Wednesday, July 10, 2024

एटकिन्सनको डेब्यूमै ७ विकेटमा इंग्ल्यान्डलाई अग्रता

२७ असार, काठमाडौं – तीव्र गतिका बलर गस एटकिन्सनले डेब्यू खेलमा ७ विकेट लिएपछि घरेलु टोली इंग्ल्यान्डले पहिलो टेस्ट खेलमा वेष्टइण्डिजविरुद्ध पहिलो दिन नै अग्रता लिएको छ ।

लर्ड्समा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको वेष्टइण्डिज पहिलो इनिङमा १२१ रनमा अल आउट भयो । ओपनर मिक्ली लोयुइसले सर्वाधिक २७ रन बनाए । एलिक एथानााजे २३, केभन हाडगे २४, अल्जार जोशेफ १७ र गुडाकेश मोतीले १४ रन बनाए ।

इंग्ल्यान्डका गस एट एटकिन्सनले १२ ओभरमा ५ मेडनसहित ४५ रन खर्चेर ७ विकेट लिए । जेम्श एन्डरसन, क्रिस वोक्स र बेन स्टोक्सले १–१ विकेट लिए।

इंग्ल्यान्डले ४० ओभरमा १८९ रन बनाउदा ३ विकेट गुमाएको अवस्थामा पहिलो दिनको खेल सकिएको छ । समग्र पहिलो इनिङमा इंग्ल्यान्डले ६८ रनको अग्रता लिएको छ । ओपनर ज्याक क्रली ८९ बलमा १४ चौकासहित ७६ रनमा आउट भए । ओली पोपले ७४ बलमा ११ चौकसहित ५७ रन बनाउँदै आउट भए ।

जो रुट १५ र ह्यारी ब्रुक २५ रनमा नट आउट छन् । वेष्टइण्डिजका जयडेन सेल्सले २ र जेसन होल्डरले १ विकेट लिएका छन् । यी दुई टोलीबीच तीन टेस्ट खेलको सिरिज हुनेछ ।



from Online Khabar https://ift.tt/D3NF2s8

No comments:

Post a Comment