Wednesday, August 3, 2022

यु-१७ राष्ट्रिय फुटबल टिमका लागि प्रारम्भिक चरणमा ६० खेलाडी छनोट

१९ साउन, काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले यु-१७ राष्ट्रिय पुरुष फुटबल टिमका लागि प्रारम्भिक चरणमा ६० खेलाडी छनोट गरेको छ ।

देशैभरबाट खुल्ला छनोटमा एक हजार भन्दा बढी खेलाडी आएका थिए । जसबाट एन्फाले प्रशिक्षणका लागि ६० खेलाडी छनोट भएको जनाएको छ ।

सेप्टेम्बरमा श्रीलंकामा हुने साफ यू-१७ च्याम्पियनसिप र एएफसी यू-१७ एसियन कप छनोटका लागि यु-१७ राष्ट्रिय टिम बनाउन एन्फाले खुल्ला प्रतिस्पर्धाबाट खेलाडी छनोट गरेको हो ।

एन्फाले यू-१७ टोलीको मुख्य प्रशिक्षकमा उर्जन श्रेष्ठलाइ नियुक्त गरेको छ ।

श्रीलंकामा आयोजना हुने साफ यू-१७ च्याम्पियनसिपमा नेपालसहित भारत र भुटान समूह बी मा छ ।

समूह ए मा आयोजक श्रीलंका, माल्दिभ्स र बंगलादेश छन् ।

प्रारम्भिक चरणमा छानिएका खेलाडी

अभिषेक थोकर, अनिष उप्रेती, आर्यन बस्नेत, अशिम खड्का, आशिष थारु, अशोक स्याङतान, आश्विन घोरासैनी, विजय गुरुङ, बिक्रम तामाङ, विशाल भट्टराई, दिपजन श्रेष्ठ, धन सिंह विक, धिरज विक, दिनेश थापा मगर, दिवस विष्ट, गौरव महर्जन, हरिश भट्ट, जन प्रकाश बम, कमल बहादुर थापा मगर, खेमराज सुनुवार, कुशल देउवा, लक्षु थापा, मदन पौडेल, मानव पोखरेल, मनित गुरुङ, मार्सल शाही, मिकल गर्वुजा, मिरक लिङ्देन, मुकेश घर्ती, नविन परियार, नेल्सन तामाङ, निरज कार्की, निराजन धामी, निर्देश राई, निशान्त तामाङ, ओम अधिकारी, पाल्देन गुरुङ, पर्वत तामाङ, पवन दाहाल, प्रजय गुरुङ, प्रशान्त लक्षम, रविन तामाङ, राजन प्रधान, रिजन श्रेष्ठ, रुविन बोगटी, सचन महतो, सागर रसाइली, समिर तामाङ, सन्देश न्यौपाने, सन्दिप लामा, सन्तोष परियार, श्रीयन्द्र ठकुरी, श्रीयान्स मानन्धर, शुभम थापा, सिजल राई, सुवास गुरुङ, सुदिप रुम्वा, सुजत डंगोल, सुशिल तामाङ र युनिस मगर ।

 



from Online Khabar https://ift.tt/8Jisu0w

No comments:

Post a Comment