Wednesday, January 26, 2022

मालीलाई पेनाल्टी सुटआउटमा हराउँदै इक्वेटोरियल गिनी क्वाटरफाइनलमा

काठमाडौं । मालीलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै इक्वेटोरियल गिनी अफ्रिकन कप अफ नेसन्सको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

क्यामरुनमा भइरहेको प्रतियोगिताको अन्तिम प्रिक्वाटरफाइनल खेलको निर्धारित ९० मिनेट र अतिरिक्त समयको खेल गोलरहित बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो ।

जहाँ २० वर्षीय गोलकिर जेसस ओवाना नायक बने । उनले मालीका दुई पेनाल्टी प्रहार रोकेपछि गिनी विजयी भयो । गिनीले मालीलाई सुटआउटमा ६-५ ले पराजित गरेर क्वाटरफाइनलमा पुग्यो ।

सुरुको ५-५ पेनाल्टी प्रहारमा दुवै टिमले ३-३ गोल मात्र गरेपछि खेल सडनडेथमा पुगेको थियो ।  जहाँ इक्वेटवरियल गिनीले ३ गोल गर्दा मालीले २ गोल मात्र गर्न सक्यो । मालीका फलाया साको अन्तिम पेनाल्टी प्रहार इक्वेटोरियल गिनीका गोलकिपर ओवानाले रोकेका थिए ।



from Online Khabar https://ift.tt/3AxDK7D

No comments:

Post a Comment