आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने बताउँदै धेरै ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ ।



from Online Khabar https://ift.tt/m8FdBUH

No comments:

Post a Comment