Monday, January 31, 2022

नेपाल र मरिससबीच दोस्रो मैत्रीपूर्ण फुटबल आज

१८ माघ, काठमाडौं । नेपाल र मरिससबीच आज दोस्रो मैत्रीपूर्ण फुटबल खेल हुँदैछ । खेल अपराह्न पौने पाँच बजे काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ ।

गत शनिबार भएको पहिलो मैत्रीपूर्ण खेलमा नेपालले मरिससलाई एक–शून्यले हराएको थियो । नेपालको जितमा विमल घर्तीमगरले निर्णायक गोल गरेका थिए ।

प्रशिक्षक अबदुल्लाह अलमुताइरीले यसअघि घोषित टिममा दुई जना खेलाडी परिवर्तन गरेका छन् । यसअघि घोषित टिममा रहेका अनन्त तामाङ र प्रशान्त अवस्थीको सट्टा दर्शन गुरुङ र मनिष डाँगीलाई समावेश गरिएको छ ।



from Online Khabar https://ift.tt/USBMtc0mb

Budget 2022: आम आदमी को लग सकता है बड़ा झटका! महंगे हो सकते हैं स्मार्टफोन समेत ये सामान

आज पेश होने वाले बजट में सरकार स्मार्टफोन (Smartphone) समेत करीब 50 वस्तुओं के दाम बढ़ा (Price Hike) सकती है. इंडस्ट्री से जुड़े जानकारों का कहना है कि अर्थव्यवस्था (Indian Economy) और राजकोषीय स्थिति (Fiscal Condition) को देखते हुए सरकार ये कदम उठा सकती है.

from Latest News मोबाइल-टेक News18 हिंदी https://ift.tt/wcZA3b90q

सेती प्रादेशिक अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृत्यु

१८ माघ, धनगढी । सेती प्रादेशिक अस्पतालमा उपचाररत एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पतालमा उपचाररत धनगढी उपमहानगरपालिका–५ बस्ने ५५ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले सोमबार अस्पताल भर्ना भएका ती पुरुषको दिउँसो मृत्यु भएको जानकारी दिए । उनका अनुसार उनलाई दमको समस्या थियो भने सोमबार मात्र अस्पताल भर्ना गरिएको थियो ।



from Online Khabar https://ift.tt/9XNFCedGt

मोसो दल्नेलाई सहायक वन अधिकृतको चुनौती- समाज रुपान्तरणको औकात छ भने खुल्ला बहस गर

१८ माघ, धनगढी । आफूलाई नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता बताउने व्यक्तिहरुले कैलालीको पचमुडिया सवडिभिजन कार्यालयका सहायक वन अधिकृत विश्वराज पण्डितलाई मोसो दलेका छन् ।

पण्डित आफैंले उक्त तस्वीर सार्वजनिक सामाजिक सञ्जालमा पोष्ट गर्दै चरित्रमा दाग नलागुन्जेलसम्म अनेक रंग पोतेर केही फरक नपर्ने उल्लेख गरेका छन् । साथै उनले मोसो दल्नेहरुलाई समाज रुपान्तरणको औकात छ भने खुल्ला बहस गर्न चुनौती पनि दिएका छन् ।

चन्दा आतंकको विरोध गरेकाले विप्लवका कार्यकर्ताहरुले आफूमाथि दुर्व्यवहार गरेको पण्डितको भनाइ छ ।

समयले सबैको हिसाबकिताब गर्ने उल्लेख गर्दै उनले फेसबुकमा लेखेका छन्, ‘नेकपा (विप्लव) समूहका कथित केही थान व्यक्तिहरुले दिएको यो उपहार जिल्ला कैलाली डिभिजन वन कार्यालय पहलमानपुर अन्तर्गत पचमुडिया सवडिभिजन वन कार्यालयमा कार्यरत रहदाको अविस्मरणीय रहने छ ।’

उनी थप लेख्छन्, ‘देश र जनताका विरुद्ध गरेका मेरा कुनै पनि कार्यहरु छन् भने राज्यका ३ तहका अदालत, संवैधानिक निकायहरु र जनअदालतको कठघरामा उभिन तयार छु । अन्यथा एउटा सचेत प्राकृतिक व्यक्तिका हैसियतले समयले सबैको हिसाब किताब गर्ने नै छ ।’

आफ्नो चरित्रमा दाग नलागुन्जेलसम्म अनेकौं रंगहरु पोतेर  खासै फरक नपर्ने भन्दै पण्डितले समाज रुपान्तरणको खुल्ला बहसमा आउन चुनौती पनि दिएका छन् । उनले लेखेका छन्, ‘समाज रुपान्तरणको लागि औकात छ भने खुल्ला बहस गर्न चुनौती दिन्छु ।’



from Online Khabar https://ift.tt/nfAUFS97i

Samsung के प्रीमियम फोन से लेकर Redmi के बजट फोन तक, फरवरी में आ रहे हैं ये शानदार स्मार्टफोन, जानें फीचर्स

किसी भी फोन की लॉन्चिंग से पहले ही फोन को लेकर कई तरह की रिपोर्ट सामने आती हैं, इसी बीच अगर आप भी किसी फोन को खरीदने की प्लानिंग कर रहे हैं तो हम आपको बता रहे हैं फरवरी 2022 में लॉन्च होने वाले फोन की लिस्ट में बारे. इस लिस्ट सैमसंग, रियलमी, रेडमी, ओप्पो के स्मार्टफोन्स मौजूद है...

from Latest News मोबाइल-टेक News18 हिंदी https://ift.tt/sw7I1Z2ag

कोरोना महामारीको बेला भोजमा सहभागी भएका ब्रिटेनका प्रधानमन्त्रीले माफी मागे

१८ माघ, काठमाडौं । कोरोना महामारीका बेला भोजमा सहभागी भएका कारण आलोचना भएपछि ब्रिटेनका प्रधानमन्त्री बोरिस जोन्सनले माफी मागेका छन् ।

सरकारी आवास १० डाउनिङ स्ट्रिटमा आयोजित एक भोजमा सहभागी भएपछि उनको आलोचना भएको थियो । आलोचनापछि उनले संसदमा माफी मागेको बीबीसीले जनाएको छ । यद्यपि विपक्षी लेबर पार्टीले भने ‘लाच पचेको मान्छे’ भन्दै प्रधानमन्त्री जोन्सनको राजीनामा मागेको छ ।

उनले आफूबाट गल्ती भएको स्वीकार्दै छानविन रिपोर्टलाई स्वीकार गर्ने बताएका छन् । बीबीसीका अनुसार उनले भनेका छन्, ‘हामीले ऐना हेर्नुपर्छ र सिक्नुपर्छ । यसको मतलव यो होइन कि सबै कुरा नियम अनुसार नै भएको थियो ।’

विपक्षी लेबर पार्टीका नेता किर स्टार्मरले भने प्रधानमन्त्री जोन्सनले राजीनामा दिनुपर्ने आवाज सुरुदेखि नै उठाउँदै आएका छन् । उनले संसदमा पनि आफ्नो माग दोहोर्याए । उनले भनेका छन्– प्रधानमन्त्री र यस कार्यक्रमसँग सम्बन्धित सबैले आफ्नो कद आफैं घटाएका छन् । साथै उनीहरुले सरकार र जनताको विश्वास तोडेका छन् ।

यसैगरी ब्रिटेनकी पूर्व प्रधानमन्त्री टेरिजा मेले पनि संसदमा प्रधानमन्त्री जोन्सनको आलोचना गरेकी छन् । उनले भनिन्– कोरोनाका कारण प्रतिबन्ध लागू छ । ती नियमहरु प्रधानमन्त्रीलाई थाहा थियो कि थिएन भनेर जान्ने अधिकार जनतालाई छ ।



from Online Khabar https://ift.tt/EowA2dqaI

Sunday, January 30, 2022

2 हज़ार रुपये सस्ता हुआ Realme का 5G स्मार्टफोन! मिलेगा ट्रिपल रियर कैमरा, 5000mAh बैटरी

फ्लिपकार्ट (Flipkart) की इलेक्ट्रॉनिक सेल (Electronic Sale) का आज (31 जनवरी 2022) आखिरी दिन है.अगर आप मिड-रेंज सेगमेंट में 5जी फोन की तलाश कर रहे हैं तो आपको हम बता रहे हैं बेस्ट डील के बारे में. इस सेल में जबरदस्त ऑफर की बात करें तो यहां से Realme 8 5G पर डिस्काउंट पाया जा सकता है.

from Latest News मोबाइल-टेक News18 हिंदी https://ift.tt/v6cFLUSrb

भट्टराईले भने- आलटाल नगरी एमसीसी पारित गरौं, यही बहानामा गठबन्धन नटुटोस्

१७ माघ, काठमाडौं । सत्ता साझेदार जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले आलटाल नगरी एमसीसीलाई संसदबाट पारित गर्नुपर्ने बताएका छन् ।

यही बहानामा सत्ता गठबन्धन नटुटोस् भन्दै उनले सर्वसम्मतीले एमसीसी पारित गर्नुपर्ने धारणा सार्वजनिक गरेका हुन् । पूर्वप्रधानमन्त्री भट्टराईले सामाजिक सन्जालमा लेखेका छन्, ‘एमसीसी सम्झौतालाई आलटाल नगरी सर्वसम्मतीले संसदबाट पारित गरौं । सबै एकमुख भएर जनतालाई बुझाऔं, यही बहानामा प्रतिगमनविरोधी गठबन्धन नटुटोस् ।’

एमसीसी प्रकरण नेपालका रुढीवादी कम्युनिष्टका लागि घाँटीको हाड नबनोस् भन्दै भट्टराईले थप लेखेका छन्– देश थप कंगाल बनेर जनसंख्या अरू नघटोस् । शक्ति केन्द्रहरूको चलखेलबाट देश बरबाद नहोस् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसीका लागि  सत्ता गठबन्धन टुटाउने चेतावनी दिएपछि पूर्वप्रधानमन्त्री भट्टराईको यो धारणा सार्वजनिक भएको हो । प्रधानमन्त्री देउवाले एमसीसी संसदबाट पारित गराउने पहल थालिसकेका छन् ।

सत्ता गठन्धनका प्रमुख घटक नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीका नेताहरुले भने जस्ताको तस्तै एमसीसी पारित गर्न नहुने बताउँदै आएका छन् ।



from Online Khabar https://ift.tt/di7JEUG15

कोलम्बियाली लुइस डियाज लिभरपुलमा

१७ माघ, काठमाडौं । प्रिमियर लिग क्लब लिभरपुलले कोलम्बियाली विंगर लुइस डियाजलाई अनुबन्ध गरेको छ । लिभरपुलले डियाजलाई पोर्चुगिज क्लब पोर्टोबाट क्लबमा अनुबन्ध गरेको हो ।

लिभरपुलले २५ वर्षीय डियाजलाई ४५ मिलियन युरो बराबरमा अनुबन्ध गरेको बीबीसीले उल्लेख गरेको छ । उनले १५ मिलयन बोनस समेत पाउन सक्नेछन् ।

डियाजलाई लिभरपुलले साढे ५ वर्षका लागि अनुबन्ध गरेको हो । यसको अर्थ उनी २०२७ सम्म एनफिल्डमा रहनेछन् ।

हाल इन्टरनेशनल ब्रेकमा रहेका डियाज राष्ट्रिय टिमको खेल सकिएपछि लिभरपुल जानेछन् । उनले लिभरपुलमा २३ नम्बरको जर्सी लगाउने क्लबले जनाएको छ ।

डियाजले लिभरपुलमा अनुबन्ध भएपछि धेरै खुशी लागेको प्रतिक्रिया दिएका छन् ।

डियाजलाई अर्को प्रिमियर लिग क्लब टोटनहम हट्सपरले पनि अनुबन्धको प्रस्ताव गरेको थियो ।

डियाजले यस सिजन पोर्चुगजि क्लब पोर्टोका लागि १८ खेलमा १४ गोल र चार असिस्ट गरेका छन् ।

लिभरपुलका प्रशिक्षक योगर्न क्लोपले डियाजलाई अनुबन्ध गरेपछि खुशी व्यक्त गर्दै उनी राम्रो खेलाडी भएको र लामो समयदेखि ट्रयाक गरिरहेको बताएका छन् ।

सन् २०१९ मा कोलम्बियन क्लब एट्लेटिको जुनियरबाट पोर्टो पुगेका डियाजले त्यहाँ साढे दुई सिजन बिताउँदा पोर्टोका लागि १२५ खेलमा ४१ गोल गर्नुका साथै १९ असिस्ट गरेका छन् ।

यस्तै उनले कोलम्बियाका लागि ३२ खेल खेल्दै ७ गोल गरेका छन् ।



from Online Khabar https://ift.tt/9IDwKrtuS

मोरक्कोविरुद्ध पुनरागमन जितसहित इजिप्ट सेमिफाइनलमा

१७ माघ, काठमाडौं । सर्वाधिक ७ पटकको विजेता इजिप्ट अफ्रिकन कप अफ नेसन्सको सेमिफाइनलमा प्रवेश गरेको छ ।

क्यामरुनमा जारी प्रतियोगिता अन्तर्गत आइतबार राति भएको क्वाटरफाइनलमा मोरक्को विरुद्ध पुनरागमन जित हात पार्दै इजिप्ट अन्तिम चारमा प्रवेश गरेको हो ।

एक गोलले पछि परेको स्थिति उल्टाएर इजिप्टले मोरक्कोलाई अतिरिक्त समयमा २-१ ले पराजित गरेको हो ।

प्रतिस्पर्धात्मक खेलको छैटौं मिनेटमा सोफियन बाउफलले पेनाल्टीमा गोल गर्दै मोरक्कोलाई अग्रता दिलाएका थिए । तर मोरक्कोले त्यो अग्रता कायम राख्न सकेन । दोस्रो हाफमा इजिप्टले पुनरागमन गर्‍यो । ५३ औं मिनेटमा कप्तान मोहम्मद सालाहले इजिप्टका लागि बराबरी गोल फर्काए ।

निर्धारित ९० मिनेटको खेल १-१ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गएको थियो । जहाँ इजिप्टले गोल थप्दै जित हात पार्‍यो ।

इजिप्टका लागि एक सयौँ मिनेटमा महमुद अहमेद इब्राहिम हसनले सालाहको पासमा गोल गर्दै इजिप्टलाई २-१ को जित दिलाए  ।

अब इजिप्टले सेमिफाइनलमा आयोजक क्यामरुनसँग खेल्नेछ ।



from Online Khabar https://ift.tt/Vw9sdh5Ll

कोरोना खोप अनिवार्य गरिएको विरोधमा क्यानडामा प्रदर्शन चर्कियो, प्रधानमन्त्रीले घर छाडे

१७ माघ, काठमाडौं । ट्रक चालकहरुलाई पनि कोरोना खोप अनिवार्य गरिएपछि क्यानडामा विरोध प्रदर्शन जारी छ ।

प्रदर्शनका कारण असुरक्षित महसुस गर्दै प्रधानमन्त्रीले जस्टिन ट्रुडोले परिवारका सदस्यसहित राजधानी ओटावास्थित आफ्नो घर छाडेर अन्यत्र गएको बीबीसीले जनाएको छ । तरू उनी कहाँ गएर बसेका छन् भन्ने खुलाइएको छैन ।

अमेरिका–क्यानडा सीमा पार गर्ने ट्रक चालकहरुलाई पनि कोरोनाविरुद्धको खोप अनिवार्य गरिएको छ । त्यसको विरोधमा ट्रक चालकहरुले क्यानडाको संसद् भवन वरपरका सडकमा ट्रक तेर्स्याएर यातायात सेवा अवरुद्ध पारेका छन् ।

ट्रक चालकहरुलाई साथ दिंदै अन्य हजारौं नागरिकहरु पनि प्रदर्शनमा उत्रिएका छन् । विरोध प्रदर्शनका कारण दोस्रो दिन पनि क्यानडाको राजधानी ओटावा ठप्प भएको बीबीसीले जनाएको छ ।

यो विरोध प्रदर्शनलाई ‘फ्रिडम कन्भोई’ नाम दिइएको छ । कतिपय प्रदर्शनकारी ओटावाका स्मारकहरुको अपमान गर्ने ढंगले प्रस्तुत भएका छन् ।

खासगरी एक जना सैनिकको चिहानमाथि एक महिला नाच्दै गरेको भिडिओ सार्वजनिक भएपछि त्यसको आलोचना भएको छ । यसैगरी सुरक्षामा खटिएका प्रहरीहरुलाई प्रदर्शनकारीले धम्की दिएको र सित्तैमा खानेकुरा माग्दै रेष्टुरेन्टका कर्मचारीहरुलाई दुर्व्यवहार गरिएको समाचार पनि सार्वजनिक भएका छन् ।

रक्षामन्त्री अनिता आनन्दले यस्ता गतिविधिहरुलाई निन्दनीय भनेकी छन् । साथै ओटावा प्रहरीले यस्ता घटनाको छानविन गरिरहेको जनाएको छ ।

क्यानडा सरकारले यही जनवरी १५ तारिखमा कोरोनाविरुद्धको खोपसम्बन्धी निर्णय गर्दै खोप नलगाएका क्यानेडियन ट्रक चालकहरूले अमेरिका-क्यानडा सीमा वारपार गर्न खोप लगाएको हुनुपर्ने आदेश जारी गरेको थियो । यही आदेशको विरोधमा प्रदर्शन सुरु भएको थियो ।

प्रदर्शनकारीलाई प्रधानमन्त्री ट्रुडोले ‘सानो संख्यामा रहेकाहरु’ भनेर हल्का टिप्पणी गरेका थिए । अहिले त्यही प्रदर्शन व्यापक हुँदै गएको हो । प्रदर्शनकारीहरुले पनि नयाँ माग थप्दै देशव्यापीरुपमा कोरोनाविरुद्धको खोप अनिवार्य गरिएको निर्णय हटाउनुपर्ने आवाज उठाउँदै आएका छन् ।



from Online Khabar https://ift.tt/dYhKv36FT

Facebook Messenger में जुड़ गए बेहद खास फीचर्स, जानें कैसे आपका काम हो जाएगा आसान

Facebook ने मैसेंजर (Facebook Messenger) में हाल ही में कई नए फीचर ऐड किए हैं, जिसमें यूजर्स को एंड-टू-एंड एन्क्रिप्शन (end-to-end encryption), स्क्रीनशॉट डिटेक्शन, मैसेज रिएक्शन, टाइपिंग इंडिकेटर्स जैसी सुविधाएं शामिल की गईं हैं.

from Latest News मोबाइल-टेक News18 हिंदी https://ift.tt/s2foT96NO

संविधानसभा सदस्य डा. दुमनसिंह थापाको निधन

१७ माघ, बुटवल । संविधान सभा सदस्य एवं नेकपा एकीकृत समाजवादीका नेता डा. दुमनसिंह थापाको निधन भएको छ ।

केही समय अघि मिर्गौला प्रत्यारोपण गरेका डा. थापाको ह्याम्स अस्पताल काठमाडौंमा आइतबार साँझ निधन भएको हो ।

अर्घाखाँची घर भएका डा. थापा एमालेका तर्फबाट संविधान सभा सदस्य निर्वाचित भएका थिए । एमाले विभाजनपछि उनी नेकपा एकीकृत समाजवादीको केन्द्रीय निर्वाचन आयोगका सदस्य थिए ।

उनी मेगा बैंकका सञ्चालक एवं नयाँ पत्रिका दैनिकका अध्यक्ष समेत थिए ।



from Online Khabar https://ift.tt/3z9N6EwDI

Saturday, January 29, 2022

7 हज़ार रुपये से भी सस्ता हुआ 6000mAh बैटरी वाला बजट स्मार्टफोन, मिलेगा फुल HD+ डिस्प्ले

अगर आप बजट सेगमेंट का फोन तलाश कर रहे हैं तो आपको हम बता रहे हैं बेस्ट डील के बारे में. इस सेल में जबरदस्त ऑफर की बात करें तो यहां से Gionee Max Pro पर डिस्काउंट पाया जा सकता है. मिली जानकारी के मुताबिक फोन को 9,999 रुपये के बजाए सिर्फ 6,999 रुपये में उपलब्ध कराया जा रहा है.

from Latest News मोबाइल-टेक News18 हिंदी https://ift.tt/MtRwBjD6F

शहीदः को हुन्, को हैनन् ?

आज माघ १६ गते अर्थात् शहीद दिवस । देश र जनताको हित अनि अधिकारका लागि जीवन त्याग गर्ने शहीदप्रति श्रद्धा र सम्मान गर्दै देशभर शहीद दिवस मनाइँदैछ । यो दिन देश र जनताका लागि आफ्नो जीवनकै बलिदानी दिने ती महान् शहीदलाई सम्झिने र उनीहरूले देखाएको सत्मार्गमा लाग्ने प्रण गर्ने दिन ।

देश र जनताको सुन्दर भविष्यको कामना गर्दै नेपालमा सयौं व्यक्तिले ज्यानको आहुति दिए तापनि ती अमर शहीदका कैयौं सपना अझै पूरा हुनसकेका छैनन् । खासगरी आफ्नो राजनीतिक स्वार्थपूर्तिका लागि जथाभावी शहीद घोषणा गर्ने प्रचलनले वास्तविक शहीदको अपमान र अवमूल्यन भइरहेको छ । धेरैजसो राजनीतिक दलहरूले उनीहरूका आपराधिक समूहले हत्या गरेका, झडपमा मारिएका र काल गतिले मरेका व्यक्ति समेतलाई राजनैतिक दबावमा शहीद घोषणा गर्दै शहीदको खेती गर्न थालेपछि अमर शहीदहरूको अपमान र मानमर्दन समेत हुन थालेको छ । यो अत्यन्तै दुःखको कुरा हो ।

शहीद को हुन् ?

नेपाल प्रज्ञा प्रतिष्ठानले प्रकाशित गरेको बृहत् शब्दकोशले ‘आफ्नो देश, संस्कृति र अस्तित्वको संरक्षण तथा स्वतन्त्रता प्राप्तिका निम्ति लोक हितमा लागेर बलिदानी दिने व्यक्ति शहीद हुन्’ भनेको छ । यस्तै नेपाली शब्द सागरले ‘कुनै पनि शुभ परिणामका निम्ति लाग्दालाग्दै प्राण गुमाउने तथा देश, जाति र जनताको सुखको निम्ति संघर्ष गर्दा मरेको वा मारिएको व्यक्तिलाई शहीद’ मानेको छ ।

वि.सं. १९९७ माघ १० गतेदेखि १५ गतेसम्म शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाल श्रेष्ठलाई तत्कालीन राणाशासकले मृत्युदण्ड दिएको हुँदा यिनै अमर व्यक्तित्वको सम्झनामा ‘शहीद सप्ताह’ मनाउने चलन छ । राणा शासकहरूले यी महान् शहीदहरूमध्ये शुक्रराजलाई माघ १० गते टेकु पचली, धर्मभक्तलाई माघ १३ गते सिफल तथा गंगालाल र दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा झुन्ड्याएर गोली हानी मृत्युदण्ड दिएका थिए । १९९७ सालमा तत्कालीन राणा शासनको विरोधमा उत्रने क्रममा ज्यानको आहुति दिन तयार भएका ती चार महान् व्यक्तित्व अमर शहीद हुन् । त्यसपछिका लोकतान्त्रिक आन्दोलनहरूमा देश र जनताको पक्षमा निर्भयताका साथ ज्यानको बाजी लगाएर लोकतन्त्रको स्थापनामा मद्दत पुर्याउनेहरू पनि शहीद हुन् । देश र जनताका लागि ज्यानको आहुति दिने व्यक्तिहरू समेत शहीद हुन् ।

कति छ नेपालमा शहीदको सङ्ख्या ?

नेपालमा २०४६ सालको आन्दोलनसम्म औपचारिक रूपमा चार जना शहीद थिए । उनीहरूप्रति नेपालीहरूको विशेष श्रद्धा पनि थियो । अहिले पनि शहीद भन्नासाथ धेरै नेपालीको मनमस्तिष्कमा तिनै चार शहीद नै आउँछन् । तर २०४६ सालपछि देशमा शहीदको संख्या बढ्न थाल्यो । अहिले त्यो संख्या करीब ९ हजार हाराहारीमा भएको बताइन्छ । यद्यपि देशमा अहिले शहीदको संख्या कति छ भन्ने यकिन तथ्यांक सरकारसँग नै पाइँदैन । कहिले शान्ति तथा पुनर्निर्माण मन्त्रालय त कहिले गृह मन्त्रालयले शहीदबारे तथ्याङ्क राख्ने गर्नाले शहीदको तथ्याङ्क राख्ने सरकारी निकाय कुन हो भन्ने समेत स्पष्ट छैन ।

शहीदको परिभाषा र सङ्ख्या यकिन गर्न हालसम्म दुई वटा आयोग गठन भए । माधवकुमार नेपालको प्रधानमन्त्री कालमा मोदनाथ प्रश्रितको संयोजकत्वमा शहीदको परिभाषा तथा मापदण्ड निर्धारण गर्न एउटा कार्यदल बन्यो । उनीभन्दा पछि प्रधानमन्त्री बनेका डा. बाबुराम भट्टराईले पनि नवराज सुवेदीको संयोजकत्वमा अर्को कार्यदल बनाए । यसरी दुई/दुई कार्यदल बने पनि सरकार परिवर्तनपछि तिनले तयार गरेका प्रतिवेदन कार्यान्वयनमा आउन सकेनन् ।

२०७० सालमा प्रहरी कारबाहीमा मारिएका ‘गुन्डा’ दिनेश अधिकारी ‘चरी’ लाई शहीद घोषणा गर्नुपर्ने माग राख्दै एमाले कार्यकर्ताले देशभर आन्दोलन, नाराबाजी र तोडफोड गरेका थिए । २०७२ सालमा नेपाली कांग्रेसका सांसदले अर्का ‘गुन्डा’ कुमार घैंटेलाई शहीद घोषणा गर्न संसदमै माग गरे ।

कस्ता–कस्ता व्यक्ति शहीद घोषणा भए ?

दोस्रो जनआन्दोलनपछि गिरिजाप्रसाद कोइराला नेतृत्वको त्यो सरकारले आन्दोलनमा ज्यान गुमाएका सहित २६ जनालाई शहीद घोषणा गरेको थियो । शहीद घोषणा गरिएकाका परिवारलाई जनही १० लाख रुपैयाँ दिने निर्णय समेत तत्कालीन सरकारले गरेको थियो । पहिलो संविधानसभा निर्वाचनपछि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री हुँदा जनयुद्धमा मारिएका ६ हजार ४३८ जना माओवादी नेता तथा कार्यकर्तालाई शहीद घोषणा गरियो ।

दाहालपछि माधवकुमार नेपाल प्रधानमन्त्री हुँदा २०६७ सालमा १६२६ जनालाई शहीदका रूपमा थपियो । यसमा सशस्त्र युद्धको समयमा माओवादीबाट मारिएका १२८८, राज्यबाट मारिएका ३२८ र दोहोरो भिडन्तमा मारिएका १० जना समेत थिए ।

दाहाल र नेपालको नेतृत्वका सरकारले मापदण्ड विनै धमाधम शहीद घोषणा गरेपछि देशमा शहीद घोषणा गर्नुपर्ने माग राख्नेको जमात बढेको हो भन्न सकिन्छ । तत्पश्चात नै सडक दुर्घटनादेखि हृदयघातसम्मका मृतकलाई शहीद घोषणा गर्नुपर्ने माग राख्दै यातायात बन्द र हडताल गर्नेसम्म प्रवृत्ति देखा परेका हुन् । विशेषगरी प्रहरीको गोली लागी मरेका व्यक्तिलाई शहीद घोषणा गर्नैपर्ने माग व्यापक रूपमा उठ्न थाल्यो ।

शहीद घोषणाका केही नमूना यस्ता पनि छन् !

  • २०६५ सालमा व्यापारी रामहरि श्रेष्ठको हत्या गर्ने माओवादी कमान्डरलाई कारबाही नगरी तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले शहीद घोषणा गरेका थिए ।
  • २०६८ सालमा चितवनको कारागारभित्र सांघातिक आक्रमणमा ज्यान गुमाएका चितवनका तरुण दलका अध्यक्ष शिव पौडेललाई शहीद घोषणा गर्न माग गर्दै नेपाली कांग्रेसले देशभर आन्दोलन गरेको थियो । तत्कालीन सरकारले पौडेलका परिवारलाई क्षतिपूर्तिस्वरुप १० लाख समेत दिएको थियो ।
  • २०७० सालमा प्रहरी कारबाहीमा मारिएका गुन्डा दिनेश अधिकारी ‘चरी’ लाई शहीद घोषणा गर्नुपर्ने माग राख्दै एमाले कार्यकर्ताले देशभर आन्दोलन, नाराबाजी र तोडफोड गरेका थिए ।
  • २०७२ सालमा नेपाली कांग्रेसका सांसदले अर्का गुन्डा कुमार घैंटेलाई शहीद घोषणा गर्न संसदमै माग गरे । प्रहरी इन्काउन्टरमै मारिएका घैंटेलाई प्रहरीले इन्काउन्टर नभई हत्या गरेको जनाउँदै कांग्रेस सांसदले शहीद घोषणा गर्न माग गरेका थिए ।
  • केही वर्षअघि नेपालगञ्जमा आन्दोलनकारीले हानेको ढुंगा लागेर मृत्यु भएका करण सिंहलाई शहीद घोषणा गर्न माग गर्दै मृतकका आफन्त र स्थानीयले इलाका प्रहरी कार्यालय कोहलपुर घेराउ गरेका थिए ।
  • २०६२ सालमा चितवनको बाँदरमुढेमा मारिएका ३८ जना पीडितलाई पनि यसैगरी शहीद घोषणा गरिएको थियो ।
  • वीरगञ्जमा तराई आन्दोलनका क्रममा प्रहरीको गोली लागी मृत्यु भएका भारतीय युवक आशिष रामलाई समेत शहीद घोषणा गर्न तात्कालीन संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले माग गरेको थियो ।
  • प्रहरी मुख्यालयमा आयोजित एक कार्यक्रममा प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले कर्तव्यपालनका क्रममा मृत्यु भएका प्रहरीलाई शहीद घोषणा गर्न तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष प्रस्ताव राखेका थिए ।
  • २०६९ सालमा हत्या गरिएका सर्वाेच्च अदालतका न्यायाधीश रणबहादुर बमलाई तत्कालीन मन्त्रिपरिषद् बैठकले त्यसै दिन शहीद घोषणा गरेको थियो ।
  • पटक–पटकको तराई मधेश आन्दोलन र मुलुकभर भएका पहिचानका विभिन्न आन्दोलनमा मारिएका अधिकांश व्यक्तिलाई शहीद घोषणा गरियो ।

यिनका अतिरिक्त २०६५ साल पुस ९ गते तात्कालीन सरकारले विभिन्न ६ हजार ३४४ जनालाई शहीद घोषणा गरेको थियो ।

२०४६ को प्रजातन्त्र पुनर्स्थापनाको आन्दोलनमा शहादत प्राप्त गर्ने १९ शहीदलाई सम्मानस्वरुप सरकारले जनही एक लाख आर्थिक सहयोग गरेको थियो । त्यस्तै २०६२/६३ सालको जनआन्दोलनका क्रममा मुलुकभर शहादत प्राप्त गरेका २६ जनालाई शहीद घोषणा गरियो । २०६२/६३ को जनआन्दोलनपछि सरकारपिच्छे विभिन्न आन्दोलन र घटनामा निधन भएका व्यक्तिलाई पनि शहीद घोषणा गरियो ।

विसं २०७४ माघ ३ गते सरकारले विभिन्न आन्दोलनमा मारिएका १९० जनालाई शहीद घोषणा गरेको थियो । २०६७ असारमा पनि शान्ति तथा पुनर्निर्माण मन्त्रालयको सिफारिशमा १६१९ जनालाई शहीद घोषणा गरिएको थियो ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारका पालामा झण्डै ८ हजार ५०० जनालाई शहीद घोषणा गरी एक लाख रुपैयाँका दरले राहत दिने घोषणा गरिएको थियो ।

विभिन्न आन्दोलनमा मारिएका चार सुरक्षा निकायका २ हजार ८०७ लाई शहीद घोषणाका लागि मन्त्रिपरिषद् बैठकमा प्रस्ताव पठाइयो । जसमा नेपाली सेनाका १०१८, नेपाल प्रहरीका १४४८, सशस्त्र प्रहरी बलका ३१८ र राष्ट्रिय अनुसन्धान विभागका २३ जना थिए ।

‘प्रथम शहीद’ लखन थापा १२५ वर्षपछि मात्र शहीद घोषित

नेपालको पहिलो शहीद लखन थापालाई मानिन्छ । थापालाई तत्कालीन राणा प्रधानमन्त्री जङ्गबहादुर राणा विरुद्ध प्रचारप्रसार गरेको आरोपमा विसं १९३३ फागुन २ गते गोरखाको मनकामना मन्दिर नजिकै रूखमा झुण्ड्याएर मारिएको थियो । उनले पहिलोचोटि जनस्तरबाट विद्रोह गरेर निरङ्कुश जहानियाँ राणाशासक जङ्गबहादुर राणा विरुद्ध प्रजातान्त्रिक आन्दोलन गरेर मृत्युवरण गरेका थिए । तर तिनै वीर योद्धालाई भने उनको शहादतको १२५ वर्षपछि २०६२ सालमा मात्र शहीद घोषणा गरियो । तथापि प्रथम शहीद भने अझै घोषणा गरिएको छैन ।

शहीद परिवारलाई १० लाख : सम्मान कि दुरुपयोग ?

पछिल्लो समय शहीद घोषणा भएकाको परिवारले राज्यबाट १० लाख पाउने गरेका छन् । शायद यही कारण नै कुनै दलसँग आबद्ध भएको व्यक्ति चाहे जुनसुकै घटनामा मरेको होस् ‘शहीद’ घोषणाको माग राख्ने र घोषणा गर्नेले पनि नानाथरी विशेषणका शहीद घोषणा गर्ने तथा निश्चित रकम दिने प्रचलन पछिल्ला दिनमा बढेको छ । जसले सच्चा शहीदको अपमान मात्र भएको छैन ‘शहीद’ शब्दकै मानमर्दन र दुरुपयोग समेत भएको छ ।

मुलुकमा पछिल्लो पटक झैझगडा र दुर्घटनामा ज्यान गुमाएका व्यक्तिलाई समेत शहीद घोषणा गर्नुपर्ने र १० लाख आर्थिक सहयोगका लागि दबाव दिने प्रचलनले शहीदको खेती गरेर क्षुद्र राजनीतिक स्वार्थ पूरा गर्ने प्रवृत्ति मौलाएको छ । यसबाट वास्तविक शहीदको भावनामा ठेस पुगेको छ ।

नहोस् शहीदको मानमर्दन र दुरुपयोग

सामान्यतया देशको स्वाधीनता, राष्ट्रियता र लोकतन्त्रका लागि आफ्नो ज्यानको बलिदानी दिनेलाई शहीद मानिन्छ । २००७ साल, २०४६ वा २०६२/६३ नै किन नहोस्, निस्वार्थी वीर–विराङ्गनाको त्याग र तपस्या तथा संघर्षका कारण मात्रै मुलुकले निकास पाएको हो । निश्चित योगदान र मापदण्डका आधारमा शहीदको घोषणा गर्ने भन्दा पनि दलहरूले आफ्ना कार्यकर्ता वा समर्थक मारिएको अवस्थामा शहीद घोषणा गर्ने परिपाटी बसाएका छन् । गाडीले किचेर मरेका पनि शहीद भनिएका छन्, झ्यालमा घाम तापेर बसिरहेका बेला गोली लागेर मरेका पनि शहीद छन् । दुई आपराधिक समूहको आपसी भिडन्तमा मारिएका पनि शहीद घोषित भएका छन् । यसर्थ को–कसलाई शहीद मान्ने वा नमान्ने ? स्पष्ट मापदण्ड र परिभाषा अत्यावश्यक छ ।

कुनै अमूक दलकै सदस्य भएकै नाताले जबरजस्त शहीद घोषणा गर्नु वास्तविक शहीदप्रतिको अपमान र शहीद शब्दकै बदनाम गर्ने कार्य हो । यो प्रवृत्तिको अन्त्य नहुँदासम्म शहीदप्रतिको सम्मान हुनै सक्दैन ।

अन्त्यमा, देश र जनताका लागि आफ्नो जीवनको आहुति दिने ती महान् सच्चा शहीदहरूप्रति भावपूर्ण श्रद्धाञ्जलि ।

(ज्ञवाली रुपन्देहीका शैक्षिक अगुवा हुन् ।)



from Online Khabar https://ift.tt/xLpbn1j9a

अमेरिकामा हिमपात, ५ राज्यमा आपतकाल

१६ माघ, काठमाडौं । अमेरिकाको पूर्वी तटीय क्षेत्रमा भारी हिमपातसँगै भएपछि पाँच राज्यमा आपतकाल घोषणा गरिएको छ । न्यूयोर्क, न्यूजर्सी, मेरील्याण्ड, रोड आइल्याण्ड र भर्जिनियाका सरकारले आपतकाल घोषणा गरेका हुन् ।

अत्यधिक हिमपातका कारण सडक, विद्युत र हवाई उडानहरु अवरुद्ध भएका छन् । शुक्रबारदेखि आइतबारसम्मको अवधिमा करिब ६ हजार उडानहरु रद्ध भएका बीबीसीले जनाएको छ ।

नोइस्टर भनेर चिनिने हिम आँधीका कारण केही स्थानमा शनिबार साँझदेखि नै ६१ सेन्टिमिटर (दुई फिट)सम्म हिउँ जमेको थियो । साथै म्यासाचुसेट्सका झण्डै एक लाख घरहरुमा विद्युत आपूर्ति बन्द भएको थियो । म्यासाचुसेट्सको सबैभन्दा नराम्रोसँग केप कोड प्रभावित भएको छ ।

यो आँधी क्यारोलिनासदेखि मेनसम्म फैलिने आशंका छ । यो चिसो हावा समुद्रको तातो हावासँग मिसिने र वायुमण्डलमा नयाँ चापीय प्रणाली विकसित हुने अनुमान छ । यसो हुँदा ‘बम्ब साइक्लोन’ आउने बताइएको छ । विज्ञहरुले केही स्थानमा ऐतिहासिक हिमपात हुने र तटीय क्षेत्रमा बाढी आउने चेतावनी दिएका छन् । साथै अधिकांश स्थानमा अत्यधिक चिसो बढ्ने छ ।

बोस्टनको राष्ट्रिय मौसम सेवाले अत्यावश्यक काम भएमा मात्रै घरबाट बाहिर निस्किन सूचित गरेको छ । ‘यदि तपाईंलाई यात्रा गर्नै पर्ने छ भने चिसोबाट जोगिने सामान राख्नुस् । यदि बाटैमा फस्नु भयो भने गाडि भित्रै रहनुस्,’ सूचनामा भनिएको छ ।

सन् २०१६ मा अमेरिकाको पूर्वी क्षेत्रमा यस्तै आँधी आउँदा कम्तिमा १७ जनाको मृत्यु भएको थियो भने ११ राज्यमा आपतकाल घोषणा गरिएको थियो । साढे आठ करोड मानिस प्रभावित भएका थिए । अमेरिकाको एक सय वर्षको इतिहासकै शक्तिशाली भनिएको उक्त आँधीलाई ‘स्नोजिला’ नाम दिइएको थियो ।



from Online Khabar https://ift.tt/ZDBMge6r2

Asus से लेकर Lenovo तक, काफी बड़े डिस्काउंट पर मिल रहे हैं ये दमदार Laptops, जानें डील

तीन दिन तक चलने वाली Amazon ग्रैंड गेमिंग डेज़ ‘Grand Gaming Days’ सेल में ग्राहकों को अच्छे ऑफर पर लैपटॉप मिल जाएगा, और इस सेल का आखिरी दिन 30 जनवरी को है. ऐसे में अगर आप कोई नया लैपटॉप खरीदने की प्लानिंग कर रहे हैं तो आपके लिए हम लाएं है डील की बेस्ट डील के बारे में...

from Latest News मोबाइल-टेक News18 हिंदी https://ift.tt/IqlnOzxCo

सहिदको बलिदानले नै जनताको शासन स्थापित : प्रधानमन्त्री

१६ माघ, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सहिदको सहादत, बलिदान र त्यागले नै मुलुकमा ठूला राजनीतिक परिवर्तन सफल भई जनताको शासन स्थापित हुनसकेको बताएका छन् ।

सहिद दिवसका अवसरमा शुभकामना सन्देश दिंदै प्रधानमन्त्री देउवाले भनेका छन्, ‘आज हामी जे–जस्तो स्वतन्त्रता र आत्मसम्मानका साथ बाँच्न पाइरहेका छौं, राज्यको सबै तह र संरचनामा आम नागरिकको जे–जस्तो पहुँच स्थापित हुनसकेको छ, तथा जे–जस्तो शासकीय व्यवस्थाबाट मुलुकलाई अघि बढाइरहेका छौं त्यो सबै सहिदहरूको योगदानबाट नै सम्भव भएको हो ।’

सहिद दिवसले सहिदहरूले देखाएको सत्य, न्याय र समानताको बाटोमा हिँड्न तथा उनीहरूले देखेको सुन्दर नेपालको सपनालाई साकार पार्न सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने कामना पनि प्रधानमन्त्री देउवाले गरेका छन् ।

उनले विसं २००७ को एकतन्त्रीय जहाँनिया राणाशासनविरुद्धको क्रान्तिदेखि २०४६ मा प्रजातन्त्र पुनःस्थापनाका लागि भएको जनआन्दोलन तथा २०६२÷६३ मा लोकतन्त्र स्थापनाका लागि भएको आन्दोलनलगायत विभिन्न राजनीतिक परिवर्तन सहिदकै त्याग, तपस्या र बलिदानबाट सफल भएको उल्लेख गरेका छन् ।

प्रधानमन्त्री देउवाले नेपालमा प्रजातन्त्र र लोकतान्त्रिक शासन व्यवस्थाको स्थापनाका लागि आफ्नो अमूल्य जीवन गुमाएका सम्पूर्ण ज्ञात–अज्ञात सहिदप्रति श्रद्धाञ्जलि अर्पण गर्दै लोकतन्त्र प्राप्तिको संघर्षमा घाइते भई स्वास्थ्य उपचार गराइरहेका सम्पूर्णको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेका छन् ।



from Online Khabar https://ift.tt/LWZQsntGi

जनहितमा समर्पित हुने हौसला प्राप्त होस् : राष्ट्रपति

१६ माघ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दल र सम्बद्ध सबैलाई जनताको हितका लागि समर्पित हुन सहिद दिवसले हौसला प्रदान गरोस् भन्ने कामना गरेकी छन् ।

सहिद दिवस २०७८ को अवसरमा एक सन्देश दिंदै राष्ट्रपति भण्डारीले सहिदहरूको बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्नेतर्फ अग्रसर हुनुपर्ने बताएकी छन् ।

दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्नेतर्फ मन, वचन र कर्मले समर्पित भएमात्रै सहिदप्रति सच्चा श्रद्धाञ्जली हुने उनको भनाइ छ ।



from Online Khabar https://ift.tt/IQWvfVp0g

आज सहिद दिवस मनाइँदै

१६ माघ, काठमाडौं । प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डमा स्वतन्त्रताका लागि जीवन आहूति दिनेहरुको सम्झनामा आज सहिद दिवस मनाइँदै छ ।

वि.सं २०१२ देखि नै तत्कालीन काठमाडौं नगरपालिकाको संयोजकत्वमा प्रत्येक वर्ष माघ १६ गते सहिदको सम्झनामा दिवस मनाउन थालिएको हो । महानगरपालिकाले माघ १० देखि १६ गतेसम्म साताव्यापी कार्यक्रम गरी सहिद सप्ताह मनाउने गर्दछ ।

स्वतन्त्रताको माग गर्दा विसं १९९७ मा सहिद शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौँको टेकुस्थित पचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा र गंगालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा राणा शासकले मृत्युदण्ड दिएका थिए ।

माघ १६ गते आइतबार सहिद दिवसका अवसरमा बिहान शान्तिवाटिका रत्नपार्कदेखि सहिद स्मारक लैनचौरसम्म प्रभातफेरी कार्यक्रम आयोजना गरिंदै छ ।

प्रधानमन्त्री, मन्त्री, सरकारका उच्चपदस्थ अधिकारी, जनप्रतिनिधि, सुरक्षा निकायको ब्याण्ड टोली र मार्चपास टोलीसहितको प्रभातफेरीे सहिद स्मारक लैनचौर पुगी ज्ञातअज्ञात सहिदप्रति श्रद्धाञ्जलि अर्पण गर्ने कार्यक्रम छ ।

कोरोनाको तेस्रो भेरियन्ट सक्रिय रहेकाले सरकारले जारी गरेको स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर कार्यक्रम गर्ने तयारी काठमाडौं महानगरपालिकाले गरेको छ ।

यसैगरी लखन थापादेखि पछिल्ला स्वतन्त्रताका आन्दोलनमा शहादत प्राप्त गर्ने सहिदको सम्झनामा मन्त्रिपरिषद्को विसं २०६४ जेठ ११ गतेको निर्णय अनुसार उपत्यकाको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वरमा निर्माण भइरहेको राष्ट्रिय सहिद स्मारकमा पनि कार्यक्रमको तयारी भइरहेको छ ।

वन तथा वातावरण मन्त्री रामसहाय यादवको प्रमुख आतिथ्यतामा कार्यक्रम गरिने यज्ञडोल (जगडोल) सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष सुदर्शन सिग्देलले जानकारी दिए ।

विसं २०६३ अघि सहिद दिवसका दिन राज्यका तर्फबाट सहिदगेटमा विशेष कार्यक्रम गरी दिवस मनाइन्थ्यो । त्यसपछि भने लैनचौरस्थित सहिद स्मारकमा विशेष कार्यक्रम हुन थालेको छ । सहिदगेटमा पनि विभिन्न संघसंस्थाले कार्यक्रम गरी दिवस मनाउने गरेका छन् ।

पछिल्लो समय नारायणहिटी दरबार संग्र्रहालय परिसरमा निर्माण भएको गणतन्त्र स्मारकमा सहिदप्रति श्रद्धाञ्जलि गर्ने स्थल राखिने घोषणा गरिएको छ । त्यो समेत सञ्चालनमा आउन सकेको छैन ।



from Online Khabar https://ift.tt/oDRvPVZw3

प्रधानमन्त्री देउवाले रोजेको मध्यमार्ग

१५ माघ, काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार साँझ बसेको सत्तारुढ पाँचदलीय गठबन्धनको बैठकले आगामी जेठभित्रै स्थानीय तहको चुनाव गर्ने निर्णय गरेको छ । यो निर्णयपछि स्थानीय चुनावसम्बन्धी अन्योल हटेको छ ।

कुनै विशेष परिस्थिति सिर्जना नभए सरकारले २०७९ जेठको तेस्रो वा चौथो साता निर्वाचन गर्ने गरी सरकारले स्थानीय चुनावको मिति घोषणा गर्ने छ । सत्तारुढ दलका शीर्ष नेताहरुको बैठकमा सहभागी एक नेता भन्छन्, ‘७५३ वटै स्थानीय तहमा एकैपटक चुनाव गर्ने सहमति भएको छ । ,

जेठभित्र चुनाव गर्ने गठबन्धनको निर्णयप्रति प्रमुख विपक्षी दल नेकपा एमालेको समेत सहमति देखिन्छ । ‘निर्धारित मितिमा चुनाव गराउने बाहेक अरु विकल्प छैन । संविधान र कानूनले पनि अनुमति दिदैन’ एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजाल भन्छन्, ‘उहाँहरु कहाँ–कहाँ बसेर के निर्णय गर्नुहुन्छ, त्यसको कुनै अर्थ छैन ।’ तर  संवैधानिक विकल्प नभएकाले पनि गठबन्धनका नेताहरू चुनावबाट भाग्न नसक्ने उनको तर्क छ ।

संविधानको व्यवस्था अनुसार, स्थानीय चुनाव नगर्ने वा पछि धकेल्नेतिर सरकार लागिपरेको एमालेले आरोप लगाउँदै आएको थियो । गएको ९ माघमा ८ पृष्ठ लामो वक्तव्य जारी गरी एमालेले गठबन्धन सरकार लोकतन्त्रको मर्ममाथि प्रहार गर्ने षडयन्त्रमा लागिपरेको आरोप लगाएको थियो । तर सत्ता गठबन्धनका नेताहरू भने एमालेको वक्तव्य र स्थानीय चुनावबीच कुनै सम्बन्ध नरहेको बताउँछन् । ‘संविधान, व्यवस्था र संसद् नै सिध्याउन लागिपरेको एमालेले के भन्छ भन्ने कुरा यहाँ जोड्न जरुरी छैन’ नेकपा एकीकृत समाजवादीका महासचिव डा.बेदुराम भुसाल भन्छन् ।

संविधानले व्यवस्था गरे बमोजिम सवै चुनाव गराउन गठबन्धन र सरकार प्रतिबद्ध रहेको उनी बताउँछन् । ‘संविधान र कानून बाझिएकाले विकल्पबारे छलफल गर्दै आएका हौं । अनावश्यक आशंका फैलाइयो’, भुसाल भन्छन् ।

तर शनिबारको गठबन्धन बैठकबाट जेठभित्रै स्थानीय चुनाव गर्ने निर्णय हुनुमा भने प्रधानमन्त्री शेरबहादुर देउवाले दबाव झेल्न नसक्नु मूख्य कारण देखिन्छ । यदि त्यसो नहुँदो त, राष्ट्रको नाममा ७ माघमा सम्बोधन गर्दा नै स्थानीय चुनावबारे संकेत दिएर प्रधानमन्त्री देउवा आलोचनाबाट बच्न सक्थे । तर सम्बोधनका क्रममा ‘तीनै तहको चुनाव यो वर्ष हुने’ मात्रै भने । जबकी, वैशाखभित्रै स्थानीय चुनाव गराउन निर्वाचन आयोगले ताकेता गरिरहेको थियो भने आमजनमत चुनावको मिति घोषणा गरिनुपर्ने पक्षमा थियो ।

दोहोरो दबावमा प्रधानमन्त्री

बालुवाटार बैठकले स्थानीय तहको चुनाव जेठभित्र गर्ने सहमतिसँगै ऐन संशोधनको निर्णय गरेकाले पनि प्रधानमन्त्री देउवाले दबावबाट बच्न मध्यमार्ग रोजेको प्रष्ट हुन्छ । शनिबारको निर्णयअनुसार, स्थानीय तह निर्वाचन ऐन–२०७३ संशोधन हुनेछ । ‘संविधानसँग बाझिएको ऐन संशोधन गर्नुपर्ने देखिन्छ । सरकारलाई त्यो काम गर्न सुझाव दिएका छौं’, बैठकमा सहभागी अर्का नेता भन्छन् ।

गठबन्धनका नेताहरू, स्थानीय सरकारबारे संविधान र ऐनबीच विरोधाभास आएको तर्क गर्दै आएका छन् । संविधानको धारा २१५, २१६ र २२५ सँग स्थानीय तह निर्वाचन ऐन बाँझिएको तर्कसहित चुनावको मिति घोषणा गरिएको थिएन । ‘ऐनले सवै जनप्रतिनिधिको कार्यकाल आउने जेठ ५ गते सकिने भनेको छ र, दुई महिना अगाडि चुनाव गर्नुपर्ने पनि भनिएको छ’, ती नेता भन्छन्, संविधानले कार्यकाल सकिएको ६ महिनाभित्र गर्नुपर्ने भनिएको छ ।’

जबकी निर्वाचन आयोगले वैशाखभित्र स्थानीय तहको निर्वाचन गर्नुपर्ने भन्दै वैशाख १४ र २२ को मिति प्रस्ताव गरेको थियो । तर सत्तारुढ पाँच दलले संविधानसँग बाझिएको भन्दै स्थानीय तह निर्वाचन ऐन संशोधन गर्ने सहमति गरेका थिए । ९ माघमा प्रधानमन्त्री देउवासहित गठबन्धनका नेताहरुले आफू निकट कानून व्यवसायीहरुको राय लिएर ऐन संशोधन गरेर कार्यकाल सकिएको ६ महिनाभित्र निर्वाचन गर्ने व्यवस्था गर्ने, स्थानीय तहमा पनि कामचलाउ सरकारको व्यवस्था गर्ने र २०७९ फागुनमा तीनै तहको निर्वाचन एकै पटक गर्ने मोटामोटी सहमति गरेका थिए ।

संविधान र ऐनलाई देखाएर गरेपनि सत्तारुढ गठबन्धनका नेताहरू प्रतिनिधिसभाको भन्दा पहिला स्थानीय तहको चुनाव नगराउने मनसायमा थिए । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालका सार्वजनिक अभिव्यक्तिले पनि त्यो प्रष्ट हुन्थ्यो । तर कांग्रेस सभापति एवम् प्रधानमन्त्री देउवा भने अलमलमा थिए, चुनावबारे प्रष्ट अभिव्यक्ति र निर्णय लिएका थिएनन् । ‘गठबन्धनमा अहिले माधव नेपाल हावी हुनर भएको छ । चर्को आलोचना हुँदा पनि प्रधानमन्त्रीले स्थानीय चुनावबारे निर्णय लिन नसक्नुमा यो एउटा कारण हो’, सत्ता गठबन्धनका एक नेता भन्छन् ।

तर नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री देउवामाथि पार्टीभित्रै स्थानीय चुनाव पछाडि धकेल्ने नहुनेमा चर्को दबाव प¥यो । देउवा निकट केन्द्रीय सदस्य स्थानीय तह निर्वाचन ऐन अनुुसार चुनाव गराउन लबिङ गरिरहेका थिए भने महामन्त्री महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश शर्माले भेटेर आफ्नो मत मात्र राखेनन्, सार्वजनिक रुपमै अडान पनि लिए । गएको १० माघमा डा. शेखर कोइराला नेतृत्वको समूहले भर्चुअल बैठक बसेरै चुनाव सार्दा कांग्रेसको लोकतान्त्रिक निष्ठाप्रति प्रश्न उठ्ने निष्कर्ष निकाले । कतिपय कांग्रेस नेताहरूले प्रधानमन्त्री देउवालाई ०५९ सालकै नियति दोहोरिन सक्ने तर्क गरेका थिए ।

पार्टी पंक्ति बाहिरको जनमत समेत चुनाव सार्न नहुने पक्षमा देखिएपछि प्रधानमन्त्री देउवा गठबन्धनका नेताहरू मनाउनेतिर लागेको कांग्रेसका एक नेता बताउँछन् । ‘हिजो केपी शर्मा ओलीले संसद विघटन गर्दा संविधान र संसद् बचाउन उभिएको जनमत चुनाव सार्न नहुने पक्षमा देखिएपछि सभापतिलाई चुनाव गराउने दबाव बढ्यो’, ती नेता भन्छन् ।

दबाव बढेपछि प्रधानमन्त्री देउवाले १२ माघमा राष्ट्रियसभा चुनाव सकिएलगत्तै छलफल तीव्र बनाएका थिए । ‘राष्ट्रियसभाको चुनाव सकिएपछि औपचारिक सम्वादहरू केही भए । त्यो भन्दा धेरै अनौपचारिक छलफल भयो’, एकीकृत समाजवादीका महासचिव भुसाल भन्छन् ।

जेठमा चुनाव गर्नेबारे भने त्यसअघि पनि छलफल भएको उनी बताउँछन् । शुक्रबार पनि प्रधानमन्त्री देउवा, माओवादी अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष नेपालबीच भेटवार्ता भयो । यही बसाइबाट जेठभित्र चुनाव गराउने, तर ऐन सम्बोधन पनि गर्ने सहमति जुट्यो । शनिबार बिहान पाँच दलको बैठकमा प्रधानमन्त्री देउवाले त्यही प्रस्ताव राखेका थिए, जसमा अपरान्ह बसेको अर्को बैठकमा सहमति जुटेको छ ।

अब जेठ तेस्रो वा अन्तिम साता देशभरका सबै स्थानीय तहमा एकै पटक निर्वाचन हुनेछ ।

र्तमान गठबन्धनलाई अझ बलियो बनाउने र आगामी निर्वाचनहरुमा पनि साथै जाने ‘भद्र सहमति’ पाँच दलबीच रहेको नेताहरु बताउँछन् ।  एमाले अध्यक्ष ओलीले प्रधानमन्त्रीको हैसियतमा गएको ७ जेठ मध्यरातमा दोस्रोपटक प्रतिनिधिसभा विघटनको निर्णय गरेपछि बनेको गठबन्धनमा एकअर्का दलबीच आशंका छ । कांग्रेसलाई वाम शक्तिहरू मिल्ने भय छ भने माओवादी, एकीकृत समाजवादी र जनता समाजवादीलाई गठबन्धन नगरे एमाले रोक्न रोक्न नसकिने बुझाइ छ ।

तर सवै चुनाव सकिँदा समेत गठबन्धन जोगाउने आश्वासन दिएका प्रधानमन्त्री देउवाले संविधानसँग ऐन बाझिएको पाँचदलीय गठबन्धनको दाबीलाई पनि स्थापित गर्ने र चुनाव सारेको आरोपबाट पनि बच्ने मध्यमार्गी विकल्प रोजेका छन् ।

साथै निर्वाचन अघि नै संविधानअनुसार कार्यकाल सकिएको छ महिनाभित्र निर्वाचन गर्ने व्यवस्थासहित स्थानीय तह निर्वाचन ऐन संशोधन गरिनेछ । त्यसका लागि छिट्टै संसदमा विधेयक दर्ता गर्ने सहमति भएको छ । यो विधेयकमा जेठमा चुनाव भएपनि असार १४ र असोज २ मा निर्वाचन भएका स्थानीय तहका नयाँ जनप्रतिनिधिको कार्यकाल, हालका जनप्रतिनिधिको ५ वर्षे पुरा भएको भोलिपल्टबाट लागू हुने व्यवस्था गरिनेछ । एक नेता भन्छन्, ‘सबैतिरबाट आलोचना भएपछि जेठभित्र चुनाव गर्ने त सहमति गरेका छौं । तर संविधानसंँग ऐन बाझिएको छ, त्यसलाई संशोधन गर्नुपर्छ भन्ने हाम्रो मान्यता कायमै छ ।’

बैठकमा सहभागी नेताहरुका अनुसार, प्रधानमन्त्री देउवाले मध्यमार्गी विकल्प रोजिरहँदा राष्ट्रपति विद्यादेवी भण्डारी र निर्वाचन आयोगसँग भने गठबन्धनका नेताहरू रुष्ट बनेका छन् । राष्ट्रपति र आयोगले क्षेत्राधिकार भुलेर ‘सार्वजनिक खपतका निम्ति बक्तव्यबाजी र पत्रचार’ गरेको उनीहरुको आरोप छ ।

राष्ट्रपतिपछि भण्डारीले प्रधानमन्त्री देउवालाई शीतलनिवास बोलाएर स्थानीय चुनावको मिति घोषणा गर्न आग्रह गरेकी थिइन् । तर प्रधानमन्त्री देउवाले गठबन्धनमा छलफल गरेर निर्णय लिने जवाफ दिए । लगत्तै, राष्ट्रपति भण्डारीले सातबुँदे लिखित नै थमाइन्, जसमा मिडियामा खबर सुनेको भन्दै भनिएको छ, ‘निर्वाचन सार्न सकिने गरी ऐन संशोधन गर्ने प्रयास हुनु चिन्ताजनक छ । आज मात्रै महान्यायाधिवक्ता खम्बहादुर खातीलाई ‘कोट’ गरेर दुई ऐन संशोधन गर्न लागिएको खबर आएको छ ।’ प्रतिनिधिसभा विघटनको असंवैधानिक निर्णय नरोकेकी राष्ट्रपति भण्डारीले अहिले नेकपा एमालेलाई सहयोग पुग्ने गरी अनावश्यक अग्रसरता देखाएको पाँचदलीय गठबन्धनका नेताहरु बताउँछन् ।

राष्ट्रपति भण्डारीले निर्वाचन आयोगको बक्तव्यलाई पनि आधार मानेकी छन् । गएको ८ कात्तिक र ९ पुसमा प्रधानमन्त्रीलाई भेटेको आयोगले ३० पुसमा सर्वदलीय बैठक बोलाएको थियो । लगत्तै ११ माघमा आयोगले सार्वजनिक बक्तव्य मार्फत् स्थानीय चुनावको मिति तोक्नू सरकारसँग आग्रह गरेको थियो । तर गठबन्धनमा भने आयोगकै भूमिकाप्रति समेत प्रश्न उठाइएको छ ।



from Online Khabar https://ift.tt/SmduhTazW

Friday, January 28, 2022

नेपाल र मोरिसस बीचको पहिलो खेल आज, रंगशालामा दर्शकलाई अनुमति

१५ माघ, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिम र मोरिससबीचको पहिलो मैत्रीपूर्ण खेल आज हुँदैछ । नेपाल र मोरिसस बीचको खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा ४ः४५ बजे सुरु हुनेछ ।

नेपालले पहिलो पटक अफ्रिकन राष्ट्रिय टोलीविरुद्ध फुटबल खेल खेल्न लागेको हो । कप्तान किरण चेम्जोङले पहिलो पटक अफ्रिकन राष्ट्रविरुद्ध खेल्न लागेकाले यो फरक अनुभव हुने र सिक्ने मौकाको रुपमा लिने शुक्रबारको प्रि–म्याच कन्फ्रेन्समा बताएका थिए ।

यस्तै प्रशिक्षक किरण श्रेष्ठले नेपाल र मोरिसस उस्तै स्तरको टिम रहेको र यसअघिका गल्ती सुधार गर्दै राम्रो प्रदर्शन गरिने बताएका छन् ।

मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताइरीले दुई मैत्रीपूर्ण खेलका लागि दुई फरक टोलीको घोषणा गरिसकेका छन् । उनले बन्द प्रशिक्षणमा रहेका सबै ३४ खेलाडीलाई नै दुई टिममा मौका दिँदा नयाँ ९ खेलाडीले राष्ट्रिय टिममा स्थान बनाएका छन् ।

प्रशिक्षक किरण श्रेष्ठले एसियन कप छनोटको तेस्रो चरणको तयारी स्वरुप यो खेल रहेकाले धेरै खेलाडीलाई अवसर दिन लागेको बताए ।

शुक्रबार प्रि–म्याचमा उपस्थित नभएका प्रशिक्षक अलमुताइरीले शनिबार बिहानै जित र हार खेलको पाटो रहेकाले फाइटिङ स्प्रिट मुख्य कुरा रहेको सामाजिक सञ्जालमा लेखेका छन् । उनले साफ च्याम्पियनपछि नेपालले पहिलो पटक खेल्न लागेकाले सबैलाई समर्थनका लागि आग्रह समेत गरेका छन् ।

अलमुताइरीले युवा खेलाडीलाई एक्पोजर दिने योजना रहेको र त्यो अनुभव भविष्यका काम लाग्ने विश्वास राखेका छन् । पहिलो खेलका लागि घोषित टोलीमा ४ नयाँ खेलाडी छन् ।

मोरिससका मुख्य प्रशिक्षक टोनी फ्रानइसले नेपालविरुद्ध राम्रो प्रदर्शन गर्ने अपेक्षा गरेको बताए । ‘हामी साढे दुई वर्षपछि अन्तर्राष्ट्रिय खेल खेल्दैछौँ । यसका लागि डिसेम्बरदेखि यता हामीले ४५ दिन मात्र प्रशिक्षण गरेका छौँ । नेपाल विरुद्ध खेल्न सहज छैन ।’

यस्तै मोरिससका कप्तान केभिन ओब्रायनले नेपाल राम्रो टिम रहेको र राम्रो खेलको अपेक्षा राखेको बताए ।

फिफा वरीयतामा मोरिससभन्दा नेपाल अघि छ । नेपाल १६९औं स्थान र मोरिसस १७२ औं स्थानमा छ ।

यस्तै नेपाल र मोरिससबीचको खेलमा दशरथ रंगशालको कूल क्षमताको एक तिहाइ दर्शकलाई नेपाल सरकारको कोभिड–१९ प्रोटोकल अनुसार प्रवेश अनुमति दिने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सरकारले जारी गरेको स्वास्थ्य प्रोटोकलको पालना गर्दै एक तिहाइ दर्शकलाई मात्र अनुमति दिइने जनाएको छ ।

खेल हेर्नका लागि सामान्य प्यारापीटतर्फ ५ सय र भीआईपीतर्फ १ हजारको टिकट दर राखेको छ ।

पहिलो मैत्रीपूर्ण खेलका लागि नेपाली टिम

किरण लिम्बु, दीप कार्की, टेकेन्द्र थापा, गौतम श्रेष्ठ, दिनेश राजवंशी, देवेन्द्र तामाङ, सुमन अर्याल, सुरज ज्यु ठकुरी, सुदिप गुरुङ, सुमन लामा, ताज तामाङ, विशाल राई, सुजल श्रेष्ठ, मनिष डाँगी, अन्जन विष्ट, आशिष लामा, दर्शन गुरुङ, विमल घर्तीमगर, सुनिल बल, नितिन थापा, आकाश बुढामगर, कृतिस रत्न छुन्जु, जगजित श्रेष्ठ ।



from Online Khabar https://bit.ly/341lAiK

सवनम : पहिलो महिला सिनेम्याटोग्राफरदेखि निर्देशकसम्म

काठमाडौं । सवनम मुखियाको नामसँग जोडिएर आउने परिचय हो– नेपाली चलचित्रमा पहिलो महिला सिनेम्याटोग्राफर । सवनमले यो परिचय बनाउन लामो यात्रा तय गरेकी छिन् । उनले तत्कालीन ‘कलेज अफ फिल्म स्टडिज’बाट सिनेम्याटोग्राफीमा ब्याचलर सकिन् । सिद्धान्तका केही अध्याय पूरा गरेपछि उनी व्यवहारको बाटोमा यात्रा गर्न निस्किइन् । उनको यात्रा शुरू भयो– सर्टफिल्म र डकुमेन्ट्रीबाट । उनले विस्तारै फिचर फिल्ममा हात हालिन् ।

यही क्रममा सवनमले सर्टफिल्म ‘टियर्स अफ फियर’ सर्ट फिल्मबाट किम्फ जुरी अवार्ड जित्न सफल भइन् । उनको छायांकन रहेको पहिलो फिचर फिल्म हो, ‘झेली’ । उक्त फिल्म एक दशकअघि प्रदर्शनमा आएको थियो ।

इलाममा जन्मिएकी सवनमले बाल्यकाल काठमाडौंमा बिताइन् । उनलाई सानैदेखि फोटोग्राफीमा रुचि थियो । हरेक प्रश्नको जवाफ हुँदैन । उनी आफैंलाई थाहा छैन यस्तो किन भयो ? ‘कक्षा ८ मा पढ्दादेखि नै फोटोग्राफीमा रुचि राख्थें । त्यो समय मैले म्यागजिनहरूमा आएको फोटोहरूको कटिङ राख्थें’ उनी विगत सम्झँदै भन्छिन्, ‘विशेषगरी रुचि ल्याण्डस्केपमा थियो । मलाई मनपरेका फोटोक्रप्सहरू, सिनहरू काटेर कापीमा टाँसेर अल्बम जस्तो बनाएर राख्थें ।’

‘ब्ल्याक एण्ड ह्वाइट’ को जमाना थियो त्यो । उनको घरमा रिलवाला हलुका खालको कम्प्याट कोनिका क्यामेरा थियो । त्यही क्यामेराले उनले घरपरिवारमा केही शुभकार्य हुँदा फोटो खिच्थिन् ।

‘त्यहाँबाट मेरो फोटोग्राफी शुरूआत हुँदै गएको हो’, उनले सुनाइन् । ४० को दशकदेखि नेपाल विद्युत् प्राधिकरणमा जागिर शुरूआत गरेकी उनले त्यहाँ कर्मचारीहरूलाई आग्रह गरेरै भने पनि फोटो खिचिदिन्थिन् ।

‘रहर एकदमै हुन्थ्यो । साथीभाइलाई पनि तिमीहरूको पासपोर्ट फोटो खिच्न मलाई भन भन्थें । जबर्जस्ती तानेर समेत खिचिदिन्थें’, उनले भनिन् ।

प्राधिकरणभित्रका कार्यक्रमहरूमा फोटोहरू खिच्न थालिन् । स्टिल फोटोग्राफीको प्रशिक्षण लिइन् । उनले नेपाल टेलिभिजनको खेल–खेलमा भन्ने कार्यक्रममा समेत फोटो खिचिन् । बेलुका एनालगबाट खिचेको फोटो भोलिपल्ट धुलाएर गोरखापत्रमा पुर्याउनुपर्थ्यो । अप्ठ्यारा थिए तर फोटोग्राफी र सिनेम्याटोग्राफीप्रतिको उनको रुचिलाई ती अप्ठ्याराले रोक्न सकेनन् । उनले आफ्नो रुचिलाई विस्तारै प्यासन बनाउन थालिन् ।

‘कलेज अफ फिल्म स्टडिज’ भर्खरै स्थापना भएको थियो । जहाँबाट उनले सिनेम्याटोग्राफीमा ब्याचलर गरिन् । २०६१ मा ज्वाइन भएर २०६४ मा ब्याचलर पासआउट भएको उनले बताइन् ।
सिनेम्याटोग्राफी अध्ययनपछि उनले डकुमेन्ट्री, सर्टफिल्महरू निर्माण र म्युजिक भिडियो हुँदै फिचर छायांकन गरिन् । यो पितृसत्तात्मक समाजमा महिला सिनेम्याटोग्राफर बन्न सजिलो थिएन । शुरूआती दिनमा मानिसहरूले हेर्ने नजर फरक भएको उनको अनुभव छ ।

‘पहिले केटीहरूले बाइक, स्कुटर चलाउँदा फर्की–फर्की हेरे जस्तै छक्क परेर हेर्नेहरू हुन्थे’ उनले भनिन्, ‘तर प्यासन भएका कारण कहिल्यै अप्ठ्यारो लागेन ।’ त्यतिबेला यो क्षेत्रप्रति परिवारबाट पनि अवरोध हुन्थ्यो । परिवारलाई पनि विस्तारै बानी पर्यो । उनीहरूले सन्तानको चाहना बुझ्न थाले र आफ्ना बुझाइसँग सम्झौता गर्न तयार भए । पछिल्लो समय त फिल्म कलेजमा विद्यार्थीको उपस्थिति बढिरहेको उनको निष्कर्ष छ ।

****

सवनमले अब फिचर फिल्म समेत निर्देशन गरिसकेकी छिन् । फिल्म हो, लखपति माग्ने । आफ्नै लेखन र निर्देशन रहेको यो फिल्मको अहिले पोष्टको काम भइरहेको उनले जानकारी दिइन् । ‘२०७४ सालमै छायांकन शुरू गरेका हौं । तर पछि कोभिडका कारण रिलिज गर्न सकेका छैनौं । अहिले पोष्टको काम भइरहेको छ । माहोल सामान्य भएपछि रिलिज गर्ने सोचमा छौं ।’

नेपाल विद्युत् प्राधिकरणबाट स्वेच्छिक अवकाश लिइसकेकी उनी अबको कम्तीमा १० वर्ष फिल्म क्षेत्रमा सक्रिय हुने बताउँछिन् । यही सोचले नै स्वेच्छिक अवकाश लिने निर्णयलाई सघाएको उनको बुझाइ छ ।

‘जागिर हुँदा पनि मिलाएर काम त गरें । तर, जागिरको धून भइराख्ने हुन्थ्यो । अब सबै तनाव मुक्त भएर फिल्ममा मात्र काम गर्छु भनेर लागेकी छु’, उनले सुनाइन् ।

उनी अहिले सामाजिक कथामा नयाँ फिल्मको लागि स्क्रिप्ट लेख्न व्यस्त छिन् । उनी सर्ट स्टोरीहरू पनि लेख्न व्यस्त छन् । उनी यतिबेला ‘ड्रिम वर्ड फिल्म मेकर’ संस्थासँग रहेर ‘सोसल मिडिया फिल्म अवार्ड’को तयारीको दौडधूपमा पनि व्यस्त छिन् । वि.सं. २०७५ देखि शुरू भएको यो अवार्ड वितरण कोरोनाका कारण दुई वर्ष हुनसकेको थिएन ।

उनी आफूले निर्देशन गर्ने फिचर फिल्मको छायांकन भने आफूले नगर्ने बताउँछिन् । ‘सिनेम्याटोग्राफीमा छुट्टै मज्जा छ । तर, निर्देशन गर्ने काम धेरै गाह्रो हो । धेरै कुराहरूको प्रेसर लिनुपर्छ । त्यसैले फिचर फिल्मको सन्दर्भमा एउटा काममा मात्र फोकस हुनुपर्छ जस्तो लाग्छ’, उनले भनिन् ।

नेपाली चलचित्रको पहिलो महिला सिनेम्याटोग्राफरको रूपमा चिनिंदा खुशी छिन् उनी । तर आफू पहिलो–दोस्रो, महिला–पुरुषभन्दा पनि राम्रो छायांकार, राम्रो निर्देशक भनेर चिनिन चाहने बताउँछिन् । ‘यो महिलाले गरेको काम, यो पुरुषले गरेको काम भन्दा पनि कामको बढी तारिफ होस्’, उनले सुनाइन् ।



from Online Khabar https://bit.ly/341Fp9t

बारपाकको सेरोफेरो

१५ माघ, काठमाडौं । शहरमा कोरोना आतंक छ । तर, गाउँघरमा भने यसको त्रासदीले खासै छोएको पाइँदैन । केही समयअघि गोरखास्थित बारपाक सुलिकोट गाउँपालिकाको फन्को लगाइरहँदा यस्तै अनुभव भएको थियो ।

गाउँको जनजीवन सामान्य थियो । खेतीबाली लगाउने, बस्तुभाउ स्याहार्ने, घाँस–दाउरा एवं मेलापात गर्ने क्रममा कुनै बाधा–व्यवधान देखिदैनथ्यो । यस्तो लाग्थ्यो, यहाँ सबै कुरा ठीकठाक छ ।

त्यसो त जब–जब शहरमा संकट छाउन थाल्छ, मान्छेले गाउँघर सम्झन्छन् । आर्थिक र सामाजिक सुरक्षाको लागि गाउँघर पुग्छन् । हुन पनि गाउँघरमा पाइने हार्दिकताले जो–कोहीलाई आकर्षित गर्छ । त्यसमाथि गाउँघरको रैथाने सौन्दर्य त छँदैछ ।

यसपाली बारपाक सुलिकोट पुग्दा अन्नबालीहरु पाक्नै लागेका थिए । त्यसैले बेंसीका फाँटहरु धान पाकेर पहेंलपुर देखिन्थे । बारीका गह्राहरुमा कोदो पाकेर रहरलाग्दा देखिन्थे । टलक्क टल्केको मनास्लु हिमाल र त्यसै हिमाललाई पृष्ठभूमि बनाएर उभिएका बस्तीहरु । सुलिकोटबाट दक्षिणतर्फ अनन्तसम्म देखिने पत्र–पत्र पहाड । झुरुप्प एकनासे घरहरु । डाँडागाउँको उचाईबाट देखिने कुहिरोको साम्राज्य । ताकु कोटको माइभगवती मन्दिर, स्वाँरा गाउँको सीता गुफा । आहा ! जति हेरेपनि मन अघाए पो ?

विनाशकारी भूकम्पपछि बारपाकको स्वरुप फेरिएको छ । भूकम्पले ध्वस्त संरचनाहरु पुनः निर्माण गरिएका छन् । नयाँ घरहरु बनेका छन् । यद्यपि बारपाकको आफ्नो रैथाने सौन्दर्य भने फिका लाग्छ । किनभने नयाँ संरचनाहरुले पुराना शैलीलाई विस्थापित गरिदिएको छ ।



from Online Khabar https://bit.ly/3g8xbPy

9 फरवरी को भारत में लॉन्च होगी 43 इंच वाली Redmi Smart TV X43, मिलेगा 4K HDR और डॉल्बी ऑडियो

Redmi Smart TV X43 को भारत में 9 फरवरी को लॉन्च किया जाएगा. कंपनी इस दिन रेडमी रेडमी नोट 11 सीरीज़ स्मार्टफोन औप रेडमी स्मार्ट बैंड प्रो को भी पेश करेगी. प्रमोशनल पोस्टर को देखा जाए तो रेडमी स्मार्ट टीवी X43 देखने में बिलकुल ऐसी ही लगती है. जैसा कि नाम से ही पता चल रहा है कि ये टीवी 43 इंच डिस्प्ले और मिनिमल बेज़ल डिस्प्ले के साथ आएगा. साथ ही हम टीवी के बॉटम में ब्रांडिंग देखी जा सकती है.

from Latest News मोबाइल-टेक News18 हिंदी https://bit.ly/3KWViyW

स्थानीय चुनाव सारे विधिको शासन समाप्त हुन्छ : पूर्वप्रधानन्यायाधीश पराजुली

१५ माघ, काठमाडौं । पूर्वप्रधानन्यायाधीश गोपाल पराजुलीले स्थानीय तहको निर्वाचन सार्ने काम गरिए संविधान नै समाप्त गर्ने बाटो खुल्ने बताएका छन् ।

स्थानीय तहको निर्वाचन सारेमा सत्तारुढ गठबन्धनलाई समेत प्रत्युत्पादक हुने उनले चेतावनी दिए । न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै उनले निर्वाचन सार्ने काम गरे अहिले संविधान नचाहेका शक्तिहरुलाई बल पुग्ने चेतावनी दिए ।

‘साहसका साथ निर्वाचनमा जान सक्नु पर्छ,’ उनले भने, ‘मेरो मत थोरै हुन्छ भनेर निर्वाचनलाई सार्न खोज्छ र त्यसले विधिको शासनलाई समाप्त पार्छ । संविधानवादको सिद्धान्तलाई समाप्त पार्छ । अन्ततः यो डेमोक्रेटिक सिष्टम जान्छ र जसले यो संविधान चाहेका छैनन् त्यस्ता तत्वहरुलाई ठूलो टेवा मिल्छ ।’

पूर्वप्रधानन्यायाधीश पराजुलीले जनताद्वारा अनुमोदित हुने डेमोक्रेटिक प्रणाली अवलम्वन गरेकाले राजनीतिक दलहरुले निर्वाचनलाई पछाडि सार्ने काम गर्न नमिल्ने बताए ।

पूर्वप्रधानन्यायाधीश पराजुलीले स्तब्ध भएर बसेको न्यायालयलाई सूचारु गराउन उच्चस्तरीय आयोग गठन गर्नुपर्ने माग समेत गरे ।



from Online Khabar https://bit.ly/3KVokyy

काफी सस्ता मिल रहा है भारत का पहला 50 मेगापिक्सल डुअल सेल्फी कैमरे वाला 5G फोन, मिलेगी 8GB RAM

फ्लिपकार्ट इलेक्ट्रॉनिक सेल में वीवो V23 5G पर डिस्काउंट पाया जा सकता है.इस फोन की खास बात ये है कि ये फोन 5G कनेक्टिविटी के साथ आता है, और इसमें फुल-एचडी प्लस AMOLED डिस्प्ले और डुअल सेल्फी कैमरा दिया गया है, जिसका प्राइमरी कैमरा 50 मेगापिक्सल का है. ये 8GB+128GB स्टोरेज और 12GB+256GB स्टोरेज वेरिएंट के साथ आता है.

from Latest News मोबाइल-टेक News18 हिंदी https://bit.ly/3s3yKUg

चौंरीगोठमा हुर्किएका कर्साङको दुनियाँ

१५ माघ, काठमाडौं । मध्यबर्खाको समय । सुन्दरीजलबाट शिवपुरी हुँदै गोसाइँकुण्डमा मेला भर्न जानेहरुको घुइँचोले पदमार्ग निकै व्यस्त थियो । गोसाइँकुण्ड यात्रामा निस्किएकाहरु झण्डै डेढ दिनको हिँडाइपछि ३ हजार २१० मिटर उचाइमा रहेको मागिन गोठ पुगे । हामी पनि त्यही गतिमा मागिन गोठको यात्रामा पुग्यौं ।

सिमसिम पानी परिरहेको थियो । यात्रीले त्यस दिनको यात्रामा बिराम खोजिरहेका थिए । कोही कोही अर्काे स्टेसनसम्म पुग्ने जमर्को पनि गर्दै थिए । हामीले भने त्यस दिनको यात्रा मागिन गोठमा नै टुंग्याउने निर्णय लियौं ।

पानीले बाहिर निस्कने माहोल थिएन । टिनको छानोले छाएको ‘मागिन गोठ होटल ग्रीन भ्यु एण्ड लज’को प्रतीक्षालयमा हाम्रो भेट भयो, नुवाकोट कडैनीका कर्साङ लामासँग ।

गाउँको बाटोमा जुकाको बिगबिगी थियो । निकुञ्जको बीचमा गोठ राखेर बर्खे बसाइ धानिरहेका उनी एक वर्षमा कम्तीमा चार ठाउँमा बसाइँ सर्छन् । असारमा मात्रै उनी मागिन गोठ आएका हुन्, अबको एक महिनापछि फेरि बेंसी झर्ने तयारीमा थिए ।कर्साङ लामा अर्थात् कर्साङ दावा भक्ताल ।

शरीरमा दौरा सुरुवाल, टाउकोमा कालो टोपी, कम्मरमा खुकुरी र खुट्टामा जुत्ता भिरेर होटलमा थकाइ मारिरहेका कर्साङको मिजासिलो र मजाक गरिरहने शैलीले हामी छिट्टै उनीसँग परिचित हुन पायौं । आधा घण्टाजति हामीसँग गफिएपछि उनले झट्ट गोठको गाई र याक सम्झिए । धेरै समय बस्न फुर्सद थिएन, साँझ गोठमा आउन निम्ता दिएर उनी गोठको नियमित धन्दातिर लागे ।

सात भाइमध्येका माहिला हुन् कर्साङ । उनले पुर्ख्यौली सम्पत्तिको रुपमा १० वटा चौंरी पाएका थिए । सानै उमेरदेखि गोठाले जीवन बिताएका कर्साङको त्यही गोठालो बाहेक अरु दुनियाँ पनि छैन । बर्खा मौसममा मौका पर्दा उनी मेला भर्न आउने तीर्थालुसँग ‘दोस्ती’ गाँस्छन् । अन्यथा गोठको बसाइ, गोठाले जीवनशैली र साथ दिने श्रीमती । यति नै हो उनको दुनियाँ ।

पुर्ख्यौली गोठ अलिक लेकमा थियो । १० वटा चौंरी भनेको कम्ती पनि होइन । तर उनले चौंरी पाल्ने झन्झट व्यहोर्न चाहेनन् । ठाडेपाटीमा राखिएको गोठमा उनलाई चौंरीको स्याहार गर्न मन लागेन । उनी अलि तल झरेर गर्मीयाम र बर्खायाममा मागिन गोठमा बस्छन् भने जाडो शुरु भएपछि समुद्रटारतिर झर्छन् । माघको दोस्रो साता आइपुग्दा उनी आफ्नै स्थायी घर भएको कडैनीमा बसिरहेका छन् । माघको तेस्रो साता उनी अलिकति माथि उक्लिने तयारीमा छन् । मागिन गोठको खर्क पुग्न भने असार नै कुर्नुपर्छ ।

कर्साङको दैनिकी मागिन गोठको पेरीफेरीमा बित्छ । उनलाई शहरको सुख र गाउँको दुःख, दुवैको रत्तिभर चिन्ता छैन । बिहानै गाईलाई फुकाएर खर्क पठाएपछि उनी केही फुर्सदिलो हुन्छन् । त्यसपछि काखमा टुङना राखेर बजाउन थाल्छन्, सँगै गाउँछन् पनि ।

भोलिपल्ट बिहानै अगेनाको डिलमा बसेर टुंगनाको धुनमा आफ्नो दुःखको धुन बजाइरहेका थिए, कर्साङ । त्यही धुनसँगै घरधन्दामा व्यस्त थिइन् उनकी श्रीमती बुद्धि ।

कर्साङ र बुद्धिबीचको प्रेम पनि अचम्मको छ । ३० वर्ष भयो विवाह भएको । उनीहरुको विवाहपूर्व चिनजान त थिएन, तर विवाहपछि प्रगाढ प्रेम शुरु भयो । आफूहरुबीच अहिलेसम्म खटपट समेत नभएको कर्साङ बताउँछन् । बुद्धि दूध दुहुने र आफूहरुका लागि खानाको जोहो गर्छिन् । कर्साङ गाईको स्याहारसुसार गर्छन् र दिनभरि गोठालो जान्छन् ।

कर्साङको गोठमा अहिले सानाठूला गरी २५ वटा गाई छन् । भर्खर जन्मिएको तीनवटा चौंरी बेचेर उनले एक लाख रुपैयाँ कमाइसके । उनी भन्छन्, ‘चौंरी पायो भने त धेरै मोल पाइन्छ, झुपो पायो भने त ठूलो भएपछि बेच्दा पनि धेरै मोल आउँदैन ।’

****

बाक्लो जुँगा, बोके दारी र गोरो अनुहार । देख्दा हट्टाकट्टा देखिने कर्साङ लामा सधैंजसो आफ्नो मौलिक पोशाकमा सजिएर बस्छन् । गोठबाट बाहिर निस्किँदा उनको कम्मरमा खुकुरी कहिल्यै छुट्दैन । अहिलेसम्म गाई पाल्ने र गोठालो लाग्नेबाहेक केही पनि पेशा नअपनाएको सुनाउने कर्साङ दौरा–सुरुवाल र कालो भादगाउँले टोपी शेर्पाको मौलिक पहिचान रहेको बताउँछन् ।

‘खुकुरी दौरा–सुरुवाल लगाउँदा मात्रै भिर्न मिल्छ । सर्ट पाइन्ट लगाउनेले भिर्न मिल्दैन,’ उनी भन्छन्, ‘दौरा सुरुवालमाथि बख्खु लगाउनुपर्ने हो । तर मसँग चाहिँ बख्खु छैन ।’

अहिले कर्साङका सात भाइमध्ये पाँच भाइले गाई पाल्छन् । दुई भाइ अरु नै पेशामा छन् । पर्वते गाईमा याकको क्रस गराएर जन्मिएको चौंरीलाई पहाडतिर पठाउने गर्छन् । भाले पायो भने त्यसलाई झुपो भनिन्छ । त्यो भारी बोक्नका लागि प्रयोग हुन्छ । एउटा वयस्क याकको मूल्य ३५ हजार रुपैयाँसम्म पर्ने कर्साङ बताउँछन् । चौंरी भयो भने जन्मिनेबित्तिकै ३५-४० हजार पर्छ । कर्साङ भन्छन्, ‘चौरी पाउँदै पाएन । चौंरी पाएको भए त म त साहु हुन्थें नि ।’ चौंरी पायो भने दुई वर्ष नहुँदै बेच्ने गरिन्छ ।

मागिन गोठमा कर्साङको ‘दोस्ती’

बीच जंगलमा गाई पालेर बस्ने कर्साङको सुख-दुःखको साथी भनेकी नै श्रीमती बुद्धि हुन् । तर श्रीमतीबाहेक पनि अर्को कोही सुखदुःखको कुरा सुनाउने मान्छे छ भने ती हुन् कालु शेर्पा ।

उनीहरुबीचको दोस्तीको पनि झण्डै दुई दशक पुग्न लागिसकेको छ । कालु शेर्पाको मालिङ गोठमा होटल छ तर उनी कर्साङको गोठमा गएर मीठो मसिनो पाकेको खान्छन् । उनको दुःख सुन्छन्, उनले बजाएको टुंङनाको धुनमा रमाउने गर्छन् । उनीहरुको दोस्ती श्रीकृष्ण र सुदामाको जस्तै छ भन्दा पनि फरक नपर्ला ।

हिउँदको ३–४ महिना कालु र कर्साङबीच खासै भेटघाट हुँदैन । कालु कुटुम्साङतिर झर्छन् भने कर्साङ समुद्रटार, चुली, कडैनी, शिखरबेंसी, महादेव स्थानतिर झर्छन् । तर उनीहरुको सम्बन्ध भने अपूर्व छ ।

तस्वीर/भिडियो चन्द्र आले



from Online Khabar https://bit.ly/35mshvZ

निर्वाचन मितिबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्दै

१५ माघ, काठमाडौं । स्थानीय तहको निर्वाचन मितिबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक आज बस्दै छ । आज बिहान नौ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठकले स्थानीय तहको निर्वाचन मितिबारे सरकारलाई सुझाव दिने अनुमान छ ।

प्रधानमन्त्री देउवाको जोड निर्वाचन आयोगको सिफारिस अनुसार वैशाखमै स्थानीय तहको निर्वाचन गर्नुपर्ने भएकाले गठबन्धनले सोही अनुसारको निर्णय गर्ने अनुमान छ । यसअघि निर्वाचन आयोगले आगामी वैशाख १४ र २२ गते दुई चरणमा स्थानीय तहको निर्वाचन गर्न सरकारलाई सुझाव दिएको थियो ।

स्थानीय तहका जनप्रतिनिधिहरुको कार्यकाल सकिनुभन्दा दुई महिना अघि निर्वाचन गर्नुपर्ने स्थानीय तह निर्वाचन ऐन २०७३ को व्यवस्था भएकाले बैशाखमै निर्वाचन गर्नुपर्ने जोड आयोगको छ ।

हिजो प्रधानमन्त्री देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले छलफल गरेपछि आज गठबन्धनको बैठक बस्ने सहमति भएको थियो । सोही सहमतिअनुसार बिहान बैठक बस्न लागेको हो ।



from Online Khabar https://bit.ly/3Hfhe5O

Thursday, January 27, 2022

ब्राजिल बराबरीमा रोकियो, अर्जेन्टिना विजयी

काठमाडौं । आगामी नोभेम्बरमा कतारमा हुने फिफा विश्वकप अन्तर्गत दक्षिण अमेरिकी छनोटमा ब्राजिलले इक्वेडरसँग १-१ को बराबरी खेल्दै अंक बाँडेको छ ।

खेलको छैटौं मिनेटमै कासेमिरोले गोल गर्दै ब्राजिललाई अग्रता दिलाएका थिए । तर ७५औं मिनेटमा फेलिक्स टवरेसले इक्वेडरका लागि बराबरी गोल फर्काए ।

नाटकीय रुपमा अन्त्य भएको खेलमा ब्राजिलका गोलकिपर एलिसनले दुई पटक रातो कार्डको सामना गरे पनि भिएआरले उल्टाइदिएको थियो । रातो कार्डको निर्णय उल्टिएपछि इक्वेडरले पेनाल्टीको अवसर गुमायो ।

यद्यपि खेलमा दुवै टिमका एक-एक खेलाडी रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएका थिए । खेलको १५औं मिनेटमा इक्वेडरका गोलकिपर एलेजेन्डर डोमिनग्वेज दोहोरो पहेँलो (रातो) कार्ड पाउँदै मैदानबाट बाहिरिए । त्यसको पाँच मिनेटपछि नै ब्राजिलका इमरसन रोयल पनि दोहोरो पहेँलो (रातो) कार्डको सामना गर्दै मैदानबाट बाहिरिएपछि दुवै टोली १० खेलाडीमा समेटिएको थिए ।

ब्राजिलयन गोलकिपर एलिसनलाई रेफ्री विल्मार रोल्डनले खेलको १९औं र ९०औं मिनेटमा रातो कार्ड देखाए पनि भिएआरले उल्टाइदियो । ९०औं मिनेटमा एलिसनले दोस्रो पटक रातो कार्ड पाउँदा इक्वेडरले पेनाल्टीको अवसर पनि पाएको थियो तर भिएआरले एलिसनको रातो कार्डको निर्णय उल्टाउँदा इक्वेडर पनि पेनाल्टीबाट बन्चित भयो र ब्राजिल सम्भावित हारबाट जोगिएको थियो ।

यसअघि नै कतार विश्वकपका लागि छनोट भइसकेको ब्राजिल दक्षिण अमेरिकी छनोटको शीर्ष स्थानमा छ । ब्राजिलको १४ खेलबाट ३६ अंक छ । इक्वेडर १५ खेलबाट २४ अंकसहित तेस्रो स्थानमा छ ।

अर्को खेलमा लिओनल मेसी बिनाको अर्जेन्टिनाले चिलीलाई २-१ ले पराजित गरेको छ । शुक्रबार बिहान सम्पन्न खेलमा तीनै गोल पहिलो हाफमा भएको थियो ।

अर्जेन्टिनाका लागि एन्जल डि मारियाले खेलको दशौँ र लाउटारो मार्टिनेजले ३४औंमिनेटमा गोल गरे । चिलीका लागि बेन बेरेटेनले २१औं मिनेटमा गोल गरेका थिए ।

ब्राजिलसंगै अर्जेन्टिना पनि यसअघि नै विश्वकपका लागि छनोट भइसकेको छ । अर्जेन्टिना १४ खेलबाट ३२ अंकसहित दोस्रो स्थानमा छ । चिली १६ अंकसहित सातौं स्थानमा छ ।

छनोटकै अर्को खेलमा उरुग्वेले पाराग्वेलाई १-० ले पराजित गरेको छ । उरुग्वेका लागि लुइस सुआरेजले खेलको ५०औं मिनेटमा गोल गरेका थिए ।

जितपछि उरुग्वे १५ खेलबाट १९ अंक जोडेर चौथो स्थानमा उक्लेको छ । पाराग्वे १५ खेलबाट १३ अंकसहित नवौं स्थानमा छ ।



from Online Khabar https://ift.tt/3G62cOv

महोत्तरीबाट १६० किलो गाँजा बरामद

१४ माघ, वीरगञ्ज । सशस्त्र प्रहरीले महोत्तरीबाट १६० किलो गाँजा बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल छिन्नमस्ता बाहिनी र बोर्डर आउट पोष्ट जलेश्वरबाट खटिएको टोलीले गएराति महोत्तरी गाउँपालिका–४ रानी रतवाडाबाट गाँजा बरामद गरेको हो ।

स्थानीय गणेश चौधरीको कुखुरा फर्म पछाडि रहेको परालको टौवामा लुकाएर राखिएको अवस्थामा १६ वटा पोकामा १६० किलो गाँजा फेला परेको सशस्त्र प्रहरी नायब महानिरीक्षक (डिआईजी) गणेश ठाडामगरले जानकारी दिए ।

बरामद गरिएको गाँजा आवश्यक कारबाहीको लागि नेपाल प्रहरीलाई बुझाउने उनले बताए ।



from Online Khabar https://ift.tt/34iAssV

पर्यटन क्षेत्र पुनरुत्थान प्राविधिक समिति गठन, गिरी संयोजक

१४ माघ, काठमाडौं । विश्वव्यापी कोभिड महामारीका कारण नेपाली पर्यटन क्षेत्रले प्रत्यक्ष असर व्यहोरिरहँदा सरकारले पर्यटन क्षेत्र पुनरुत्थानको काम अघि बढाएको छ ।

सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बिहीबार राजाराम गिरीको संयोजकत्वमा पर्यटन क्षेत्र पुनरुत्थान प्राविधिक समिति गठन गरेको छ । सिन्धुपाल्चोकका गिरी दुई दशकदेखि सो क्षेत्रमा क्रियाशील छन् ।

पर्यटनमन्त्री प्रेम आलेको अध्यक्षतामा गठित पर्यटन क्षेत्र पुनरुत्थान निर्देशक समितिलाई कोभिड–१९ का कारण थला परेको पर्यटन उद्योगको पुनरुत्थान, पर्यटन उद्योगका नयाँ सम्भावनाहरुको खोजी, पहिचान तथा प्रवर्द्धन एवं पर्यटन क्षेत्रमा लगानीको वातावरणका लागि काम गर्न समितिलाई कार्यादेश दिइएको छ ।

समितिमा अर्थमन्त्रालयका उपसचिवस्तरका प्रतिनिधि, सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सँस्कृति शाखाका उपसचिव, पर्यटन विभागका उपसचिवस्तरका प्रतिनिधि, नेपाल पर्यटन बोर्डका पूर्व सीईओ दीपकराज जोशी, नेपाल पर्यटन बोर्डको निर्देशक स्तरका प्रतिनिधि, नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रतिनिधिहरु छन् ।

यसैगरी नेपाल एयरलाइन्सका क्याप्टेनहरु, उद्धव घिमिरे र सुरज भण्डारी, लुम्बिनी संग्रहालयका अध्यक्ष सुनिमा उदास, नेपाल पाटा च्याप्टरका सीईओ सुरेशसिंह बुडेल र सदस्य सचिवमा मन्त्रालयको पर्यटन प्रवद्र्धन शाखाका उपसचिव पनि  पर्यटन क्षेत्र पुनरुत्थान प्राविधिक समितिमा छन् ।



from Online Khabar https://ift.tt/3r6j6YY

लमजुङमा भूकम्पको धक्का महसुस

१४ माघ, लमजुङ । लमजुङमा भूकम्पको धक्का महसुस गरिएको छ । जिल्लाको क्व्होलासोथर गाउँपालिका–१ बागलुङपानी केन्द्रविन्दु बनाएर गएराति १०ः३४ मा दुई दशमलव पाँच रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

रातिका समय भइसकेकाले अधिकांश जिल्लावासी सुतिसकेका थिए । भूकम्प सानो गएकाले कतिपयले थाहा नपाएको बताएका छन् ।



from Online Khabar https://ift.tt/3rTCyHP

क्रिप्टोकरेन्सीले थप्यो अर्थतन्त्रमा चुनौती

१४ माघ, काठमाडौं । भर्चुअल मुद्राका नाममा अवैध कारोबार बढेपछि नेपाल राष्ट्र बैंकले सूचना निकालेर त्यस्तो कारोबार नगर्न सचेत गरायो । नेपालमै वा विदेशमा बस्ने जो कोही नेपालीले यस्तो कारोबार गर्न नपाउदै भन्दै राष्ट्र बैंकले कारबाहीको चेतावनी समेत दिएको छ । राष्ट्र बैंकले सूचना निकालेको तीन दिनपछि गत मंगलबार राजश्व अनुसन्धान विभागले अवैध विदेशी मुद्राको कारोबार गरेको आरोपमा कैलालीका दिनेश खड्कासहितविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गर्यो ।

यो मुद्दामा कैलाली लम्कीचुवा–१० स्थायी घर भई हाल काठमाडौंको कालोपुलमा बस्ने दिनेश खड्काले दिदी भगवती, बुबा नरबहादुर खड्का र साथी अनिता धितालसमेत मिलेर अवैध कारोबार गरेको र विद्युतीय माध्यमबाट पैसाको आदानप्रदान गरेको उल्लेख गरिएको छ । ग्लोबल आइएमई बैंकमा रहेको खाताबाट खड्काले अस्वाभाविक रुपमा डलरको कारोबार गरिरहेका थिए । यो सूचना राष्ट्र बैंक हुँदै राजश्व अनुसन्धान विभागसम्म पुगेको थियो । यो प्रतिनिधि घटनामात्र भएको र भित्र यस्ता धेरै घटना हुनसक्ने राष्ट्र बैंकको अनुमान छ । यस्ता गतिविधिले अर्थतन्त्रमा नै चुनौती दिइरहेको राष्ट्र बैंकको विश्लेषण छ ।

पूर्व गभर्नर दीपेन्द्रबहादुर क्षेत्री भर्चुअल मुद्राको कारोबार जुवाभन्दा पनि खतरनाक रहेको बताउँछन् । यसमा अहिले धेरै सरकारी कर्मचारी पनि संलग्न रहेको उनको दावी छ । यस्ता गतिविधिले पुँजी पलायन बढाउने उनले बताए । विशिष्ट तहमा काम गरेर अवकाश लिएकाहरुले समेत भर्चुअल मुद्राको कारोबारलाई राम्रो आम्दानीको स्रोत बनाएका छन् ।

कहाँबाट फैलियो भर्चुअल मुद्रा ?

ल्याटिन अमेरिकी देश एल साल्भाडोरले सबैभन्दा पहिले बिटक्वाइन नामक भर्चुअल मुद्रालाई मान्यता दिएको थियो । अहिले नेपाल, चीन जस्ता दर्जनौं देशले अवैध भने पनि कतिपय देशहरुले भने यस्तो कारोबारलाई वैधानिक मान्छ ।

भर्चुअल करेन्सी जुवाभन्दा पनि खतरा हो । लोभले लाभ, लाभले विलाप हुन्छ । बेलैमा सचेत बनौँ– पूर्व गभर्नर क्षेत्री

कतिपय देशहरुले वैधानिकता भनेका कारण पनि सरकारी तहमा पुगेका ठूला कर्मचारीहरु र अध्ययनशील नेपालीहरु समेत लगानी गर्ने गरेको उनी सुनाउँछन् । तर यस्तो मुद्रालाई मान्यता दिनु सम्बन्धित व्यक्ति र मुलुककै अर्थतन्त्रका लागि घातक रहेको उनले बताए ।

बिटक्वाइनका विषयमा एक जना पूर्वसचिवले समेत आफूसँग परामर्श लिएको पूर्वगभर्नर क्षेत्री बताउँछन् । तर आफूले जोखिम छ भनेर बुझाइदिएको उनी सुनाउँछन् ।

२०११ मा एक डलरबाट शुरु भएको बिटक्वाइनको कारोबार गत अक्टोबर महिनामा प्रति युनिट ६६ हजार डलर भन्दा बढी पुगेको थियो । बिटक्वाइनको मूल्य पछिल्ला केही दिनयता भने लगातार घटिरहेको छ ।

‘दुई दिन अगाडि प्रति युनिट ३७ हजार ३ सय २० डलर अर्थात ४४ लाख रुपैयाँमा झरेको देखिन्छ, अर्थात अक्टोबर महिनामा किन्नेहरुले अहिले ठूलो रकम गुमाइसके’ पूर्वगभर्नर क्षेत्री भन्छन्, ‘यो त जुवामात्रै होइन, घोर जुवा हो, यसले लोभले लाभ, लाभले विलापको अवस्था ल्याउँछ ।’

पछिल्लो समय कतिपय देशमा बिटक्वाइनजस्ता अन्य धेरै भर्चुअल मुद्राहरु आएका छन् । तर नियामक निकाय कतै नहुने र मनपरी कारोबार हुने गरेकाले जुनसुकै बेला आफ्नो पुँजी जोखिममा पर्ने पूर्वगभर्नर क्षेत्री बताउँछन् । यस्तो कारोबारले मुद्रास्फिति बढाउने र वित्तीय अस्थिरता समेत ल्याउने उको विचार छ ।

राष्ट्रबैंकमा पनि गुनासो

नेपाल राष्ट्रबैंकका प्रवक्ता डा. गुणकर भट्ट पछिल्ला दिनमा भर्चुअल मुद्राको विषयमा गुनासो र उजुरी बढेको छ । ‘राष्ट्र बैंकमा यस विषयमा धेरै गुनासा तथा उजुरीहरु आएका छन्, यस विषयमा थप बुझ्ने काम भइरहेके छ’ उनी भन्छन् । नेपालमा भन्दा विदेशमा बस्ने नेपालीहरुले यस्तो कारोबार गरिरहेको उनको अनुमान छ ।

राष्ट्र बैंकको बैंक सुपरीवेक्षण विभागका प्रमुखसमेत रहेका कार्यकारी निर्देशक भट्ट अहिले चर्चामा रहेको अवैध भर्चुअल कारोबारले सम्बन्धित व्यक्ति र मुलुकको अर्थतन्त्रलाई समेत चुनौती दिएको बताउँछन् । यसले धेरै नेपालीले विदेशमा पसिना बगाएर कमाएको रकमसमेत जोखिममा पारेको उनको भनाइ छ । ‘ठूलो रकम कमाउने आशमा यस्ता ठाउँहरुमा पैसा हाल्ने गरिएको छ, तर यो जुनसुकै बेला समस्यामा पार्न सक्छ यसतर्फ सर्वसाधारण सचेत हुनुपर्छ’ भट्टले भने ।

नेपाल र विदेश जहाँ बसे पनि नेपालीलाई भर्चुअल मुद्रामा लगानी गर्न कानुनले प्रतिबन्ध लगाएको उनले बताए । नेपालमा बस्ने भन्दा पनि विदेशमा बस्नेहरुबाट यस्तो मुद्रामा लगानीको चुनौती देखिएको छ । ‘गैर कानूनी क्रियाकलापले अर्थतन्त्रलाई असर गरिहाल्छ, अहिले यसलाई चुनौतीको रुपमा लिनुपर्छ’ उनी भन्छन् ।

रेमिट्यान्स घट्नुको कारण

चालु आर्थिक वर्षको शुरुवातीसँगै नेपालबाट वैदेशिक रोजगारीमा जाने नेपालीहरुको संख्या हरेक महिना बढ्दो क्रममा छ । वैदेशिक रोजगारीमा जानेको संख्या धेरै बढ्दा यसको सकारात्मक असर रेमिट्यान्समा देखिनुपर्ने हो । तर रेमिट्यान्स भने हरेक महिना ओरालो लागिरहेको छ ।

चालु आर्थिक वर्षको ५ महिनाको तथ्यांक अनुसार रेमिट्यान्स आप्रवाह ६.८ प्रतिशतले कमी आई ३ खर्ब ८८ अर्ब ५८ करोड रुपैयाँमा खुम्चिएको छ । अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह ११.० प्रतिशतले बढेको थियो ।

राष्ट्र बैंकले गरेको प्राम्भिक अनुसन्धान अनुसार कोरोनाकालमै नेपालीहरु क्रिप्टोकरेन्सीको कारोबारतिर आकर्षित भएको पाइएको छ । पछिल्लो समय भने कारोबारको आकार बढेको छ ।

अहिले रेमिट्यान्स घट्नुको प्रमुख कारण अवैध भर्चुअल मुद्राको कारोबार हुन सक्ने राष्ट्र बैंकका प्रवक्ता भट्टले बताए । विदेशमा रोजगारी गर्नेले घरमा पठाउने रकम कटाएर भर्चुअल मुद्रामा लगाएको पाइएको पनि उनी बताउँछन् । ‘बढ्नु पर्ने रेमिट्यान्स घट्नुको कारण यहीँ नै हो’ प्रवक्ता भट्टले भने ।

छोटो अवधिमा उच्च प्रतिफल पाउने प्रलोभन देखाई विभिन्न नाम दिएर यस्तो कारोबार गराउने अन्तर्राष्ट्रिय गिरोह नै सक्रिय छ । अहिले खासगरी क्रिप्टो करेन्सीको कारोबार धेरै हुने गरेको राष्ट्र बैंकको निष्कर्श छ ।

राष्ट्र बैंकले गरेको प्राम्भिक अनुसन्धान अनुसार कोरोनाकालमै नेपालीहरु क्रिप्टोकरेन्सीको कारोबारतिर आकर्षित भएको पाइएको छ । पछिल्लो समय भने कारोबारको आकार बढेको छ ।

‘शुरुमा यस्ता कारोबारहरु थोरै कम र विदेशमा बस्ने नागरिकहरुले मात्रै गर्थे’ राष्ट्र बैंकको वित्तीय जानकारी इकाइका एक कर्मचारी भन्छन्, ‘अहिले भने विदेशमा रहेका नेपालीहरु अत्यधिक यस्तो कारोबारमा लागेका छन्, उनीहरु आफैंमात्रै होइन नेपालमा रहेका आफ्ना आफन्तहरुलाई समेत यस्तो कारोबारमा जोडेका छन् ।’

क्रिप्टोकरेन्सी जस्ता भर्चुअल करेन्सीसँग सम्बन्धित हाइपर फण्ड नाम दिएको कोषमा समेत नेपाली तथा विदेशीहरुले रकम राख्ने गरेका छन् । ‘हाइपर फण्ड जस्ता कोषमा लगानी गर्न र जोशियल, क्राउड–१, सोलेम्याक्स ग्लोबल जस्ता पिरामिडमा आधारित नेटवर्क मार्केटिङ मा आवद्ध हुन प्रोत्साहन गर्ने/गराउने गरेको जानकारी प्राप्त भएको छ’ राष्ट्र बैंकले भनेको छ, ‘नेपालमा विदेशी विनिमय वा मुद्राको रुपमा क्रिप्टोकरेन्सीले कानूनी मान्यता नपाएको सन्दर्भमा उपर्युक्त बमोजिमका गैर कानूनी कार्य गर्दा सर्वसाधारण ठगिने जोखिम छ ।’

दिनप्रतिदिन बढ्दो उजुरी

कैलालीका खड्का अवैध कारोबारमा संलग्न भएको सार्वजनिक भएपछि अहिले राष्ट्र बैंकदेखि राजश्व अनुसन्धान विभागसम्म उजुरीका चाङ छन् । राष्ट्र बैंकका प्रवक्ता भट्टका अनुसार पहिले पनि क्रिप्टोकरेन्सीका विषयमा उजुरीहरु धेरै आउने गरेका थिए । यो घटना भएपछि उजुरी थप बढेको छ ।

उता राजश्व अनुसन्धान विभागमा पनि यस विषयमा उजुरी आउने क्रम बढेको छ । विभागका महानिर्देशक प्रकाश पौडेल खड्काविरुद्ध मुद्दा दायर भए पछि धेरै उजुरीहरु आएका छन् । ‘हामी सहयोग गर्छौ, कारोबारीहरुलाई यी यी हुन् भन्ने किसिमका कुरा पनि आएका छन्’ महानिर्देशक पौडेल भन्छन्, ‘कसैले रिसले मात्रै उजुरी गरेको हो कि साँच्चिकै कारोबार भइरहेको छ भन्ने कुराहरु पुष्टि हुन बाँकी छ, यस विषयमा हामीले अनुसन्धान गरिरहेको छौँ ।’

राष्ट्र बैंक र अनुसन्धान विभागमा उजुरी परेकाहरु धेरैजसो काठमाडौंवासी नै छन् । यस विषयमा सम्बन्धित व्यक्तिहरुको बैंक खातामा अस्वाभाविक कारोबार भए/नभएको विषयमा समेत राष्ट्र बैंकमार्फत बुझ्ने काम भइरहेको विभागको भनाइ छ ।

पहिलो घटना सार्वजनिक भएको र अरु घटनाहरु अनुसन्धानकै क्रममा रहेकाले थप केही बोलिहाल्न नमिल्ने महानिर्देशक पौडेल बताउँछन् । पक्राउ परेका खड्का भने अहिले हिरासतमै छन् । उनीविरुद्ध काठमाडौं जिल्ला अदालतमा थुनछेक बहस चलिरहेको छ । अदालतले धरौटीमा छाड्ने वा जेल चलान गर्ने भन्ने विषयमा निर्णय गरिसकेको छैन ।

खड्काले विभिन्न एपहरु प्रयोग गरी भर्चुअल मुद्राको कारोबार गरेको पुष्टि भएको छ । उनका परिवारका अन्य सदस्यहरुको खातमा समेत अस्वभाविक कारोबार भएको पाइएपछि विदेशी मुद्रा अपचलन मुद्दामा जोडिएका छन् । तर उनी कसको माध्यमबाट यस्तो कारोबारमा जोडिए र उनले अरु कति जनालाई जोडे भन्ने विषयमा भने खुल्न बाँकी नै रहेको महानिर्देशक पौडेलले बताए ।

वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको छाता संस्था बैंकर्स संघले पनि क्रिप्टोकरेन्सी जस्ता भर्चुअल मुद्राको कारोबार नगर्न सचेत गराएको छ । सार्वजनिक सूचना निकाल्दै संघले नेपालमा विदेशी विनिमय वा मुद्राका रुपमा क्रिप्टो/भर्चुअल करेन्सी तथा नेटर्वक मार्केटिङ लगायतका गैरकानूनी वित्तीय औजारमा आवद्घ नहुन भनेको छ ।

‘यस्तो कारोबार गर्दा सर्वसाधारण ठगिने, अवैधानिक तरिकाले रकम बाहिरिई स्वदेशी पूँजी पलायन हुने भएकाले त्यस्ता कारोबार तथा व्यवसायमा संलग्न भई नेपाल भित्र बसोबास गर्ने नेपाली तथा विदेशी नागरिक र बिदेशमा बस्ने नेपाली नागरिकहरु समेतले त्यस्तो कार्य गरेको पाइएमा प्रचलित कानून बमोजिम कारवाही हुनेछ’ संघको विज्ञप्तिमा भनिएको छ ।



from Online Khabar https://ift.tt/3s08FFx

आ रही है PAN-Aadhaar लिंक कराने की आखिरी तारीख, घर बैठे करें ये काम

अगर तय तारीख तक पैन-आधार को लिंक नहीं कराया गया तो इनकम टैक्स डिपार्टमेंट आपका पैन कार्ड रद्द कर सकता है. इसलिए आखिरी तारीख से पहले पैन-आधार को लिंक जरूर करा लें. इसके साथ ही आपको जुर्माना भी देना पड़ सकता है.

from Latest News मोबाइल-टेक News18 हिंदी https://ift.tt/33VqI81

एसियाली समूहबाट इरान विश्वकपका लागि छनोट

१४ माघ, काठमाडौं । इरान आगामी नोभेम्बर महिनामा कतारमा आयोजना हुने फिफा विश्वकप-२०२२ का लागि छनोट भएको छ ।

कतार विश्वकपको लागि एसियाली क्षेत्रको तेस्रो चरणमा छिमेकी इराकलाई १-० ले पराजित गर्दै इरान विश्वकपमा छनोट हुने पहिलो एसियाली राष्ट्र बनेको हो ।

तेहरानस्थित आजादी स्टेडियममा इरानलाई जिताउन मेहदी तारेमीले ४८औं मिनेटमा निर्णायक गोल गरेका थिए । उनले दोस्रो हाफको तेस्रो मिनेटमा गोल गरेका थिए ।

यसअघि प्रशिक्षकसँगको विवादका कारण तारेमीलाई टिमबाट खेल्न दिइएको थिएन । तर प्रशिक्षक ड्राग स्कोकिचले इराकविरुद्धको खेलमा उनलाई मैदान उतारेका थिए ।

इरान विश्वकपका लागि लगातार तेस्रो पटक छनोट भएपछि इरानका राष्ट्रपति इब्राहिम रइसीले खेलाडीहरुलाई बधाई दिएको इरान न्युज एजेन्सीले जनाएको छ । ‘यो जितले इरानी जनतामा खुसीको लहर ल्यायो’ उनले भनेका छन् ।

तेस्रो चरणको छनोट अन्तर्गत समूह ‘ए’ मा रहेको इरानले ७ खेलबाट अपराजित रहँदै १९ अंक जोडेको छ । हाल शीर्ष स्थानमा रहेको इरान शीर्ष दुईमा रहने पक्का छ ।

एसियाली क्षेत्रको तेस्रो चरणको छनोट अन्तर्गत समूह ‘ए’ र समूह ‘बी’को शीर्ष स्थानमा रहने दुई टिम सिधै विश्वकपका लागि छनोट हुनेछन् । इरानले बाँकी दुई खेल हारे पनि शीर्ष दुईमै रहने भएकाले विश्वकपमा स्थान पक्का गरेको हो ।

यसै समूहको अर्को खेलमा लेवनानलाई १-० ले हराउँदै दक्षिण कोरिया १७ अंकसहित दोस्रो स्थानमा छ । दक्षिण कोरियालाई अब छनोट हुन एक जित आवश्यक छ ।

यस्तै सिरियालाई २-० ले पराजित गर्दै ९ अंक जोडेको युएई तेस्रो स्थानमा छ ।

यसैगरी छनोटको समूह ‘बी’ मा अष्ट्रेलिया र जापानले जित हात पारेका छन् । अष्ट्रेलियाले भियतनामलाई ४-० र जापानले चीनलाई २-० ले हरायो ।

जापान ७ खेलबाट १५ अंकसहित दोस्रो स्थानमा छ भने समान खेलबाट १४ अंकसहित अष्ट्रेलिया तेस्रो स्थानमा छ । साउदी अरेबिया शीर्ष स्थानमा छ । यस समूहबाट तीन टिम सिधै विश्वकप छनोट हुने होडमा छन् ।

आगामी नोभेम्बर-डिसेम्बरमा कतारमा आयोजना हुने फिफा विश्वकपका लागि अहिलेसम्म आयोजक कतारसहित १४ राष्ट्र छनोट भइसकेका छन् ।

कतार आयोजकका रुपमा सिधै विश्वकपमा छनोट भएको हो भने बाँकी १३ राष्ट्र छनोट चरण पार गर्दै विश्वकपमा स्थान पक्का गरेका हुन् । अब १८ राष्ट्र छनोट हुन बाँकी छ ।

अहिलेसम्म छनोट भएका १४ टिम

युरोप : फ्रान्स, जर्मनी, डेनमार्क, बेल्जियम क्रोएसिया, स्पेन, सर्बिया, स्विट्जरल्यान्ड, इंग्ल्यान्ड, नेदरल्यान्ड्स

दक्षिण अमेरिका : ब्राजिल, अर्जेन्टिना

एसिया : इरान

आयोजक : कतार



from Online Khabar https://ift.tt/3s0vTvi

कार्यसम्पादन समिति गठन गर्न कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

१४ माघ, काठमाडौं । कांग्रेस केन्द्रीय समितिको बैठक आज बस्दै छ । भर्चुअल माध्यमबाट अपराह्न ३ बजे बस्ने बैठकमा केन्द्रीय कार्यसम्पादन समिति गठनबारे छलफल हुने छ ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव डा. कृष्णप्रसाद पौडेलले कार्यसम्पादन समिति गठन गर्ने एकल कार्यसूची अनुसार बैठक बस्न लागेको जानकारी दिए ।

केन्द्रीय समिति ‘जम्बो’ भएपछि कार्यसम्पादन समिति गठन गर्दै देउवा

कांग्रेसको विधानमा ४५ सदस्यीय केन्द्रीय कार्यसम्पादन समिति गठनको व्यवस्था छ । समितिमा १४ जना पदाधिकारी र पार्टी सभापतिको प्रस्तावमा अन्य ३१ जना सदस्य रहन्छन् । समितिमा प्रवक्ता स्वतः सदस्य रहने व्यवस्था छ । यद्यपि कांग्रेसले पार्टी प्रवक्ता तोकिसकेको छैन । कोषाध्यक्ष पद पनि रिक्त छ ।

केन्द्रीय कार्यसमितिको बैठक बस्न नसकेका बेला केन्द्रीय समितिले गर्नुपर्ने काम कार्यसम्पादन समितिले गर्न सक्ने कांग्रेस विधानको प्रावधान छ । तर कार्यसम्पादन समितिले गरेका निर्णयहरु केन्द्रीय समितिको बैठकले अनुमोदन गर्नुपर्नेछ । पार्टीका आन्तरिक र राष्ट्रिय महत्वका विषयमा तत्काल छलफल गर्नुपर्ने आवश्यकता भएपछि देउवाले कार्यसम्पादन समिति गठन गर्न लागेका हुन् ।

केन्द्रीय कार्यसम्पादन समिति गठन गर्ने एउटा मात्र एजेण्डा भए पनि बैठकमा समसामयिक राजनीति, स्थानीय तह निर्वाचन र कोरोना संक्रमणका विषयमा पनि छलफल हुन सक्ने नेताहरु बताउँछन् ।

 



from Online Khabar https://ift.tt/3AFblfP

Wednesday, January 26, 2022

सुविधा र रोजगारीले तराईतिर तान्दैछ पहाडको जनसंख्या

१३ माघ, काठमाडौं । जनसंख्याको वितरणमा तराई क्षेत्रको हिस्सा ठूलो दरमा बढ्दो छ । कुल जनसंख्यामा हिमाली र पहाडी क्षेत्रको अंश खुम्चिँदो छ ।

विज्ञहरुका अनुसार शिक्षा, स्वास्थ्य, पूर्वाधारसहित रोजगारीको लागि हिमाल र पहाडको जनसंख्या तराईतिर सर्दैछ  । जनसंख्याको वितरण थप असन्तुलित बन्दै गएमा भविष्यमा विकासको वितरण र आर्थिक, राजनीतिक तथा सामाजिक व्यवस्था समेत प्रभावित हुने जोखिम रहेको विज्ञहरुको चेतावनी छ ।

केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८को प्रारम्भिक नतिजाअनुसार विगत १० वर्षमा देशको कुल जनसंख्या २६ लाख ९७ हजार ९७६ बढ्दा वृद्धिको अधिकांश हिस्सा तराईले नै ओगटेको छ । २०६८ यता तराई क्षेत्रमा बसोबास गर्नेको संख्या कुल जनसंख्या २३ लाख ४७ हजार १२३ जनाले बढेको छ । जबकी १० वर्षमा पहाडी क्षेत्रमा ३ लाख ५४ हजार ५४१ जनाले जनसंख्या बढ्दा हिमाली क्षेत्रमा ३ हजार ६सय ८८ जनाले जनसंख्या कम भएको छ ।

भौगोलिक क्षेत्रअनुसार जनसंख्याको वितरणमा तराई क्षेत्रको अंश विगत २०६८ सालको तुलनामा २०७८मा ३.३९ प्रतिशतले वृद्धि भएको हो । २०६८ सालको जनगणनामा तराईमा कुल जनसंख्याको ५०.२७ प्रतिशत हिस्सा थियो, अहिले २०७८ मा बढेर ५३.६६ प्रतिशतमा पुगेको छ । २०६८मा १ करोड ३३ लाख १८ हजार जनसंख्या रहेको तराईमा हाल १ करोड ५६ लाख ६५ हजार पुगेको छ ।

१० वर्षअघि हिमाली क्षेत्रमा कुल जनसंख्याको ६.७३ प्रतिशत अंश रहेकोमा २०७८मा केही कम भई ६.०९ प्रतिशतमा झरेको छ । हिमाली भेगमा १७ लाख ८१ हजार रहेको जनसंख्या १० वर्षपछि १७ लाख ७८ हजारमा झरेको छ ।

पहाडी क्षेत्रमा २०६८ मा ४३.०१ प्रतिशत रहेको कुल जनसंख्याको हिस्सा हाल २०७८ मा ४०.२५ प्रतिशतमा झरेको छ । १० वर्षअघि १ करोड १३ लाख ९४ हजार रहेको पहाडी क्षेत्रको जनसंख्या १ करोड १७ लाख ४८ हजार भएको छ । तर, कुल जनसंख्या बढेका कारण जनसंख्याको वितरणमा पहाडको हिस्सा खुम्चिन पुगेको छ ।

२०७८ सालको जनगणनाको प्रारम्भिक नतिजाअनुसार नेपालको जनघनत्व १९८ जना पुगेको छ, जुन २०६८ सालमा १८० मात्र थियो । भौगोलिक क्षेत्रअनुसार हेर्दा २०७८ को प्रारम्भिक नतिजा अनुसार पनि सबैभन्दा धेरै जनघनत्व तराई क्षेत्रमा ४६१ जना प्रतिवर्ग किलोमिटर र सबैभन्दा कम हिमाली क्षेत्रमा ३४ प्रतिवर्ग किलोमिटर छ । २०६८ सालमा पनि सबैभन्दा धेरै जनघनत्व तराई क्षेत्रमा ३९२ प्रतिवर्ग किलोमिटर र सबैभन्दा कम हिमाली क्षेत्रमा ३४ प्रतिवर्ग किलोमिटर थियो ।

पहाडी भेगको जनघनत्व भने २०६८मा १८६ जना प्रतिवर्ग किलोमिटर रहेकोमा अहिले सामान्य मात्रामा बढेर १९२ जना प्रतिवर्गकिलोमिटरमा पुगेको छ ।

प्रदेशहरुमध्ये मधेश प्रदेशमा सबैभन्दा बढी प्रतिवर्गकिलोमिटर ६३६ जना बसोवास गरेको देखिन्छ, जुन २०६८ मा ५६१ थियो । सबैभन्दा कम कर्णाली प्रदेशमा प्रतिवर्गकिलोमिटर ६१ जना बसोवास गरेको देखिन्छ ।

जनगणनाको प्रारम्भिक नतिजाअनुसार ३२ वटा जिल्लामा वार्षिक जनसंख्या वृद्धिदर ऋणात्मक छ । देशका ७७ जिल्लाहरूमध्ये ३२ हिमाली र पहाडी जिल्लाहरूको वार्षिक जनसंख्या वृद्धिदर ऋणात्मक देखिएको हो । गत २०६८ को जनगणनामा यस्तो जिल्लाको संख्या २७ मात्रै थियो ।

तराईका सबै जिल्लाहरुको जनसंख्या वृद्धिदर भने धनात्मक छ । सबैभन्दा ऋणात्मक वृद्धिदर रामेछाप जिल्लामा -१.६५ प्रतिशत छ । सबैभन्दा कम जनसंख्या वृद्धि हुनेमा रामेछापसहित खोटाङ, मनाङ, भोजपुर र तेह्रथुम छन् । सबैभन्दा धेरै वार्षिक वृद्धिदर भक्तपुर जिल्लामा ३.३२ प्रशित छ । रुपन्देही, चितवन, बाँके र सुनसरी जिल्ला पनि बढी जनसंख्या वृद्धिदर भएका जिल्ला हुन् । यि पाँचवटै जिल्लाहरु अहिले बसाइरसाइका मुख्य हबका रुपमा समेत छन् ।

रोजगारी, शिक्षा र सुविधाले तराईतिर

त्रिभुवन विश्वविद्यालय, जनसंख्या विभागका प्राध्यापक महेन्द्रप्रसाद शर्मा तराईमा जनसंख्या वृद्धिदर अन्यत्रभन्दा बढी हुनुमा बसाइसराइ नै मुख्य कारण रहेको बताउँछन् । तराईमा भन्दा पहाडमा गरिखान बढी समस्या रहेकाले तराईतर्फ बसाइसराइ गर्ने क्रम चलिरहेको उनी बताउँछन् । ‘तराईमा उत्पादन र वितरण पहाड र हिमालमा भन्दा सहज छ, त्यसैले मान्छे त्यता सरिरहेका छन्,’ उनी भन्छन् ।

तर, तराई क्षेत्रमा सन्तान उत्पादन दर अन्यत्रको भन्दा बढी छ । मधेश प्रदेशको औसत प्रतिपरिवार सदस्य संख्याले पनि त्यसलाई पुष्टि गर्न सघाउँछ । मधेश प्रदेशमा परिवारको आकार अरुको भन्दा बढी औसत ५.१५ जनाको छ ।

‘तराईमा रैथाने वर्ग छन्, उनीहरुले पहाडमा जस्तो अपेक्षित दरमा सन्तान उत्पादन दर घटाएका छैनन् । अरुको तुलनामा तराईमा सन्तान उत्पादनको दर पनि बढी छ, त्यसले पनि तराईको जनसंख्याको वृद्धिदर पहाडमा भन्दा बढी छ,’ प्राध्यापक शर्मा भन्छन्,’र, पनि मूल रुपमा तराईमा बसाइसराइले नै जनसंख्या वृद्धि बढी गरिरहेको सत्य नै हो ।’

योजनाविद् डा. पिताम्बर शर्मा पहाड र हिमालको जनसंख्या घट्ने र तराईमा बढ्ने प्रवृत्ति चार दशकदेखि कायम रहेको बताउँछन् । बरु जनसंख्या घटिरहेको जिल्लाको संख्या २७ बाट ३२ पुग्नुले यो समस्या गहिरिँदै गएकोे देखाएको उनको विश्लेषण छ ।

‘सुगमतिर बसाइ सर्ने मानवीय प्रवृत्ति हो, तर मूल रुपमा रोजगारी र स्तरीय शिक्षाको खोजीमा मान्छेहरु बढी बसाइ सर्छन्,’ योजनाविद् शर्माले भने,’भन्न त मान्छेले विकासको खोजीमा सरेको भन्छन्, तर मूल रुपमा विकसको प्रतिफल भनेको रोजगारी हो, मान्छेले सामान्यतयाः स्थानीय रुपमा उचित रोजगारीको अवसर र स्तरीय शिक्षा पाए भने बसाइ सर्दैन ।’

पहाडमै आयआर्जन बढाउने र स्थानीय तवरमा सुलभ रुपमा स्तरीय शिक्षा दिलाउने गरी संघ, प्रदेश र स्थानीय तहले कार्यक्रम नल्याएर तराईमा जनसंख्या बढिरहने र पहाडले गुमाइरहने अवस्था नरोकिने योजनाविद् शर्माको विश्लेषण छ । रोजगारी, अवसर र  गुणस्तरीय शिक्षाको खोजीमा  गाउँबाट शहर, पहाडबाट तराई र परिस्थिति अनुकल भए विदेश समेत गइरहेको उदाहरण पेश गर्दै उनले यसलाई रोक्न नसकिने दुष्कर भविष्य निम्तिने बताए ।

‘समग्रमा हाम्रो विकासका रणनीतिहरुको समीक्षा हुनुपर्छ,’ योजनाविद् शर्मा भन्छन्,’ग्रामीण तथा पहाडी क्षेत्रका सम्पदाहरुको परिचालनलाई स्थानीयको जनजीविकासँग जोड्न सक्नुपर्छ, साना-साना रोजगारीको अवसरहरु गाउँघरमै सिर्जना गर्नुपर्छ ।’

अहिले नगरपालिका घोषणा भएका ग्रामीण क्षेत्रका जनतालाई पनि गणना गरेर शहरी जनसंख्या दुई तिहाइ पुगेको भनिएको भन्दै उनले त्यस्ता क्षेत्रमा शहरी पूर्वाधारहरुको विकास गर्नेतर्फ पर्याप्त ध्यान दिन आवश्यक रहेको बताए । नत्र पहाडी क्षेत्रका शहरी क्षेत्रबाटै पनि मान्छेहरु तराई झर्ने अवस्था कायम रहने डा. शर्माको विश्लेषण छ ।

भविष्यमा संकटको डर

अनियन्त्रित बसाइसराइ बढेमा पहाड र तराई दुबैतर्फ समस्या आउनसक्ने विज्ञहरुको भनाइ छ । जनसंख्याका प्राध्यापक शर्माका अनुसार पहाडबाट तराईमा बसाइ सर्दा विभिन्न खालका प्रभावहरु देखिन्छन् ।

उनको भनाइमा पहाडको ज्ञान तराई जान्छ । बसाइ सर्नेहरु रैथानेभन्दा बढी सचेत हुन्छन्, रैथानेहरुले बसाइ सर्नेबाट विभिन्न कुरा सिक्न पाउँछन् । जीवनशैली पनि बदल्न सघाउँछन् । ‘तर, यसले रैथानेहरुको मौलिकता मासिने वा अन्य कारणहरुबाट उनीहरु पीडित बन्ने खतरा हुने विश्लेषण पनि गरिन्छ,’ प्राध्यापक शर्मा भन्छन् ।

उनका अनुसार जनसंख्या बढेपछि त्यसकै आधारमा आधारमा निर्वाचन क्षेत्र घोषणा हुनुपर्छ भन्ने स्वभाविक रुपमा उठ्छ । त्यसलाई सम्बोधन गर्ने राज्यको उत्तरदायित्व पनि हुन्छ ।

‘हुन त भूगोलको पनि आफ्नो प्रतिनिधित्व त हुन्छ नै, गण्डकीको मनाङ र मुस्ताङ जस्ता सानो जनसंख्या भएको भूगोलले पनि भौगोलिक प्रतिनिधित्व त पाउलान्,’ उनी भन्छन्,’तर जनसंख्याको वितरणका आधारमा निर्वाचन क्षेत्र अदलबदल हुने अवस्था बन्छ । त्यसले देशको राजनीतिक अंकगणितमा कुनै भुगोल बलियो र कुनै कमजोर बन्न सक्छन् ।’

उनी पहाडको जनसंख्या तराईमा सिफ्ट हुँदा तराईलाई फरक ढंगले हर्ने हालको विभेदकारी मानसिकता बदल्न पनि सहज भने हुन्छ । ‘राम्रो राजनिितक संूस्कार विकास भयो भने तराईमा पहाडको जनसंख्या मिसिँदा सकारात्मक राजनीतिक नतिजा दिन पनि हुन सक्छ,’ उनी भन्छन् ।

योजनाविद् डा. शर्मा पनि जनसंख्याको असमान वितरण बढ्दै गएका तराईमा राजनीतिक संकट निम्तिने जोखिम हुने बताउँछन् । ‘राजनीतिक दलमा सुझबुझ कमजोर भएमा तराईको पहिचान र जातियताको मुद्दा थप उच्च आवाजमा उठ्नसक्छ,’ उनी भन्छन्,’जनसंख्याको वितरणले स्रोतसाधन पनि तराईमा बढी केन्दि्रत हुन पुग्छ भने अस्थिरता निम्तिएर राजनीतिक संकटहरु नआउला भन्न सकिन्न ।’

त्रिभुवन विश्वविद्यालयका जनसंख्या विभागकै अर्का प्राध्यापक योगेन्द्रबहादुर गुरुङ पनि तराई क्षेत्रमा फैलिरहेका सुविधायुक्त शहरले मान्छेलाई तानिरहेकाले बसाइरसाइलाई निरुत्साहित गर्ने गरी विकासका योजना र कार्यक्रम ल्याउन आवश्यक देख्छन् ।

‘अहिले हामी संघीयतामा छौं, त्यसलाई प्रभावशाली बनाएर काम भयो भने जनसंख्याको बसाइसराइ रोक्न सकिन्छ,’ उनी भन्छन्,’गाउँ-गाउँ र पहाडी तथा हिमाली क्षेत्रका जनतालाई आफ्नै ठाउँमा बस्नयोग्य वातावरण बनाउन विकास र आयआर्जन वृद्धिका योजना सञ्चालन गर्नुपर्छ, यसमा लागि तीनै तहका सरकार उत्तिकै जिम्मेवार छन् ।’



from Online Khabar https://ift.tt/33N7f9H

मालीलाई पेनाल्टी सुटआउटमा हराउँदै इक्वेटोरियल गिनी क्वाटरफाइनलमा

काठमाडौं । मालीलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै इक्वेटोरियल गिनी अफ्रिकन कप अफ नेसन्सको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

क्यामरुनमा भइरहेको प्रतियोगिताको अन्तिम प्रिक्वाटरफाइनल खेलको निर्धारित ९० मिनेट र अतिरिक्त समयको खेल गोलरहित बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो ।

जहाँ २० वर्षीय गोलकिर जेसस ओवाना नायक बने । उनले मालीका दुई पेनाल्टी प्रहार रोकेपछि गिनी विजयी भयो । गिनीले मालीलाई सुटआउटमा ६-५ ले पराजित गरेर क्वाटरफाइनलमा पुग्यो ।

सुरुको ५-५ पेनाल्टी प्रहारमा दुवै टिमले ३-३ गोल मात्र गरेपछि खेल सडनडेथमा पुगेको थियो ।  जहाँ इक्वेटवरियल गिनीले ३ गोल गर्दा मालीले २ गोल मात्र गर्न सक्यो । मालीका फलाया साको अन्तिम पेनाल्टी प्रहार इक्वेटोरियल गिनीका गोलकिपर ओवानाले रोकेका थिए ।



from Online Khabar https://ift.tt/3AxDK7D

आइभरी कोष्टलाई हराउँदै इजिप्ट क्वाटरफाइनलमा

१३ माघ, काठमाडौं । सर्वाधिक ७ पटकको विजेता इजिप्ट क्यामरुनमा जारी अफ्रिकन कप अफ नेसन्सको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

बुधबार राति भएको प्रिक्वाटरफाइनलमा आइभरी कोष्टलाई पेनाल्टी सुटआउटमा ५-४ ले हराउँदै इजिप्टले क्वाटरफाइनलमा स्थान पक्का गरेको हो ।

निर्धारित ९० मिनेट र थप गरिएको अतिरिक्त समयको खेल गोलरहित बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । जसमा दुवै टोलीले समान पाँच पेनाल्टी प्रहार गरेका थिए । इजिप्टले पाँचवटै प्रहार गोलमा परिणत गर्दा आइभरी कोष्टको एक प्रहार इजिप्टका गोलकिपरले बचाए ।

पेनाल्टीमा इजिप्टका जिजो,अमर एल सोलिया, ओमार कमाल, मोहमद अब्देल र मोहमद सलाहले गोल गरे ।

आइभरी कोष्टका निकोलस पेपे, इब्राहिम सांगारे, म्याकस्वेल कर्नेट र विलफ्रेड जाहाले गोल गरे । आइभरी कोष्टका एरिक बाइको पेनाल्टी प्रहार इजिप्टका वैकल्पिक गोलकिपर गाबस्कीले रोकेका थिए ।

सन् २०१० पछि पहिलो पटक उपाधि जित्ने लक्ष्यमा रहेको इजिप्टले क्वाटरफाइनलमा मोरक्कोसँग प्रतिस्पर्धा गर्नेछ । मोरोक्को मालावीलाई पराजित गर्दै क्वाटरफाइनल पुगिसकेको छ ।



from Online Khabar https://ift.tt/3IGhLOF

बैतडीमा बस दुर्घटना, ८ जना घाइते

१३ माघ, धनगढी । बैतडीमा यात्रु बस दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । ना ७ ख २५७० नम्बरको बस मेलौली नगरपालिका–२ स्थित पाटन–पञ्चेश्वर सडकखण्डमा बिहान करिब ६ बजे दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मेलौली नगरपालिका–१ को कमलापति भट्ट, कञ्चनपुरको वेदकोट नगरपालिका बस्ने २१ वर्षीय पुजा भट्ट, मेलौली ९ बस्ने ३९ वर्षीय दुर्गादत्त भट्ट, ६८ वर्षीय रामसिंह साउद, बाराका ४५ वर्षीय सिराज अन्सारी, मेलौली २ बस्ने २१ वर्षीय मनिस चन्द, शिवनाथ गाउँपालिका–५ की २१ वर्षीया सुशिला चन्द, शिवनाथ ६ बस्ने २९ वर्षीय जनक आउजी घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए ।

घटनास्थलबाट उनीहरुको उद्धार गरेर उपचारका लागि डडेल्धुरा पठाइएको खड्काले बताए ।

बस चालक कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका वीरेन्द्र लुहारलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ ।



from Online Khabar https://ift.tt/3rVDDyQ