Tuesday, June 6, 2023

करिम बेन्जेमा साउदी क्लब अल-इत्तिहाडमा

२४ जेठ, काठमाडौं । स्पानिस जायन्ट रियल मड्रिडमा १४ वर्ष बिताएर छाडेका फ्रान्सेली फुटबलर करिम बेन्जेमा साउदी अरेबियन क्लब अल-इत्तिहाडमा अनुबन्ध भएका छन् ।

बालोन डे’ओर विजेता बेन्जेमाले साउदी क्लबसँग तीन वर्षको सम्झौताका लागि सहमति जनाएका छन् ।

३५ वर्षीय फ्रेन्च स्ट्राइकरले पाँच च्याम्पियन्स लिगसहित २५ ट्रफी जितेका छन् । रियल मड्रिडसँग सम्झौता बाँकी नै रहेपनि स्पानिस क्लबले बेन्जेमालाई क्लब छाड्न अनुमति दिएको थियो ।

रियलका लागि सर्वाधिक गोल गर्नेमा क्रिस्टियानो रोनाल्डोभन्दा मात्र पछि रहेका बेन्जेमाले ३५४ गोल गरेका छन् । रोनाल्डोले ४५० गोल गरेका छन् ।

रोनाल्डो हाल अर्को साउदी क्लब अल नासेरबाट खेलिरहेका छन् ।

‘यो राम्रो लिग हो र यहाँ केही राम्रा खेलाडीहरु छन्’ बेन्जेमाले भने, ‘क्रिस्टियानो रोनाल्डो यसअघि नै त्यहाँ छन् ।’

अल-इत्तिहाडको प्रशिक्षकमा टोटनहमका पूर्वप्रशिक्षक नुनो इस्प्रितो सान्तो छन् ।

सन् २००९ मा फ्रेन्च क्लब लियोनबाट रियल पुगेका बेन्जेमा त्यहाँ ६४८ खेल खेलेका थिए । उनले रियलका लागि अन्तिम खेलमा एथ्लेटिक विल्वाओ विरुद्ध १-१ को बराबरीमा पेनाल्टीबाट गोल गरेका थिए ।

सोमबार अल-इत्तिहाडसहित चार क्लबको स्वामित्व साउदी अरेबियाको पब्लिक इन्भेष्टमेन्ट फण्ड (पीआईएफ) ले लिने घोषणा भएको छ । जसले प्रिमियर लिग क्लब न्युकासलको समेत स्वामित्व लिएको छ ।



from Online Khabar https://ift.tt/HRTuiIX

No comments:

Post a Comment