Sunday, October 9, 2022

लिभरपुललाई हराउँदै आर्सनल शीर्ष स्थानमा

२४ असोज, काठमाडौं । प्रिमियर लिगमा आइतबार राति आर्सनलले लिभरपुललाई ३-२ ले पराजित गरेको छ । यस सिजन उत्कृष्ट लयमा रहेको आर्सनलले लिभरपुललाई हराएपछि शीर्ष स्थानमा उक्लेको छ ।

यस जित आठौं जितपछि आर्सनलले ९ खेलबाट २४ अंक जोडेको छ । आर्सनल म्यानचेष्टर युनाइटेडसँग मात्र पराजित भएको थियो । लिभरपुल भने ८ खेलबाट १० अंकसहित १०औं स्थानमा छ ।

घरेलु मैदान एतिहाड स्टेडियममा आर्सनललाई जिताउन बुकायो साकाले दुई गोल गरे । साकाले पहिलो इन्जुरी टाइममा र ७६औं मिनेटमा गोल गरे । यस्तै गाब्रिएल मार्टिनेलीले खेलको पहिलो मिनेटमै गोल गरेका थिए ।

लिभरपुलका लागि डार्विन नुनेजले ३४औं र रोबर्टो फिर्मिनोले ५३औ मिनेटमा गोल गरे ।



from Online Khabar https://ift.tt/PcQO2Uh

No comments:

Post a Comment