Thursday, August 4, 2022

नेपाली हलमा आजदेखि ग्याङस्टरदेखि पुलिसगिरीको कथासम्म

काठमाडौं । शुक्रबार तीन नयाँ फिल्म रिलिज भएका छन् । नेपाली फिल्म ‘म’, हलिउडको ‘बुलेट ट्रेन’ र भारतीय फिल्म ‘रामराव अन ड्युटी’ आजदेखि प्रदर्शनमा आएका छन् ।

सुवर्ण थापा निर्देशित फिल्म ‘म’लाई सस्पेन्स, थ्रीलर र ड्रामा जनरमा राखिएको छ । १ घण्टा ५५ मिनेट लामो फिल्मले अस्पतालमा भर्ना हुने एक शंकास्पद बिरामी जसले त्यहीँबाटै आपराधिक कार्य गर्छ । क्रमशः उसले किन त्यसो गर्दैछ भन्ने पुष्टि हुन्छ ।

‘म’मा संजोग रसाइली, नीराजन प्रधान, सरोज खनाल, सरिता लामिछाने, निशा अधिकारीको मुख्य भूमिका छ । कान्तिपुर फिल्म एकेडेमीले फिल्म निर्माण गरेको हो ।

ब्राड पिटको मुख्य भूमिका रहेको हलिउड फिल्म ‘बुलेट ट्रेन’ पनि आजदेखि प्रदर्शनमा आएको छ । २ घण्टा ३२ मिनेट लामो फिल्मलाई एक्सन, थ्रीलर जानरामा राखिएको छ ।

पाँचजना ‘हत्यारा’ जो आ-आफ्नो मिसन लिएर एउटै रेलमा यात्रा गरिरहेका हुन्छन् । यो कथावस्तुमा बनेको फिल्मलाई डेभिड लेइचले निर्देशन गरेका हुन् ।

रबि तेजाको मुख्य भूमिका रहेको दक्षिण भारतीय फिल्म ‘रामराव अन ड्युटी’ पनि आजै प्रदर्शन हुँदैछ । एक इमान्दार प्रहरी अधिकृत जो प्रणालीभन्दा बाहिर काम गर्दैन । उसलाई आफ्नै गाउँको जिम्मा दिएर पठाइन्छ, त्यसपछि उसमा परिवर्तन देखिन थाल्छ । सरत माण्डवाले यसलाई निर्देशन गरेका हुन् ।

यसैबीच, आजैदेखि अर्पण थापा र स्वस्तिमा खड्का स्टारर फिल्म ‘चपली हाइट ३’ पनि हलमा पुनः रिलिजमा आएको छ । कोरोना महामारीको कारण यसअघि प्रदर्शन प्रभावित भएको थियो ।



from Online Khabar https://ift.tt/m8DH3nW

No comments:

Post a Comment