Sunday, July 21, 2024

फिस्लिङमा पहिरो खस्दा मुग्लिन-काठमाडौं सडक अबरुद्ध

७ साउन, काठमाडौं । चितवनको फिस्लिङमा पहिरो खस्दा मुग्लिन-काठमाडौं सडकखण्ड पूर्णरुपमा अबरुद्ध भएको छ ।

आज बिहान पौने पाँच बजेतिर लेदो माटोसहितको पहिरो खसेकाले दुईतर्फी नै सडक अवरुद्ध भएको हो ।

इलाका प्रहरी कार्यालय मुग्लिनकी प्रमुख निरला भण्डारीका अनुसार बिहान साढे पाँच बजेदेखि पहिरो पन्छाउने काम जारी छ । सबै पहिरो पन्छाएर बाटो खुलाउन अझै करिब एक-दुई घण्टा लाग्ने अनुमान छ ।

बाटो बन्द भएपछि सवारी साधनहरुको लामो लाइन लागेको छ ।



from Online Khabar https://ift.tt/Cy25jY3

No comments:

Post a Comment