Monday, June 12, 2023

इमर्जिङ टिम्स कप : नेपालसँग पाकिस्तान ८७ रनमै अलआउट

३० जेठ, काठमाडौं । हङकङमा जारी इमर्जिङ टिम्स कपमा नेपालले पाकिस्तानलाई ८७ रनमै अलआउट गरेको छ ।

नेपालका बलरहरू चम्किंदा पाकिस्तान १९.२ ओभर खेल्दै ८७ रनमै अलआउट भयो ।

पाकिस्तानलाई सस्तैमा समेट्ने क्रममा नेपालकी इन्दु बर्माले ३, कविता जोशी, सीता रानामगर र कविता कुँवरले २/२ विकेट लिए ।

इन्दुले लगातार २ बलमा २ विकेट लिइन् । उनलाई ह्याट्रकको अवसर थियो तर ओभरको अन्तिम बलमा विकेट लिन सकिनन् ।

पाकिस्तानकी शावाल जुल्फिकारले २८, कप्तान फातिमा सानाले १६, इमान फातिमाले १२, गुल फेरोजले ११ रन बनाइन । अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।



from Online Khabar https://ift.tt/eUHPyfJ

No comments:

Post a Comment