२७ जेठ, चितवन । पृथ्वी राजमार्ग अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिकाको मौवाखोला नजिकै आज बिहान बसले ठक्कर दिंदा एकजना सहचालकको मृत्यु भएको छ ।
काठमाण्डौबाट भारतको सिलगढीतर्फ जाँदै गरेको बा ५ ख ७८४३ नम्बरको (नेपाल-भारत मैत्री) बसको ठक्करबाट सोही बसका सहचालकको मृत्यु भएको हो । मृत्यु हुनेमा सुनसरी झुम्का बस्ने २३ वर्षका जनक दाहाल रहेका छन् । दाहालको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
उनको शव पोष्टमार्टमको लागि भरतपुरस्थित सरकारी अस्पताल ल्याइएको प्रहरीले जानकारी दिएको छ । बस र चालक इलाका प्रहरी कार्यालय मुग्लिनको नियन्त्रणमा रहेको प्रहरीको भनाइ छ ।
from Online Khabar https://ift.tt/kIK35vO
No comments:
Post a Comment