Sunday, October 9, 2022

पेड्रीको गोलमा बार्सिलोना विजयी, शीर्ष स्थानमा उक्लियो

२४ असोज, काठमाडौं । स्पानिस ला लिगामा बार्सिलोनाले गेटाफेलाई १-० ले पराजित गरेको छ । यस जितपछि बार्सिलोना शीर्ष स्थानमा उक्लेको छ ।

घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाका लागि पेड्रीले १७औ मिनेटमा गोल गरेका थिए ।

जितपछि बार्सिलोनाले ८ खेलबाट २२ अंक जोडेको छ । रियल मड्रिडको पनि ८ खेलबाट समान अंक भए पनि बार्सिलोना गोल अन्तरमा अगाडि रहँदै शीर्ष स्थानमा उक्लेको हो ।



from Online Khabar https://ift.tt/KFf4EDC

No comments:

Post a Comment