Friday, June 10, 2022

पहिरोले अवरुद्ध नारायणगढ-मुग्लिन सडक खुल्यो   

२८ जेठ, मुग्लिन । वर्षासँगै खसेको पहिरोले अवरुद्ध भएको नारायणगढ-मुग्लिन सडकखण्ड पुनःसञ्चालन भएको छ ।

शुक्रबार राति ९ः५ बजे चितवनको इच्छाकामना गाउँपालिका-६ तोपे खोलामा माथिबाट पहिरो खसी बाटो दुईतर्फी अवरुद्ध बनेको थियो । पहिरो हटाएर राति १ः३० बजेबाट नै सडक पुनःसञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले जानकारी दिए ।

 



from Online Khabar https://ift.tt/vQntG6W

No comments:

Post a Comment