Saturday, September 30, 2023
15 हजार से भी कम हुई Samsung के 25,000 रु वाले फोन की कीमत, मिल रहा काफी सस्ता
from मोबाइल-टेक News in Hindi, मोबाइल-टेक Latest News, मोबाइल-टेक News https://ift.tt/gJ7sklv
कोशीको एमाले उपाध्यक्षमा चेम्जोङ सर्वसम्मत, अरू पदमा आज चुनाव
१४ असाेज, विराटनगर । नेकपा एमाले कोशी प्रदेशको उपाध्यक्षमा टीकाराम चेम्जोङ सर्वसम्मत हुने भएका छन् । उपाध्यक्षमा चेम्जोङको एकल उम्मेदवारी परेका कारण उनी सर्वसम्मत उपाध्यक्ष बन्ने भएका हुन् । उनी यसअघि पनि प्रदेश कमिटी उपाध्यक्ष थिए ।
अध्यक्षमा विनोद ढकाल र घनश्याम खतिवडाको उम्मेदवारी परेको छ । अध्यक्षसहित चार पदाधिकारीका लागि आज निर्वाचन हुनेछ ।
सचिवमा उदयपुरका शैलेस लामा र पाँचथरका राजकुमार भण्डारीको उम्मेदवारी परेको छ । लामा प्रदेश कमिटीका निवर्तमान उपसचिव हुन् भने भण्डारी पाँचथरका पूर्व जिल्ला अध्यक्ष हुन् ।
दुई उपसचिवका लागि भविश्वर गुरुङ, देवान राई, जलवर्षा राजवंशी र खेम नेपालीको उम्मेदवारी दर्ता भएको छ ।
२१५ सदस्यीय प्रदेश कमिटीमा इलामबाट १५ जना सदस्य पनि सर्वसम्मत चयन भएका छन् ।
from Online Khabar https://ift.tt/dQbWI43
अमेरिकामा ८ नेपाली उद्यमी पुरस्कृत
१४ असोज, लस भेगास, नेभादा, अमेरिका । अमेरिकामा प्रिमियर फिनान्सियल एलायन्सको वार्षिक सम्मेलनमा विभिन्न राज्यका ८ नेपाली उद्यमीहरू पुरस्कृत भएका छन् ।
अनुभव गिरी, दोवा ढकाल, गगन केसी धामी, कर्ण बोगटी, राम ढुंगेल, मनोज तुलाधर, रमिता तुलाधर, गोविन्द गिरी प्रेरणा र सुरेश प्रधान पुरस्कृत भएका हुन् ।
पुरस्कृतहरूलाई प्रिमियर फिनान्सियल एलायन्सका संस्थापक अध्यक्षले अवार्ड प्रदान गरेका थिए ।
उक्त कम्पनीमा नेतृत्वदायी भूमिकामा पुग्ने पहिलो नेपाली अनुभव गिरी हुन् ।
उनको नेतृत्वमा नेपालीहरूले गरेको उदाहरणीय प्रगतिबाटअफ्रिकी मूलका मानिसहरू समेत आकर्षित भएका छन्, जसमध्य २ महिलाहरू एभलिन ओपान तथा फ्लोरेन्स आंग्विनी समेत सोसम्मेलनमा पुरस्कृत भएका थिए ।
उनको पहलमा १७५ वर्ष पुरानो फर्च्युन १००० कम्पनी नेशनल लाइफ ग्रुपले पहिलोपल्ट नेपाली भाषामा जीवन बिमाको जानकारी मूलक पुस्तिका सन् २०२० मा प्रकाशन गरेको थियो । सो पुस्तिकाको अमेरिकाका लागि तत्कालीन नेपाली राजदूत डा. अर्जुन कार्की तथा नेशनल लाइफ ग्रुपकी उपाध्यक्ष जेनिफर वारफिल्डले एक विशेष समारोहका वीच विमोचन गरेका थिए ।
सम्मेलनको पुरस्कार वितरण सत्रपछि नेपालीहरूले अमेरिकामा वित्तीय सेवा व्यवसायमा उल्लेखनीय सेवा पुर्याएकोमा सीईयोले सह्राहना गरेका थिए ।
from Online Khabar https://ift.tt/kSdBKuI
WhatsApp: वैरिफाइड चैनल्स के लिए ग्रीन की जगह ब्लू चेकमार्क लाने की योजना
from मोबाइल-टेक News in Hindi, मोबाइल-टेक Latest News, मोबाइल-टेक News https://ift.tt/1Wcbz6Z
Friday, September 29, 2023
नेपाली पब्जी टोली पनि सेमिफाइनलबाटै बाहिरियो
१३ असोज, हान्झाउ । १९औं एसियाली खेलकुदअन्तर्गत इस्पोर्ट्सको पिस एलिस एसियन गेम्स भर्सन (पब्जी) मोबाइलमा नेपाली टोली सेमिफाइनलबाट बाहिरिएको छ ।
शनिबार बिहान चाइना हाङझाउ इस्पोर्ट्स सेन्टरमा भएको सेमिफाइनल चरणको समूह ए मा दक्षिण कोरिया र चाइनिज ताइपेईसँग पछि पर्दै तेस्रो स्थानमा रहेपछि नेपाल बाहिरिएको हो ।
फाइनल चरणमा पुग्नका लागि सेमिफाइनल चरणको समूहमा शीर्ष दुईमा रहनुपर्ने नियम रहेकोमा नेपाल तेस्रो भएपछि फाइनल चरण पुग्न सकेन ।
सुबिनकुमार प्रजापति, दिपेश गुरुङ, साहस भण्डारी, समिर गुरुङ र संगिन भट्टराई सम्मिलित नेपाली टिमले ५४ मिनेट ३३.३४६ सेकेण्ड टाइमिङ निकाले ।
कोरिया ५० मिनेट ३७.१५१ सेकेण्ड टाइमिङसहित पहिलो स्थानमा रहँदा चाइनिज ताइपेई ५२ मिनेट १९.३९३ सेकेण्ड टाइमिङसहित दोस्रो स्थानमा रहेर फाइनल चरण पुगेका छन् ।
नेपालले जापानलाई भने पछि पारेको थियो । नेपाल र जापान सेमिफाइनलबाटै बाहिरिए ।
सेमिफाइनल चरणको समूह बी को खेल शनिबार दिउँसो हुनेछ । सेमिफाइनलमा दुवै समूहबाट शीर्ष दुई टोली फाइनल चरण पुग्नेछ र फाइनल चरणमा शीर्ष तीन स्थानमा रहनेले पदक जित्नेछ ।
नेपालले यसअघि दुई चरणको एलिमिनेसन राउण्ड पार गर्दै सेमिफाइनल पुग्दै पदकको आशा जगाएको थियो । तर सेमिफाइनलबाट बाहिरिएपछि पब्जीमा पदक जित्ने आशा सकिएको छ ।
इस्पोर्ट्समा नेपालले यस पटक पाँच इभेन्टमा सहभागिता जनाएकोमा चार इभेन्टमा नेपालको चुनौती समाप्त भइसकेको छ ।
अब डोटा टु के अन्तर्गत नेपालले शनिवारै क्वाटरफाइनलमा कीर्गिस्तानसँग खेल्नेछ । यो खेल बेलुका ७ बजे सुरु हुनेछ ।
from Online Khabar https://ift.tt/0kwMDg1
बुटवल उवासंघको अधिवेशन : कांग्रेस निकट व्यवसायीका दुई प्यानल
१३ असोज, बुटवल । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको नयाँ नेतृत्वका लागि ब्यापारीहरु फरकफरक प्यानलमा विभाजित भएका छन् ।
कांग्रेस निकट व्यवसायीको बाहुल्यता रहेको संघको अधिवेशन असोज १९ गतेदेखि २२ गतेसम्म हुँदैछ ।
२५औं अधिवेशनका लागि कांग्रेस समर्थित हरिप्रसाद अर्याल र दिनेशप्रसाद श्रेष्ठले छुट्टाछुट्टै प्यानल बनाएर उम्मेदवारी घोषणा गरेका छन् ।
नेपाली कांग्रेस रुपन्देहीका कोषाध्यक्षसमेत रहेका अर्याल संघका पूर्वउपाध्यक्ष हुन् भने कांग्रेस निकट श्रेष्ठ हालका वरिष्ठ उपाध्यक्ष हुन् ।
अर्यालको प्यानलमा कांग्रेस, नेकपा एमाले, राप्रपा लगायत दल निकट उद्योगी व्यवसायीहरु समेटिएका छन् भने श्रेष्ठ प्यानलमा कांग्रेस निकट मात्रै छन् ।
अर्यालको प्यानलमा वरिष्ठ उपाध्यक्षमा टंकप्रसाद गैरे, उद्योग उपाध्यक्षमा सुरज भट्टराई, वाणिज्य उपाध्यक्षमा विमलराज भट्टराई, महासचिवमा मुक्तिप्रसाद अधिकारी, कोषाध्यक्षमा वसन्त ढकाल, सचिवमा भेषराज गैरे र सहकोषाध्यक्षमा धनाकुमारी खनालको उम्मेदवारी घोषणा भएको छ । त्यस्तै श्रेष्ठ प्यानलबाट वरिष्ठ उपाध्यक्षमा टंक गैरे, उद्योग उपाध्यक्षमा नवीन श्रेष्ठ, वाणिज्य उपाध्यक्षमा विमलराज भट्टराई, महासचिवमा बाबुराम विक, कोषाध्यक्षमा प्रकाश श्रेष्ठ र सचिवमा प्रतीक पोखरेललाई उम्मेदवार बनाइएको छ ।
श्रेष्ठ प्यानलले बिहीबार र अर्याल प्यानलले शुक्रबार उम्मेदवारी सार्वजनिक गरेका हुन् । गैरे र भट्टराई दुवै प्यानलमा परेका छन् ।
अर्यालले प्यानलको प्रतिवद्धता जनाउँदै बुटवलको ब्यापार-व्यवसायलाई पहिलेकै अवस्थामा फर्काएर आर्थिक शहरको रुपमा विकास गर्ने, संघलाई सबै आस्था र विचारका व्यवसायीको साझा संस्था बनाउने बताए ।
व्यवसाय करको दर घटाउन, करको दायरामा नआएकालाई करको दायरामा ल्याउन, एकीकृत सम्पत्ति कर र बहाल करको मूल्याङ्कन र दरको मापदण्ड बनाई पुनमुल्याङकन गराएर समय सापेक्ष बनाउन प्रयत्न गर्ने, सामान ढुवानीमा लगाइएको भीसीटीएसप्रणाली परिमार्जनका लागि पहल गर्ने, मोतीपुर औद्योगिक क्षेत्र निर्माणलाई तीबब्रता दिन पहल गर्ने, एक सयरुपैयां भन्दा बढीको मालवस्तुको आयातमा लाग्दै आएको भन्सार महशुललाई निरन्तरताको लागि निरन्तर खवरदारी गर्ने प्रतिवद्धता अर्यालले जनाए ।
उता अर्को प्यानलका अध्यक्ष उम्मेदवार श्रेष्ठले बुटवल शहरलाई मुलुककै अन्य शहर एवं बजारहरुसंग प्रतिष्पर्धी बनाउन पहल गर्ने, ब्यवस्थित पार्किङको पहल गर्ने, ब्यवसायीमैत्री वातावरण गराउने, उपभोक्तालाई सिमावर्ती भारतीय बजार किनमेलमा जान रोक्ने गरी जागरण ल्याउने, बैंक र वित्तीय संस्थालाई वर्तमान आर्थिक मन्दीको अवस्थाबारे सरोकारवाला संस्थाहरुसंग समाधानको उपायबारे पैरवी गर्नेबताए ।संघमा एक हजार ७ सय ७८ व्यवसायी मतदाता छन् ।
from Online Khabar https://ift.tt/UaZWdiR
आजदेखि सोह्र श्राद्ध सुरु
१३ असोज, काठमाडौं। आजदेखि सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आरम्भ भएको छ । आजै प्रतिपदा र द्वितीया तिथि श्राद्ध गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएका पात्रो (पञ्चाङ्ग)मा उल्लेख छ ।
प्रतिपदा तिथि श्राद्धको पिण्डदान अपराह्नसम्म गरिसक्नुपर्ने समितिका सदस्य प्राडा देवमणि भट्टराईले जानकारी दिए ।
आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवङ्गत पितृलाई तर्पण, पिण्ड र सिदादान गरिने भएकाले सोह्रश्राद्ध भनिएको हो ।
चाडपर्व, यज्ञ तथा ठूलाकार्य गर्नु अघि पितृलाई श्रद्धा भक्तिका साथ सम्झिने वैदिक सनातन हिन्दू परम्पराअनुसार सोह्रश्राद्ध गर्ने गरिएको हो । सोह्रश्राद्धमा पितृले आफ्ना सन्तानबाट तर्पण, पिण्डको आश गरिरहेका हुन्छन् भन्ने शास्त्रीय मान्यता छ ।
यसरी सोह्रश्राद्ध गर्नाले पितृप्रतिको दायित्व पूरा हुनाका साथै पितृऋणबाट पनि मुक्त भइन्छ भन्ने धार्मिक विश्वास छ । यो पक्षमा श्राद्ध नगर्दा अक्षम्य दोष लाग्छ भन्ने शास्त्रीय वचनका आधारमा श्राद्ध गर्ने गरिएको प्राडा रामचन्द्र गौतम बताउँछन् ।
सोह्रश्राद्ध अपराह्न कालमा गर्नुपर्छ भन्ने शास्त्रीय वचन रहेको पनि उनले बताए । जाताशौच, मृताशौच र पत्नी रजस्वला भएका अवस्थामा बाहेक सोह्रश्राद्ध छोड्न नहुने गौतमले बताए ।
कारणवश सोह्रश्राद्ध रोकिँदा शास्त्रमा अनेक विकल्प दिइएका छन् । सोह्रश्राद्ध कर्ताले आफ्ना पिताको तिथिमा गर्नुपर्ने विधान छ । आपत् धर्मअनुसार कुनै कारणवश अड्किएमा आश्विन कृष्ण औँसीदेखि आश्विन शुक्ल पञ्चमीसम्म गर्न हुने जानकारहरूको भनाइ छ ।
यो समयमा पनि कारणवश सोह्र श्राद्ध गर्न नसकिएमा कार्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन गर्न सकिन्छ । कात्तिक कृष्ण औँसीमा पनि गर्न नसकिने भएमा वृश्चिक सङ्क्रान्ति अर्थात् मङ्सिरसम्म जुराएर गर्न सकिने धर्मसिन्धु नामक शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ ।
आश्विन शुक्ल पञ्चमीपछिका अष्टमी, द्वादशी र औँसी, भरणी नक्षत्र र व्यतीपात योग परेका दिन जुनसुकै तिथि परेपनि रोकिएको सोह्रश्राद्ध गर्न सकिने शास्त्रीय विकल्पसमेत निर्णयसिन्धु, धर्मसिन्धुलगायत धर्मशास्त्रका ग्रन्थमा दिइएको नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका प्रमुखसमेत रहनुभएका समिति सदस्य प्राडा भट्टराईले जानकारी दिए ।
त्यसपछि पनि सोह्रश्राद्ध गर्न नसकिएमा सक्नेले आफैँ नसक्नेले ब्राह्मणमार्फत् दैनिक १०८ मन्त्र जप गर्न सकिने शास्त्रीय विकल्प रहेको उनले सुनाए । विधिपूर्वक यस्तो जप १० महिनासम्म गर्नुपर्छ । यो विधिबाट पनि पितृले तृप्ति प्राप्त गर्ने धार्मिक विश्वास छ ।
सोह्रश्राद्ध अपराह्नकाल पारेर पिताका तिथिका दिन गर्नुपर्नेमा कतिपय पुरोहितले आफू अनुकुल बिहानै श्राद्ध गर्नु भन्ने गरेको जानकारी आएकाले त्यो शास्त्रसम्मत नभएको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले बताए ।
पितृ पक्षको समाप्तिसँगै दुर्गा पक्ष अर्थात् बडा दसैँ सुरु हुन्छ । बडादसैँ मनाउनुअघि पितृ तृप्तिका लागि सोह्र श्राद्ध गर्ने गरिएको धर्मशास्त्रीय मत छ । ठूला पर्व वा चाड मनाउनुअघि पितृतृप्तिको कर्म गर्ने वैदिक सनातनी परम्परा छ । यस वर्ष गत साउन महिनामा अधिकमास परेकाले सोेह्रश्राद्ध र बडादसैँ पर्व पछि सरेको छ ।
from Online Khabar https://ift.tt/cxSW16i
३-४ दिनसम्म पानी पर्ने प्रक्षेपण, मनसुन बहिर्गमनमा ढिलाइ
१३ असोज, काठमाडौं । नेपालबाट मनसुन बहिर्गमनको औसत मिति अक्टुर २ तारिख भए पनि यस वर्ष त्योभन्दा पनि ढिलो मनुसन बाहिरिने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आगामी तीन-चार दिनसम्म देशका धेरै स्थानमा बदली भई वर्षाको सम्भावना रहेकाले मनसुन ढिलो गरी बाहिरिने महाशाखाको अनुमान छ । महाशाखाले शुक्रबार साँझ विशेष बुलेटिन जारी गर्दै कोशी, मधेश, गण्डकी र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षा हुने प्रक्षेपण गर्दै यात्रा गर्दा सतर्कता अपनाउन भनेको छ । २४ घण्टाको अवधिमा ५० मिलिमिटरसम्म पानी पर्नुलाई भारी वर्षा भनिन्छ ।
मौसमविद गोविन्द झाका अनुसार हाल बंगालको खाडीको उत्तर-पश्चिम भागमा विकास भैरहेको न्यून चापीय क्षेत्र उत्तर-पश्चिम दिशातर्फ सर्ने सम्भावना छ । त्यही प्रणालीका कारण आगामी तीन-चार दिनसम्म देशका धेरै स्थानहरुमा आंशिकदेखि सामान्य बदली भई केही स्थानहरुमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने तथा कोशी, मधेश, गण्डकी र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको हो ।
वर्षा कारण पहाडी भूभागमा पहिरो जानसक्ने जोखिम छ । यसैगरी ठूला तथा साना नदीनाला र खोलाहरूमा पानीको सतह बढ्नसक्ने, सडक र हवाई यातायात समेत प्रभावित हुनसक्ने सम्भावना छ । बाली भित्राउने समय पनि भएकाले आवश्यक सतर्कता अपनाउन र पूर्वतयारी गर्न महाशाखाले सरोकारवाला सबैलाई अनुरोध गरेको छ ।
नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ र बाहिरिने सरदर मिति अक्टुबर २ तारिख हो । तर यस वर्ष सरदर मितिभन्दा एक दिन ढिलो अर्थात जुन १४ तारिख (जेठ ३१ गते) मनसुन नेपाल भित्रिएको थियो । सरदर मिति अनुसार नेपालबाट मनसुन बाहिरिन अब दुई दिनमात्र बाँकी छ । कहिलेकाहिँ सरदर मितिभन्दा दुई-चार दिन ढिलो-चाँडो मनसुन बाहिरिनु र भित्रिनुलाई सामान्य रुपमा लिने गरिन्छ ।
पूर्वी नेपालबाट भित्रिएको मनसुन पश्चिम नेपालबाट बाहिरिन सुरु गर्छ । मौसमविदहरुका अनुसार मनसुन बाहिरिनका लागि पश्चिमबाट पूर्वतिर हावा बहनुपर्छ अर्थात् पूर्वी वायु (मनसुनी वायु) लाई पश्चिमी वायुले विस्थापित गर्नुपर्छ । र बंगालको खाडीबाट जलवाष्पयुक्त हावा आउनेक्रम रोकिनुपर्छ ।
सामान्य हिसाबमा मनसुन बाहिरिन जाडो सुरु हुनुपर्छ । जाडोको वायु पश्चिमबाट चल्छ । काठमाडौं उपत्यकामा बिहानपख जाडो महसुस हुँदै गएको छ । यद्यपि जाडोको वायुका साथै स्थानीय वायुको प्रभाव, पश्चिमी वायुको प्रभाव, वायुमण्डलको अवस्था सबै हेरेर मनसुन बहिर्गमनको घोषणा गरिन्छ । तर केही दिनसम्म कमजोर भएको मनसुन फेरि सक्रिय हुन थालेकाले मनसुन बाहिरिन ढिलाइ हुने मौसमविद झाले बताए ।
from Online Khabar https://ift.tt/MakqiBE
Thursday, September 28, 2023
एमाले बागमती प्रदेश अधिवेशन : अध्यक्षमा दाहाल र ढुंगेलबीच प्रतिस्पर्धा
१२ असोज, काठमाडौं । नेकपा एमालेको बागमती प्रदेश अध्यक्षमा कृष्णप्रसाद दाहाल र कैलाश ढुंगेलको उम्मेदवारी कायम भएको छ । अन्यले उम्मेदवारी फिर्ता लिएपछि दाहाल र ढुंगेलबीच मात्र प्रतिस्पर्धा हुन लागेको हो ।
अधिवेशनमा यसअघि केशव प्रसाद पाण्डे, सानु श्रेष्ठ र केशर बुढाथोकीले पनि उम्मेदवारी दर्ता गराए पनि उनीहरुले पछि फिर्ता लिएका थिए ।
यसैगरी उपाध्यक्ष पदमा चार जना र सचिवमा दुई जनाको उम्मेदवारी कायम भएको छ । उपाध्यक्षमा ईश्वरचन्द्र पोखरेल, दावा दोर्जे लामा, नारायणप्रसाद खतिवडा र राजेन्द्र राजथलाबीच तथा सचिवका लागि नवराज सिलवाल र हस्तबहादुर पण्डित प्रतिस्पर्धामा छन् ।
उम्मेदवारहरुको अन्तिम नामावली सार्वजनिक गरिसकिएकाले आज बिहान १० बजेबाट मतदान सुरु गर्ने तयारी छ । मतदान पार्टी केन्द्रीय कार्यालय च्यासलमा हुनेछ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सकेसम्म सहमतिमा नेतृत्व टुंगो लगाउन निर्देशन दिए पनि सहमतिको प्रयास विफल भएपछि निर्वाचन गर्न लागिएको हो ।
from Online Khabar https://ift.tt/DALG8H6
युवाको ज्ञान र सक्रियताले बन्नेछ लोकतन्त्रको भविष्य
लामो समयदेखि बौद्धिक र राजनीतिक वृत्तमा संसदीय निर्वाचन लड्ने उमेर हद घटाउने चर्चा चलिरहेको छ। यो मुद्दा धेरै चर्को छैन, तर समय–समयमा सतहमा आउँछ। आगामी निर्वाचनअघि यो विषय फेरि चर्चामा छ। अन्तर्राष्ट्रिय थिंक ट्यांक, रिसर्च सेन्टरको सुझावसँगै यो बहस फेरि चर्किएको छ। चुनाव लड्न उमेर हद घटाउनुपर्ने वकालत गर्नेहरूले यसबाट राजनीतिमा युवा सहभागिता बढाउने र विश्व युवा जनसंख्या अग्रगामी भएकाले युवाको प्रतिनिधित्व बढाउन आवश्यक रहेको तर्क गर्छन्।
विश्वमा धेरै प्रजातान्त्रिक मुलुक छन् जहाँ १८ वर्षको उमेरमा पनि चुनाव लड्न सकिन्छ। क्यानडा, बेलायत, फ्रान्स, जर्मनी, स्विट्जरल्यान्ड र अष्ट्रेलिया ठूला देशहरू हुन् जहाँ व्यक्ति १८ वर्ष नाघेपछि चुनाव लड्न योग्य हुन्छ। उही समयमा अमेरिका, ब्राजिल र इन्डोनेसियाका केही राज्यहरूमा, चुनाव लड्न न्यूनतम उमेर समूहको रूपमा २१ वर्षको सीमा स्वीकार्य छ।
यसको विपरीत, नेपालमा यो २५ वर्ष हो। जबकि नेपाल ती देशहरूमध्ये एक हो जहाँ सार्वभौमिक वयस्क मताधिकारको परम्परा सुरुदेखि नै महिला र पुरुषको भेदभाव विना अपनाइयो। त्यसपछि सन् १९९१ मा मतदान अधिकारको न्यूनतम उमेर सीमा २१ बाट १८ वर्षमा झारिएको थियो। साथै, १८ वर्षको उमेर ड्राइभिङ जस्ता अन्य धेरै कार्यहरूको लागि मानक मानिएको थियो। त्यसैले चुनाव लड्ने उमेर हद घटाउनुपर्ने आवाज उठेको छ। यस्तो अवस्थामा यसबाट साँच्चै केही फाइदा हुने हो वा अहिलेको व्यवस्था राम्रो हो कि भनेर अनुसन्धान गर्न आवश्यक छ ?
युवालाई राजनीतिसँग जोड्नु जुनसुकै दृष्टिकोणले पनि राम्रो हुनेमा कुनै शंका छैन। यसबाट उनीहरुको आकांक्षा नीति निर्माणमा सजिलै अभिव्यक्त हुनेछ। नेपाली राजनीति र निर्वाचनमा युवाको सहभागिता बुझ्नको लागि केही प्रवृत्ति हेर्नु उपयोगी हुनेछ।
बहुदलीय लोकतन्त्रमा युवा
तर अवस्था सधैं त्यति निराशाजनक थिएन जस्तो कि हामीले सन् १९९१ मा देख्न सक्छौं ३१-४५ उमेर समूहले ३९.९ प्रतिशतमा बहुमत राख्छ, जसले व्यापक युवा मध्यम-उमेर जनसांख्यिकीय सङ्केत गर्छ। यसले युवाको प्रतिनिधित्वलाई प्रमाणित गर्छ। यसको विपरीत, सन् १९८६ मा, ४१-५० उमेर समूह ४५ प्रतिशतमा सबैभन्दा ठूलो भाग प्रतिनिधित्व गर्दछ।
तथ्याङ्कले सन् १९८६ को पंचायत चुनावदेखि १९९१ को प्रतिनिधिसभा निर्वाचनसम्म ३१-४० उमेर समूहको प्रतिनिधित्वमा उल्लेखनीय वृद्धि देखाएको छ, जसले उमेर संरचनामा सम्भावित परिवर्तनको सुझाव दिन्छ। संसदीय निकायको प्रभावशाली ६३ प्रतिशत गठन गर्दै, संसदका सदस्य (सांसदहरू) ४५ वर्ष भन्दा कम उमेरका थिए भन्ने अवलोकन पनि उत्तिकै चाखलाग्दो थियो। यो तथ्याङ्कले राजनीतिक प्रतिनिधित्वमा पुस्ताको परिवर्तनलाई जोड दिन्छ, यसले सुझाव दिन्छ कि विधायिकाको पदमा रहेका व्यक्तिहरूको एक महत्वपूर्ण भाग अपेक्षाकृत युवा थियो, जसले सम्भावित रूपमा नयाँ दृष्टिकोण र समसामयिक दृष्टिकोणलाई संसदीय बहसको अग्रभागमा ल्याउँछ। ४५ वर्षभन्दा कम उमेरका सांसदहरूको यस्तो उच्च अनुपात गतिशील र विकसित राजनीतिक परिदृश्यको सङ्केत हो, जहाँ युवा पुस्ताको नेतृत्वले राष्ट्रको शासन व्यवस्थाको दिशा निर्धारण गर्न प्रमुख र प्रभावकारी भूमिका खेल्छ।
यो तथ्याङ्कले सार्वभौमिक वयस्क मताधिकारको कार्यान्वयन र प्रतिनिधि लोकतन्त्रको स्थापना पछि, राजनीतिक क्षेत्रमा युवा व्यक्तिहरूको सक्रिय संलग्नता र फलस्वरूप, संसदीय मामिलामा उनीहरूको उपस्थितिमा उल्लेखनीय वृद्धि भएको देखाउँछ। यी जनसांख्यिकीय परिवर्तनहरूले प्रजातान्त्रिक प्रक्रियामा युवा जनसांख्यिकीयहरूको बढ्दो सहभागितालाई प्रतिबिम्बित गर्दछ, जसले नागरिक जिम्मेवारीको उच्च भावना र राजनीतिक सत्ता तथा शक्तिको करिडोरमा उनीहरूको आवाज सुन्ने इच्छालाई संकेत गर्दछ। यो प्रवृत्तिले थप गतिशील र प्रतिनिधि लोकतन्त्रलाई बढावा दिने, नागरिकता गठन गर्ने विविध उमेर समूहलाई प्रोत्साहन र समायोजन गर्न समावेशी राजनीतिक प्रणालीको महत्त्वलाई जोड दिन्छ।
जब हामी सन् १९९४ को मध्यावधि निर्वाचनको नजिक पुग्छौं, संसदको संरचनामा एउटा उल्लेखनीय प्रवृत्ति देखापर्छ। उल्लेखनीय कुरा के छ भने प्रतिनिधिसभामा ३५ वर्ष मुनिका सांसद उल्लेखनीय रूपमा १९ प्रतिशत रहेका छन्। समानान्तरमा, ३५ र ४४ बीचका सांसदहरूले कुल तल्लो सदनको पर्याप्त ४९ प्रतिशत प्रतिनिधित्व गरे। समग्रमा, यसले सङ्केत गर्छ कि ४४ वर्षभन्दा कम उमेरका सांसदहरूको संयुक्त प्रतिनिधित्वले व्यवस्थापिकाको समग्र संरचनाको प्रभावशाली ६६ प्रतिशत भन्दा बढी छ। जनसांख्यिकीमा भएको यो परिवर्तनले संसदीय क्षेत्रभित्रको महत्वपूर्ण पुस्ताको प्रभावलाई सङ्केत गर्छ, जसले यस अवधिमा विधायिकी निर्णयहरूलाई आकार दिने अनुभव र युवावस्थाको जीवन्त मिश्रणलाई प्रतिबिम्बित गर्दछ।
यसबाहेक, यो तथ्याङ्कले एक आकर्षक कथालाई जोड दिन्छ: जसरी देशको लोकतान्त्रिक आधारहरू बलियो हुँदै गयो, संसदको संरचना थप प्रतिनिधित्व र सक्रिय सहभागितातर्फ विकसित हुँदै गयो। ४४ वर्षभन्दा कम उमेरका सांसदहरूको बढ्दो उपस्थिति, पुस्ताको दृष्टिकोण र अनुभवहरूको विस्तृत स्पेक्ट्रम समेटेर, समावेशिताप्रति संसदको समर्पणलाई स्पष्ट रूपमा चित्रण गर्दछ। यसले लोकतान्त्रिक परिदृश्यलाई प्रतिबिम्बित गर्दछ जहाँ जनसंख्याको फराकिलो क्रस-खण्ड नीति र निर्णयहरू आकार दिनमा संलग्न हुन्छ, जसले गर्दा विधायिका प्रक्रियाको सहभागितामूलक प्रकृतिलाई समृद्ध बनाउँछ।
यो रूपान्तरणले परिपक्व लोकतन्त्रको सारलाई मूर्तरूप दिन्छ, यसले सेवा गर्ने राष्ट्रको विविधता र गतिशीलतालाई प्रतिबिम्बित गर्ने संसदलाई बढावा दिन्छ भन्ने आशा बुद्धिजीवी तथा राजनीतिक चिन्तकहरूमा थियो।
तर, यी घटनाक्रमको वरिपरि रहेको आशावाद सन् १९९९ को चुनावपछि निराशाजनक अवस्थामा पुग्यो। यो निर्णायक चुनावी क्षणको समयमा थियो कि ४५ वर्ष भन्दा कम उमेरका सांसदहरूको प्रतिनिधित्वमा उल्लेखनीय गिरावट आएको थियो, जुन प्रतिनिधिसभाभित्र ४९ प्रतिशतको महत्वपूर्ण थ्रेसहोल्ड भन्दा तल झरेको थियो। यो गिरावटले थप प्रतिनिधिमूलक र समावेशी लोकतान्त्रिक प्रणालीतर्फको यात्रामा सम्भावित धक्कालाई झल्काउँदै संसदीय परिदृश्यमा पुस्ताको विविधता र सहभागिता बढाउने अघिल्लो प्रवृत्तिबाट उल्लेखनीय प्रस्थान गरेको छ। यो टर्निङ प्वाइन्टले लोकतन्त्रभित्रको राजनीतिक प्रतिनिधित्वको गतिशीलतालाई चित्रण गर्न सक्ने बहाव र प्रवाहको गम्भीर अनुस्मारकको रूपमा काम गर्दछ।
गणतन्त्रको चुनौती: लोकतन्त्रमा युवाको घट्दो भागीदारी
थप विविधतापूर्ण संसदीय प्रतिनिधित्वको आकांक्षामा निर्णायक प्रहार २०१८ को चुनावको नतिजासँगै भयो। यस चुनावी माइलस्टोनभित्र, स्थितिले विशेष रूपमा निराशाजनक मोड लियो, एक रूपक ‘कफिनमा किल’ को रूपमा सेवा गर्दै। विधायिकी निकायमा युवा प्रतिनिधित्वको पूर्ण अभाव रहेको सङ्केत गर्दै २५ देखि ३० वर्ष उमेर समूहका एक जना पनि सदस्य निर्वाचित हुन नसकेको परिणामले देखाएको छ। यसबाहेक, ३१ देखि ४० उमेर समूहले मात्र थोरै राम्रो प्रदर्शन गर्यो, यसका सदस्यहरूको मात्र ५ प्रतिशत सिट सुरक्षित गर्न सफल भए। यो कठोर वास्तविकताले संसदीय परिदृश्यभित्र पुस्ताको विविधताको प्रवृत्तिमा प्रतिगमनको सम्बन्धमा जोड दियो, युवा सहभागितालाई पुन: जागृत गर्न र थप प्रतिनिधि लोकतन्त्रको पुनर्स्थापना गर्ने प्रयासहरूलाई पुनरुत्थान गर्नुपर्ने दबाबमा जोड दियो।
२०१८ को चुनावमा देखिएका असफलताहरूको परिप्रेक्ष्यमा, त्यसपछिको २०२२ को चुनावले नेपालको राजनीतिक परिदृश्यमा नयाँ अध्याय ल्यायो। यी चुनावहरूले काठमाडौंमा बालेन शाह र धरानमा हर्क साम्पाङ जस्ता गतिशील र युवा-सञ्चालित व्यक्तित्वहरूको उदयको साक्षी दिए। प्रख्यातिमा तिनीहरूको वृद्धि परिवर्तनशील ज्वारको प्रतीक हो, जसले राष्ट्रका युवाको आकांक्षामा नयाँ जीवन ल्यायो।
यस परिवर्तनकारी क्षणको प्रभाव नेपालको प्रतिनिधिसभाको संरचनामा उल्लेखनीय रूपमा प्रतिबिम्बित भएको थियो। उल्लेखनीय रूपमा, युवाहरूको प्रतिनिधित्वमा उल्लेखनीय सुधार भएको छ, जसले समावेशितातर्फ महत्त्वपूर्ण परिवर्तनलाई जनाउँछ। लगभग २.९१ प्रतिशत निर्वाचित २५-३० उमेर समूहका थिए, जसले विधायिकी निकायमा युवा नेताहरूको उपस्थितिलाई जनाउँछ। थप रूपमा, ११.६ प्रतिशत संसद सदस्यहरू ४० वर्षभन्दा कम उमेरका थिए, जसले राष्ट्रको शासन व्यवस्थालाई आकार दिन युवा आवाजहरूको पुनरुत्थानलाई जोड दिन्छ।
उदाहरणीय सन् २०२२ को चुनावमा बालेन शाह र हर्क साम्पाङ जस्ता गतिशील युवा नेताहरूको उदयबाट देखिएका उल्लेखनीय परिवर्तनहरूले राजनीतिक परिदृश्यमा गहिरो प्रभाव पार्छ। प्रतिनिधिसभामा युवा प्रतिनिधित्वको संख्यात्मक वृद्धि सामान्य देखिन सक्छ, यसले पर्याप्त गुणात्मक परिवर्तनलाई मूर्तरूप दिन्छ। यो विकासले राजनीतिमा युवा सहभागिता विकल्प मात्र नभई कुनै पनि समृद्ध लोकतन्त्रको अपरिहार्य आवश्यकता रहेको जनाउँछ। संख्याभन्दा बाहिर, यसले राष्ट्रको शासन व्यवस्थालाई आकार दिन युवा पुस्ताले खेल्ने निर्णायक भूमिकाको परिवर्तनशील धारणालाई झल्काउँछ। यसले राजनीतिलाई ताजा परिप्रेक्ष्य, नवीन समाधान र आफ्ना साथीहरूको विकासशील आवश्यकता र आकांक्षाहरूसँग गहिरो सम्बन्धको साथ जोड्ने उनीहरूको क्षमताको प्रतीक हो।
यसबाहेक, यसले राजनीतिक प्रणालीमा विश्वास बढाउँछ, अझ बढी नागरिक संलग्नता जगाउँछ र हाम्रो प्रतिनिधि लोकतन्त्रमा विविधता र समावेशिताको महत्त्वपूर्ण महत्त्वलाई जोड दिन्छ। संक्षेपमा, २०२२ को चुनावले राजनैतिक क्षेत्रमा युवाहरूको अपरिहार्यताको बलियो पुष्टिको प्रतिनिधित्व गर्दछ र यो संक्रमण थप गतिशील, प्रतिनिधिमूलक र अग्रगामी शासनको युगमा प्रवेश गर्न तयार छ।
पछिल्ला केही प्रतिनिधिसभाको तस्बिर हेर्दा सांसदको औसत आयु ५७-५८ वर्षको बीचमा हुनेछ। यसले संसद जस्तो व्यवस्थापिकामा युवा जनसङ्ख्याको प्रतिनिधित्व बढ्नुपर्छ भन्ने प्रष्ट हुन्छ। आखिर यो नहुनुको कारण के हो ? पहिलो नजरमा, राजनीतिक दलहरू सबैभन्दा ठूलो दोषी देखिन्छन्। राजनीतिक दलहरूले युवालाई टिकट नदिने गरेका छन्। टिकट दिए पनि मुख्यतया राजनैतिक, पारिवारिक पृष्ठभूमि वा प्रभाव भएकालाई नै दिइन्छ। यस्तो अवस्थामा चुनाव लड्ने न्यूनतम उमेरको हद घटाइयो भने हाम्रो राजनीतिक प्रणालीमा वंशवादको वर्चस्व थपिने ठूलो जोखिम छ। स्वाभाविक रूपमा युवालाई राजनीतिसँग जोड्ने बाटो चुनाव लड्ने न्यूनतम उमेर हद घटाएर जाँदैन, तर यसका लागि राजनीतिक दलहरूले आफ्नो सोच र दृष्टिकोणमा व्यापक परिवर्तन गर्नुपर्ने हुन्छ।
राजनीतिमा युवा सहभागिता बढाउन राजनीतिक दलहरू साँच्चै गम्भीर छन् भने उनीहरूले धेरै तहमा कदम चाल्नुपर्छ। सबैभन्दा पहिले सरकारले युवाको मापदण्ड परिवर्तन गर्नुपर्छ। हाल ४०-४५ वर्ष उमेरका मानिसलाई पनि जवान मानिन्छ। यो स्केल घटाउनुपर्छ। दलहरूले आफ्नो संगठनात्मक संरचनामा युवालाई बढी स्थान दिनुपर्छ। ठूला राजनीतिक दलका युवा एकाइहरूको लगाम पनि वयस्कताको दहमा उभिएका नेताहरूको हातमा रहेको देखिन्छ। राजनीतिक दलहरूले पनि आफ्ना विद्यार्थी संगठनका लागि अधिकतम उमेर सीमा तोक्नुपर्नेछ। ३० वर्षभन्दा माथिका व्यक्तिलाई यसमा स्थान नदिएको भए राम्रो हुन्छ।
राजनीतिक दलसँगै नागरिक समाजले पनि मतदानमा युवा सहभागिता बढाउन पहल गर्नुपर्छ। भोटिङ प्रवृत्तिले देखाउँछ कि १८ देखि २५ वर्ष उमेर समूहका मानिसले यसमा अनास्था देखाउँछन्। यो उमेर समूहका युवाहरू पढाइ वा कामका लागि मतदाता सूचीमा परेको ठाउँबाट बाहिर हुनु यसको मुख्य कारण हो। भोट हाल्न मात्रै आफ्नो जन्मस्थल जान पाएका छैनन्। युवाको राजनीतिप्रति मोहभंग यहींबाट सुरु हुन्छ।
त्यसैले राजनीतिक दल र निर्वाचन आयोगले विभिन्न कारणले आफ्नो जन्मभूमि बाहिर बसोबास गर्दै आएका युवाले कुनै अवरोध विना मतदान गर्न सक्ने बाटो खोज्नुपर्छ। युवाहरु मतदानमा सहभागी हुँदा उनीहरुको राजनीतिप्रतिको दृष्टिकोण पनि गम्भीर र संवेदनशील हुनेछ। उनीहरुमा नेतृत्वको स्वाभाविक भावना पनि विकास हुनेछ। यसतर्फ पहिले प्रभावकारी कदम चाल्नुपर्छ, त्यसपछि मात्र चुनाव लड्ने न्यूनतम उमेर घटाउने विचार अघि बढाउनुपर्छ।
युवा सशक्तीकरण: अगाडिको बाटो
युवा र राजनीति— दुवै गज्जबका शब्द हुन् र एकअर्काको सहयोगी पनि छन्। तर अचम्मको कुरा यो हो कि दुवै एकअर्का विरुद्ध प्रयोग भएका छन्। युवा विरुद्धको राजनीति, राजनीति विरुद्ध युवा– कसरी ? आज युवाहरूले राजनीति विरासत, धनी र अपराधीहरूको काम भएको महसुस गर्छन्। जबकि राजनीति भनेको हाम्रो वरपरका समस्या बुझ्न र तिनको समाधानका लागि आवश्यक नेतृत्वसँग सम्बन्धित छ। यसरी युवाको मनमा सृजना भएको यो भ्रमले राजनीतिलाई धेरै नोक्सान पुर्याएको छ। सक्षम र उत्साही युवाहरू यो काममा आउन छाडेका छन्। अर्कोतर्फ हामी वरपरका युवाहरू विरुद्ध प्रयोग भइरहेको फोहोरी राजनीति सजिलै देख्न सक्छौं। राजनीतिमा लागेका धेरै युवाले राजनीतिलाई धार्मिक कट्टरता, ठूला नेताको चाप्लुसी, स्थानीय हिंसा र छोटो समयमा कुनै न कुनै रूपमा चर्चित हुने निराशालाई मात्र ठानेका छन्। जाहेर छ, यी दुई शब्दहरू एकअर्काको सहयोगी हुनुपर्छ, तर अहिले तिनीहरू एकअर्काको विरोधी बनाइएका छन्।
लोकतान्त्रिक राजनीतिक सिद्धान्तको दायरामा, एउटा मौलिक सिद्धान्तले राजनीतिक परिदृश्यमा युवा जनसांख्यिकीयको बढ्दो प्रतिनिधित्व आन्तरिक रूपमा युवाको बढ्दो सहभागिताको खेतीमा निर्भर हुन्छ, जुन राजनीतिक चेतनाको बृहत्तर निर्माणसँग जोडिएको घटना हो। यो सैद्धान्तिक प्रस्तावले युवा प्रतिनिधित्व, राजनीतिक संलग्नता र चेतनाका क्षेत्रहरू बीचको जटिल अन्तरक्रियालाई जोड दिन्छ, जसको माध्यमबाट यी अन्तरसम्बन्धित पक्षहरूले प्रजातान्त्रिक राजनीतिको जीवन्तता र समावेशितालाई आकार दिनका जटिल संयन्त्रहरूमा व्याख्या गर्दछ।
यसको मूलमा, यो प्रस्तावले राजनीतिक प्रक्रियाहरूमा युवाहरूको उपस्थिति, मतदानको कार्यदेखि नागरिक समाज र राजनीतिक संगठनहरूमा सक्रिय संलग्नतासम्म, तीव्र राजनीतिक चेतनाको आधारशिलाद्वारा रेखदेख गर्दा मात्र महत्त्वपूर्ण रूपमा बलियो बनाउन सकिन्छ भन्ने कुरामा जोड दिन्छ। राजनीतिक चेतना, राजनीतिक प्रणाली, मुद्दा र तिनका असरहरूको सूक्ष्म समझको रूपमा व्याख्या गरिएको, सार्थक युवा सहभागिताको लिवरको आधारको रूपमा काम गर्दछ। यसले प्रजातान्त्रिक ढाँचा भित्र युवा संलग्नताको अग्रदूत, उत्प्रेरक र मोड्युलेटरको रूपमा कार्य गर्दछ।
सुशासन, सार्वजनिक नीति र राष्ट्र, समाज वा समुदायलाई घेरेका विविध सामाजिक-राजनीतिक सरोकारहरू बुझ्नको लागि आवश्यक ज्ञान, सीप र आलोचनात्मक चतुरताका साथ युवा व्यक्तिहरूलाई आत्मसात् गरेर, सिद्धान्तले युवाहरू बढी उपयुक्त छन् भन्ने कुरा पुष्टि गर्छ। राजनीतिक प्रक्रियाहरूमा उनीहरूको सहभागिताको गहिरो प्रभावहरू बुझ्नुहोस्। यसबाहेक, यस्तो राजनीतिक ज्ञानले युवाहरूमा एजेन्सी, आत्म-प्रभावकारिता र सशक्तीकरणको भावनालाई बढावा दिन्छ, जसले उनीहरूको राजनीतिको सामूहिक भाग्यलाई आकार दिन सक्रिय सरोकारवालाहरूको रूपमा आफ्नो भूमिकाहरू पहिचान गर्न अनुमति दिन्छ।
यस सैद्धान्तिक निर्माणमा, युवा सहभागिता एक परिमाणात्मक माध्यमको रूपमा देखा पर्दछ जसको माध्यमबाट राजनीतिक चेतनालाई कार्यमा रूपान्तरण गरिन्छ। राजनीतिक गतिविधिमा सक्रिय संलग्नता, चाहे त्यो चुनावी प्रक्रिया, वकालत, तल्लो तहको परिचालन वा मुद्दामा आधारित आन्दोलन हो, नागरिक चेतनाको अभिव्यक्ति र परिवर्तनलाई प्रभाव पार्ने संयन्त्र दुवै हुन्छ। यो सहभागितामूलक संलग्नताको माध्यमबाट युवाहरूले आफ्नो आवाजलाई मात्र बढाउँदैन तर सार्वजनिक बहस र नीति निर्माणको रूपरेखालाई पनि प्रभाव पार्छ, जसले गर्दा बृहत् राजनीतिक क्षेत्रमा उनीहरूको प्रतिनिधित्वलाई बलियो बनाउँछ।
अन्ततः यो सैद्धान्तिक दावीले राजनीतिक चेतना, युवा सहभागिता र बढ्दो प्रतिनिधित्व बीचको सहजीवन सम्बन्धलाई जोड दिन्छ। प्रजातान्त्रिक परिवेशमा यसले समाजको प्रगतिका वास्तुकार र लोकतान्त्रिक जीवन्तताका अभिकर्ताका रूपमा युवाहरूको वास्तविक सम्भावनालाई साकार पार्न यी आयामबीचको गतिशील तालमेल अपरिहार्य छ भनी ठान्दछ। राजनीतिक ज्ञानको संस्कृतिलाई बढावा दिएर र बलियो युवा सहभागितालाई प्रोत्साहित गरेर, समाजहरूले प्रतिनिधित्वको कमीलाई पूरा गर्न सक्छ जुन प्राय: युवा जनसांख्यिकीय विशेषताहरू हुन्छन्, जसले गर्दा समावेशिताको लोकतान्त्रिक आदर्शलाई अगाडि बढाउन र भविष्यका विविध आवाज राजनीतिक शासनको कपडामा बुनेको सुनिश्चित गर्न सकिन्छ।
from Online Khabar https://ift.tt/yr8MUJx
आ गई तारीख, इस दिन शुरू होगी Amazon की सबसे बड़ी सेल, टीवी-हेडफोन पर मिलेगी 80% तक छूट
from Latest News मोबाइल-टेक News18 हिंदी https://ift.tt/DtYf6Js
फर्केर हेर्दा विश्वकप क्रिकेट
क्रिकेटको मेगा इभेन्ट मानिने विश्वकप क्रिकेट यहि अक्टोवर- ५ देखि भारतमा सुरु हुँदैछ । दश राष्ट्र सम्मिलित यो विश्वकप २०१९ को विश्वकप जस्तै सिंगल राउन्ड रोबिन फर्म्याटमा खेलाइनेछ । पहिलो चरणमा हरेक राष्ट्रले एक आपसमा प्रतिस्पर्धा गर्नेछन् र उक्त चरणको शीर्ष चार राष्ट्र सेमिफाइनल प्रस्थान गर्नेछन् ।
अर्को हप्ताको बिहीबारबाट सुरु हुने विश्वकपको उद्घाटन खेल अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा हुनेछ । उक्त खेलमा विश्वकपका दाबेदार मानिएका दुई ठूला टोली इंग्ल्याण्ड र न्यूजिल्याण्ड आमने- सामने हुनेछन् । यी दुई टोली नै २०१९ को विश्वकप फाइनलमा पनि भिडेका थिए जसमा आयोजक राष्ट्र इंग्ल्याण्ड बाउण्ड्री काउन्टको आधारमा विजेता बनेको थियो ।
निकै नै उच्च लयमा देखिएको इंग्ल्याण्ड न्यूजिल्याण्डको लागि ठूलै चुनौती बन्ने पक्का छ । तर, ठूला टुर्नामेन्टहरुमा आफ्नो औकातबाट पनि धेरै माथि उठेर खेल प्रदर्शन गर्ने न्यूजिल्याण्डलाई पनि सामान्य भने लिन मिल्दैन । त्यसैले, यी दुई हेबिवेटबीचको खेल निकै नै रोमान्चक हुने अनुमान गरिएको छ । एक लाख बत्तीस हजार दर्शक क्षमता रहेको नरेन्द्र मोदी स्टेडियममा खेल नेपाली समय अनुसार दिउँसोको २:३० बजे सुरु हुनेछ ।
भारतमा हुन लागेको विश्वकपमा आयोजक राष्ट्र भारतसहित पाँच पटकको विश्वकप विजेता अस्ट्रेलिया, पूर्व विजेता इंग्ल्याण्ड र एसियाको पावर हाउस मानिने पाकिस्तान उपाधिको प्रमुख दाबेदारको रुपमा रहेका छन् । राम्रो लयमा रहेको दक्षिण अफ्रिका र न्यूजिल्याण्ड पनि विश्वकपको दावेदार टोलीमै पर्छन् ।
घरेलु मैदान र उच्च लएमा भएका कारण भारतको सम्भावना बलियो रहेको क्रिकेट पण्डितहरु बताउँछन् । तर, विश्वकप कसरी आफ्नो पक्षमा पार्न सकिन्छ भन्ने राम्रो ज्ञान भएको अस्ट्रेलिया र पछिल्लो समय एकदिवसीय क्रिकेटको स्वरुप नै बदल्देको इंग्ल्याण्ड भने भारतको लागि ठूलो पर्खाल बन्न सक्छन् ।
वेष्ट इण्डिजलाई पहिलो विश्वकप
विश्वकप क्रिकेटको पहिलो संस्करण सन् १९७५ मा इंग्ल्याण्डमा भएको थियो । उक्त प्रतियोगिताको फाइनलमा क्लिभ लायोडको नेतृत्वमा रहेको वेष्ट इण्डिजले अष्ट्रेलियालाई १७ रनले पराजित गर्दै उपाधि चुमेको थियो ।
म्यान अफ दि म्याच बनेका कप्तान लायोडले नै फाइनलमा १०२ रनको शतकीय पारी खेल्दै आफ्नो टोलीलाई उपाधि जिताएका थिए ।
६० ओभरमा खेलिएको यो विश्वकपमा आठ रास्ट्र सहभागी भएका थिए । यस प्रतियोगितामा न्यूजिल्याण्डका ग्लेन टर्नरले सबैभन्दा बढी ३३३ रन बनाएका थिए भने अष्ट्रेलियाका ग्यारी गिल्मोरले सबैभन्दा बढी ११ विकेट हात पारेका थिए । प्रतियोगितामा जम्मा १५ वटा खेलहरु भएका थिए ।
विश्वकप क्रिकेट १९७९: वेष्ट इण्डिजलाई लगातार दोस्रो उपाधि
विश्वकप क्रिकेटको दोस्रो संस्करण १९७९ मा इंग्ल्याण्डमा भएको थियो । पुन: एक पटक वेष्ट इण्डिजले फाइनलमा आयोजक राष्ट्र इंग्ल्याण्डलाई ९२ रनले पराजित गर्दै दोस्रो पटक उपाधि उचालेको थियो ।
क्लिभ लायोडकै कप्तानीमा यो विश्वकप पनि खेलेको वेष्ट इण्डिजका लागि फाइनलमा म्यान अफ दि म्याच बनेका भिभियन रिचार्ड्सले नट आउट १३८ रनको शतकीय पारी खेल्दै टोलीलाई जिताएका थिए ।
आठ राष्ट्र सहभागी यो विश्वकपमा १५ खेल खेलिएको थियो । वेष्ट इण्डिजका गोर्डन ग्रिनिज २५३ रनका साथ सर्वाधिक रन बनाउने ब्याट्सम्यान थिए भने इंग्ल्याण्डका माइक हेन्ड्रिक १० विकेटका साथ उत्कृष्ट बलर बनेका थिए ।
विश्वकप क्रिकेट १९८३: भारत बन्यो च्याम्पियन
विश्वकप क्रिकेटको यो तेस्रो संस्करण पनि इंग्ल्याण्डमा नै आयोजना भएको थियो । भारतले जितेको यस विश्वकपमा वेष्ट इण्डिज फाइनलमा पराजित भएको थियो । टुर्नामेन्टको मध्यम मानिएको टोली भारतले बलियो मानिएको वेष्ट इण्डिजलाई ४३ रनले पराजित गर्दै उपाधि जितेको थियो ।
फाइनलमा ३ विकेट लिएर २६ रन बनाएका भारतका मोहिन्दर अमरनाथ म्यान अफ दी म्याच चुनिएका थिए । कपिल देवको कप्तानीमा उत्रेको भारतले सबैलाई चकित तुल्याउँदै उपाधि जितेको थियो । आठ राष्ट्र सम्मिलित यो प्रतियोगितामा २७ वटा खेलहरु भएका थिए ।
प्रतियोगितामा ३८४ रन सहित इंग्ल्याण्डका डेभिड गोवेर उत्कृष्ट ब्याट्स्म्यान बनेका थिए भने १८ विकेट सहित भारतका रोजर बिन्नी उत्कृष्ट बलर बनेका थिए ।
विश्वकप क्रिकेट १९८७: ५० ओभरको पहिलो विश्वकप
विश्वकपको चौथो संस्करण १९८७ को विश्वकप पहिलो पटक इंग्ल्याण्ड बाहिर भएको विश्वकप हो जसको आयोजना एशियन राष्ट्रहरु भारत र पाकिस्तानले संयुक्त रुपमा गरेका थिए । वेष्ट इण्डिज फाइनलमा नपुगेको यो पहिलो विश्वकपको विजेता अस्ट्रेलिया बनेको थियो ।
एलन बोर्डरको कप्तानीमा विश्वकपमा होमिएको अस्ट्रेलियाले डेभिड बुनको ७५ रनको उत्कृष्ट पारीले फाइनलमा आफ्नो चिरपरिचित प्रतिद्वन्दी इंग्ल्याण्डलाई ७ रनले पराजित गरेको थियो । आठ राष्ट्र सहभागी यो विश्वकपमा २७ खेलहरु भएका थिए भने पहिलो पटक विश्वकपलाई ६० बाट झारेर ५० ओभरको बनाइएको थियो ।
प्रतियोगितामा ४७१ रन सहित इंग्ल्याण्डका ग्राहम गुचले सर्वाधिक रन बनाएका थिए भने १८ विकेट सहित अष्ट्रेलियाका क्रायग म्याकडर्मट सर्वाधिक विकेट लिने बलरको पहिलो स्थानमा थिए ।
आयोजक भारत र पाकिस्तान सेमिफाइनलबाट घर फर्केका थिए भने गएको तीन वटा विश्वकपमा राज गरेर सनसनी मच्चाएको वेष्ट इण्डिजले ग्रुप स्टेज नै पार गर्न सकेको थिएन ।
विश्वकप क्रिकेट १९९२: पाकिस्तानलाई पहिलो उपाधि
विश्वकप क्रिकेटको पाचौँ संस्करणको यो विश्वकप अष्ट्रेलिया र न्यूजिल्याण्डले संयुक्त रुपमा आयोजना गरेका थिए । एशियन राष्ट्र पाकिस्तानले २२ रनले इंग्ल्याण्डलाई पराजित गर्दै उपाधि आफ्नो पक्षमा पारेको थियो ।
इमरान खानको नेतृत्वमा विश्वकप खेलेको पाकिस्तानका लागि उपाधि जिताउने मुख्य नायक भने वासिम अक्रम बनेका थिए । उनले फाइनलमा तीन विकेट लिँदै ३३ रन बनाएका थिए ।
पहिलोपटक रंगिन जर्सीको प्रयोग गरिएको यस विश्वकपबाट म्यान अफ दी सिरीजको पनि सुरुवात गरिएको थियो । ४५६ रन सहित प्रतियोगिताकै सर्वाधिक रन बनाएका न्यूजिल्याण्डका मार्टिन क्रोवे विश्वकप इतिहासमा म्यान अफ द सिरिज जित्ने पहिलो खेलाडी बने ।
यसैगरी, १८ विकेट लिएका पाकिस्तानका वासिम अक्रम सर्वाधिक विकेट लिने बलर बनेका थिए । नौ राष्ट्र सहभागी यस विश्वकपमा ३९ वटा खेलहरु भएका थिए ।
विश्वकप क्रिकेट १९९६: तीन देश आयोजक
पहिलो पटक तीनवटा राष्ट्रहरुको संयुक्त रुपमा आयोजना गरिएको यस विश्वकप फेरि पनि एशियन भूमिमा भएको थियो । भारत, पाकिस्तान र श्रीलंकामा भएको यस विश्वकपको उपाधि आयोजक राष्ट्रमध्यको एक राष्ट्र श्रीलंकाले जितेको थियो ।
पहिलोपटक विश्वकप आयोजना गर्ने अवसर पाएको श्रीलंकाले फाइनलमा अष्ट्रेलियालाई ७ विकेटले पराजित गरेको थियो । अर्जुन रणतुंगाको कप्तानीमा विश्वकप खेलेको श्रीलंकाको लागि अविजित १०७ रन बनाएर ३ विकेट लिएका अरभिन्दा डी शिल्भा फाइनलको नायक बनेका थिए । १२ राष्ट्रहरुको सहभागिता रहेको प्रतियोगितामा ३७ वटा खेलहरु भएका थिए ।
प्रतियोगितामा ५२३ रन सहित भारतका सचिन तेन्दुलकर सर्वाधिक रन बनाउने ब्याट्सम्यान बन्दा १५ विकेट सहित भारतकै अनिल कुम्ब्ले सर्वाधिक विकेट लिने बलर बनेका थिए । विश्व विजेता श्रीलंकाका सनाथ जयासूर्या म्यान अफ दी सिरीज बने ।
विश्वकप क्रिकेट १९९९: पाँच राष्ट्र आयोजक
विश्वकप क्रिकेटको सातौँ संस्करण यस विश्वकपको आयोजना अहिलेसम्मकै सबैभन्दा धेरै राष्ट्रले गरेका थिए । यो विश्वकपको आयोजना इंग्ल्याण्ड, स्कटल्याण्ड, नेदरल्याण्ड्स, आयरल्याण्ड र वेल्स गरी पाँचवटा राष्ट्रले गरेका थिए । अधिकांश खेल इंग्ल्याण्डमा भएका थिए भने केही खेलहरु अरु चार राष्ट्रमा पनि भएका थिए ।
फाइनलमा पाकिस्तानलाई ८ विकेटले पराजित गर्दै अष्ट्रेलियाले दोस्रो पटक उपाधि जितेको थियो । १२ राष्ट्र सहभागी विश्वकपमा ४२ खेलहरु भएका थिए । स्टीभ वाँको कप्तानीमा रहेको अष्ट्रेलियाका लागि फाइनलमा ४ विकेट लिँदै स्वर्गीय लेजेन्ड बलर शेन वार्न नायक बनेका थिए ।
प्रतियोगिताको म्यान अफ दी सिरीज चाहिँ दक्षिण अफ्रिकाको लेन्स क्लुसेनर घोषित भएका थिए । प्रतियोगितामा भारतका राहुल द्रविडले सबैभन्दा धेरै ४६१ रन बनाएका थिए भने न्यूजिल्याण्डका जेफ अलोट र अष्ट्रेलियाका शेन वार्नले समान २०-२० विकेट लिएका थिए ।
विश्वकप क्रिकेट २००३: अफ्रिकाले आयोजना गरेको पहिलो विश्वकप
आठौं संस्करणको यो विश्वकप क्रिकेट पहिलो पटक अफ्रिकी राष्ट्रहरु दक्षिण अफ्रिका, जिम्बावे र केन्याले आयोजना गरेका थिए । १४ राष्ट्रहरु सहभागी यस विश्वकपमा ५४ वटा खेलहरु भएका थिए । रिकी पोन्टिङ्गको कप्तानीमा उत्रेको अष्ट्रेलियाले फाइनलमा भारतलाई १२३ रनले पराजित गर्दै तेस्रो पटक उपाधि जितेको थियो । यो विश्वकपको उपाधिसँगै तीन पटक विश्वकप जित्ने पहिलो र एकमात्र राष्ट्र बन्न सफल बन्यो अष्ट्रेलिया ।
फाइनलमा अविजित १४० रनको पारी खेलेका कप्तान पोन्टिङ्ग म्यान अफ दी म्याच चुनिए भने भारतका सचिन तेन्दुलकर म्यान अफ दी सिरीज घोषित भए । प्रतियोगितामा भारतका सचिन तेन्दुलकरले सबैभन्दा धेरै ६७३ रन बनाएका थिए भने श्रीलंकाको चामिन्डा भासले सबैभन्दा धेरै २३ विकेट लिएका थिए ।
विश्वकप क्रिकेट २००७: १६ राष्ट्र सहभागी
नवौं संस्करणको यो विश्वकप क्रिकेट वेष्ट इण्डिजले आयोजना गरेको थियो । प्रतियोगितामा अहिलेसम्मकै सबैभन्दा बढी १६ राष्ट्र सहभागी थिए भने ५१ खेलहरु भएका थिए । रिकी पोन्टिङ्गको कप्तानीमा उच्च लयमा रहेको अष्ट्रेलियाले फाइनलमा श्रीलंकालाई डी. एल. पद्धतिको आधारमा ५३ रनले पराजित गर्दै लगातार तेस्रो पटक र समग्रमा चौथो पटक उपाधि हात पार्यो ।
विश्वकप क्रिकेटको इतिहासमा लगातार तीन पटक विश्वकप जित्ने अष्ट्रेलिया एकमात्र राष्ट्र हो । १४९ रनको विष्फोटक पारी खेलेका अष्ट्रेलियाका एडम गिलक्रीष्ट म्यान अफ दी म्याच चुनिए भने सोही टीमको मेन बलरको रुपमा रहेका ग्लेन म्याग्रा म्यान अफ दी सिरीज बनेका थिए ।
अष्ट्रेलियाको दबदबा रहेको यस विश्वकपमा ६५९ रन सहित सोही राष्ट्रका म्याथ्यु हेडन सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचिमा पहिलो स्थानमा रहँदा म्यान अफ दी सिरीज बनेका अष्ट्रेलियाकै ग्लेन म्याग्रा २६ विकेट सहित सर्वाधिक विकेट लिने बलर बनेका थिए ।
विश्वकप क्रिकेट २०११: २८ वर्षपछि भारतलाई उपाधि
दशौं संस्करणको यो विश्वकप क्रिकेट भारत, श्रीलंका र पहिलो पटक बंगलादेशमा आयोजना भएको थियो । १४ राष्ट्र सहभागी विश्वकपमा ४९ खेलहरु भएका थिए । पहिलो पटक फाइनलमा दुई एशियन राष्ट्रहरुको भिडन्त भएको यस विश्वकपमा भारतले श्रीलंकालाई ६ विकेटले पराजित गर्दै २८ वर्षपछि दोस्रो पटक उपाधि उचालेको थियो । महेन्द्रसिंह धोनीको कप्तानीमा रहेको भारतका लागि फाइनलमा म्यान अफ दी म्याच कप्तान धोनी आफैं बनेका थिए ।
टिम संकटमा परेका बेला पाँचौ नम्बरमा ब्याटिङ् गर्न आएका धोनीले विष्फोटक पारी खेल्दै अविजित ९१ रन बनाएका थिए । फाइनलमै ९७ रन बनाएका गौतम गम्भीरले उनलाई बलियो साथ दिएका थिए । एकसाथ दुई मुख्य ब्याट्सम्यान वीरेन्द्र सहवाग र सचिन तेन्दुलकर गुमाएर लर्वराएको भारतको पारी धोनी र गम्भीरले उकासेका थिए । खेल सकिन सात बल बाँकी हुँदा कप्तान धोनीले श्रीलंकाको नुवान कुलसेकारालाई छक्का प्रहार गर्दै खेल जिताएका थिए ।
५०० रन बनाएका श्रीलंकाको तिलकरत्ने दिलशन सर्वाधिक रन बनाउने ब्याट्सम्यान बने भने समान २१ विकेट लिएका पाकिस्तानका शाहिद अफ्रिदी र भारतका जाहिर खान सर्वाधिक विकेट लिने बलर बनेका थिए । प्रतियोगिताको म्यान अफ दी सिरीज भने भारतकै युवराज सिंह घोषित भएका थिए ।
विश्वकप क्रिकेट २०१५: अष्ट्रलिया पाँचौं पटक च्याम्पियन
एघारौं संस्करणको यस विश्वकप अष्ट्रेलिया र न्यूजिल्याण्डले संयुक्त रुपमा आयोजना गरेका थिए । प्रतियोगिताको फाइनलमा माइकल क्लार्कको नेतृत्वमा रहेको आयोजक राष्ट्र अष्ट्रेलियाले अर्को आयोजक न्यूजिल्याण्डलाई ७ विकेटले पराजित गर्दै पाँचौं पटक उपाधि जितेको थियो ।
३६ रन खर्चेर तीन विकेट हात पारेका अष्ट्रेलियाको जेम्स फकनर फाइनलको नायक बनेका थिए भने अष्ट्रेलियाकै अर्को बलर मिचेल स्टार्क म्यान अफ दी सिरिज घोषित भएका थिए ।
५४७ रन बनाएका न्यूजिल्याण्डका मार्टिन गुप्तिल सर्वाधिक रन बनाउने ब्याट्सम्यान बने भने समान २२ विकेट लिएका अष्ट्रेलियाका मिचेल स्टार्क र न्यूजिल्याण्डका ट्रेन्ट बोल्ट सर्वाधिक विकेट लिने बलर बनेका थिए । अष्ट्रेलियाको मेल्बर्न क्रिकेट ग्राउन्डमा भएको यस विश्वकपको फाइनल खेल हेर्न ९३,०१३ जना दर्शकहरुको उपस्थिति थियो । १४ राष्ट्रहरुको सहभागी यस विश्वकपमा ४९ खेलहरु भएका थिए ।
विश्वकप क्रिकेट २०१९: इंग्ल्याण्डलाई पहिलो उपाधि
इंग्ल्याण्ड र वेल्सले संयुक्त रुपमा आयोजना गरेको यस विश्वकपको उपाधि पहिलो पटक इंग्ल्याण्डले जितेको थियो । फाइनल खेलमा बाउण्ड्री काउण्टको आधारमा इंग्ल्याण्डले न्यूजिल्याण्डलाई पराजित गर्दै उपाधि जितेको हो । अति नै रोमाञ्चक फाइनलमा ५० ओभरको खेल बराबरी भएपछि सुपर ओभर भएको थियो । सुपर ओभर पनि बराबरीमा सकिएपछि खेलको नतिजा बाउण्ड्री काउन्टबाट निकालिएको थियो ।
निर्धारित ५० ओभरको खेलमा दुबै टोलीले २४१ रन बनाएका थिए भने सुपर ओभरमा पनि दुबै टोलीले १५ रन बनाएका थिए । बाउन्ड्री काउन्ट गर्दा इंग्ल्याण्डको तर्फबाट २४ वटा बाउन्ड्री प्रहार भएको थियो भने न्यूजिल्याण्डको तर्फबाट १६ वटा बाउन्ड्री मात्र प्रहार भएको थियो ।
अझ रमाइलो पक्ष त के छ भने, निर्धारित ५० ओभरको खेलमा दुवै टोलीले दुई/दुई वटा मात्र छक्का प्रहार गरेका थिए ।
दश राष्ट्र सहभागी यस विश्वकपमा ४८ खेलहरु भएका थिए । इयोन मोर्गनको कप्तानीमा उत्रेको इंग्ल्याण्डको लागि फाइनलमा अविजित ८४ रन बनाएका बेन स्टोक्स म्यान अफ दी म्याच भए भने न्यूजिल्याण्डका कप्तान केन विलियम्सन म्यान अफ दी सिरीज बनेका थिए ।
६४८ रनका साथ भारतका रोहित शर्मा सर्वाधिक रन बनाउने ब्याट्सम्यान बनेका थिए भने २७ विकेट लिएका अष्ट्रेलियाका मिचेल स्टार्क सबैभन्दा धेरै विकेट लिने बलर थिए । योसँगै मिचेल स्टार्क लगातार दुईवटा विश्वकपमा सर्वाधिक विकेट लिने पहिलो बलर बनेका थिए भने एकै संस्करणमा सबैभन्दा बढी विकेट लिने बलर पनि बनेका थिए ।
(लेखक सिन्धुली एकेडेमी बोर्डिङ्ग स्कूलका शिक्षक हुन् ।)
from Online Khabar https://ift.tt/QoFIbiL
Wednesday, September 27, 2023
युवाले खोजेको नेपाल कस्तो ?
तथ्यांकहरूले तथ्य बोल्छन्, गीतहरूले सत्य । एउटा समय थियो, जुन बेला राजा महेन्द्रले लेखेको, नातिकाजीको संगीतमा दीप श्रेष्ठले गाएको ‘नजाऊ छोडी यो देश, आमालाई रुवाएर’ गीतले धेरैलाई छुन्थ्यो ।
समय यस्तो पनि आयो, जतिबेला १९७४ एडीले गाएको ‘जसो भन जे भन जतासुकै लैजाऊ मलाई, यो मन त मेरो नेपाली हो’ को ख्याति राष्ट्रगान भन्दा बढ्ता चुलिन पुग्यो । गीतहरू भावना मात्रै रहेनछन्, बरु इतिहासको कालखण्ड सम्झाउने अभिलेख पनि रहेछन् ।
रक ब्यान्ड १९७४ एडीको पेटबोली छ : मेचीकालीको चौहद्दीमा बस्दा मात्रै नेपाली भइने होइन । थातथलो छाडेर मुगलान पस्ने नेपालीबारे दुई सय वर्षभन्दा पुराना तथ्य भेटिन्छन् । बाह्य बसाइँसराइ मात्रै नभई आन्तरिक बसाइँसराइ गर्नेहरूको संख्या अगणित छ । अर्थात् जतासुकै लैजाऊ मलाई, यो मन त मेरो नेपाली हो !
विश्वको जुनसुकै भूभागमा बसे पनि त्यो पौरखी प्रवासी आफ्नो समुदाय, परिवार रहेको नेपाललाई असीम स्नेह गर्छ । नयाँ पुस्ताले यो देशलाई अझै राम्रो पार्दै लैजाओस् भन्ने कामना गर्छ ।
यो निष्कर्षमा हाम्रो समाज एकैपल्ट आइपुगेको भने होइन । देश भनेको स्थिर इकाइ मात्रै होइन, चलायमान भावना पनि हो भन्ने मान्यताले प्रवेश पाउन सहजै सम्भव भएको होइन । भोकैतिर्खै बस्नुपरे पनि राष्ट्रवाद नै प्यारो भनाउन माध्यमिक तहसम्मको महेन्द्रमालाले मात्रै होइन; भाषण, गीत, कविताहरूले समेत योगदान गर्छन् । कहिलेकाहीं त इतिहासको किताबले मात्रै होइन, साहित्यले समेत नागरिकहरूको शोषण गर्छ ।
औपचारिक तथ्यांकमै भर पर्ने हो भने पनि श्रमका लागि दैनिक २२ सय युवा अनि शिक्षाका लागि दैनिक ३०० युवा विदेश गइरहेको भेटिन्छ । जनगणना २०७८ का अनुसार देशभरका १५ लाख ५६ हजार परिवारका कोही न कोही सदस्य विदेशमा छन् ।
नेपालमा १५ वर्षभन्दा माथिको सक्रिय श्रमशक्ति जनसंख्या २ करोड ७ लाख ४४ हजार रहेको पछिल्लो श्रमशक्ति सर्वेक्षणले देखाउँछ । त्यसमध्ये केवल ७० लाख ८६ हजार जनसंख्या मात्रै रोजगारीका विभिन्न क्षेत्रहरूमा सामेल देखिन्छ । रोजगारीका क्षेत्रमा रहेको श्रमशक्ति जनसंख्याको ३४.२ प्रतिशत देखिन्छ । बाँकी ११.३ प्रतिशत बेरोजगारी दर देखिन्छ । त्यसले खोज्ने विकल्प भनेको विदेश नै हो ।
श्रमबाहेक पनि शिक्षाका लागि विदेश जानेको संख्यामध्ये १६–४० उमेर समूहभित्रको झन्डै ७ प्रतिशत अर्थात् १ लाख १० हजार देखिने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको पछिल्लो वर्षको तथ्यांक छ । कोभिड संकटका वर्षहरू छाड्ने हो भने विदेशमा पढ्न र श्रम गर्न जाने क्रम सधैं बढ्दो नै देखिन्छ ।
चाहे पढ्नका लागि भनेर होस् या श्रम गर्नका लागि हर दिन काठमाडौं एयरपोर्ट बाहिरको तस्बिर देखाएर सबै नेपाली बाहिरिंदैछन् भन्ने सन्देश जति प्रबल मात्रामा दिन खोजिएको छ । त्यस तथ्यको उत्तिकै ध्यान दिनुपर्ने पाटो छ, १६–४० वर्ष उमेर समूहको ४४ प्रतिशत युवा जनसंख्यामध्ये उल्लेख्य संख्या प्रवासमा होला, ठूलै संख्या आगमन कक्षबाट नेपाल आइरहेको पनि छ ।
यो तथ्यांकबारे हामी कमै विचार गर्छौं । अझ विचारै गर्दैनौं, किनभने कति प्रतिशत या अनुपातमा शिक्षित जनशक्ति प्रवासबाट नेपाल फर्कन्छ वा रोजगारीबाट आउँछ भन्नेबारे व्यवस्थित अभिलेख भेटिंदैन ।
बरु अभिलेख भेटिन्छ प्रधानमन्त्री रोजगार कार्यक्रमको । पछिल्लो वर्षको तथ्यांक वेबसाइटमा उपलब्ध नभए पनि आर्थिक वर्ष २०७८/७९ को अभिलेखमा सुनसरीदेखि मधेशसम्म वृक्षरोपणदेखि सिंचाइ, फोहोर सफाइदेखि स्कुल मर्मतसम्मका काम उल्लेख छन् । सरकारी अधिकृतहरूले पोज–पोजमा खिचाएका फोटा पनि उक्त किताबभित्र हालिएको छ, तर आफ्नो जीवनमा उल्लेख्य परिवर्तन चाहने पुस्तालाई यही रोजगार कार्यक्रमले आश्वस्त पार्नेमा विश्वास गर्ने ठाउँ कम्ती छ ।
सरकारलाई, प्रतिपक्षीलाई राम्रोसँग थाहा छ– देशमा ठूलो अनुपातमा चाहिएको छ रोजगारी, जसलाई समाजवाद र पूँजीवादको अन्त्यहीन बहसमा फसेका पार्टीहरूले डेलिभर गर्न सक्ने अवस्था अति थोरै छ । उनीहरू आफैंले रोजगारी दिलाउने त होइनन्, तर त्यस किसिमको अर्थ लाग्ने बाचाहरू विगतमा गरेका छन् । पोहोर मंसिरको चुनावअघि आरजु राणादेखि माधव नेपाल लगायत अनेक नेताहरूले गरेका भाषणहरू भिडियोमै उपलब्ध छन् । रेकर्डमा नआएका त्यस्ता कति प्रतिबद्धता होलान्, जसलाई दलहरूले वास्तवमा पूरा गर्नै सक्दैनन् ।
यही मुद्दामा उनीहरूलाई अक्षम देखाएर स्वतन्त्र पार्टी, जनमत पार्टी जस्ता नयाँ दलहरू उदाएका छन् । उनीहरूले रोजगारीको मुद्दालाई प्राथमिक बनाएर सिट, भोट पाइरहेका छन् । आशामा रुमल्लिएका नागरिकले अर्को पाँच वर्षमा सपना साकार भएको देख्न पाउने सम्भावना कमै छ । आजको भोलि रोजगारी सिर्जना गरेर देश तुरुन्तै बस्नलायक बनाइहाल्छु भनेर कसले पो भरोसा दिन सक्छ र ?
यस्तैमा मानिसहरू विदेश गइरहेका छन् प्रस्थान कक्षबाट । फर्किरहेका पनि छन्, आगमन कक्षबाट । आगमन कक्षबाट फर्किरहेका युवाको कुरा सुन्ने फुर्सद कसैलाई छैन । बरु दलपिच्छे ‘रिटर्नी फेडेरेसन’ बनाएर उनीहरूलाई फस्ल्याङफुस्लुङ पार्न चाहन्छन् दलहरू ।
उसोभए आगमन कक्षबाट आइरहेको वा यहीं बसेर सक्दो जीविका चलाइरहेको नयाँ पुस्ताले खोजेको देश कस्तो होला ? प्रचण्ड शान्तिवार्तामा आउँदा दिएको ‘नयाँ नेपाल’को नारा अब त उनैले बिर्सिसके होलान् । ‘आज होइन भोलिलाई १० वर्ष ओलीलाई’ नारा युवासंघ कार्यकर्ता बाहेक अरूले भनेको सुनिंदैन । बाबुराम भट्टराईको ‘नयाँ शक्ति’को भाष्य नै अपहरित छ । शेरबहादुर देउवालाई त छैटौं र सातौंपल्ट देश हाँक्न ज्योतिषीको भविष्यवाणी बाहेक कुनै नारा र मुद्दा पनि चाहिएको छैन ।
यस्तैमा उदाएका छन् नयाँ वैकल्पिक पार्टीहरू, जोसँग विकल्पको सग्लो नापनक्सा अहिलेसम्म तयार छैन । ‘नो नट अगेन’ ह्यासट्याग क्याम्पेन चलाएको भरमा उनीहरूले नागरिक आक्रोशलाई आशामा परिणत गरिहाल्लान् भनी पत्याउन अहिले हतारो हुन्छ । विकसित, अतिविकसित देशहरू देखेर आएका, नेपालको सुस्त चालको परिवर्तनसँग छट्पटिएका, विकल्प खोजिरहेका तर भरपर्दो आड नपाएका युवाको दमित असन्तुष्टि कुनै पनि बेला ब्यालेट वा सडक संघर्ष मार्फत विस्फोट हुनसक्छ भन्ने आकलन यहाँ हुने गरेको छ ।
समुदायभन्दा अलिक ठूलो इकाइ मात्रै हो देश, तर अरूको भन्दा मेरो देश राम्रो भन्ने भावना हुर्किंदै जाँदा त्यो राष्ट्रवादको रूपसम्म पुग्यो । अझ छिमेकी देशको थिचोमिचो समेत खप्नु परेको छ भने त्यस्तोमा मुक्ति आन्दोलनको भावना झनै चर्किन्छ ।
यस्तै अन्यायको विरोध गर्दै जाँदा, अनि राष्ट्रवादको ओतमा सुरक्षित महसुस गर्दै जाँदा हाम्रा महत्वपूर्ण वर्षहरू बितेर गए । राणातन्त्र, प्रजातन्त्र, पञ्चायती सक्रिय राजतन्त्र, बहुदलकाल, संघीय लोकतान्त्रिक गणतन्त्र : यी हामीले देशभित्रका परिवर्तनका रूपमा देख्यौं ।
अहिले सुरु भएको छ : सामाजिक सञ्जालको लहर, जसमा सबै महादेश एकैपल्ट जोडिन्छन् । अनि अल्गोरिदममा आफ्नो समुदाय नै सबैभन्दा निकट भेटिन्छ । फेसबुक आयो भन्दैमा सबै मान्छे एकैपल्ट जोडिए, अनि देश असान्दर्भिक भयो भन्ने छैन । यही क्रममा विकास भएको छ एआई, अनि अल्गोरिदमको धागो, जसले आफूलाई चासो परेको विषय दर्जनौंपल्ट एम्प्लिफाई गरेर सामुन्नेमा ल्याइदिन्छ ।
अल्गोरिदममा विचारभन्दा भावना भाइरल छ । काठमाडौंका मेयर बालेनलाई थाहा छ, उनले ‘चोर सरकार’ लेखेर मेटे पनि डिजिटल दुनियाँमा त्यो मर्दैन । उनले मंगलबार डा. गौरीशंकर लाल दासको अभिनन्दन गर्दै बोले, ‘इमानदारीसाथ काम गर्न कुनै पनि तन्त्रले केही फरक पर्दैन ।’
विभिन्न पेशाकर्मीहरूको दृष्टान्त दिंदै उनले बोलेको वाक्यले तुरुन्तै तालीको अनुमोदन पायो । नेपालकै इतिहासमा पनि तन्त्रले फरक नपर्ने भन्दै लोकतन्त्र छाडेर राजतन्त्रतिर गएका प्रतिभाशाली इमानदारहरूको कमी देखिंदैन । ती हिजो के भन्थे, आज कहाँ छन् भन्ने खोजीको विषय छ ।
संसारका उदाहरणीय देशहरू चोखो मन भएका व्यक्तित्वहरूको इमानदारी भए पुगिहाल्छ भन्दैनन् । उनीहरू इमानदारीको परख त गर्छन्, तर प्रधान विषय प्रणालीलाई मान्दछन् । प्रणालीबाट हिटलर उदाए, प्रणाली सिद्धिंदा उनै हिटलर आमसंहारक बने । तन्त्र हुँदा रोबर्ट मुगाबे निर्वाचन प्रणालीका विजयी नेता बने, तन्त्र नहुँदा उनै मुगाबे अनिश्चितकालीन अधिनायक बने ।
राष्ट्रपति छँदा बाराक ओबामाले सन् २०१५ मा अफ्रिकन युनियनको सम्मेलनमा इथियोपिया आएर बोलेको स्मरणीय छ, ‘म राष्ट्रपति भएर तेस्रोपल्ट पनि नेतृत्व गर्न चाहन्छु, तर मलाई मेरो देशको प्रणालीले दिंदैन ।’
खासमा ओबामाले अफ्रिकी शासकहरूलाई गरेको व्यंग्य थियो त्यो । अफ्रिकामा त्यस बेला मात्रै होइन, अहिले पनि शक्ति हत्याउन ‘सैन्य कु’देखि अनेक षड्यन्त्र भइरहन्छ । माली, बुर्किना फासो, गेबोन, जिम्बावे, चाड, नाइजर जस्ता देश अधिनायकवादी छन् । कतिपय देशहरू लोकतन्त्रतर्फ प्रवेश गर्न संघर्षरत रहे पनि अविकास र अशिक्षाले जनतामा शक्तिशाली शासककै मिथकप्रति रुचि बढाएको छ ।
इमानदारीसाथ देश बनाउने रहर वास्तवमा आत्मकेन्द्रित लोभ हो । कुनै पनि देश एउटा व्यक्तिले बनाएर बन्ने होइन । उसले आफ्नो पालोमा यस्ता पदचिह्न छाडिदेओस्, जसलाई पछ्याएर भावी पुस्ता अघि बढ्न सकोस् । तन्त्रको काम त्यहाँनेर आउँछ । नत्र त ‘यो देशमा म एउटा मानिस खोजिरहेछु’ भन्ने गीतले फेरि पनि हाम्रै भावनालाई शुद्धताको नाममा शोषण गर्छ ।
कुनै तुलसी गिरी, कीर्तिनिधि विष्ट या मरिचमान श्रेष्ठको सामर्थ्य या इमानका गाथा गाएको भरमा बितेको तन्त्र ठिक भन्न सकिने भए उनीहरूपछि लोकतन्त्रका दुईवटा लडाइँहरू लड्नुपर्ने थिएन ।
बलियो जनमुखी प्रणालीमै इमानदार व्यक्तिको क्षमताको कदर हुन्छ । लोकतन्त्रसँग आफ्ना कमजोरी पुनरावलोकन गर्ने, कोभन्दा को सक्षम र जनमुखी भनेर प्रतिस्पर्धा गर्ने क्षमता हुन्छ ।
हामीले प्रणालीमा भित्र्याएको संघीय लोकतान्त्रिक गणतन्त्र पूर्ण वास्तविक अर्थमा अभ्यास भइसक्न बाँकी छ । संविधान, अनि त्यसका आधारमा ऐन–कानुन बनेका छन्, कति त बन्दैछन् ।
लोकतन्त्रले फास्ट ट्रयाकमा काम गर्दैन । तर यसले सुस्तरी तय गर्ने आफ्नो यात्राप्रति नयाँ पुस्ताले धीर भएर पर्खिन सक्ने अवस्था देखिंदैन । अथवा युवा पुस्तामा आफ्नो जीवनलाई लिएर जुन अधीरता बढेको छ, त्यसको सम्बोधन लोकतन्त्रले तुरुन्तै गरिहाल्ला भन्ने देखिंदैन ।
त्यसैले युवाले खोजेको देश कस्तो हो भन्ने प्रश्नउपर घोत्लिनैपर्ने बेला भएको छ । अनलाइनखबरको यो प्रयास त्यसकै एउटा कडी हो, जहाँ विभिन्न क्षेत्र, समुदायका युवा लगायत प्रतिनिधिले छलफल गर्नेछन् । यो प्रश्नको जवाफ खोज्नुअघि खासमा युवा भनेकै को हो भन्ने प्रश्नउपर हामी सोचविचार गर्न लाग्नुपर्ने हुन्छ ।
पोहोर आम चुनावभन्दा ठिक अगाडि एउटा टिभी शोमा पंक्तिकारले सँगै बसेर नेताहरू लीलामणि पोखरेल र रघु पन्तका युवा सम्बन्धी विचारहरू सुन्ने मौका पाएको थियो । दुई कम्युनिस्ट नेता पोखरेल र पन्तका विचारमा अहिले युवा बरालिएका छन्, उनीहरूमा वैचारिक सुझबुझ कमजोर भएको छ । के गर्नुपर्छ त भनी सोध्दा दुवैको समान जवाफ थियो, ‘युवामा प्रशिक्षणको कमी छ । उनीहरूलाई प्रशिक्षण दिनुपर्छ । त्यो हामी दिन्छौं ।’
युवा के चाहिरहेका छन्, के खोजिरहेका छन् भन्ने प्रश्नको जवाफ खोज्नुसाटो, युवासँग संवाद बढाउनु साटो दिग्गज वाम नेताहरू पुरानै शास्त्रीय पोथाहरूमा आजका नयाँ प्रश्नहरूको उत्तर खोज्न प्रयास गरिरहेको देख्दा टिठ लागेर आयो । युवालाई भ्रातृ संगठनमा हुलेर फलामे अनुशासन र घण्टौं लामो प्रशिक्षणको भट्टीबाट खारेर निकालियो भने बल्ल तिनको शुद्धि आउँछ भन्ने चेत कहाँबाट पलायो होला ?
यथार्थमा कुनै पनि अभिभावकले आफ्ना सन्तानसँग आदेश फर्मान होइन, दोहोरो संवाद मार्फत मात्रै घरपरिवार चलाउन सक्छ । पारिवारिक लोकतन्त्र विस्तार हुँदै समाज, संस्था, पार्टी आदिमा पुग्नुपर्ने हो । यथार्थको बोध ठिक उल्टो छ ।
तपाईं राष्ट्रिय सभागृह, प्रदर्शनीमार्ग काठमाडौंमा ईः लगायत युवाले हिजो बुधबार रातिसम्म १९९ घन्टा उभिएर चलाएको शान्त प्रतिवादको अभियान हेर्न पुग्नुभयो भने युवा एयरपोर्टमा मात्रै छन्, वा युवा टिकटक बनाएर वा क्यान्डिक्रस खेलेर मात्रै बसिरहेका छन् भन्ने सत्य होइन रहेछ भन्ने निष्कर्षमा पुग्नुहुन्छ । चितवनबाट उनलाई समर्थन दिइरहेका इन्जिनियर प्रविन काफ्ले होउन् या देशभरि ठूला साना अनेकौं सामाजिक राजनीतिक अभियान चलाइरहेका युवा, उनीहरु चर्चायोग्य छन् । युवालाई आजको राजनीतिक मुद्दाप्रति जुन हदसम्म सरोकार छ, त्यसबारे नीतिनिर्माता बेखबर होलान् ।
यथार्थमा युवा क्रमिक क्रान्तिका मुखर पैरवीकर्ता बन्न पुगेका छन्, जसले डेढ वर्षअघि शक्तिशाली कांग्रेस र एमाले उम्मेदवारलाई पन्छाएर स्वतन्त्र लौरो बाहेक बालेन शाहलाई महानगर मेयरको कुर्सीमा राखिदिएका थिए । अहिले तिनै युवा बालेनमाथि प्रश्नरत छन् । चनाखो प्रश्नकर्ता बौद्धिक नै आजको युवा हो, जो आफ्नो बौद्धिक स्वायत्तताको प्रयोग गर्छ, न कि कुनै नेताविशेषको निर्देशन वा प्रशिक्षण पर्खेर बसिरहन्छ । आफ्ना मान्यतामा अघिल्ला पुस्ताले पुनर्विचार र पुनःपरीक्षण गर्न जति समय लगाउँथ्यो, नयाँ पुस्ता त्योभन्दा कता हो कता छिटो छ ।
शहरमा खुला स्पेस चाहिन्छ भनी माग गर्नु जति जायज हो, सामान्य लगानी भएका पसलेहरूको संरक्षण हुनुपर्छ, शहर सबैको हो भन्नु त्यति नै जायज तर्क हो । यस्तोमा युवा जनप्रतिनिधिले फेसबुकबाट धाकधक्कु लगाउने होइन, विनम्र भएर संवादको पहलकदमी लिने हो । सम्भवतः त्यस्तो युवा, जसले खोजेको परिवर्तनमा अधिक लोकतान्त्रिक संवादको सम्भावना रहन्छ । नत्र निरंकुश नायकको आग्रहले फासीवादको यात्रा मात्रै तय गराउँछ ।
अनि रोजगारी खोज्न तड्पिएका युवाहरुमात्रै होइन, स्वयं आफ्नो मिहिनेतको कमाइबाट आर्जित पुँजीलाई अरुका लागि रोजगारी सिर्जना गर्ने, त्यसबाट राष्ट्रिय पुँजीको विकासमा ठूलो–सानो योगदान गर्न चाहनेहरुलाई प्रोत्साहनको धाप मार्नुसाटो उल्टै निरुत्साहित गराउने काम राज्यका सन्चालकहरुबाट भएका दृष्टान्त छन् ।
जो युवा नेपालमै केही गर्न चाहन्छन्, त्यसबाट धेरथोर रोजगारी पनि सिर्जना हुन्छ, अनि राज्यले कर पनि पाउँछ, उनीहरुलाई अनाहकमा दुःख दिएर, उनीहरुको बचेखुचेको ऊर्जा पनि सखाप पार्न मन्त्रालयदेखि विभाग, अनि शाखासम्म गलत क्रियाकलाप भइरहेका छन्, जसबारे यसै शृंखलामा केही युवाले तिता अनुभवहरु पोख्नेछन् । उनीहरुलाई सहजता दिलाउनुसाटो किन अनुचित व्यवहार भइरहेको छ ? यसबारे नियामक निकाय र नीतिनिर्माताले सोच्नुपर्ने होइन र ?
यी यस्ता थुप्रै सवाल छन्, जसले नयाँ पुस्ताले कल्पना गरेको देशबारे स्वप्नशील हुन होइन, केवल किरकिरमात्रै उत्पन्न गराउँछन् । हामी यसबारे पनि बहस गर्नेछौं ।
अनि चिन्तन गर्नेछौं, के हामी नयाँ पुस्ताको कल्पनाको नेपालबारे सोच्दै गर्दा सुदृढ प्रणाली र ढुक्क नागरिकको एकसाथ परिकल्पना गर्न सकौंला ? के हामी अझ उन्नत लोकतन्त्र मार्फत आशावादी परिवर्तनको बाटोतर्फ हिंड्न सकौंला ? यसको जवाफ र अरू थप प्रश्नहरू खोजी गर्दै अनलाइनखबरले बृहत् छलफल थालेको छ । यसमा तपाईं पनि आफ्नो तर्फबाट सहभागिता जनाउन सक्नुहुनेछ ।
from Online Khabar https://ift.tt/4IQMr1h
कृष्ण बडुवाल : बस दुर्घटनामा श्रीमती र छोरा गुमाए, निमोनियाको उपचार नपाएर आफू बिते
११ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेशका उपाध्यक्ष कृष्ण बडुवाल (महेश)को निधन भएको छ । जनयुद्धको क्रममा सुर्खेत जेल ब्रेक गरेर उम्किएका उनी निमोनियाबाट पीडित थिए ।
माओवादी केन्द्रको तीन महिने रुपान्तरण अभियानको क्रममा डोटीमा खटिएका बडुवाल स्वास्थ्यमा समस्या आएपछि गृहजिल्ला कैलाली फर्किएर सामान्य उपचार गराउँदै आएका थिए । स्वास्थ्यमा सुधार नभएपछि थप उपचारका लागि भारतको लखनउ लैजाँदै गर्दा बाटोमै निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
गत २०७१ साल असोज २० गते डोटीको कटकटे भन्ने स्थानमा भएको बस दुर्घटनामा परी बडुवालकी श्रीमती र एक छोराको मृत्यु भएको थियो । सो बस दुर्घटनामा २९ जनाको मृत्यु भएको थियो ।
बडुवालसँग निकट सम्बन्धमा रहेका पत्रकार दीपेन्द्र रावलका अनुसार निमोनियाले गलाउँदै लगेपछि उनलाई काठमाडौंमा उपचार गर्न ल्याउने भनेर नेपालगञ्ज एयरपोर्टसम्म ल्याइएको थियो । तर हवाईजहाजका कर्मचारीहरुले धेरै उचाइबाट उड्नुपर्ने भएकाले बिरामीलाई झन् समस्या पर्ने भन्दै ल्याउन मानेनन् ।
त्यसपछि हेलिकप्टरको प्रबन्ध गर्न खोज्दा पनि नसकेपछि एम्बुलेन्समार्फत् भारतको लखनउ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो । ‘हेलिकप्टरको व्यवस्था गरिदिन भनेर धेरै नेताहरुलाई भनियो, गृह मन्त्रालयमा पनि भनियो तर सबैले सामान्य रुपमा लिइदिए,’ पत्रकार रावलले भने, ‘त्यसले गर्दा माओवादी केन्द्रले सुदूरपश्चिमको एकजना राम्रो नेता गुमायो ।’
बडुवाल सुदूरपश्चिममा जनसम्बन्ध राम्रो भएका नेताको रुपमा पार्टीभित्र चिनिन्छन् । उनी २०६४ सालको संविधानसभा सदस्य भगतबहादुर बडुवालका भाइ हुन् ।
from Online Khabar https://ift.tt/WNeHQ3g
युवा पलायन गराउने भ्वाङहरू
नेपालका व्यवसायी व्यवसाय छोडेर पलायन हुने क्रम बढ्दो छ। दक्ष युवा जनशक्ति भविष्य नदेखेर विदेशिंदै छन्। अर्धदक्ष, अदक्ष जनशक्ति जागिर र उचित पारिश्रमिक नपाएर विदेशिइरहेका छन्।
यस्तै अवस्था अझै ४–५ वर्ष जारी रहने हो भने भविष्यमा सम्पूर्ण साना–ठूला काम गर्ने जनशक्तिको अभाव हुनेछ। व्यवसाय चौपट हुनेछ र सम्पूर्ण उपभोग्य सामग्री विदेशबाट आयात गर्नुपर्ने अवस्था आउने निश्चित छ। अहिलेको अवस्था सृजना हुनुमा विगतका सरकारले चालेका गलत नीति र कर्मचारी प्रशासनको रवैया नै जिम्मेवार छ।
प्रजातन्त्र पुनर्स्थापनासँगै कर्मचारीतन्त्रमा भित्रिएको राजनीतीकरणले उनीहरूको कार्यक्षमतामा ह्रास आउँदै गयो। फलतः कर्मचारीहरूले हरेक काम व्यक्तिगत र पार्टीगत लाभ–हानिलाई मात्र हेरेर गरिन थाले। राजनीतिक नेतृत्व यसलाई रोक्न भन्दा गलत काममा सहकार्य र प्रोत्साहनमा जुट्यो। राष्ट्रिय आवश्यकता गौण, व्यक्तिगत एवं पार्टीगत आवश्यकता प्रमुख हुँदै गएर अहिलेको अवस्थामा आएको हो।
समस्याहरू सधैं सृजना भइरहेका हुन्छन् तर त्यसको निराकरण र समाधानको क्षमता राजनैतिक नेतृत्व, सरकार र कर्मचारी प्रशासनले राख्नुपर्ने हुन्छ। नेपालको अर्थतन्त्र, राजनीतिमा देखिएको समस्या राजनैतिक अक्षमता र अदूरदर्शिताको उपज हो। नेताहरूले व्यक्तिगत स्वार्थ पूरा गर्न कर्मचारीहरूलाई अनावश्यक रूपमा चलाउने, क्षमतावान कर्मचारीहरूको मनोबल गिर्ने र उनीहरूले गर्ने कामहरू पार्टी एवं व्यक्तिगत स्वार्थ अनुकूल तर राष्ट्रिय स्वार्थ विपरीत हुँदै गएर नै समस्या झन् विकराल बन्दै गएको हो। समग्रमा कर्मचारीहरूमा राजनीति भित्र्याउन दलगत कर्मचारी युनियन खडा गर्नाले समस्याको सुरुवात भएको हो।
कर्मचारी संरचना योग्य, चुस्त, दुरुस्त हुन नसक्नु पनि समस्याको कारण हो। उनीहरूको नियुक्तिको मापदण्ड नै समयानुकूल हुनसकेको छैन। लोकसेवामा सोधिने हरेक परीक्षाले क्षमतावान व्यक्ति जागिरमा आउने वातावरण बनेको देखिंदैन। लोकसेवाको गलत परीक्षा प्रणाली, करार सेवाका नाउँमा कर्मचारी भर्ना र आन्तरिक मूल्यांकनका नाउँमा स्थायी बनाउँदा कर्मचारी संगठन नै अक्षम, अयोग्य एवं पार्टीका पिछलग्गुहरूको झुन्ड बन्न पुगेको छ।
दक्ष कर्मचारी छनोट गर्न राज्यले लिने लोकसेवाको परीक्षा समयसापेक्ष बनाउनुपर्दछ। एक तह भन्दा नबढ्ने गरी पदोन्नतिको व्यवस्था गर्नुपर्दछ जसले गर्दा अक्षम र अयोग्य कर्मचारी माथिल्लो पदमा नपुगोस्। यसले कर्मचारी बीच झाङ्गिएको भ्रष्टाचारको सञ्जाललाई छुट्याउन मद्दत गर्नेछ।
नेतृत्वमा नातावाद, चाप्लुसीवाद, व्यक्तिगत स्वार्थ, आर्थिक अपारदर्शिता, अस्वाभाविक जीवनशैली र जवाफदेही नहुनुले राजनीति प्रदूषित हुँदै गएको छ। राजनैतिक नेतृत्व अक्षम, अयोग्य, अदूरदर्शी हुँदा त्यसको परिणाम राज्यले, तपाईं हामीले भोग्दै आइरहेका छौं। राजनीतिक नेता हुनको लागि निश्चित मापदण्ड बनाउनुपर्ने देखिन्छ जसले गर्दा सक्षम र योग्य नेतृत्वको विकास होस्।
राजस्व कर्मचारीले उद्योगी एवं व्यवसायीहरूलाई हेर्ने दृष्टिकोण नै गलत बनाएको जस्तो देखिन्छ। कर, जरिवाना एवं कागजी प्रक्रिया झन्झटिलो एवं दुःख दिने प्रकृतिको निर्माण गरिएको छ र उनीहरूको व्यवहार अपराधीलाई केरकार गरे जस्तो छ। राजस्व एवं कर निर्धारणमा स्थिरता छैन। व्यवसाय गर्नासाथ धनाढ्यलाई जस्तो व्यवहार गरिन्छ। उसको उद्यमशीलता मार्न खोजिन्छ।
सरकार नीतिमा व्यवसायीमैत्री भन्छ तर व्यवसायीहरूलाई सामन्ती जस्तो व्यवहार गर्छ। त्यसै अनुरूप राजस्व, नीतिहरूमा फेरबदल गरिरहनाले व्यावसायिक वातावरण बिग्रिंदै गएको देखिन्छ। राज्यको अस्थिर नीतिका कारण मूल्यवृद्धि भइरहेको छ। दैनिक उपभोग्य वस्तुमा प्रत्यक्ष प्रभाव पार्ने करका दरहरू तुरुन्तै परिवर्तन गर्नाले अस्वाभाविक मूल्यवृद्धि भइरहेको छ। मूल्यवृद्धि स्थिर राख्न राज्यले स्थिर कर नीति अपनाउनु आवश्यक छ।
घरजग्गामा हुने किनबेचका कारण काठमाडौंको जग्गा अमेरिकाको न्यूयोर्क भन्दा महँगो भएको छ जसको कारण घरभाडा पनि अस्वाभाविक बढिरहेको छ भने घरजग्गाबाट हुने प्रतिफलको लागत वृद्धि भएर घरजग्गाको मूल्य पनि अस्वाभाविक भइरहेको छ। राज्यले घरजग्गामा लिने कर समायोजन (घटाउने) गर्ने र घरजग्गामा हुने सट्टेबाजी अन्त्य हुने गरी व्यवस्थित पर्नुपर्दछ।
घरजग्गा कारोबारलाई व्यवस्थित गर्न कारोबार हुने रकमको स्रोत खोज्न बैंकिङ प्रणालीबाट मात्र कारोबार गर्न–गराउन लगाउनुपर्दछ। बैंकमा चेक साट्ने वा अन्य नगद कारोबारमा राष्ट्र बैंकको झन्झटिलो व्यवस्था खारेज हुनुपर्दछ। हात्ती छिर्ने तर मुसा अड्काउने प्रणालीको अन्त्य हुनुपर्छ।
शेयर बजारमा हुने सट्टेबाजीले गर्दा शेयर मूल्य वास्तविक भन्दा बढी छ तर पनि शेयर एजेन्टहरूको अपेक्षा अझ वृद्धि होस् भन्नेछ। स्टक एक्सचेन्जमा सूचीकृत कम्पनीहरूले हरेक सातामा एकपल्ट आफ्नो शेयरको वास्तविक मूल्य प्रकाशन गर्नुपर्ने देखिन्छ। यसले लगानीकर्ताहरूले शेयरको वास्तविक मूल्य जान्ने अवसर प्राप्त गरून् र शेयरको वास्तविक मूल्यमा कारोबार गर्न लगानीकर्तालाई सजिलो हुनेछ।
ऋण र बचतमा बैंकको ब्याजदर अस्वाभाविक देखिन्छ। उद्योगीहरूलाई सरल रूपमा कम दरमा कर्जा उपलब्ध गर्नुपर्नेमा झन्झटिलो व्यवस्था र महँगो ब्याजदर निर्धारण गरिन्छ। बचतमा १०,१२ प्रतिशत ब्याज दिनुले राष्ट्र बैंक र राज्यको नीति नै बचत गर्ने तर व्यवसाय गर्न नदिने गरी निर्माण गरिएको देखिन्छ।
बैंकले बचतमा ४-५ प्रतिशत भन्दा बढी ब्याज दिन नमिल्ने गरी कडा निर्देशन जारी गर्नुपर्दछ। जसले बैंकहरूको वेसरेट ४-५ प्रतिशतमा आएर ऋणीलाई ६,७ प्रतिशतसम्ममा ऋण लगानी गर्न सक्ने रकम तयार हुनेछ। प्रिमियम १-१.५ प्रतिशत भन्दा बढी जोड्न नपाउने गरी कडाइ गर्नुपर्दछ।
१० प्रतिशत भन्दा बढी ब्याज लिने कारोबारी वा संस्थालाई कालोबजारी ऐन मार्फत कारबाही गर्ने गरी कानुनी प्रावधान राख्नुपर्दछ। हाल बैंकमा वा सहकारी संस्थामा बचत जम्मा गर्दा १०-१५ प्रतिशतसम्म ब्याज पाइरहेका छन् भने उनीहरूले त्यो पैसा किन जोखिम मोलेर व्यवसायमा लगानी गर्छन् र ?
यदि राज्यले ६-७ प्रतिशतमा ऋण उपलब्ध गराएमा र राजस्व कर्मचारीहरूको व्यवहार, नीति परिवर्तन भएमा बचत लगानीमा परिणत हुनेछ। लगानीले पूँजी निर्माण गर्नेछ, पूँजी लगानीले रोजगारी सृजना हुनेछ र समग्रमा राजस्व बढ्नेछ।
बजार, पसल, व्यवसाय, यातायात रातिको समयमा पनि निर्वाध सञ्चालन गर्न दिनुपर्ने देखिन्छ। अनुगमन एवं चेक–जाँचका नाउँमा दुःख दिने र जरिवाना उठाउने उद्देश्यले गरिरहेको अवस्था छ। यस्ता कार्यहरू नियमन गर्ने उद्देश्यले गर्नुपर्ने देखिन्छ।
राज्यले सहज ऋण, सहुलियत ऋण, आधुनिक तालिम, उन्नत बीउबिजन समयमा उपलब्ध गराएर कृषि, फलफूल, खाद्यान्न, तरकारीमा जसरी पनि आत्मनिर्भर हुनुपर्ने गरी व्यवस्था गरिनुपर्दछ। कृषिलाई उद्योगको रूपमा विकास गर्ने, सहकारी सञ्जाल मार्फत बिचौलियाहरूको अन्त्य गर्ने गर्नाले देशलाई कृषिमा आत्मनिर्भर बनाउन सकिन्छ।
व्यावसायिक वातावरण बन्ने हो भने रोजगारी सृजना भएर विदेशिने सङ्ख्या पनि कम हुँदै जान्छ। व्यवसायी, जनता, सरकार, राजनीतिज्ञ, प्राविधिक, कर्मचारी सबै आ-आफ्नो ठाउँबाट इमानदार भएर लाग्ने हो भने विकास र समृद्धि हासिल गर्न धेरै गाह्रो छैन।
from Online Khabar https://ift.tt/L9fqaCA
धड़ाम से गिर गई Samsung के जबरदस्त फोन की कीमत, बड़ी बैटरी के साथ मिलता है धांसू कैमरा, अब कीमत 10 हजार से कम
from Latest News मोबाइल-टेक News18 हिंदी https://ift.tt/G1DM8pC
प्रधानमन्त्री प्रचण्ड मानसरोवर जाँदै
११ असोज, काठमाडौं । चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज कैलाश पर्वत र मानसरोवर घुम्न जाँदै छन् । बुधबार तिब्बतको ल्हासा पुगेका उनी बिहीबार बिहान गङ्गा विमानस्थल जाने र त्यहाँबाट तिब्बत एयरलाइन्सको जहाज चढेर कैलाश पर्वत र मानसरोवर भ्रमणका लागि प्रस्थान गर्ने कार्यक्रम छ ।
कैलाश पर्वत र मानसरोवर भ्रमणका लागि उनका साथमा भ्रमण दलमा रहेका अन्य मन्त्री लगायतका सदस्यहरू पनि छन् ।
बुधबार ल्हासामा उनले ऐतिहासिक पोताला दरबार र जोक्खाङ मन्दिर अवलोकन समेत गरेका थिए । ल्हासामा अवस्थित नेपाली महावाणिज्यदूतावासमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले चीन भ्रमण सोचेभन्दा बढी सफल भएको जनाएका थिए । बुधबार अपराह्न उनले ल्हासामा चिनियाँ कम्युनिष्ट पार्टी सिजाङ स्वायत्त क्षेत्रीय समिति (टिबिस) का सचिव वाङ जुछेङसँग भेटवार्ता गरेका थिए ।
अमेरिकाको न्यूयोर्कमा आयोजित संयुक्त राष्ट्रसंघको ७८ औं महासभामा सम्बोधन गरेर प्रधानमन्त्री प्रचण्ड गत शनिबार उतैबाट चीन पुगेका थिए । चीन भम्रण पूरा गरी उनी आगामी शनिबार स्वदेश फर्किने कार्यक्रम छ ।
from Online Khabar https://ift.tt/2NXvfDV
एनआरएनए अध्यक्षमा आरके शर्माको उम्मेदवारी घोषणा, यस्ता छन् २४ महिनाका लागि २४ बाचा
११ असोज, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी कार्यकाल (२०२३–०२५) का लागि वर्तमान उपाध्यक्ष राजेन्द्रकुमार (आर.के.) शर्माले कतारबाट अध्यक्ष पदका लागि आफ्नो उम्मेदवारी घोषणा गरेका छन् ।
काठमाडौंमा १७ अक्टोबरदेखि तीन दिनसम्म हुने एनआरएनएको ११औं महाधिवेशनले नयाँ नेतर्त्व चयन गर्दैछ । त्यसका लागि शर्माले औपचारिक रुपमा कतारबाट उम्मेदवारी घोषणा गरेका हुन् । यसअघि महेश श्रेष्ठले काठमाडौंमा औपचारिक रुपमा उम्मेदवारी घोषाणा गरिसकेका छन् ।
दोहास्थित र्याडिसन ब्लु होटलमा मध्यपूर्वलगायत विभिन्न देशका एनआरएनएका अध्यक्षहरु तथा एनआरएनए अभियन्ताहरुलाई साक्षी राख्दै शर्माले आफू अध्यक्ष पदमा निर्वाचित भए २४ महिनामा २४ काम गर्ने बाचासहित आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् ।
‘गैरआवासीय नेपालीको अभियानः स्वदेशमा लगानी, प्रवासमा सम्मान’ भन्ने मूल नारा समेटेर शर्माले २४ महिने (२ वर्षे) कार्यकालमा आफ्ना २४ कार्ययोजनाहरु समेटेर बाचापत्र पनि सार्वजनिक गरेका हुन् ।
विश्वका सबै क्षेत्रमा बस्ने गैरआवासीय नेपालीहरूको सल्लाह र सुझावको आधारमा आफ्ना योजना तथा कार्यक्रमहरू ल्याएको उनले बताए । यो योजना तथा कार्यक्रमले सिंगो गैरआवासीय नेपाली अभियानलाई एक ढिक्का बनाएर अघि लैजाने र आफ्नो कार्यकालमा ‘फुटेको होइन, जुटेको एनआरएन’ बन्ने दाबी गरे ।
बाचापत्र सार्वजनिक गर्दै शर्माले भने, ‘मैले आईसीसीको उपाध्यक्ष भई कार्य गरिसकेकाले स्वभावतः अध्यक्ष भई जिम्मेवारी निर्वाह गर्नका लागि अनुभव कमाइसकेको छु । त्यही अनुभवलाई उपयोग गर्दै थप जिम्मेवारी उठाउने अठोट गरेको छु । तपाईं हाम्रो सपनालाई साकार पार्ने पवित्र उद्देश्य राखेर गैरआवासीय नेपाली अभियानको नेतृत्व लिने संकल्प गरेको हुँ ।’
अध्यक्ष पद प्राप्त गर्ने आफ्नो अभिलाषा नभएको बताउँदै उनले एनआरएनएका लागि काम गर्ने उद्देश्यले जिम्मेवारी लिन मात्रै खोजेको बताएले । ‘मैले योजनाबद्ध रुपमा कार्य गर्ने लक्ष्य राखेको छु । ती लक्ष्य र कार्ययोजनालाई समेटेर यो बाचापत्र सार्वजनिक गरेको छु,’ उनले भने ।
आफूले सार्वजनिक गरेका कार्य र त्यसमा भएका प्रगतिको समीक्षात्मक टिप्पणी त्रैमासिक रुपमा सार्वजनिक गर्ने उनले बाचा समेत गरे ।
शर्माले विदेशमा बस्ने नेपाली श्रमिकहरुलाई सामूहिक लगानी कोषमा आबद्ध गराउने र श्रम बेचेर स्वेदश फर्किने नेपाली श्रमिकहरुको भविष्य सुरक्षित गराउन विशेष भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरे ।
२४ बाचापत्रमा के छ ?
यसैगरी वैदेशिक रोजगार : दक्ष जनशक्ति, सुरक्षित वातावरण, हाम्रो नीति : सुधारौं श्रमिकको आर्थिक स्थिति, विप्रेषणको प्रयोग कहाँ, उत्पादनमूलक उद्यम हुन्छ जहाँ, एनआरएनएको निरन्तर खटन : ‘गैरआवासीय नेपाली कामदार भविष्य सुरक्षा प्राधिकरण’ गठन आफ्नो बाचा पत्रमा उल्लेख गरेका छन् ।
सांगठनिक पुनर्संरचना : पहिला कार्यदलबाट गहन योजना, मानव संशोधन : सबलीकरणयुक्त कार्यसम्पादन, संस्थागत सुशासन : शून्य सहनशील स्वअनुशासन, एनआरएनए निर्वाचन : सबैले गर्न पाउन् मतदान, आर्थिक कूटनीति : लगानी प्रवर्द्धन मुख्य नीति, गरौँ उच्चतम् प्रयोग सूचना प्रविधि : हुन्छ विकास र समृद्धि, नेपाली रोजौं, नेपाली खोजौं : निर्यात बढाउन जोडतोडले लागौं नारासहितको कार्यक्रम आफ्नो बाचापत्रमा समेटेका छन् ।
गैरआवासीय सरोकार : जहाँ भए पनि नागरिकता र मताधिकार, नेपाल समृद्धिको दस्ता : गैरआवासीय दोस्रो पुस्ता, अबको समृद्धि : जगेर्ना गरौँ भाषा र संस्कृति, एनआरएनए शक्ति : अधिकारसम्पन्न एनसीसी, विदेशमा सिकेको ज्ञान : देश निर्माण अभियान, देश विकासको बल : एक एनसीसी, हजार पर्यटक , घटाऔं वैदेशिक श्रम, फर्किनेलाई स्वरोजगार कार्यक्रम, अग्रजलाई सम्मान : युवा परिचालन र विज्ञबाट ज्ञान, नेपाली धन, नेपाली श्रम : अबको उद्यम, समावेशी अभियान : महिला सदस्यलाई प्रोत्साहन, चुस्त व्यवस्थापन मुख्य सरोकार : बनाऔँ प्रभावकारी सञ्चार र योजनाबद्ध कार्यान्वयन : न्यायपूर्ण कार्यसम्पादन मूल्यांकन नारासहितको आफ्नो कार्यक्रम अघि सारेका छन् ।
शर्मा गैरआवासीय नेपाली अभियानमा सन् २००५ देखि सक्रिय छन् । उनले गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारको सल्लाहकारदेखि आईसिसी सदस्य, मध्यपूर्व संयोजक र आईसीसी सचिव भएर काम गरे ।
हाल उनी संघको आईसीसी उपाध्यक्ष हुन् । नेपालको बाग्लुङ जिल्लामा वि.सं. २०३८ साल मंसिर १३ गते मध्यम परिवारमा जन्मिएका शर्मा २० वर्षअघि अर्थात् सन् २००३ मा पैसा उठाउन भनेर कतार पुगेका थिए ।
कतारमा पैसा लिनुपर्ने मान्छे नभेटेपछि उनले त्यहीँ नै एउटा निर्माण कम्पनीमा अकान्टेन्टको रुपमा जागिर सुरु गरेका थिए । हाल उनी कतारमा एक सफल नेपाली व्यवसायीका रुपमा चिनिन्छन् ।
from Online Khabar https://ift.tt/poQ2lcz
Tuesday, September 26, 2023
कुशल मल्लले टी–२० आई क्रिकेटमा बनाए विश्व कीर्तिमानी शतक
१० असोज, हान्झाउ (चीन) । नेपालका अलराउण्ड र कुशल मल्लले टी–२०आई क्रिकेटमा विश्व कीर्तिमानी शतक प्रहार गरेका छन् ।
चीनको हान्झाउमा जारी पुरुष क्रिकेट अन्तर्गत कुशल मल्लले मंगोलिया विरुद्धको खेलमा ३४ बलमा शतक पूरा गर्दै विश्व कीर्तिमान बनाएका हुन् ।
उनले दक्षिण अफ्रिकाका डेविड मिलर, भारतका रोहित शर्मा र चेक रिपब्लिकका सुदेश विक्रमाशेखरले ३५ बलमा शतक प्रहार गर्दै बनाएको कीर्तिमान तोडेका हुन् ।
यसअघि नेपाली राष्ट्रिय टिमका पूर्व कप्तान पारस खड्काले २०१९ मा सिंगापुर विरुद्ध ४९ बलमा शतक बनाएका थिए ।
जेजियाङ युनिभर्सिटी अफ टेक्नोलोजी फिनफेङ क्रिकेट फिल्डमा भइरहेको खेलमा कुशल मल्लले ३४ बल खेल्दै ६ चौका र ९ छक्का मद्दतमा शतक पूरा गरेका थिए । कुशलले अविजित रहँदै सर्वाधिक १३७ रन बनाए ।
कुशल मल्ल नेपालका लागि टी-२० आईमा शतक प्रहार गर्ने पाँचौ खेलाडी हुन् । यसअघि पूर्व कप्तानद्वय पारस खड्का र ज्ञानेन्द्र मल्ल तथा दीपेन्द्र सिंह ऐरी र कुशल भुर्तेलले टी-२०आईमा शतक प्रहार गरेका छन् ।
नेपालका लागि टी-२०आईमा व्यक्तिगत उच्च रन बनाउने कीर्तिमान पनि कुशल मल्लले बनाएका छन् । यसअघिको व्यक्तिगत उच्च स्कोर दीपेन्द्र सिंहले बनाएका थिए । उनले नटआउट ११० रन बनाएका थिए ।
from Online Khabar https://ift.tt/Fsjx7ha
पुरुष भलबिलमा इरानले गर्यो स्वर्णमा ह्याट्रिक
१० असोज< हान्झाउ । इरानले एसियन गेम्समा पुरुष भलिबलमा लगातार तेस्रो पटक स्वर्ण जित्दै ह्याट्रिक गरेको छ ।
चीनको हान्झाउमा भइरहेको १९औं एसियाड अन्तर्गत मंगलबार राति भएको पुरुष भलिबलको फाइनलमा इरानले आयोजक चीनलाई ३-१ को सेटमा भएर स्वर्ण जितेको हो ।
सायदमोहम्मद मोउसाभिराघीको कप्तानीमा रहेको इरानले यसअघि २०१४ को इन्चोन एसियाड र २०१८ को जाकार्ता एसियाडमा स्वर्ण जितेको थियो ।
लिनपिङ स्पोर्ट्स सेन्ट जिम्न्यासियममा भएको प्रतिस्पर्धात्मक खेलमा इरानले पहिलो सेट गुमाए पनि पुनरागमन गर्दै चीनलाई हरायो । पहिलो सेट चीनमा २५-१९ ले आफ्नो पक्षमा पार्दै अग्रता लिएको थियो । तर दोस्रो सेट इरानले २५-१४ ले सहजै जित्दै खेल बराबरीमा ल्यायो ।
तेस्रो सेट २५-२२ ले आफ्नो पक्षमा पार्दै इरानले २-१ को अग्रता बनायो । प्रतिस्पर्धात्मक चौथो सेट टाई ब्रेकमा २६-२४ ले जित्दै इरानले खेल ३-१ ले जितेको हो ।
३६ वर्षीय इरानी कप्तान कोउसाभिराघीको यो लगातार चौथो पदकसमेत हो । उनले २०१० मा ग्याङ्जायो एसियाडमा भने रजत जितेका थिए । त्यसपछि लगातार तीन स्वर्ण जिते ।
यस्तै एसियाडमा इरानले अहिलेसम्म एसियाड भलिबलमा तीन स्वर्णसहित तीन रजत र एक कांस्यगरी कुल ७ पदक जितेको छ ।
१९औं एसियाडमा नेपाल पनि इरान रहेको समूहमा थियो । तर नेपाल इरानसँग सोझो सेटमा पराजित भयो ।
चीनले भने सन् २००६ दोहा एसियाडमा रजत पदक जितेपछि एसियाडमा पहिलो पटक पदक जितेको हो ।
यसैगरी तेस्रो स्थानको लागि भएको खेलमा जापानले कतारलाई ३-१ को सेटमा हराएर कांस्य पदक जितेको छ ।
स्वर्ण विजेता इरानसहित चीन जापान र कतार चारै टिम पेरिस २०२४ ओलम्पिकको छनोटमा पुगेका छन् ।
१९औं एसियाडअन्तर्गत महिला भलिबल खेल भने ३० सेप्टेम्बरदेखि ७ अक्टोबरसम्म हुनेछ । नेपालको महिला भलिबल टिमले पनि यसै एसियाडबाट एसियन गेम्समा डेब्यु गर्दैछ ।
from Online Khabar https://ift.tt/diEzwtg
अफ्रिकामा ‘कू’ को प्रकोप, के यो महादेशमा लोकतन्त्र मर्दैछ ?
१० असोज, काठमाडौं । गत अगस्टमा गेबोनिजका राष्ट्रपति अलि बोंगोलाई सैन्य समूहले अपदस्थ गर्यो । ६ दशकदेखि शासन गर्दै आएको परिवारलाई सेनाले अपदस्थ गरेपछि नागरिकले उत्सव मनाए ।
सेनाको कू विरुद्ध उनले अन्तर्राष्ट्रिय समुदायसँग गुहार माग्दा बोंगोका धेरै मिम बने । शक्तिमा रहने उनको उत्कट चाहनालाई धेरैले व्यंग्य गरे ।
त्यहाँ सैन्य कूको विरोध र त्यसमा उत्सव वा आन्दोलनका लागि सडकमा भीड जम्मा हुने विषय कुनै पनि नौलो होइन । किनभने अफ्रिका महादेशका पश्चिम अफ्रिका, मध्य अफ्रिका र सहेल क्षेत्रमा सन् २०२० यता ९ वटा सैन्य कू भइसकेका छ्न ।
तीन वर्षअघि मालीमै रगतको खोलो बगेको थियो । सेना प्रमुख असिमी गोइताले सन् २०२१ मा अन्तरिम प्रशासनविरुद्ध कू गरेका थिए । त्यसको चार महिनापछि गुयनामा राष्ट्रपति अल्फा कोन्डविरुद्ध सुडानको सेनाले कू गर्यो । त्यसअघि अप्रिलमा चाडमा राष्ट्रपति इद्रिस डेबीको हत्या गर्दै सेनाले शक्ति आफ्नो हातमा लियो ।
सन् २०२२ मा बुर्किना फासोमा दुईवटा सरकार ढले । दुबैलाई सेनाले अपदस्थ गरेको थियो । सन् २०२३ मा जननिर्वाचित राष्ट्रपति मोहम्मद बजुमलाई सेनाले अपदस्थ गरेको थियो । गत वर्षको सुरुवातयता गाम्बिया, गिनि बिसाउ, साओ तोम तथा प्रिन्सिपमा कू का प्रयत्न भइरहेका छन् ।
यीमध्ये धेरै कू मा नागरिकहरुको समेत समर्थन देखिन्छ । लोकतन्त्रमा विश्वास राख्ने नागरिकहरु के जन-निर्वाचित सरकारबाट वाक्क भएका हुन् त ? के अफ्रिकाले अझै धेरै कू को सामना गर्दैछ ? कूका निम्ति अन्तर्राष्ट्रिय सहयोग वा समर्थन प्राप्त भएर सैन्य संयन्त्र हौसिरहेका त होइनन् ? अफ्रिका महादेशले यी तमाम प्रश्नको समाना गरिरहेछ ।
यी प्रश्नको जवाफमा विज्ञहरु भन्छन्, ‘कमजोर लोकतान्त्रिक प्रक्रिया, बढ्दो असमानता र भ्रष्ट्र प्रशासनका कारण सर्वसाधारण जननिर्वाचित सरकारसँग दिक्क छन् । आफ्नो शक्ति विस्तार गर्न चाहने समूहले यसैमा खेल्छन् । आर्थिक, राजनीतिक र सामाजिक चुनौतीहरुकै कारण अफ्रिकामा कू का प्रयत्न अझै बढ्नेछन् ।’
कमजोर छ लोकतन्त्रको लाभांश
कू मा उत्सव मनाइरहेका तस्वीर र दृश्यले मात्रै नभएर केही तथ्यांकले पनि जनताले आशा गरेको लोकतन्त्र र शासन प्रणालीमा ठूलो खाडल रहेकाले विद्यमान शासनप्रति चरम निराशा रहेको देखाएको छ । ३४ अफ्रिकी राष्ट्रमा गरिएको सर्वेक्षणले भन्छ नागरिकका आकांक्षा पूरा गर्ने जनताले नै सरकारको चयन गर्नुपर्नेमा उनीहरु सहमत छन् । तर ४४ प्रतिशत मतदाता नागरिकको अपेक्षा पूरा नगर्ने सरकारलाइ लोकतान्त्रिक विधि विपरीत हटाउनुपर्नेमा पनि एकमत छन् ।
१९ राष्ट्रमा नियमित निर्वाचन भएपनि त्यहाँको निर्वाचनविरुद्ध समर्थन ६ प्रतिशत भन्दा बढीले बढेको देखिएको छ । सन् २०११ देखि २०२१ सम्म ३० अफ्रिकी मुलुकमा गरिएको सर्वेक्षण अनुसार निर्वाचनप्रतिको समर्थन २६ राष्ट्रमा घटेको छ । निर्वाचतप्रति जनसमर्थन घटेकै कारण तीन वर्षयता सुडान, माली, बुर्किना फासो र नाइजरमा यही अवधिमा पटक पटक कू भएका छन् ।
लोकतान्त्रिक प्रणालीको बलियो कार्यान्वयन गर्ने मुलुक दक्षिण अफ्रिकामा दशकयताको तुलनामा निर्वाचनप्रतिको जनसमर्थन २० प्रतिशतले कम भएको छ ।
यस परिस्थितिबारे टिप्पणी गर्दै घाना विश्वविद्यालयका राजनीति शास्त्रका अध्यापक जोनाथन ओचर भन्छन्, ‘अफ्रिका महादेशका अधिकांशका मुलुकमा नागरिकले लोकतन्त्रको उचित लाभांश पाएकै छैनन् । यही कारणले कू मा समेत नागरिकले साथ दिँदै आएका छन् ।’
बढ्दो भ्रष्टाचार, मानवअधिकार हनन, जातीयकरण तथा राजनीतिको सैन्यकरण मौलाउँदै जाँदा त्यहाँ लोकतन्त्रको समर्थनमा आवाज उठाउने नागरिक समूहमाथि चरम दमन र शोषण हुँदै आएको छ । घाना र सेनेगलमा नागरिक आन्दोलन दबाउन चालिएका कदम त्यसका उदाहरण हुन् । यस महादेशमा राजनीति अभिजात वर्गप्रति निराशा बढ्दो छ । त्यही उदासिन जमातले सैन्य कुलाई समर्थन गर्दै आएका छन् । अफ्रोब्यारोमिटर संस्थाले २०२१ देखि २०२२ सम्म गरेको सर्वेक्षणले भन्छ, ‘अफ्रिका महादेशका राष्ट्रमध्ये २८ मा सैन्य सरकारप्रतिको समर्थन बढ्दो छ ।’
अनुसन्धानकर्ता मोतारु मुम्नी मोख्तरका अनुसार लोकतान्त्रिक संस्थाहरु धरासायी भएकैले जनतामा चरम निराशा छ । ‘लोकतान्त्रिक संस्थाहरुको स्थिति निकै नाजुक र धरासायी छ । तिनीहरुले जनताका अपेक्षा पूरा गर्न नसक्दा उदासीनता, वितृष्णा ह्वात्तै बढ्यो । त्यसैले उनीहरु सेनाले कू गर्दा समेत उत्सव मनाउँछन् ।’
यसका अलावा लोकतान्त्रिक प्रणालीबाट निर्वाचित सरकारले मुलुकमा मच्चाएको आर्थिक अनियमितता पनि अर्को कारण रहेको विज्ञहरुको मत छ । माली र गुयनामा लोकतान्त्रिक प्रणालीबाट निर्वाचित सरकारले भ्रष्टाचारलाई संस्थागत गरेको भन्दै जननिर्वाचित सरकार अपदस्थ भएका थिए ।
सन् २०२१ यता अफ्रिकी मुलुकमा जीवनयापन निकै महँगिएको छ । ‘एकातिर राजनीति गर्नेहरुको जीवनस्तर भड्किलो छ भने अर्कोतिर जनताको जीवन महँगीको चपेटमा परेको छ । युवा जमात रोजगारी नपाएर विरक्तिएको छ । यस्तै विषयका कारण कू प्रतिसमेत उत्सव मनाउने जमात बढेको हो’, अर्थ राजनीतिक विश्लेषक अनिम भन्छन् ।
समान छैनन् सबै कू
गेबोनमा ६ दशक शासन गरिरहेको बोंगोविरुद्धको कू र बुर्किना फासोमा ब्लेज कम्पोरविरुद्धका कूमा जनसमर्थन व्यापक थियो । नागरिकको समर्थनका कारण त्यहाँ सैन्य हस्तक्षेपले वैधता पायो । तर कतिपय अवस्थामा शासक परिवर्तनबाहेक कू ले अन्य केही उपलब्धि दिलाएको छैन । सन् २०२१ मा सुडानमा कू हुँदा सैन्य र राजनीतिक गठबन्धन मिलेर राष्ट्रपति ओमर अल बसिर विरुद्ध विद्रोह छेडिएको थियो । त्यहाँ पछि सेनाले नै शक्ति हातमा लियो ।
गेबोनमा पनि बोंगोविरुद्ध आफ्नै भतिजाले कू गरे । त्यसलाई त्यहाँ दरबारविरुद्धको कू भनियो । काकालाई फालेर भतिजा शक्तिमा आए । कतिपय राष्ट्रमा भने क्षेत्रीय अस्थिरताका कारण पनि कू भएका छन् ।
सन् २०११ मा लिबियामा मोहम्मर गद्दाफीविरुद्ध हिंसात्मक विद्रोह समेत भयो । ‘लिबियामा विद्रोहपछि त्यहाँ शासनमा शून्यता छाउँदा सहेल र माली क्षेत्रमा पनि असुरक्षा बढ्यो । लिबिया र सुडानको संघर्षले चाड त्यसैपनि चपेटमा परेको थियो’, विश्लेषक पिटरसनले भने ।
घरेलु तनावले होस् वा बाह्य स्थितिले अफ्रिकाका सरकारमाथि कूको प्रकोप निरन्तर छ । त्यहाँ राजनीतिक हिंसा बढ्दा नागरिक जोखिममा छन् । विश्लेषकहरु भन्छन्, ‘जब राज्यले आफूलाई हथौडा र समस्यालाई किलाका रुपमा लिन्छ तब उसले आफूविरुद्धका समस्या दबाउन खोज्दा विद्रोह जन्मछ ।’
जस्तो हतियार पनि नागरिकका विद्रोह अघि गल्छन् । तर उनीहरु सफल हुँदैनन् ।
भूराजनीतिक भुंग्रोमा अफ्रिका
सन् २०१७ मा फ्रान्सले जर्मनी र युरोपेली युनियनसँग मिलेर सहेल गठबन्धन बनायो । जी फाइभ राष्ट्रमा रहेका सहेल, बुर्किना फासो, चाड, माली, मौरिटानिया र नाइजर विगतमा फ्रान्सकै उपनिवेश थिए । अमेरिकाले पनि यिनै राष्ट्रका संस्था र पूर्वाधार विकासमा सहयोगको प्रतिवद्धता जनायो ।
सहेल गठबन्धन यस क्षेत्रमा पश्चिमा हस्तक्षेपको नयाँ चरणको सुरुवात थियो । फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोँले सहकार्यका लागि भनेपनि फ्रान्ससँगको ऐतिहासिक तिक्तता पश्चिम अफ्रिका र सहेलले सायदै भुल्न सक्थ्यो ।
फ्रान्सले सीमा जोडिएका राष्ट्रमा सैन्य हस्तक्षेप हुन नदिन सरकारलाई सहयोग गर्दै आएको थियो । सरकारलाई सहयोग गर्दा त्यहाँका नागरिकका गरिबी फ्रान्सले टुलुटुलु हेरिरह्यो । ‘पश्चिमा र अफ्रिकी साँठगाँठ प्राकृतिक थिएन । उसले साँठगाँठ गरेको मुलुकका शासकले आफ्नो माग विस्तार गर्दैजाँदा सम्बन्ध सौहार्द हुन सकेन । फ्रान्सले इतिहास र वर्तमान दुबैमा शोषण गरेको भावना नागरिकमा बढ्दै जाँदा फ्रान्स समर्थित सरकारप्रति विद्रोह झन् चर्कियो’, मुख्तर भन्छन् ।
नाइजर र गुयनामा हालै भएका विद्रोहको कारण फ्रान्सविरुद्धको भावना पनि कारक रहेको विश्लेषण विज्ञहरुको छ । यस महादेशमा नव उपनिवेशिकरणको प्रतिस्पर्धा जारी छ । त्यहाँ टर्कीदेखि साउदी अरेबिया, चीनदेखि भारत र रूससम्मले हात हालेका छन् ।
पश्चिमाहरुले रूसले त्यहाँ अलोकतान्त्रिक सरकारलाई समर्थन गरेको भन्दै आलोचना गरिरहेपनि उनीहरु पनि त्यही पथमा छन् । भूराजनीतिक भुंग्रोमा फसेको अफ्रिकामा अमेरकी र फ्रान्सले पनि जननिर्वाचित सरकारलाई अपदस्थ गर्ने चाडको सैन्य सरकारलाई समर्थन गरेका छन् ।
के होला भविष्य ?
यस क्षेत्रमा अझै कू बढ्ने विश्लेषक साइमन रिन बताउँछन् । त्यसका लागि उक्साउने विभिन्न कारक तत्व रहेको उनको मत छ । ‘धेरै मुलुकहरु लोकतान्त्रिक विधि अनुसारको निर्वाचनको अभ्यासमा समेत छन् । कतिपय मुलुकमा निर्वाचनबाटै तेस्रो कार्यकालमा राष्ट्रपति पनि चयन भएका छन् । कतिपयमा बढ्दो असुरक्षा र अर्थतन्त्र ठप्पको स्थिति छ । अर्को कू को षड्यन्त्र कहाँबाट होला यसै भन्न सकिने अवस्था छैन तर स्थिति हेर्दा क्यामरुन, टोगो, सेनेगेल, बेनिन त्यसका लागि संघर्षरत छन् ।’
सबै राष्ट्रमा कू सफल भने भएका छैनन् । उदाहरणका लागि टोगोमा निकै लामो समयदेखि त्यसको प्रयास भएपनि सफल भएको छैन । टोगोमा सन् १९६७ यताका कूका प्रयास विफल हुँदै आएका छन् । सेना ग्यानिस्बग वंशका शासकबीचको सम्बन्ध सुमधुर रहेकाले प्रयास विफल हुँदै आएका हुन् । तर त्यहाँ जुनसुकै बेला कू को खतरा भने कायमै रहेको मुख्तर बताउँछन् । ‘चरमपन्थी समूहका गतिविधि बढिरहेकाले त्यहाँ यसको सम्भावनालाई नकार्न सकिँदैन’, मुख्तर भन्छन् ।
विश्लेषक हसन भन्छन्, ‘अफ्रिकन सरकारले व्याप्त गरिबी र लोकतान्त्रिक संस्थाको धरासायी स्थितिमा सुधार नगरेसम्म यस्ता कू बढिरहन्छन् ।’
– अलजजीराबाट
from Online Khabar https://ift.tt/yDFS7d4
अब हर हाथ में होगा 5G फोन, 10 हजार से कम में लॉन्च हुआ ये मॉडल, मिलेगा 50MP कैमरे के साथ 6GB तक रैम भी
from Latest News मोबाइल-टेक News18 हिंदी https://ift.tt/4ep1NtQ
रेसुङ्गा विमानस्थलबाट साताको २ दिन उडान
१० असोज, गुल्मी । गुल्मी जिल्लाको रेसुङ्गा विमानस्थलबाट साताको दुई दिन उडान सुरु भएको छ ।
नेपाल एयरलाइन्सले यसअघि सातामा एक दिन शुक्रबार मात्रै उडान गर्दै आएको थियो ।
नागरिक उड्डयन प्राधिकरणले सताको २ दिन उडान गर्ने अनुमति दिएको थियो । तालिका अनुसार मंगलबार र शुक्रबार उडान गर्ने रेसुङगा विमानस्थलका स्टेशन प्रमुख सुमन थापाले बताए ।
मंगलबारको उडानमा काठमाडौंबाट रेसुङ्गा विमानस्थलका लागि १२ जना यात्रु सवार थिए । रेसुङ्ग विमानस्थलबाट भने १ जना मात्र यात्रु लिएर उडान गरेको थापाले बताए ।
मंगलबार उडान हुन्छ भन्ने धेरैलाई जानकारी नभएका कारण रेसुङ्गा विमानस्थलबाट फर्किदा एक जना मात्र यात्रु लिएर उडान गरेको उनको भनाइ छ ।
मौसममा सुधार आएसँगै नियमित रुपमा हप्ताको दुई दिन मंगलबार र शुक्रबार उडान गर्ने भएको छ ।
गत शुक्रबार भने मौसम सफा नभएका कारण उडान अवरुद्ध भएको थियो । नेपाल एयरलाइन्सको १८ सिट क्षमताको जहाजले प्रत्येक हप्ताको शुक्रबार बिहान साढे छ बजे काडमाडौंबाट र रेसुङ्गाबाट काठमाडौंका लागि ७ः३० मा उडान गर्ने गरी समय निर्धारण गरेको छ ।
काठमाडौंबाट रेसुङ्गाका लागि ७ हजार दुई सय र रेसुङ्गाबाट काठमाडौंका लागि ७ हजार ८० रुपियाँ भाडा निर्धारण गरेको छ । विमानस्थल रेसुङ्गा नगरपालिकाको वडानम्बर १० को सिमिचौरमा पर्दछ ।
सदरमुकाम तम्घासबाट ५ किलोमिटर कच्चीबाटो भएर विमानस्थल पुगिन्छ ।
from Online Khabar https://ift.tt/iDWFcfq
Monday, September 25, 2023
सस्ते OnePlus फोन के साथ मुफ्त में मिल रहा है गजब ईयरबड्स, खरीदने की लग गई भीड़!
from Latest News मोबाइल-टेक News18 हिंदी https://ift.tt/xXqR5oP
केरुङ-चिलिमे २२० केभी प्रसारण लाइन निर्माणमा सहमति
९ असोज, काठमाडौं । नेपाल र चीनबीच उत्तरी सीमा क्षेत्रमा अन्तरदेशीय प्रसारण लाइन निर्माणमा सहमति भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणको क्रममा केरुङ-रसुवागढी-चिलिमे २२० केभी अन्तरदेशीय प्रसारण लाइन निर्माण निर्माण छिटो सुरु गर्ने सहमति भएको हो ।
मंगलबार बिहान जारी भएको संयुक्त वक्तव्यमा लेखिएको छ, ‘जिलोङ/केरुङ-रसुवागढी-चिलिमे २२० केभी क्रस बोर्डर पावर ट्रान्समिसन लाइनको निर्माण चाँडो सुरु गरिने छ ।’
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ समकक्षी ली छ्याङबीच सोमबार बेइजिङमा द्विपक्षीय भेटवार्ता भएको थियो । भेटवार्तापछि विभिन्न सम्झौता र समझदारी भएका थिए । तर सो दिन संयुक्त व्यक्तव्य जारी भएको थिएन ।
मंगलबार बिहान मात्र सार्वजनिक भएको संयुक्त व्यक्तव्यमा ऊर्जा क्षेत्रमा विशेष गरी जलविद्युत, सीमापार प्रसारा लाइन र सम्बद्ध सबस्टेसनको विकासमा सहयोगलाई थप प्रवर्द्धन गर्दै केरुङ-रसुवागढी-चिलिमे प्रसारण लाइन बनाउने सहमति भएको उल्लेख छ । यद्यपि यसको लगानीको विषय उल्लेख छैन ।
केरुङ-चिलिमे प्रसारण लाइन बनाउन दुई देशबीच पाँच वर्ष अघि नै अध्ययन सुरु भए पनि थप प्रगति अघि बढेको थिएन ।
नेपालले चीनको सिजाङ स्वायत्त क्षेत्रबाट नेपालका उत्तरी दुर्गम गाउँहरुमा विद्युतीकरणका लागि गरेको अनुरोधलाई चीनले सकारात्मक रुपमा लिएको उल्लेख छ ।
सकेसम्म छिटो संयुक्त कार्यान्वयन संयन्त्रको दोस्रो बैठक बोलाएर चीन-नेपाल विद्युतीय ऊर्जा सहयोग योजनाई अन्तिम रुप दिइने संयुक्त व्यक्तव्यमा उल्लेख छ । जलविद्युत, वायु ऊर्जा, सौर्य ऊर्जा र हाइड्रोजन पावरको क्षेत्रमा सहकार्य गर्ने पनि उल्लेख छ ।
यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको क्रममा पनि अन्तरदेशीय प्रसारण लाइन र विद्युत व्यापारको विषयमा महत्वपूर्ण सहमति भएको थियो ।
from Online Khabar https://ift.tt/24kqs8z
जब १००० मानिस एक्कासी ‘कुकुर’ बनेर भुक्न थाले…
जर्मनको राजधानी बर्लिनमा एउटा अनौठो तथा अपत्यारिलो घटना सार्वजनिक भएको छ । त्यहाँ झण्डै एक हजार जना मानिसहरु एकठाउँमा जम्मा भए र कुकुरजस्तै हर्कत देखाएर भुक्न थालेपछि देख्ने मानिसहरु तिनछक परे ।
बर्लिनको पट्सड्यामर प्लाज रेलवे स्टेशनमा सो घटना भएको हो । त्यहाँ मानिसहरु एक अर्कामा कुराकानी गर्दा पनि कुकुरजस्तै भुकेर कुरा गरेका थिए । त्यो देख्दा उनीहरुभित्र कुकुरको आत्मा पसेको भान हुन्थ्यो । ती सबै मानिसहरुले आफ्नो अनुहारमा कुकुरको मुखाकृतिवाला मास्क लगाएका थिए ।
डेलीमेलका अनुसार कुकुरजस्तै बनेका ती मानिसहरुले आफुलाई ट्रान्स प्रजातिका भएका दाबी गर्दछन् । आफूले मानिसले जस्तो नभई कुकुर जस्तो भएको महसुस गर्ने दाबी उनीहरुको छ । उनीहरु आफूजस्तै अनुभूति गर्ने मानिसहरुको अधिकारका लागि जम्मा भएका हुन् ।
Hundreds of people who identify as dogs gathered at the Potsamer Platz railroad station, in central Berlin, on Tuesday for a meeting organized by a group called ‘Canine Beings’ which advocates for the rights of people who identify as #dogs.
Germany. pic.twitter.com/n3Wj13SeIC— Funny News Hub (@Funnynewshub) September 20, 2023
ती मानिसहरु जापानका टोको नामक व्यक्ति जस्तै हुन् । टोकोले केही हप्ताअघि १४ हजार डलर खर्च गरेर आफ्नो कुकुर बन्ने शौख पूरा गरेका थिए । शल्यक्रिया गरेर उनी कुकुरजस्तै बनेका छन् । आफूजस्तै सोंच्ने मानिसहरुसँग भेट्न चाहेको उनको भनाइ थियो ।
बर्लिनको रेल स्टेशनमा एक हजार मानिसहरु कुकुरजस्तै बनेको सो घटनाको भिडियो सोसल मिडियामा भाइरल बनेको छ ।
भिडियोमा मानिसहरुले अनेक खालका प्रतिक्रिया जनाएका छन् र आखिर कुनै व्यक्ति कसरी कुकुरजस्तै बन्न सक्छ ? भनेर प्रश्न गरेका छन् । कतिपयले चाहिं यतिधेरै मानिसले आफुलाई कुकुरजस्तै ठान्न कसरी सम्भव छ ? भन्ने जिज्ञासा राखेका छन् ।
from Online Khabar https://ift.tt/nq19R0d
कर्णालीमा प्यानल उम्मेदवारी दिने कँडेल पक्षधरको तयारी
९ असोज, काठमाडौं । नेकपा एमाले कर्णाली प्रदेशको नेतृत्व लिनेगरी यमलाल कँडेल पक्षधरले प्यानल उम्मेदवारी दिने तयारी गरेका छन् ।
स्रोतका अनुसार, आइतबार साँझ कँडेलकै निवासमा भएको प्रतिनिधिहरुको भेलाले गुलाबजंग शाहलाई प्रदेश अध्यक्षको उम्मेदवार बनाउने सहमति भएको छ ।
प्रदेश अध्यक्षकै आकांक्षा राखिरहेका ध्रुब शाहीलाई सचिवको उम्मेदवारमा मनाएर शाहलाई अध्यक्षको उम्मेदवार बनाउने यो समूहले निर्णय गरेको छ ।
उपाध्यक्षको उम्मेदवार टेकराज पछाई, दुई उपसचिवको उम्मेदवार रवीन्द्र शर्मा र कौशिला परियार वा बानसिं खत्री उम्मेदवार बन्नेछन् ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग पछिल्लो समय असन्तुष्ट बनेका कँडेलले अलग्गै प्यानल बनाएपछि अरु आकांक्षीहरुले पनि समूहको छलफल अगाडि बढाएको ती स्रोत बताउँछन् ।
कर्णालीको अध्यक्षमा प्रदेश उपाध्यक्ष लालबहादुर महतारा, योजना आयोगका पूर्वसदस्य मीनबहादुर शाही र पूर्वसभामुख राजबहादुर शाहीले पनि आकांक्षा राखेका छन् । यी मध्ये शाही उम्मेदवार बन्ने लगभग पक्का देखिएकाले कँडेल पक्षधरले अलग समूह तयार पारेको बताइएको छ । कँडेलइतर पक्षलाई भने अर्का नेता गोरखबहादुर बोगटीले साथ दिएका छन् ।
तयारी पूरा
मुलुक संघीय संरचनामा गएपछि पहिलोपटक हुन लागेको प्रदेश अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको नेताहरुले बताएका छन् । भोलि १० असोजमा अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने अधिवेशनमा महासचिव शंकर पोखरेल र प्रदेश इन्चार्ज रहेका सचिव लेखराज भट्टले सम्बोधन गर्ने तयारी भएको छ ।
प्रदेश नेतृत्व चयन गर्न हुन लागेको यो अधिवेशनमा ६०२ जना प्रतिनिधि चयन भएका छन् । जसमध्ये ४१० पुरुष र १९२ जना महिला प्रतिनिधि चुनिएका छन् । त्यस मध्ये दलिततर्फ ७३ पुरुष र ३० महिला छन् ।
from Online Khabar https://ift.tt/9mnZyiH
Sunday, September 24, 2023
2,000 रुपये गिर गई है Samsung के धाकड़ फोन की कीमत, मिलता है 108MP कैमरा, 6000mAh बैटरी
from Latest News मोबाइल-टेक News18 हिंदी https://ift.tt/Xbh3Ezo