३० जेठ, काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी) सुर्खेत जिल्ला संयोजकको जिम्मेवारी टिकाराम विकलाई दिइएको छ ।
सोमबार बसेको विशेष भेलाबाट विक सर्वसम्मत रुपमा संयोजक चयन भएका हुन् । यसअघि जगत शाही संयोजक थिए ।
संयोजक विकले गौरवमय इतिहास् बोकेको विद्यार्थी संगठनलाई जिल्लामा मजबुद बनाइने बताए ।
वीरेन्द्रनगर नगरपालिका–१६ मेहेली निवासी विकसँग यसअघि जिल्लाको वरिष्ठ उपाध्यक्ष, जिल्ला कमिटी सदस्य, सचिवालय सदस्य भएर काम गरिसकेको अनुभव छ ।
उनले विगतको अनुभवलाई संगाल्दै आगामी दिनमा अखिलको संगठनलाई बलियो र स्थापित गराउने प्रतिबद्धता जनाए ।
उनी पेशाले इञ्जिनियर हुन् । समाज सेवामा समेत अग्रसर उनी ०७२ मा भूकम्पले क्षतिग्रस्त पुर्वका जिल्लाहरुमा भएर पुनः निर्माणको काममा खटिएका थिए । त्यो बेला प्राविधिक भएर काम गरेका उनले सहरी विकास तथा भवन निर्माण कार्यालयमा समेत प्राविधिक भएर काम गरेका थिए ।
from Online Khabar https://ift.tt/eH7nbJl
No comments:
Post a Comment